Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिमालय टिभीकी न्युज ए‌ङ्करको आफ्नै कथा

Posted on March 16, 2015March 16, 2015 by Salokya

kamala1
नेपालका न्युज च्यानलहरु हेर्नुहुन्छ भने पक्कै हिमालय टिभीकी यी न्युज एङ्करलाई तपाईँले पर्दामा देख्नुभएको हुनुपर्छ। यिनी हुन् कमला श्रेष्ठ। पर्दामा खासै केही फरक देखिँदैन। तर उनको जीवनको कथाव्यथा अरुको भन्दा फरक छ। यहाँसम्म आइपुग्न उनले निकै संघर्ष गर्नुपरेको छ। केही समयअघि अस्ट्रेलियाको डेली टेलिग्राफले उनको बारेमा एउटा लामै फिचर छापेको थियो।

kamala2

अहिले कमला टेलिभिजनमा समाचार मात्रै होइन एफएममा कार्यक्रम पनि चलाउँछिन्। तर केही वर्षअघिसम्म उनको जीवन निकै कठिन थियो।

kamala3

ट्रिपल एम्पुटी हुन् उनी। अर्थात् उनको दुई वटै हात र एउटा खुट्टा छैन। १२ वर्षको कलिलो उमेरमै उनले उडाएको चङ्गा काठमाडौँको हाइभोल्टेज पावर लाइनमा अड्कियो। त्यसलाई निकाल्न फलामे छड प्रयोग गर्दा उनलाई ११ हजार भोल्टको इलेक्ट्रिक सक लाग्यो। त्यसपछि उनी तीन महिनासम्म त कोमामै रहिन्। आगोका कारण भएको इन्फेक्सनले उनले दुई वटा हात र एउटा खुट्टा गुमाउनु पर्‍यो।

kamala4

१० वर्षसम्म उनी कतै जान नसकेकोले एउटै कोठामा बसिरहेकी थिइन्। उनको कुरा क्यासल हिलका रोटरियन रोन मार्कस कहाँ पुग्यो। उनले आफ्नो अध्यक्षलाई यसबारे बताए। त्यहाँबाट अस्ट्रेलियाको ह्यारिसपार्कस्थित  Appliance and Limb Centre मा कुरा पुग्यो। उनीहरुले सित्तैमा कमलालाई कृत्रिम अंग जडान गरी ट्रेनिङ दिने बताए।  Otto Bock (Australasia) र Reis Orthopaedics कृत्रिम अंग बनाइदिने भए जसको मूल्य १३ हजार डलर पर्थ्यो।

kamala5

kamala6

कल्पना र उनकी दिदी तीन साताका लागि अस्ट्रेलिया पुगिन्। त्यहाँ कृत्रिम अंग जडान गरियो।

kamala7

kamala8

अहिले उनी आफू जस्तै अरुलाई सहयोग गर्ने अभियानमा पनि छिन्।

हेर्नुस् उनले पढेको समाचार-

15 thoughts on “हिमालय टिभीकी न्युज ए‌ङ्करको आफ्नै कथा”

  1. krishna malla says:
    April 27, 2015 at 8:21 am

    कमला जी को साहासको कदर गर्दछु

    Reply
  2. श्याम रिमाल says:
    April 14, 2015 at 3:06 pm

    कमला जी को साहासको कदर गर्दछु

    Reply
  3. shiv sagar chaudhary says:
    March 17, 2015 at 11:23 pm

    तपाइको साहसलाई मेरो सलाम र सुभकामना

    Reply
  4. bg says:
    March 17, 2015 at 11:59 am

    कमला जी को साहासको कदर गर्दछु, साथै हिमालयन टेलिभिजनलाई धन्यवाद, अवसर दिनुभएकोमा /

    Reply
  5. Harke says:
    March 17, 2015 at 8:05 am

    Dherai dherai badhai..Many Thanks to Australian Citizens ! Also many thanks to Himalayan TV for recognizing her !!

    Reply
  6. Aman Anzaan says:
    March 17, 2015 at 2:40 am

    पीडादायी कथा

    Reply
  7. Mk says:
    March 16, 2015 at 11:20 pm

    मुरी मुरी वधाई तथा धन्यवाद कमला ज्यु लाई यो अनुकर्निये काम लाई / तपाई साचै प्रेरणाको स्रोत हुनुहुन्छ /हाम्रो सुभ आसिश लागोस, भगवान सदा दाहिना हुन्/

    Reply
  8. सिर्जने says:
    March 16, 2015 at 11:12 pm

    पीडादायी र संघर्षपुर्ण कथा रहेछ / कमला श्रेष्ठलाइ मेरो शुभकामना छ, अझ राम्रो भबिष्यको लागि / ती निराशापुर्ण १० बर्ष घरमा बस्दा कस्तो भयो होला, यिनको आत्मविश्वास दरो रहेछ, माने!

    Reply
  9. saroj says:
    March 16, 2015 at 10:15 pm

    म आइ. एस .सी. पढ्दै गर्दा एकजना बिमल श्रेष्ठ भन्ने साथि संग उनलाई हेर्न बिर हस्पिटल म़ा गएको थिए र धेरै बिचिलित भएको थिए /बधाई छ ,तिम्रो साहस को लागि र सुभ कामना छ उज्जल भबिस्य को लागि.

    Reply
  10. Roshan says:
    March 16, 2015 at 9:22 pm

    Inspired and impressed. Best wishes!

    Reply
  11. Kabir says:
    March 16, 2015 at 7:42 pm

    I have been a news anchor myself in the past and so I know the requirements of extensive use of hands to read news. I am glad that you manage to do the job so effortlessly and if it was not for this article, I would have never noticed it. Keep it up & I am proud of you.

    Reply
  12. mohan sanba says:
    March 16, 2015 at 7:36 pm

    कमलालाई सधै सधै भगवानको साथ रहोस…

    Reply
  13. Durga Adhikari says:
    March 16, 2015 at 7:29 pm

    She is an inspiration to all of us and education to all the kids out there. I wish her every success in life and keep up the great work. We need people like you in this universe to teach people that there is nothing impossible when you want to do it.

    Reply
  14. T Lama says:
    March 16, 2015 at 3:56 pm

    Hats off to Ms. Kamala Shrestha. Respect!!

    Reply
  15. Rambabu pokhrel says:
    March 16, 2015 at 1:01 pm

    धेरै प्रेरणादायी कथा. आशा गरौ धेरैलाई यो कथाले जीवन प्रति नया उर्जा दिनेछ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme