Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के मैले पनि उनलाई एसिड छयाप्ने ?

Posted on March 17, 2015March 17, 2015 by mysansar

-अभागी कान्छा गाउँले-

घटना भएको यत्रो दिन बिती सक्दा पनि, नेपाली जनताको निमित्त खटिएका, देश र जनताको निम्ती सुरक्षा दिने निकायले अझै सम्म कुनै ठोष सबुत फेला पर्न सकेको छैन। जसको कारण अपराधी अझै सम्म खुले आम नेपलाकै कुनै शहर वा गाउमा छाती खोलेर हिडी रहेको होला। अथवा नेपाल छाडेर अन्यन्त्रै कुलेलाम ठोकी सकेको हुनु पर्छ। यसरी यो घटनामा अपराधी पत्ता लगाउन न सक्नु वा पत्ता लागे पनि बाहिर नल्याउनुमा सबैले अड्कल काट्न सक्छन। कि यो अपराधी नेपाली राजनितीको छत्र छायामा परेको हुनु पर्छ। या त कुनै ठुलै सरकारी उच्च पदका ब्याक्ती माथि…. त्यसैले आज सम्म राज्य पक्षबाट कुनै आसा लाग्दा जवाफ पनि पाइएको छैन।

प्रसङ्ग हो। एसिड काण्डको। घटना भएको यत्रो दिन बिती सक्दा पनि नेपाल प्रहरी के हेरेर बसी रहेका छन्। एस. एल. सी. को तयारी गरिरहेका निर्दोष ति किशोरीहरु माथि सांघातिक हमला भएको कुरा प्रस्ट अनलाइन तथा पत्र पत्रीकामा पढ्न र देख्न सकिन्छ। घटनाका छानबिन अधिकारीहरु अपराधीको नजिक पुगी सकेका भन्छन। तर पनि अझै अपराधीलाई किन कानुनको दायरामा लिएर कारबाही गर्न चुकी रहेका छन्।??? हुन त सुरक्षा प्रशासनबाट गोप्य रुपमा कारबाहीको प्रक्रिया गरिरहेको पनि हुन सक्छ। त्यो राम्रो कुरा पनि हो। तर घटना भएको यत्रो साता बिती सक्दा कुनै निस्कर्ष न निस्किनुमा के नेपाल सुरक्षाको निमित्त फितलो छ ???

म उदाहरण रुपमा केहि भन्न जादै छु। यो मेरो नितान्त व्यक्तिगत विचार हो। यो कसै प्रति लक्षित छैन। घटना क्रम संग जोड्न आबस्यक ठानेको हुनाले यसको उठान गरेको हु। यस घटनामा मुख्य संगीता र सिमा पिडित छन्। संगीताको स्वास्थ्य अबस्था अझै सम्म राम्ररी सुधार हुन सकेको छैन। मजदुरी गरेर जिबिको पार्जन गर्दै आइ रहेका संगीताको बाबा आमा मा यो घटनाले के बिती रहेको होला उहाहरुको दिन । सायद कसैले सोच्न पनि सक्दैनन्। साथै सिमाको परिवारमा पनि। हिजो माइ संसारमा “पुलिसले जहिल्यै मलाई मात्रै दोष देखाउँछ, बाँच्नै मन छैन” भन्ने शिर्षक मा उपलब्ध फोटो भिडियो अडियो सहितको कुरा सुनेर मेरो मन भक्कानिएर रुन आयो। त्यसैले यी कुरा नलेखी बस्न सकिन। पिडित, त्यसमाथि सुरक्षा प्रसासनले अनुसन्धानको नाममा ज्युदै मरेर बाची रहेकी संगीता माथि दबाब पूर्ण, मनोबल घटाउने / सारीरिक स्थित त त्यस्तो भएको छ छ त्यसमाथि मानसिक स्थिति माथि पनि असर पर्ने गरि गरिएको भनिएको कुराले हामी नेपाली जनताले अब के सोच्ने ??? कतै यसमा राजनीति चलखेल त भै रहेको छैन।!!? अझ पिडितले दिएको बयानको आधारमा छानबिनको लागी किन उक्त व्यती माथि केरकार गरेको छैन ? यसबारे पनि हामीले के सोच्ने।!!? अपराधी कसैले बाहिरबाट चिन्न सकिन्न। किन कि कसैको अनुहारमा म अपराधी हु भनेर लेखिएको हुदैन। त्यसैले पिडितको बयानको आधारमा किन गरिएन उक्त व्यक्ति माथि छानबिन।

म पनि कसैलाई प्रेम गर्छु। हाम्रो जात मिल्दैन। जस्को कारण हाम्रो सम्बन्धमा दरार आउला। उन्ले मेरो प्रस्ताब स्वीकार गरिनन् वा स्वीकार गरेर पनि पछी पारिवारिक दबाबमा आएर म माथि बिस्वासघात गरीन भने, के सरकार मैले पनि उनलाई एसिड छयाप्ने ? अनि मैले गरेको अपराधको कुनै सजाय छैन ?? म अपराध गर्दै जान्छु। कुनै पार्टीको सरणमा पुगुला। उसकै छहारीमा बसौला। मलाइ कुनै डर छैन। खुलेआम शहरमा सडकमा छाती खोलेर हिड्ने छु। सरकार मौन हुने छ। अनुसन्धान भै रहने छ। निस्कर्ष सुन्य ……। तर म संग यो सब गर्ने मुटु छैन। मैले माया गरेको मान्छे म बाट टाढा भए पनि सधै खुशी भएको हासेको रमाएको देख्न चाहान्छु। जस्को खुशीको निम्ति मेरो ज्यान पनि किम्ती हुने छ। तर, संगीता माथि जसले एसिड छ्याप्यो। त्यो त मेरो नजरमा मान्छे, मान्छे नै हैन। मानौ की संगीताको कोहि केटा साथि नै थियो। त्यो केटाको प्रस्ताब संगीतलाई मन परेन। संगीताको पनि आफ्नै इच्छा चाहाना थिए होलान। पढ्दै थिईन। आफ्नो जिबन आफ्नै तरिकाले बाच्न पाउनु आफ्नो नैसर्गीक अधिकार हो। यहा कसैको हस्तक्षेत गर्ने अधिकार छैन। तर सच्चि नै त्यो केटाले संगीतालाई माया गर्ने थियो भने यो काम गर्ने थिएँन। माया गर्ने मन कहिल्यै यस्तो हुन् सक्दैन। यदी कुनै केटाले कुनै केटीलाई माया गर्छ भने, केटा होस् वा केटी जस्को प्रस्ताब भए पनि इन्कारमा, प्रतिसोधमा बगेर गलत कदम चाल्नु यो कत्तिको बुद्दीमाता होला। आफै बिचार गर्नुहोस। सायद, आज संगीताको यो अबस्था अनि हाल देखेर पक्कै पनि मानबिय आकारको खोल ओढेको ब्वासो कुनै कुनाबाट यो सब हेरेर सुनेर आफुमा आत्मा ग्लानि गरी रहेको नहोला भन्न पनि सकिन्न। उमेर हो सबैमा प्रेम हुर्केको हुन्छ। चक्कर चल्छ। तर प्रेमलाई बुझेर अघि बढ्नु पर्छ। अरुलाई देखावटीको रुपमा फेसनको रुपमा लिएर हैन। अझ देशमा दिन प्रति दिन बलात्कारको घटना पनि बढ्दै गइ रहेको छ। के नेपालमा कुनै दरिलो कानुन बन्न सक्दैन।? के नेपाला कानुन न भएको देश नै हो त ? जनताले चाहेको कानुन हुनु पर्छ नेपालमा, यदी साच्चै सरकार नेपाली जनता प्रती बफादार हुने हो भने।

यदी यहि घटना नेपालका कुनै राजनीतिकर्मी वा उच्च पदका सरकारी ब्याक्तीको छोरी माथी घटेको भए हजारौ प्रहरी दिन रात नभनी खटिने थिए होलान। बाटोमा भेटिएका संकास्पद व्यक्ति भन्दै उनीहरुमाथि केरकार भै रहने थिए होलान। नजिकका चिनेका अनि केहि संकास्पद सम्पूर्ण केटा साथिहरु माथि प्रहरी हिरासतमा केरकार गरी बल प्रयोग गरेर, एउटा जिन्दगीमा कयौ निर्दोष जिन्दगीहरुको बलि चढाइन्थ्यो होला। अझ भनौ एसिड मात्र हैन तेजाबको पिखारी निर्माण गरी त्यसैमा फ्याकिने थियो होला। यो सब गर्ने सामर्थ्य जुटाउने थिए होलान। सायाद आजको दिन सम्म यसको पर्दाफास भै सक्ने थियो होला। अनि, संसार पनि त्यसले छाडी सक्ने थियो होला। तपाइँ जो सुकै आज संगीताको बा आमा को ठाउमा बसेर सोच्नुहोस। यो घटना आफ्नै छोरी माथि घटेको छ। तर पनि आज सम्म सरकार मौन छ। लाचारी छ। आस्वासन मात्र दिन्छ। पिडा दिन्छ। दुखेको घाउमा नुन चुक लगाउने काम गर्छ। किन सरकार यो सब हामीले मात्र भोग्नु पर्ने किन ??? बिडम्बना एउटा गरिब दुखि परिवार माथि यो सबै भयो। दुख पर्दा सबैले लिने एउटै नाम हे भगवान …. !!! भगवान त कति निस्ठुरी अनि कठोर छस। तलाई मान्नै पर्छ।

2 thoughts on “के मैले पनि उनलाई एसिड छयाप्ने ?”

  1. Kedar says:
    March 17, 2015 at 8:28 pm

    अबोध बालिकाहरुमथी नहुनु घटना भयो दुखद कुरा हो | तर सरकार र प्रहरी जादुको छडी होइन त हौ छु मन्तर गरेर अपराधी पत्ता लगाउने | यो लेख र कोइ कोइ मान्छेको कुरा सुनेर एस्तो लाग्छ हरेक अपराधीको पहिचान अपराध हुनु अघिनै हुनु पर्छ र रोक्न सक्नु पर्छ | मान्छेको मन भित्र लुकेको गन्धी बात अग्रिम पत्ता लागउने कुनै उपाए छ भने सिकाईदिम पुलिशलाई | ताई न तुई हाता लागो दुई जस्तो लेख |

    Reply
  2. सुरज गुरुङ says:
    March 17, 2015 at 10:30 am

    सरकार वा देश र जनताको सुरक्षा को लागि खटिएका भन्ने ती चोर पुलिस,डन्ठे वा काठे बाँस कसको डो हेरेर बस्दै छ?सङ्गिताले भनेका माथिल्ला रुममा बस्ने त्यो केटालाइ किन इन्क्वाइरिमा लिइरहेको छैन?कि त्यो केटाले टन्न घुस ख्वाइसक्यो?त्येही भयर चुप लागेर बसेको होकि?हुन त पुलिसको जात न पर्यो।भन्नै सकिन्न?एस्तै हो भने त्यो घाटनाको छान बिनमा लागेको पुलिस अधिकृतको छोरी वा छोरा माथी पनि एसिड छेप्दिउ है साथीहो।अनि बल्ल थहा हुन्छ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme