Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चिट चोर्ने : भारतीय र नेपाली स्टाइल

Posted on March 21, 2015 by Salokya

bihar-parents-exam-cheats-exlarge-169
अहिले इन्टरनेटमा खुब चलेको फोटो हो यो। यसमा भारतको विहार राज्यको एउटा परीक्षा केन्द्रमा जाँच दिइरहेका आफ्ना विद्यार्थीलाई चिट चोराउनका लागि भित्ता चढेर गरिरहेको प्रयास देखिन्छ। यो भयो भारतीय स्टाइल। अहिले नेपालमा पनि एसएलसी भइरहेको छ। केही वर्षअघि नेपालमा पनि यस्तै शैलिको फोटो देखिएको थियो।

2343613382_fe56689722
यो भयो नेपाली स्टाइल। पर्खालबाहिर बसेर बल्छी हालेर चिट विद्यार्थीलाई पुर्‍याउने। सन् २००९ को ब्लगमा प्रकाशित यो फोटो खासमा सुनसरी जिल्लाको एउटा स्कूलमा भइरहेको एसएलसी परीक्षाको हो।

उतातिरको मात्र कुरा नगरौँ। यता काठमाडौँका नाम चलेका बोर्डिङ भनाउँदा निजी स्कूलहरुको पनि चाला त्यही हो। आफूले भनेको ठाउँमा सेन्टर पार्न र त्यो सेन्टरमा छुट दिन के केसम्म गरिँदैन यहाँ।

चिटिङबाट बच्न अपनाइने स्टाइल पनि कम्ता रोचक छैन। हेर्नुस् त यो थाइल्यान्डको युनिभर्सिटीले अपनाएको स्टाइल-
30212839-01_big
तर यो स्टाइलको साह्रै आलोचना भएपछि अर्को पटक प्रयोग गरिएन।

चिट चोर्ने अनेकन तरिका छन्। तपाईँहरुले पनि देख्नुभएको, भोग्नुभएको वा गर्नुभएको पनि होला जस्तै-
Cheating
सानो कागजमा सानो अक्षरमा लेख्ने। चिट पनि किन्न पाइन्छ भन्ने सुनेको थिएँ एक पटक त।

cheating-tricks-for-exams-12
नङमा लेख्ने।

M
छात्राको स्टाइल।

Cheating-on-a-Exam
तपाईँले पनि आफूले परीक्षा दिँदा वा परीक्षाको निगरानी गर्दा यस्तै केही चिट गर्ने अनौठा तरिका देख्नुभएको थियो कि ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुस्।

13 thoughts on “चिट चोर्ने : भारतीय र नेपाली स्टाइल”

  1. bibek dhakal says:
    March 23, 2015 at 2:16 pm

    हाहा, एस एल सी को बेला (कुन चाही विषय हो) बिर्से एक जना सारै रमाइलो गार्ड परेका थिए. कतिसम्म कि सर यो प्रश्न को उत्तर आएन भन्दा ‘खै अब मलाइ नि थाहा भएन नत्र सिकैदिन्थें’ भनेर भन्या थिए. मेरो साथीले अनि मेरो ब्याग भित्र किताब छ भन्दा कुन चाही ब्याग हो भन्दै खोलेर हेरेका थिए तर उत्तर भेटेनन. रनिङ्ग गार्ड आउन लग्यो भने चुप लाग तिमहरुका बाजे आउदै छन् भन्थे. पल्लो क्लासको एकजना सर आएर ‘यहाँ त धेरै हल्ला हुँदै छ नि ‘ भनेर भन्दा ‘ कल्ले भन्या तपाईलाई ?’ भनेर त्यो हाम्रो गार्ड सरले थर्काको अनि हामि केटाहरु सब हासेको अस्ति भर्खर जस्तो लाग्छ भलै कुनै अनुहार याद छैन.

    Reply
  2. Vivek Shrestha, Russia says:
    March 23, 2015 at 12:34 am

    2041-2042 को कुरा हो .सिद्धार्थ वनस्थली , बालाजु , काठमाडौँ बाट SLC दिएर 1st division मा पास भएको थिए र अस्कोल(अमृत campus)मा 1st वर्ष मा पढाई गर्दै थिए! मेरो एक जना साथिलाई SLC दिनु थियो , पढाईमा एकदम कम्जोर (खै कुन school को थाहा छैन )!सुर्य विनायक भक्तपुर को एक school मा centre परेको थियो उसको!खै कुन तरिकाले guard मा मेरो नाम lekhaechha ! exam को time मा बिहान nayabazar सम्म मलाई motorcycle मा लिन आउथियो(न्यु बानेश्वोर बाट) र हामी दुबैजना सुर्यविनायक school जान्थियो! तेस पछि म guard hunthya उ exam दिने रूम मा, तर ठाउँ change गरेर उ guard banthyo र म चाही उसको ठाउँम़ा बसेर question paper लिएर exam lekthe ! Main subjects : Maths , science , english , optional mathematics को exam सबै मैले नै दिए , बाकी simple subjects चाही उ आफैले ! Result भयो , 2nd divisionम़ा पास भयो ! पछि मेरो काकाले(बानेश्वोरमा नै बस्नु हुन्थ्यो उसको घर संगै ) थाहा पाउनु भयो र मलाई एकदम हकार्नु भो ! साथि पास भएकोमा खुशी थिए , तर आफै ले आफै लाई धिकार्दै पनि थिए! जिन्दगि को main obstacle -SCHOOL LEAVING CERTIFICATE examination बाट साथी लाई पार लगाई दिए , तेसै म़ा खुशी छु !
    साथीलाई नभेटेको पनि २४,२५ वर्ष भै सक्यो !

    Reply
    1. bibek dhakal says:
      March 23, 2015 at 2:07 pm

      धन्दा नमान्नुस सर , तपाइको एसो कुरा सुन्दा त त्यो साथि अहिले पक्कै कुनै सरकारी उच्च ओहोदामा होला वा सभासद होला…

      Reply
  3. Sabitri says:
    March 21, 2015 at 11:48 pm

    एक चोटी धेरै पहिले अमृत क्याम्पस मा गार्ड बसेको थिए. केमेस्ट्री को जांच थियो. यौटा केटि बेला बेलामा खल्ती बाट पातलो तर लामो गरि काटेको नरिवल को टुक्रा निकाल्थ्यो येसो हेर्थ्यो आनी खान्थ्यो. पछि येसो बुझ्दा त केमिस्ट्री को फर्मुला र इक्वेसन सिसा कलम ले नरिवल मा लेखेर ल्याएको रहेछ. नपरेको जति हेर्दै खादो रहेछ, परेको चाही सारिसकेपछि खादो रहेछ. चिट चोर्ने कला देखेर नि छक्क परेको थिएँ.

    Reply
  4. Tanka Kafle says:
    March 21, 2015 at 3:24 pm

    मेची क्याम्पस पड्दा त चिट चोर्ने कुरै भएन, संभवत त्रिविको आंगिक मध्ये एक कडा क्याम्पस हो, परीक्षाको सवालमा | यता राजधानीमा चै स्नातकोत्तर पड्दा चैं सिट प्लानिंग च्यातेर साथि संग बसिन्थ्यो, एकै बेन्च मा | त्यति हो – अरु त केहि गरिएन |

    Reply
  5. kabi says:
    March 21, 2015 at 2:38 pm

    exam सुरु हुनु भन्दा पहिला नै आफु बस्ने डेस्क मा पेन्सिल ले लेख्ने गर्थे मैले high school मा . येस्सो सोचे जस्तो गर्ने अनि खुरु खुरु लेख्ने.

    Reply
  6. Shankar says:
    March 21, 2015 at 8:42 am

    छात्राहरु तेत्ति हद सम्म जादा रहेछन , अलि कति अझ गएको भए छोरा ले समेत सोध्थ्यो
    ”ममी के गरेको ?” भनेर | ह म म |

    Reply
  7. Surendra Regmi says:
    March 21, 2015 at 8:02 am

    I have found Water Bottle Cheat-Sheet method when I was invigilator in 10+2 exam. I have seen a print out the cheat sheet on a colored piece of paper that was matches the label of water bottle. It was pasted on the label and was trying to mimic the writing on the label to avoid suspicion.

    Reply
  8. deepak (guru) says:
    March 21, 2015 at 6:12 am

    मेरो साथी लाई टिचरहरूले खुब दुख दिने जहाँ राखेको चिट पनि भेट्ने, एक दिन त उसले भित्र को कट्टु नलगाई पाईन्टको गोजि काटेर आएछ, अनि मिसले यसले सधैं चिट ल्याउछ , आज म छाम्छु भन्दै छाम्दा त उनको हात ठ्याक्कै त्यहि ठाउँमा पुगेछ । अनि कहिल्यै त्यो साथी लाई छामेनन । 🙂

    Reply
  9. Alikhit says:
    March 21, 2015 at 2:52 am

    दुर्भाग्यबस SLC को जाचमा निरिक्षकले चीट फेला पारे, त्यहि बेला हेडमिस पनि आईपुग्नु भो, हेडमिस परिन कडा, त्यो बेला न देखे जस्तो गरेर निस्की हाल्नु भो, भोलि पल्ट बिहान स्कुल को कुर्सि मा बसिराको बेला “बेईजत गरिस” भन्दै भ्वाक्क एक लात हानि त हाल्नु भो, कस्तो बोर भो भने के भन्नु |

    Reply
  10. prakash_edm_canada says:
    March 21, 2015 at 2:46 am

    अमेरिका क्यानाडा मा झैँ ३ घण्टा मा १०० वटा प्रश्न को उत्तर दिनुस भेनेमा यो चोर्ने कम पुरै भन्दा हुन्थ्यो |

    Reply
  11. सुनिल शर्मा says:
    March 21, 2015 at 12:39 am

    क्यालकुलेटर को भित्रि खोलमा पेन्सिल ले लेख्ने : इरेजर ले मेटे भै हाल्यो ! अहिलेको टेक्सास इन्स्ट्रुमेन्ट को क्यालकुलेटर हरुमा त प्रोग्राम गरेर लान नि मिल्छ !

    Reply
  12. Rajendra Adhikari says:
    March 21, 2015 at 12:13 am

    Open book is the way to go! Students should be forced to memorize some absurd formula’s, but should be expected to know how to use them.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme