Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

झोछेँमा अर्धनग्न अवस्थामा रुँदै हारगुहार गर्नेको परिचय खुल्यो

Posted on March 9, 2015March 9, 2015 by mysansar

Whoisthis (3) हप्ता दिनअघि माइसंसारमा अरुण शर्माले लेखेको ब्लग र खिचेको फोटो देख्नुभएकै होला।

अघिल्लो साताको आइतबार आज (आइतबार) त्यस्तै दिउँसोको करिब साढे ३- पौने ४ बजे बसन्तपुरबाट झोँछे जाने बाटोमा भएको घटनाका प्रत्यक्षदर्शी थिए अरुण।

‘मलाई बचाऊ, प्रहरीको दमन भयो’ भन्दै कराउँदै गरेको सुनेका थिए उनले। के भएको रहेछ भनेर जाँदा एउटा मान्छेलाई सादा पोसाकमा आएका प्रहरीले तानेर लग्दै गरेको रहेछ। ऊ बारम्बार प्रहरीको दमन भयो, मलाई बचाउनुस् भन्दै थियो। प्रहरी पनि उसलाई बल गरी गरी तान्दै थियो। थप पढ्नुस् ब्लगमा। त्यो व्यक्ति को रहेछन् त ? अन्ततः उनको परिचय खुलेको छ।
Whoisthis (2)
उनी रहेछन् खगेन्द्र रंजितकार। खगेश नामले पनि चिनिँदा रहेछन् उनी।

४४ वर्षका रंजितकार गएको संविधान सभाको निर्वाचनमा जनमोर्चा नेपालका उम्मेदवार थिए। हेलिकप्टर चुनाव चिह्नका साथ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा चुनाव लडेका उनले ५७ भोट पाएका थिए।

माइसंसारकै ब्लगको फोटोसहित उनले केही दिनअघि फेसबुकमा एउटा स्टायटस लेखेका छन्। उनको स्टायटस यस्तो छ-

आदरणीय मेरा फेसबुक साथीहरु,
मेरा प्रिय राष्ट्रभित्र बाहिर रहेका सच्चा नेपाली जनताहरु !

म चौध अञ्चल पचहत्तर जिल्लाको राजधानी काठमाडौँ जैसिदेवलवासी, पेन्सनप्राप्त सुबेदार, हाल रेक्स सेक्युरिटीको डाइरेक्टर, चाइल्ड प्रोटेक्सन फोरम नेपालको संरक्षक, रेक्स स्पोर्ट क्लबको अध्यक्ष।

हिजो दिउँसो मेरो झोछेँ वसन्तपुरमा रहेको रेक्स सेक्युरिटी सर्भिसमा ड्युटीमा रहेको अवस्थामा तीन जना सादा पोशाकमा जनसेवा चौकीबाट प्रहरी आउनु भई यहाँ एसिड बेच्छ भनेर सोध्नुभयो। मैले यहाँ यस्तो बेच्ने कोही छैन भने। अस्ति पनि आउनु भयो। मलाई मात्र किन टेन्सन दिनुहुन्छ भनेँ। तर उहाँहरु मान्नु भएन। अनि म जस्तो समाजसेवाी जनताको लागि केही गर्न चाहने नयाँ नेतालाई अपशब्द बोलेर अभद्र व्यवहार गरियो। म त पुरस्कार प्राप्त प्रहरी सई साप हो भन्दै घिसारियो, मन भाँच्चियो।

6 thoughts on “झोछेँमा अर्धनग्न अवस्थामा रुँदै हारगुहार गर्नेको परिचय खुल्यो”

  1. sagar khadka belgium says:
    March 13, 2015 at 11:33 pm

    नेपाल को पुलिस न हो

    Reply
  2. bibek dhakal says:
    March 11, 2015 at 11:12 pm

    माथि को ब्लग पढेर जो कोहीलाई पनि पुलिस प्रति राम्रो भावना आउदैन होला तर एउट पुलिस ले गल्ति गर्यो भन्दैमा सबै पुलिस प्रशासन नै तेस्तो हुने, एउटा दिमाग खुस्केको मुसलमान ले कहिँ आक्रमण गर्यो भन्दैमा सबै मुसलमान आतंककारी हुने, एउटा आइमाई ले लोग्ने छोडेर पोइल गयो भन्दैमा सबै आइमाई बाइफाले हुने, जस्तो Stéréotype लिनु कसैको लागि फाइदा नहोला. पक्कै पनि हाम्लाई थाहा छ कि संसारमा जुनसुकै पेशा, धर्म, समुदाय, सम्रदायामा राम्रो नराम्रो दुवै किसिमका मान्छे हुन्छन र नराम्रो भन्दा राम्रै बढी हुन्छन ( तस्कर , अपराधि, आतंककारी लाइ छोडेर). यदि यी सबमा नराम्रो ले राम्रो लाइ माथ गर्ने हो भने अवस्था कस्तो हुन्थ्यो होला बिचार गर्नुस. हाम्रो बानि सकारात्मक चिजलाई नदेख्ने तर नकारात्मक कुरा चाही भए पनि नभए पनि देख्ने बानि छ. तेही बानि सायद हाम्रो जीवनमा बेला बेला रिफ़्लेक्ट भैरहन्छ, अनेक रुपमा.

    Reply
  3. Hishil (Bangalore) says:
    March 11, 2015 at 7:51 pm

    नेपालको पुलिशले पुब्लिक सहयोग गर्नुको सत्ता पुब्लिकलाइ दुख्ख दिने काम मात्र गर्छ i was going to Nepal from Bangalore it was in night around 10 o clock i didn’t get bus. I got a truck on the way of Butwal there were some police they stopped the truck and they were telling why you are taking passenger give fine. I requested the police saying that i dindn’t get bus so i asked lift i am student i need to reach home it was getting late so i asked lift but the chor police did not listen to me at all at last he took 100 from driver.

    Reply
  4. Bishwaraj says:
    March 10, 2015 at 10:31 pm

    संसार कै नालायक पुलिस नेपालको पुलिस- फलाम मा नराम्रो सुलिस- मान्छेमा नराम्रो पुलिस- परिवारमा एक जना पुलिस छ भने त्यसले पुरै परिवारलाई नालायक बनाउछ- परिवारले राष्ट्र सेवक छ भनेर गर्ब नगरे हुन्छ-

    Reply
  5. kanncha says:
    March 9, 2015 at 11:08 pm

    पुलिस हो पुलिशले गर्छ के गर्छ भन्दा मान्छे कुटने अप सब्द बोल्ने उसको साथमा भएको रकम र केहि राम्रो समान भए कुम्लाउने काम गर्छ .
    नेपालको पुलिस बास्तबमा folish हो र सुद्ध भन्नु पर्दा पर हरि मेरो मानेमा ये हरि पर हरि सबैले हुदो नहुदो गरुन र हाम्रो पुलिस हो पुलिसले गर्छ गर्नुपाम भन्छ

    Reply
  6. punte kanchha says:
    March 9, 2015 at 3:46 pm

    पुलिस हो, पुलिस ले गर्छ, के गर्छ भन्दा मान्छे कुट्ने काम गर्छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme