Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोनिका लेविन्स्की टेड टकमा, १७ वर्षपछि के भनिन् उनले २२ मिनेट लामो भाषणमा?

Posted on March 21, 2015March 21, 2015 by Salokya

monica
सन् १९९८ मा यो स्क्यान्डल मच्चिँदा मोनिका भर्खर २४ वर्षकी थिइन्। इन्टर्नमा ह्वाइट हाउस छिरेकी मोनिकाको विश्वका शक्तिशाली राष्ट्रपति बिल क्लिन्टनसितको सेक्स स्क्यान्डल मिडियामा निकै छायो। ‘ग्राफिक डिटेल’समेत रहेको छानबिन प्रतिवेदनको पूरै अंशसमेत इन्टरनेटमा राखिएको थियो। भलै इन्टरनेट त्यतिबेला अहिले जस्तो सर्वसुलभ थिएन। बिल क्लिन्टन महाभियोग प्रस्तावबाट बचे, समझदार पत्‍नी पाएकीले परिवारसमेत टुक्रनबाट बच्यो। अनि मोनिका नि ? उनको त कुनै खबर नै आएन।

अहिले उनी ४० नाघिन्। यत्रो वर्षसम्म बिल्कुल चुप बसिन्। अहिले उनी फरक मिसनमा छिन्। वर्षदिन अघि भ्यानिटी फेयर म्यागेजिनमा उनले अब आफू कुन मिसनमा लाग्ने स्पष्ट पारेकी थिइन्- (हेर्नुस् त्यतिबेलाको ब्लग) ‘अनलाइन दुर्व्यवहार र अपमानका पीडितहरुका पक्षमा हुने काममा संलग्न हुने, यो विषयमा सार्वजनिक मञ्चहरुमा बोल्न थाल्ने’। यसै क्रममा उनी टेड टकमा देखिएकी छिन्।
monica1

२२ मिनेटको प्रस्तुतिमा मोनिका लेविन्स्कीले द प्राइस अफ सेम शीर्षकमा आफ्नो विचार धाराप्रवाह राखेकी छिन्। हेर्नुस् भिडियो-

3 thoughts on “मोनिका लेविन्स्की टेड टकमा, १७ वर्षपछि के भनिन् उनले २२ मिनेट लामो भाषणमा?”

  1. MAnJu says:
    March 23, 2015 at 2:03 pm

    Yes, the culture of humiliation should be stopped right away.

    Reply
  2. Dinesh Rai says:
    March 22, 2015 at 1:18 pm

    thank u monica.!!!
    congratulations….

    Reply
  3. Rohini says:
    March 21, 2015 at 10:13 pm

    ” You can survive shame and public humiliation. I know it is hard. It may not be painless , quick or easy.We all deserve compassion. ”

    Yes we can. We must survive shame and public humiliation to defeat those (so called) people who have demoniac mentality.

    Thank you Monica

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme