Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विमानस्थल संकट : अव्यवस्थापनको हद

Posted on March 6, 2015March 6, 2015 by Salokya

1-IMG_9291 केही महिना अगाडि एउटा विज्ञापनको निकै चर्चा भएको थियो- मेस्सी र ड्रोग्बा मोमो खान नेपाल आएको। विज्ञापनमा उनीहरुलाई जुन एयरलाइन्सले नेपाल ल्याएको थियो, त्यो टर्किस एयरलाइन्स थियो। विज्ञापनले नेपालको सकारात्मक प्रचार गरेको भन्दै हामी दङ्ग थियौँ। तर बुधबारदेखि त्यही एयरलाइन्सको एउटा विमानले नेपालको टाउको खाइरहेको छ। नेपालभित्रका मात्र हैनन्, बाहिरकाहरुलाई समेत दुःख दिएको छ। बुधबार बिहान पौने आठ बजेदेखि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क टुटेको छ। आज तेस्रो दिन साँझ बल्ल विमानस्थल खुल्ला कि जस्तो भएको छ। दिनहुँ २० हजारभन्दा बढी यात्रु प्रभावित भएका छन्। यो एउटा दुर्घटना थियो, काठमाडौँको विमानस्थलको ६२ वर्षको इतिहासमा पहिलो पटक यस्तो भयो। रनवेमा रहेको विमान हटाउन व्यवस्थापनले प्रयास गरिरहेकै छ। तर हिजो विमानस्थल पुग्दा त्यहाँको अरु अव्यवस्थापन पनि छरपष्ट भयो।

B_UvHfcVIAAOBqs

विमानस्थलको तलको प्रवेश द्वारमै प्रशस्त मान्छे थिए। उनीहरुलाई यति बजेसम्म विमानस्थल बन्द छ भनेर कुनै पनि सूचना दिइएको थिएन।

माथि विमानस्थल परिसरमा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरु, विदेश जानका लागि बसेका नेपाली र विदेशी यात्रुहरु अलपत्र किसिमले कुरेर बसिरहेका थिए। मूलगेट बन्द थियो। बाहिर ब्यागको थुप्रो राखेर मान्छेहरु बसेका थिए। विदेशीहरु टाउकोमा हात राख्दै बसिरहेका थिए।

कुर्दाकुर्दा दिक्क भएका केही विदेशीहरु गीत गाउँदै रमाइलो गरेर दुःख भुल्ने प्रयास गरिरहेका थिए। उनीहरु कसैलाई पनि विमानस्थल प्रशासनले आधिकारिक जानकारी दिएको थिएन।

हुँदाहुँदा एक जना मेक्सिकन महिला त आधिकारिक जानकारी कहाँ पाइन्छ हो भन्दै नागरिक उड्डयन प्राधिकरणले आयोजना गर्ने प्रेस सम्मेलन कक्षतिरै प्रवेश गर्न खोजिन्। हामीले भोलिपल्टसम्म विमानस्थल बन्द भएको भनी सुनाउँदा कसले भनेको भन्दै पत्याइनन्। हामीले डिजीले नै भनेको भनेपछि बल्ल उनी एकातिर लागिन्।

विमानस्थलका एक जना अधिकारी पनि मिडियालाई राम्रोसँग पब्लिकमा पुर्‍याइदिनुस् प्लिज यति बजेसम्म बन्द भनेर अनुरोध गर्दै थिए।

मैले प्रेस सम्मेलनको जानकारी बाहिर आएर फोनबाट न्युज रुमलाई टिपाउँदै गर्दा पनि त्यहीँका केही यात्रु मैले कुरा गरेको सुन्न झुम्मिएका थिए। विमानस्थलले आफ्नो फेसबुक र ट्विटरबाट यति जानकारी अपडेट गराएको भए कम्तिमा इन्टरनेट पहुँच भएका स्वदेशी र विदेशी पर्यटकहरुले सही सूचनाका लागि भौँतारिनु पर्दैन थियो। विदेशमा ट्रान्जिटमा अलपत्र परेकाहरुले पनि सही जानकारी पाउँथे।

त्यति गर्न गाह्रो भएको भए कम्तिमा विमानस्थल परिसरमा माइकिङ गरिदिएको भए हुन्थ्यो। अन्नपूर्ण पोस्टमा काम गर्दा विमानस्थल प्रशासनले चङ्गा नउडाउन माइकिङ गर्दै गरेको सुनेको थिएँ। यस्तै माइकिङ गरिदिए ती यात्रुहरुको कल्याणै हुन्थ्यो।

हामीसँग भएको पैसा सकियो भन्दै पर्यटकहरु विमानस्थलमै सुतेर अलपत्र परेको देख्दा आँखै रसायो।

ट्रान्जिटमा रहेका यात्रुहरुको हालत पनि के भयो होला ? कसैले यो पढिरहनुभएको छ भने कृपया जानकारी दिनुस्।

विमानस्थल प्रशासन पनि संविधान सभाको म्याद थपे जस्तै विमानस्थल बन्दको म्याद थप्दै गइरहेको छ। यसरी यात्रुलाई अन्यौलमा राख्नु ठीक होइन। यसले अहिलेको जमानामा पनि एउटै मात्र रनवे भएको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा के गति हुँदो रहेछ भन्ने पनि देखाएको छ।

हेर्नुस् फोटोहरु

1-IMG_9286

1-IMG_9287

1-IMG_9288

1-IMG_9290

1-IMG_9291

1-IMG_9294

1-IMG_9298

1-IMG_9299

1-IMG_9300

1-IMG_9301

1-IMG_9340

1-IMG_9356

1-IMG_9381

ANG_7793

ANG_7794

8 thoughts on “विमानस्थल संकट : अव्यवस्थापनको हद”

  1. Surya says:
    March 7, 2015 at 5:03 pm

    सार्है नराम्रो ब्यबस्थापन. यस्तो बिपतमा चाहिने उपकरणहरु विमानस्थलमै हुनुपर्छ. जाबो एउटा बिमान हटाउन भारतको मद्दत चाहिनु सांचिकै दुखद कुरा हो. तर दुर्घटनामा यात्रुहरुलाई केहि भएन, त्यो नै राम्रो भो.

    Reply
  2. ekraj says:
    March 7, 2015 at 10:41 am

    एस्तो बेलामा नेता भनौदा जथाभाबी भासन गर्ने हरु कता दुलामा लुकेका छन्? यिन को फटाहा नीति र दुरा दर्सिता को कमि को नतिजा पनि हो केहि हद सम्म|
    नेपाल मा अति नभई नहुने, सामान्य विकास का काम सम्बेधनशिल, क्षेत्र मा सेवाग्राही को निम्नतम सेवा दिन नसक्ने हो भने किन बायु सेबा चलाउने?
    एस्बता नेपाल का बिमान सेबा बेबस्थान्पनमा लायेगा हरुले केहि पनि नसिक्ने हो भने, त्रिभुवन विमानस्थल मा ठुलै समस्या हुन सक्दछ|
    अन्तरास्ट्रिय बिमानस्थल भनेको छ, अन्तरास्ट्रिय विमानस्थल लो लागि चाहिने , रन वे को स्तर र तल माथि हुँदा बैकल्पिक बेबस्था र स्रोत नहुने हो भने झन् झन् गाई जात्रे चाल हुने पक्का छ|
    टुरिजम मा निर्भर रहन पर्ने देश को एकमात्र अन्रस्त्रिया विमानस्थल को बिजोग ले कसैलाई पनि राम्रो संदेश दिदैन|

    Reply
  3. Sudin says:
    March 7, 2015 at 7:44 am

    यो सब नेपाल को एरपोर्ट को गल्ति को तेस्तो हुन सक्छ भनेर विचार पुराएर केहि बेबस्था गर्ने नसक्नु तेस्मा airlines को केहि दोस छैन…

    Reply
  4. सुबल says:
    March 7, 2015 at 12:45 am

    एयरपोर्ट व्यवस्थापनका जिम्मा लिएका हाकिमहरु जत्ति भने नी सुन्ने होइन|
    सरकारी तहमा नेपालीको एयरपोर्ट व्यवस्थापन गर्ने क्षमता नै छैन, यस्तै देखियो|
    त्रिभुवन एयरपोर्ट भनेको राष्ट्रिय लाजवाहक स्थल हो|
    अमेरिका, युरोप र अष्ट्रेलियामा बस्ने मित्रहरु!
    जब एयरपोर्टको व्यवस्थापन संग सम्बद्ध अधिकृत र मन्त्रि हरु विदेश भ्रमणमा आउँछन्,
    उनीहरुलाई स्वागतमा कालो मोसो दलेर होइन, चाप्लुसीलाई बिदेशमा पनि थेगेर होइन,
    बिनम्र भएर कुनै दलको पक्षपाती विचार लिएर होइन तर साचो हृदयले नेपालको भलो चिताउने भएर
    देशको हितमा सोध्नुहोला, हाम्रो एयरपोर्टको किन यस्तो हरिबिजोग?
    भी आइ पी भनेर एयरपोर्टमा आवत जावत गर्ने संस्कार बन्द गरिनपर्छ?

    Reply
  5. jitu says:
    March 6, 2015 at 11:49 pm

    बिचरा यात्रुहरु र हाम्रो नेपाल र TIA | पशुपतिनाथको कृपा ले ठुलो दुर्घटना हुनबाट जोगियो भन्ने यत्रतत्र खबर आइरहेको बेला अब उही पशुपतिनाथ कै आश त होला नि एरपोर्ट खुल्ने दिनको लागि | विदेशीले चाँही कुन नाथ को आश गर्नुपर्ने होला ?
    धन्य नेपाल अनि हामी नेपाली, लाजले मन्टो निहुराउनु पर्यो .

    Reply
  6. Mr. Budhathoki says:
    March 6, 2015 at 9:11 pm

    more than 200 Nepalese are stranded here in HongKong airport, a lot of them are old peoples some even above the age of 70’s and 80’s, our request to the immigration to at least provide us with transit visa so that we can go to the hotel provided by airline has gone futile. support from the local hongkong consulate is next to none. staying here for 3 nights already with no proper sleeping facilities that too for women with small children’s, it feels we are trapped in some kind of prison and the worst part is our government is helpless as well. can’t think of any more pathetic condition than this.

    Reply
  7. xyz says:
    March 6, 2015 at 8:14 pm

    Who knows with such a dilly dallying, slow/tardy process, Turkey may handover the whole plane, as a gift, to Nepal. First, this will fulfil Nepal from purchasing one more plane, second, this could be a symbol of Nepal-Turkey friendship. Even the whole plane looks like a Turkey bird to me. A Nepali journalist has compared the working at TIA with the process of writing the constitution. Think if our politicians use this plane to write a constitution. After all Bam Dev has already express his kam to have a meeting inside a plane. His wish will be fulfilled as well.

    Reply
  8. Bogati says:
    March 6, 2015 at 5:49 pm

    हाम्रो देशको सरकारी कामकाजको जोलन्त उदाहरण, यात्रुहरुको राम्रो ब्यबस्ता गरिन्दिनु पर्थियो, दिनमा ८० भन्दा बढी जाहाज आउजाउ गर्ने देशमा एसले पक्का पनि राम्रो संदेश दिदैन अरु देशको माझमा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme