Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो पनि देखियो- एप्पल आइडी बिक्रीमा

Posted on March 24, 2015March 24, 2015 by Salokya

1-IMG_4967
महँगो भए पनि नेपालमा आइफोन चलाउनेहरु धेरै छन्। कसैलाई साथीभाइ वा आफन्तले गिफ्ट पठाइदिएका हुन्छन् त कसैले किनेकै हुन्छन्। अहिले त काठमाडौँमा एप्पलको सामान बेच्ने आधिकारिक पसल नै खुलिसक्यो। त्यहाँबाटै पनि आइफोन किन्न सकिन्छ। आइफोन चलाउने कतिले त यसलाई मात्र फोटो खिच्न प्रयोग गरेका हुन्छन्। आइफोन चलाएको छु भन्यो, सान दियो, सकियो। यसमा उपयोगी विभिन्न एप्सहरु इन्स्टल गर्न त एप्पल आइडी चाहियो। एप्पल आइडी निःशुल्क बनाउन सकिन्छ। तर जान्नु पनि पर्‍यो। नजान्ने धेरै भएर त होला महाबौद्धको एउटा पसलमा यस्तो पनि देखियो।

केही दिन अघि महाबौद्धको पसलमा जाँदा यस्तो देखेपछि अचम्म लागेर सोधेँ।

यो के हो ?

एप्पल आइडी बनाउने हो। आइफोन र आइप्याडका लागि।

ए, यस्तो पनि बनाउन पाइन्छ ? कति रुपैयाँ लाग्छ नि।

३ सय रुपैयाँ।

बनाउँछन् मान्छेले?

अँ बनाउन आइराख्या हुन्छन्।

तीनछक्क परियो। इन्टरनेटमा यसो खोज्ने हो भने एप्पल आइडी कसरी बनाउने भन्ने बारे टन्नै आर्टिकल देखिन्छ। त्यो अनुसार गरे धेरै गाह्रो पनि होइन एप्पल आइडी बनाउन। तर लाख लाखको आइफोन किन्न सक्नेले थोरै सय फालेर एप्पल आइडी बनाउन पाउने भएपछि त्यो झण्झट किन गरिराख्ने, होइन ?

तैपनि कसैलाई निःशुल्क एप्पल आइडी बनाउन मन भए यो दुई वर्षअगाडि लेखेको ब्लग पढ्नुस्-

फ्रि एप्पल आइडी यसरी बनाऔँ

अहिले नयाँ परिवर्तन नगरिएको भए पुरानै प्रक्रिया अनुसार अहिले पनि यसरी नै फ्रि एप्पल आइडी बन्नुपर्ने हो।

8 thoughts on “यस्तो पनि देखियो- एप्पल आइडी बिक्रीमा”

  1. अभागी कान्छा गाउले says:
    March 26, 2015 at 10:34 pm

    “आइफोन चलाउने कतिले त यसलाई मात्र फोटो खिच्न प्रयोग गरेका हुन्छन्। आइफोन चलाएको छु भन्यो, सान दियो, सकियो।
    वाह! क्या छ लाइनहरु ……………………… सक्की गो नि !!!

    Reply
  2. सुनिल शर्मा says:
    March 25, 2015 at 7:15 pm

    हाम्रो समाजमा आइफोन बोक्नु लाइ सामाजिक प्रतिस्ठा संग जोडेर हेर्ने गरिएको छ | फोन ले के गर्न सक्छ र आफ्नो आबस्यकता के हो भन्दा पनि चिल्लो फोन अरुलाई देखाउनुमा हामी गर्ब गर्छौ | बास्तममा नेपालमा आइफोन को प्रयोग फोटो खिच्न , गीत सुन्न , भाईबर र फेसबुक चलाउन बाहेक अरुमा प्रयोग भएको देखिदैन | एउटा आइडी पनि बनाउन पनि नसक्ने ले अरु फिचर्स चलाउला भनेर नि के आस गर्नु | नेपालमा नत फोर जी यएटीई नेटवर्क छ , न त स्टोर हरुले मोबाईल पेमेन्ट नै सपोर्ट गर्छन , अनि अर्को कुरा ४-५ ओटा एप्सनि चलाउन नजान्ने लाइ क्वाड कोर प्रोसेसर नै किन चाहियो ? नेपालमा एप्पल र स्यामसङ्ग को ‘ हाइ एण्ड ‘ फोन ले जति गर्न सक्छ ( चलाउन जान्ने लाइ ) त्यो काम बजारमा पाइने १५-२० हजार को सामान्य एनड्रोएड फोन ले सबै कुरा गर्न सक्छन | जब सम्म देख्ने र देखाउने चलन रहीरहन्छ यसरि आइ डी बनाउने नाममा ठग्ने र ठगिने काम जारी रहन्छ | र अन्त्यमा यसरि आइडी बनाउदा आफ्नो व्यक्तिगत विवरण अरुले ‘ मीस युज ‘ गर्ने कुरामा ध्यान दिनु होला |

    Reply
  3. Raju says:
    March 25, 2015 at 1:46 pm

    लाटा देशमा गांडा तन्नेरी भनेको यही हो । । ।लुट्ने ले लुटिराको छ ,हेर्नेले टुलुटुलु हेरिराको छ । ।

    Reply
  4. Sisir says:
    March 25, 2015 at 1:46 pm

    I think it is possible to make a free apple ID through this link (from Apple’s official site ). No hassle.
    https://appleid.apple.com/account

    Reply
  5. लौटन अवधि says:
    March 25, 2015 at 9:08 am

    पैसा भाका बुद्दि नभका हरु बाट बुद्दि भाका पैसा नभका हरु ले सेवा गरिदिए बापत लिएको सुल्क – राम्रै हो बरु येस्ता पसल हरु चाही दर्तावाल हुन् या होइनन त्यो सेवा लिने व्यक्ति सजग हुनु पर्छ ! भोलि आइडी खोलिदिने व्यक्ति ले गडबड गरेको खण्ड मा कानुनी उपचार गर्न सकियोस !

    Reply
  6. Ethan Shakya says:
    March 25, 2015 at 5:00 am

    Apple ID is Highly confidential . We link your bank details with it . Opening Apple ID by other means, there will chance of Identity theft and misuse your identity. Be very careful with that .

    Reply
    1. Sonam says:
      March 28, 2015 at 2:53 pm

      but why should you link your bank detail with apple ID ? this comment is nonsence.

      Reply
      1. Basant Rana says:
        March 28, 2015 at 7:22 pm

        Ethan sakya जी, तपाईको सुझाब बुझ्न,पढ़न सकने ले ३०० रुपया खर्चेर एप्पल आईडी किन बनाउँथे होलान र आणि Sonam मित्र, एप्स डाऊनलोड गर्नुको लागि एप्पल ले अनिवार्य बैंक कार्ड डिटेल रजिस्टर गराउने गरेको छ तेति मात्र कहा हो र तपाईको Username र Password बाट तपाईको ईमेल, contact details सबै सजिलै चोर्न सकिन्छ नपत्याय तपाईको username र password मलाई दिनुस न

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme