Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हो रहस्य यी मोडलका फोटोको?

Posted on March 18, 2015March 18, 2015 by Salokya

model

यसो हेर्दा त यी मोडलका फोटोहरु सामान्य नै देखिन्छन्। पत्रपत्रिकामा र विभिन्न फोटो स्टुडियोमा खिचिने फोटो  यस्तै त हुन्। अनि किन यिनीहरुको परिचय लुकाउन आँखा छोपिएको त? अहँ, यी सामान्य फोटोमात्रै हैनन्। यी फोटो त आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘अपरेसन इगल’ अन्तर्गत पक्राउ गरिएका अफ्रिकी, खाडी मुलुक र अन्य देशमा युवती बेच्ने गिरोहका सदस्यबाट बरामद भएका फोटोहरु हुन्। यी युवतीहरुलाई यिनीहरुले बेच्न लान लागेका थिए।

विस्तृत जानकारी प्रहरीले पत्रकार सम्मेलनमा देखाएको यो स्लाइड सोबाट थाहा पाउन सक्नुहुन्छ।
HumanTrafficking20711203-page-001

HumanTrafficking20711203-page-002

HumanTrafficking20711203-page-003

HumanTrafficking20711203-page-004

HumanTrafficking20711203-page-005

HumanTrafficking20711203-page-006

HumanTrafficking20711203-page-007

HumanTrafficking20711203-page-008

HumanTrafficking20711203-page-009

HumanTrafficking20711203-page-010

HumanTrafficking20711203-page-011

HumanTrafficking20711203-page-012

HumanTrafficking20711203-page-013

HumanTrafficking20711203-page-014

HumanTrafficking20711203-page-015

HumanTrafficking20711203-page-016

HumanTrafficking20711203-page-017

HumanTrafficking20711203-page-018

HumanTrafficking20711203-page-019
HumanTrafficking20711203-page-020
HumanTrafficking20711203-page-021
HumanTrafficking20711203-page-022
HumanTrafficking20711203-page-023

10 thoughts on “के हो रहस्य यी मोडलका फोटोको?”

  1. deshman says:
    March 22, 2015 at 11:53 pm

    i blame the girls as these girls are not ignorant or uneducated to be aware of such things. i met a girl in malaysia working in a dance bar and she told me she was aware of being exploited but earning good money and prefer to work there then in nepal. who is to blame.

    Reply
  2. kishor says:
    March 20, 2015 at 5:53 am

    खोइ अनुहार हेर्दा त सबै बुझ्ने उमेरका जस्ता नै देखिन्छन, के भन्नु के भन्नु| नेपाल मा जहाँ बाट जसरि पनि सबैलाई पैसा कमाउनु परेको छ| मैले त Dubai को दोष देक्छु है येहा | देश मा दुख गर्न लाज लग्छ हामीलाई अनि विदेश चै जे पनि गर्न तैयार हुन्छौं हामीहरु |

    Reply
  3. BS says:
    March 19, 2015 at 8:37 pm

    I would like to refer this as “Job security for police” enforcing the law. Government and solution-oriented people, please thank and act on long-term solution. Unless we provide the appropriate training and produce enough jobs for such victims, the problem would not be solved. The incidences would be repeated, regardless how many times they arrest the criminals (the same pattern applies for drug traffickers, smugglers etc.). It is impossible controlling prostitution 100% (as it is prevalent around the world), however, we can reduce the social structure how the prostitutes work. There should be a positive result-oriented provision in govt. constitution to punish severe for the human-traffickers and others involved in such criminal activities.

    Reply
  4. shyam says:
    March 19, 2015 at 1:47 pm

    दिपकजिको जवाफले समाजको सबै अपराधको जडमा प्रहार गरेको छ] कर्तुत , अपराध र अन्याय बढी मात्रामा त्यसले गर्छ जसलाई कानुनको loop hole थाहा छ वा जो पहुच वाल छ वा जो कानून संग डर मान्दैन किनकि कानुनको ठेकेदार उसको भरपर्दो नातेदार छ\ तसर्थ, त्येस्त कोहि अपराधी हरु समाजमा खुल्लेआम घुमी रहेछ भने र उसलाई कानुनले छुदैन भने उसलाई कालको मुखमा पठाउनु पर्छ कि कसो ?

    Reply
  5. डिल्ली says:
    March 19, 2015 at 5:29 am

    पहिले पहिले गाउँका सोझा साझा युवति भारतका मुख्य शहरहरूमा बेचिएको सुनिन्थ्यो । अहिले आएर पढेलेखेका युवतिहरू नै निर्यात भैरहेका जस्तो देखिन्छन् । गाउँ शहर जताततै अपराध व्याप्त छ, बेचबिखन हुनेगरेको छ भन्ने प्रचारप्रसार हुँदा हुँदै पनि किन युवतिहरू ओइरो लागेर जान्छन् ? र आफ्ना नग्न तस्वीर खिच्न किन दिन्छन्? आफ्नो शरीर आफ्नो मर्जी भन्ने नयाँ सोचले पनि काम गरेको हो कि ? यसमा युवाहरूको उत्तर आधुनिकता, विदेशमुखी मानसकिकता, व्याप्त बेरोजगारी, सरकार संरक्षित अपराध सबै एउटै माखे साङ्लोमा जेलिएका कारक छन् । यस्ता र्याकेट दलालले मात्र सञ्चालन गर्छन् वा सरकारी निकाय पनि सङलग्न छन? एयरपोर्टका इमिग्रेशन र पुलिसले समेत साथ छ कि छैन ? एयरपोर्टको पुलिस र इमिग्रेशन पक्कै दलालले खोलेका हैनन् यी जिम्मेवार सरकारी निकाय हुन् । यस्ता सङ्गठित अपराधमा कही कतै न कतै पुलिस, नेता र सरकारी कर्मचारी सङलग्न भेटिन्छन् । कार्यवाही गर्ने तर्फ सरकारले कदम चाल्यो भने कर्मचारी संघ संगठनकानाममा सहकर्मी जोगाउन उनै दलका तोरिलाउरे कर्मचारी जोडतोडले लाग्छन् । हड्ताल गर्छन् । त्यसैले अनुसन्धानको दायरा दलालमा मात्र केन्द्रीत गर्ने भन्दा पुलिसले आफ्नै मातहतका निकाय, अद्यागमनलाई समेत अनुसन्धानको दायरामा समेट्नु पर्छ । कानुनको समान पालना गराउन सक्नु पर्छ नत्र यसै पनि कानुनमा रहेको कम्जोरीको फाइदा लुटेर चलाइने यस्ता र्याकेटमा पहिलो कुरा त न्यायालयले सजाय दिन कठिन छ त्यसमाथी पनि न्यायालयको विश्वास क्रमश: गुम्दै रहेको झोले न्यायधिसहरूले कस्को पक्षमा न्याय दिन्छन् सबैले जानेकै कुरा हो ।

    Reply
  6. सिर्जने says:
    March 18, 2015 at 7:04 pm

    आखामा एउटा सेतो धर्को तान्दैमा पुग्छ? पिडितको एस्तो फोटो सार्बजनिक गर्ने अलि राम्रो भरपर्दो मापदण्ड हुनुपर्यो, प्रहरीले ध्यान नदिएको देखियो / मान्छेको अनुहार पुरै नचिनिने बनाउनुपर्छ, यी केटीहरु अपराधी होइनन, यिनको फोटोहरु सार्बजनिक गर्दा इनको भबिष्य संग खेलवाड गरेको ठहरिन्छ /

    माथि दीपक अधिकारिको भनाइ र आक्रोश संग मेरो पनि पुरा सहमति छ, ३ लाख जाबो एउटा मान्छे पठाएर कमाउछन यी दलालहरुले; एक जनाको ज्यानको मूल्य ३ लाख भन्दा कम? कति जनाको जीन्दगी बर्बाद गरे इनिहरुले अहिले सम्म? यिनलाई छोड्यो भने फेरि तेस्तै काम गर्न थाल्छन भोलिपल्ट देखि, अझ धुर्त रुपमा; किनभने बिगत मा कसरि समातियो कसरि त्यसबाट बच्ने भन्ने बुझिसकेका हुन्छन / झुन्ड्याउने कानुन नेपालमा अहिले छैन, चाहिने भयो इनले गर्दा / जन्मकैद इनलाई धेरै कम सजाय भयो / उस्तै परे जेल भित्रैबाट इनले केटि बेचबिखनको ब्यापार चालु गर्न सक्छन, सबैलाइ थाहा छ नेपाल प्रहरीलाइ कसरि हात लिन सकिन्छ भनेर / चार्ल्स शोभराजले तेसै भनेको होइन नेपालको एयरपोर्टबाट हात्ती छिराईदिन सक्छु भनेर /

    Reply
  7. जीवन says:
    March 18, 2015 at 6:16 pm

    डाकाहरुको ग्याङ्ग नै पो रहेछ| यस्ताहरुको सर्वस्व हरण गर्नपर्छ, कमसेकम दश बर्ष थुन्नुपर्छ|
    यस्ता समाजमा मुकुन्डाधारीहरुको दिदि बैनीहरु छैनन् कि क्या हो?
    अर्को पक्ष हेर्यौ भने महिलाहरुको लागि आफ्नै देशमा रोजगारीको मौका के छ त्? जीउनुको वाध्यताले आफ्नो
    राजीखुशीमा नाचेर वा मोडलिङ् गरेर जीविका चलाउने कुनै अपराध होइन तर ती ग्याङ्गले प्रलोभनमा पारेर,
    झुठो आवश्वासन दिएर वा आफ्नो इच्छा बिरुद्ध करकापमा अनि शोषण गर्नु अपराध हो|

    Reply
  8. Shankar says:
    March 18, 2015 at 3:47 pm

    देश ले फासी को ब्यबस्था माग गर्यो
    १) ६ बर्सिय बालिका को रेप र हत्या
    २) निर्दोस बालिका मा एसिड छ्याप्ने
    ३) आफ्ना दिदि ,बहिनि विदेश मा बेच्ने
    ४) निर्दोस दम्पत्ति लाइ खुकुरीले काट्ने
    यिनीहरुलाई बाँच्न दिने ?

    Reply
  9. Deepak says:
    March 18, 2015 at 8:29 am

    आज त् मुख नै छोडेर बोल्न मन लाग्यो:

    यस्ता आफ्ना छोरि-चेलिभेटिलाई बेच्ने कुकुरहरुलाई काठमान्डू जिल्ला अदालतले ३ लाख धरौटीमा छोड्ने अनि घन्टाको रोकिञ्छ मानब बेच-बिखन??

    चोर, डाँका हरुलाई देख्ने बित्तिकै न्यायाधिस र वोकिल हरुको मुख रसाउदो हो, अनि पैसाको लोभमा परेर यस्ता नरपिशाच हरुलाई जन्म कैद को सट्टा सानो रकममा धरौटीमा छोड्ने त् हो नि !!!
    घण्टा गरिस न्याधिस हो न्याय !!!!!!!!!!!!!!

    दिपक अधिकारी

    Reply
    1. xyz says:
      March 19, 2015 at 5:42 am

      What is the point in spitting here? Have you seen hordes of Nepali girls at Qatar airport? What about those working in Khasa? When the only business of the state is to export manpower or womanpower – there is no point blaming these guys.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme