Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जसोतसो जोगियो सयौँ यात्रुको ज्यान

Posted on March 4, 2015March 4, 2015 by Salokya

dikesh
आज बिहान एउटा नराम्रो खबर आयो- टर्किस एयरलाइन्सको एयरबस विमान हाम्रै काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको। धन्न आपतकालीन व्यवस्थापन राम्रो गरेकोले ठूलो क्षति भने हुन पाएन। २ सयभन्दा बढी यात्रुहरुको सकुशल उद्दार भयो।

तर एउटै अन्तर्राष्ट्रिय विमानस्थल, त्यसैबाट आन्तरिक उडान पनि गर्नुपर्ने। दुर्घटना भएपछि अनिश्चित कालका लागि विमानस्थल बन्द गर्दा सयौँ यात्रुहरुले पाउनु दुःख पाए। विमानस्थल परिसर अस्तव्यस्त नै भयो यात्रुको चापले।
004

003

002

001

IMG_0375

IMG_0373

हेर्नुस् भिडियोहरु-

11 thoughts on “जसोतसो जोगियो सयौँ यात्रुको ज्यान”

  1. jaya says:
    March 6, 2015 at 7:15 am

    अझ लाजमर्दो कुरा चाही एउटा मात्र अन्तरास्ट्रिय एअरपोर्ट अनि अन्तरास्ट्रिय उडान को लागि एउटा मात्र रनवे छ…

    Reply
  2. Prakass says:
    March 6, 2015 at 1:47 am

    पशुपतिनाथ अर्को के नाथ भनेर नै यो देश बिग्रियो नभए हेर अब पशुपतिनाथले त्यो प्लेन Tow गर्ने समान जुटाएको खोइ ? I’m Hindu and i do believe in god but its time to change. God created us so we could work and not depend on him too much.Its really time to change, a COUNTRY who boasts about Himalayas and Gautam Buddha doesn’t have a material to tow a plane and had to shut down the airport- this isn’t getting any more shameful than this for Nepalese.

    Reply
  3. xyz says:
    March 5, 2015 at 12:05 pm

    Lo, in the land of Pashupatinath,
    A birth place of Buddha
    The country of ansu barma,
    The bravest of the brave – the land of Gurkhas
    Never being colonized by any country
    The country of the Everest, Prithivinarayan Shah the Great
    Hydropower rich country, honest and hardworking mountain populace…………the whole airport is at standstill since yesterday…reason: we do not have an equipment to tow away 170 tonne aircraft from the runway! Hang on a minute, this could be a deep plot to keep our revolutionary leader Dr Bhattarai out of the country and to delay constitution making process by the sovereign but totally India dependent country.

    Reply
  4. डिल्ली says:
    March 5, 2015 at 11:34 am

    सबै सकुशल रही अवतरण हुन सक्नु यस्तो दुर्घटनामा आश्चार्यजनक दुर्लभ सफलता हो । सरकारी संयन्त्र, हवाई व्यवस्थापनको बागडोर सम्हाली बसेका व्यवस्थापक र कर्मचारीका कारणले क्षति नभएको नभै पाइलटहरूको सुझबुझले काम गरेको हुनसक्ने सम्भावना प्रवल छ । हामी कहाँ भएका आसेपासे आयोग(आयोगयो)का सम्भावित पदाधिकारी, होनाहार नेतागण, सरकारी संयन्त्र, कर्मचारी तन्त्र, विज्ञ नामधारी मनुवाहरू कतिलाई थकथकी लागिराख्या होला । यो भन्दा ठूलो विपत आइलागेको भए हुने आम्दानीको गन्न कतिका हात सक्सकाए होलान् “थुइक्क यत्ति मात्रै पो भो” भने होलान् । यस घटनाबाट निर्णायकहरूले पाठ सिक्नु पर्ने हो यस्तो घना मानव वस्तिमा यो भन्दा ठूलो दुर्घटना घटे स्थिति कति भयावह हुन सक्ला भन्ने अनुमान गरेर सुरक्षित र फराकिलो ठाउँमा सुबिधा सम्पन्न विमान स्थल बनाउन तदारुकता देखाउनु पर्ने हो । महङ्गा र झुर विमान स्थलहरूको सूचीमा अङ्कित यो विमानस्थल स्थगित हुँदा दु:खपाउनेहरूको कति ठूलो हुल छ भन्न बेलैमा सोचिदिए हुन्थ्यो कि ! सबै विकासका उपलब्धी आफ्नै आँगनमा खोज्ने प्रवृत्तिको अन्त्य हुनु भौगोलिक, सामाजिक, आर्थिक र सुरक्षाका दृष्टिले कति जरुरी छ भन्ने सोचि सोही अनुरुप कार्य गरे हुने हो । तर के गर्ने सबैलाई आँगनमा “ठूलो विकास” चाहिन्छ । आफूलाई हानी नहोस् देशको सबै भन्दा ठूलो विमानस्थल आफ्नै आँगनमा होस्, प्रमुख बसपार्क, ठूलो अस्पताल, ठूलो बाटो, ठूलो मन्दिर, ठूलो पुल, ठूलो ….. सबै ठूला ठूलासँग टाँसेर एउटा सानो गुम्ति पसल चलाउन पाए कम्ता कमाइ हुने थिएन भन्ने चाहना छ ।

    Reply
  5. Shankar says:
    March 5, 2015 at 7:44 am

    संकर भगवान को कृपा ले सब बाँचे |

    Reply
  6. बशन्त राज says:
    March 5, 2015 at 1:38 am

    बिमान दुर्घटना सम्बन्धमा केहि घटना उल्लेख गर्न चाहन्छु/ गत बर्ष बिमान दुर्घटनाको निकै समाचार बने त्यो समाचारहरु मधधे मलेसिया बाट चिनको लागि उडेको बिमान बेपत्ता हुनु, नेदरल्याण्डबाट मलेशियाको लागि उडेको विमानलाई युक्रेनको रशियाँन समर्थित बिद्रोहीले ओगटेको क्षेत्र बाट हानीएको रकेटको कारण दुर्घटना भयो/ तेस्तै गत बर्षकै अन्त्यमा सिग्गापुरको लागि उडेको इन्डोनेशियाको एक बिमान दुर्घटना भयो / यो सबै दुर्घटनामा कोहिपनि बचेनन/ चीनकोलागि उडेको बिमानको अत्तो पत्तो छैन/ बैज्ञानिकहरुका अनुसार हामी मानवलाई मगलग्रहमा के छ धेरै जानकारी छ / तर प्रीथिबिको ३ भागको २ भाग ओगत्टने समुद्रको पीधमाके छ / कसैलाई पनि थाहा छैन / ९७% समुद्री पानिको गहिरहिमा के छ कसैले पनि अनुसन्धान गरेको छैन / उत्त बेपत्ता भयको मलेशियाको बिमान पनि तेस्तै समुद्रमा हराएको हुन सक्छ / जे भयपनी नेपालमा अवतरण गर्ने क्रममा दुर्घटना भयको बिमानमा रहेको सबै यात्री सकुसल रहे त्यो नै दुखपूर्ण समाचार बीच सुखद समाचार रहयो /

    Reply
    1. xyz says:
      March 5, 2015 at 5:47 am

      भाई, नागरिक उड्डयन प्रधिकरंमा प्रवक्ता को लागि निबेदन दिनु न

      Reply
  7. आशा says:
    March 5, 2015 at 1:03 am

    मलाई एस सम्बन्धि धेरै प्राविधिक ज्ञान त छैन तर मेरो सोझो बुझाइमा ल्यनडिङ्ग गर्ने कठिन हुने ठुला विमान हरु ल्याउन हुन्दैन होला | किन भने जोखिम धेरै हुञ्छ | जहाज ६-७ फन्का आकाश मा मारे पछि अवतरण गरेको रे | जहाज को प्राविधिक खरावी वा कमजोरी वा चालक दलको कमजोरी जस्तो पनि देखिञ्छ | हुस्सुको मात्र कारण नहोला | रातको समयमा, हिमपात तथा भिषण वर्षा भैरहेको बेलामा पनि जहाजहरु सहजै उडान तथा अवतरण गरेको मैले देखेको छु किनभने जहाज मा जहाज र धावनमार्गको पोजिसन देखाउने येन्त्र हुञ्छ साथै टावर संग कुराकानी भैरहेको हुञ्छ | मुख्यत, नजिकै को पहाड को उचाई यो जहाज को अनुकुल नभयको जस्तो लग्यो | रिस्क धेरै भैरहने हो भने नेपाल ले लुम्बिनी को विमानस्थल लाइ ठुलो छ्यमताको मुख्य अन्तर्रस्ट्रिय विमानस्थल बनाउनु पर्छ | अनि त्यहाँ बाट साना जहाजबाट देशका अन्य विमानस्थल मा सिधा कनेक्शन गर्नुपर्छ |

    Reply
  8. dave says:
    March 4, 2015 at 11:14 pm

    नेपाल मा पशुपतिनाथ को कृपा अपरम्पार छ.
    जय पशुपतिनाथ ..
    धन्य कसैको ज्यान गएन.

    +
    पशुपति को कृपा ले .. LICENSE NABHAYEKO DRIVER जस्तो हाम्रो देश क नेता र कर्मचारी हरु ले देश चलाउदा त देश अझै SILENTLY चलिराखेको छ…
    जय पशुपति नाथ.

    Reply
  9. eklavya says:
    March 4, 2015 at 11:09 pm

    यस्तो ठुलो विमान राजधानीको बिचमा अवतरण गराउनु कत्तिको खतरनाक हुन सक्छ यो केवल कल्पना मात्र गर्न सकिन्छ तर ढुक्क हुने अवस्था पनि छैन तेस्तो दुर्घटनाको सम्भाव्यतालाइ नकार्न पनि सकिन्दैन मेशिन हो कुनै पनि बेला जे पनि हुन सक्छ तेसैले छिटो भन्दा छिटो विकल्पको खोजि नगरे ठुलो आपद संग नेपालले सामना गर्नु पर्ने अवस्था आउनसक्छ ..

    Reply
  10. Jha says:
    March 4, 2015 at 5:12 pm

    Hats off to Crew Member

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme