Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुलिसले छातीमा किक हान्दा मान्छे पुक्लुक्कै ढल्यो

Posted on March 3, 2015 by Salokya

police_kick
एउटा अनौठो लाग्ने घटनाको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। दृश्यमा कुद्‌दै गरेका एक लामो कपाल भएका अग्ला मान्छेलाई प्रहरीले छातीमा किक हानेर पुक्लुक्कै ढालिदिएको देख्न पाइन्छ।

मोबाइलबाट खिचिएको लो क्वालिटीको यो भिडियोमा रातो लुगा र कालो पाइन्ट लगाएर कुद्दै गरेको मान्छेलाई पुलिसले त्यसरी लात हानेर ढालेको देख्न पाइन्छ।

kick1

भिडियोको सुरुवात यो दृश्यबाट हुन्छ। यो त्यति प्रष्ट छैन तर त्यहाँ प्रहरी र मान्छेबीच केही लफडा भएको जस्तो अनुमान गर्न सकिन्छ।

kick2

अनि यो लामो कपाल भएको रातो लुगा र कालो पाइन्ट लगाएको मान्छे दगुर्दै गरेको देख्न सकिन्छ।

kick22

यो दृश्यबाट थाहा हुन्छ कि घटनास्थल नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको मूल द्वार बाहिर हो। भिडियोमा ए धेरै नपिट्नुस् धेरै नपिट्नुस् भनेको सुनिन्छ। गेटभित्र पुलिसले कसैलाई पिट्दै लगेको हो कि जस्तो देखिन्छ।

kick4

त्यो रातो लुगा लगाएको मान्छे द्वारतिर दौड्दै गर्दा एक जना पुलिसले घाँटीमा हातले पिट्छ तर ऊ बचेर अघि बढ्छ। यत्तिकैमा अर्का एक जना प्रहरी पनि दौड्दै आउँछन् र खुट्टा उचालेर छातीमै किक हान्छ।

kick7 kick6 kick5

ए ल, ल, ल …. भिडियोमा आवाज सुनिन्छ। मान्छै पुक्लुक्कै ढल्छ। अरु प्रहरी आएर उसलाई उठाउने प्रयास गर्दैगर्दा भिडियो सकिन्छ।

हेर्नुस्-

हेर्नुस् भिडियो-

27 thoughts on “पुलिसले छातीमा किक हान्दा मान्छे पुक्लुक्कै ढल्यो”

  1. Sisir says:
    March 5, 2015 at 3:29 pm

    माथिको द्रिस्य भनेको बर्दीमा गुण्ड गर्दी हो , राज्य शक्तिको चरम दुरुपयोग हो … आफु संग भएको शक्ति र आफ्नो दायित्वमा भेद न हुदा एस्तो हुन्छ … तेसै पुलिस र driver संग संगत नगरेको बेश भनेका होइनन … संस्कारको कुरा हो …
    ————————————————————————–
    जवाफको लागि हाम्रो पुलिस संरचनाको इतिहास हेरे पुग्छ .
    ब्रिटिसले भारतमा भारतीय जनता माथि दमन गर्नको लागि तालिम दिएको प्रहरी संगठनको अनुसरण गरेर नेपालमा पुलिसको बेबस्था गरियो (अनुसरण गर्नु पर्ने थियो तिनै ब्रिटिसले आफ्नो बेलायेती जनताको लागि खडा गरेको ब्रिटिश पुलिसको जो संसारकै उत्तम मानिन्छ ).. खराब नक्कलको परिणाम त पक्कै राम्रो हुन्न .. यिनीहरुलाई तालिम दिने पनि उनिहरु नै थिए, प्रहरी संरचना पनि तेस्तै छ .. आफ्नो साम्राज्य जोगौना अरुलाई दमन गर्ने गरि खडा गरिएको संस्थाबाट दिछित हाम्रा प्रहरी पनि तिनै सामन्ती संस्कारका उपज हुन् जसले आफुलाई निकै शक्तिसाली र आम जनतालाई भुसुना पनि गन्दैनन … भारतीय प्रहरी त झनै खत्तम छन् … तेसैले नेपाल प्रहरीलाई जब सम्म ब्यबसैकरण गरेर जनताको सेवक हौ भन्ने संस्कार दिदैनौ तब सम्म येस्तै हो … अझ उदेक लाग्दो कुरा त एउटा नब प्रबेसी अफिसरलाई तालिम सुद्द २-४ पढेका सिपाहीले दिन्छन , यो भनेको डाक्टर लै कम्पौन्दरले पदाये जस्तो हो … अनि के सिकुन तिनीहरुले मा ** मु ** जस्ता सब्द ज्ञान बाहेक …

    Reply
  2. KS says:
    March 5, 2015 at 12:45 pm

    Police of Nepal just work for themselves and also corrupted. Citizen of Nepal never feel that they are there to protect citizen. This is the real feeling whether they like it or NOT. Even lower ranked police thinks that they can beat, they can kick ,they can do whatever they wanted to public, seen many times, since they think that there is nothing above than those police man who are all above other. Citizen are not protected from police man of Nepal. Is not there any law that police can not kick, beat citizen and if done they will be fired? This is not simple issue. It happens in Nepal many times. It is just one even that was successful to capture in camera.

    Reply
  3. rakesh says:
    March 5, 2015 at 4:39 am

    पुलिसको सोचाई :- ‘ नेपाली जनताहरु भेडा र गोरु जस्तो हुन्छन यिनीहरुलाई ठिक लगाउन नठोकी हुदैन ‘
    पुलिसको व्यवहार :- आफ्नो शक्तिको पूर्ण रुपमा दुरूपयोग गर्दै जनतामाथि दमन गर्ने खोज्ने र जनतालाई नचाहिने दुख दिने..
    नेपाली जनताको सोचाई :- ‘ नेपालको पुलिस चोर भाते जनताको पैसाले तलब खाने यस्तालाई कसले टेर्छा ‘
    नेपाली जनताको व्यवहार :- पुलिसलाई होच्याएर हेर्ने, नमान्ने र नटेर्ने
    यो कुरा सबैमा लागु नहोला तर जतिपनि यस्ता घटनाहरु छन् यस्तै एक अर्का प्रतिको नकारात्मक सोचाई राख्नुले नै ठुलो भूमिका खेलेको हुन्छ..यो नै हामी सबैको कमजोरी हो ..हामीले हाम्रो सोचाईलाई परिवर्तन गर्नु पर्छ ….
    वास्तवमा यस्तै सोचाईहरु बाट नै हाम्रो समाजमा कुसस्कारको जन्म भएको छ र यदि नेपाल परिवर्तन गर्ने हो भने सबै नेपालीले आ आफ्नो सोचाई परिवर्तन गर्नु पर्छ…राजनीतिमा लागेका र सबै तहका सरकारी कर्मचरीहरुले आफ्नो व्यतिगत सोचाईलाई भन्दा सामाजिक र राष्ट्र हितको सोचाईलाई प्राथमिकता दिनु पर्छ …जनताले पनि आफ्नो व्यक्तिगत सोचाईमा मात्र एकोहोरो नभएर राष्ट्रियहित को पनि सोचाई हुनु पर्छ.. हामी सबै नेपाली जनताको आफ्नो समाज र आफ्नो राष्ट्र प्रति समान सोचाई राख्न आवस्यक छ ….ब्यतिगत सोचाईमा अल्झिएर नै गर्दा आज देश मा भ्रस्टाचार, गुन्डा गर्दी, काला बजारी, फैलिएको को छ र सोझा साझा जनता चपेटामा परेका छन् ….सक्नेले लूटया लूटयै नसक्नेले आफ्नो भएको नि बचाऊन सकेको छैन….परिवार बिग्ग्रने र राष्ट्र बिग्ग्रने यसरि नै हो र …कुरा बुझ्नु जरुरि छ र व्यवहारमा उतार्न आवस्यक छ

    Reply
  4. Bayan says:
    March 5, 2015 at 3:38 am

    यी पुलिसजीले राम्रो ट्रेनिंग पाएका रहेछन/ यसरि एकै लातमा मान्छे ढाल्नु चानचुने कुरा होइन/ यसरि नै सबैले आफ्नो कर्तब्य पुरा गर्ने हो भने देश माथि उठ्न बेर लाग्दैन/

    Reply
  5. rekha says:
    March 5, 2015 at 2:14 am

    जनताको रगत र पसिना मा मातिएक गुन्डा पुलिस कस्तो होला है !

    Reply
  6. prakash Gurung says:
    March 5, 2015 at 12:55 am

    नेपाल प्रहरी ले नेपाली जनता को हृदयमा बस्न सक्नुपर्छ ! प्रहरी भनेको जनताको लागि हो भनेर येस्ता अनपद तथा साधारण नैटिक ग्यान समेत २ कछ्या समेत नपढेका प्रहरीले सम्पूर्ण सम्पूर्ण प्रहरी सस्था को नै बदनाम गर्छ ! त्यो प्रहरीले मार्सल आर्ट्स सीकेका रहेछ ! त्यस्तॊ बाटोमा हीडेका मानिस लाइ किक हानेर बडो बहादुर भयछ ! त्यस्तै बहादुरी देखाउने हो भने अन्तेर्रास्त्रिया प्रतियोगिता मा गयर देश को लागि पदक ल्यायर देखाउ अनि सारा नेपाली ले गौरब गर्नेछ नत्र भने तलाई धिकार छ ! त जस्ता गधा प्रहरीले सारा संगठनको बदनाम गर्छ !

    Reply
  7. Ramas says:
    March 4, 2015 at 9:50 pm

    “Protect and serve with mukka and laat” – Nepal Police

    Reply
  8. बिमल says:
    March 4, 2015 at 9:35 pm

    खासमा कुरो चै के रहेछ , खुरापाती पुलिसले किन तेसलाई पिटेछन ? कुरो स्पष्ट हुनु परो सरकार ।

    Reply
  9. रैथाने says:
    March 4, 2015 at 9:29 pm

    नेपाल प्रहरी को शिक्षा दीक्षा साथै ब्याबसायिकरण तालिम अनि मानबिय चेतनाको ज्ञान आदिकुराको निकै कमि छ! सुन्य छ भन्दा पनि हुन्छ!
    यो खासमा बिगतको राजतन्त्रीय साथै सामन्तिकरण को कुप्रभाब हो!
    पद शक्ति को तुजुक देखाउने रोष र राग पोख्ने!
    किनकि उनीहरुको संरचना र सनगठनिय ढाचा र कार्य पनि सबै तेस्तै छ!
    माथिकाले तलाकोलाई ठोक्ने अनि तलकाले जनतालाई रोष पोख्ने र भेटायमा ठोक्ने!

    Reply
  10. बिमल आचार्य says:
    March 4, 2015 at 5:15 pm

    मेरो देशको दुर्गति, विदेश तिर refrigerator मा लुकेको चोर लाइ सुप खान दिएर अदालतमा लगिन्छ तर यहाँ दिन दहाडै छातीमा लात हानिन्छ, गल्ति जे नै भए पनि शारीरिक यातना दिनु कति जायज हो ?

    येस्तै हर्कतले प्रहरी प्रतिको विश्वास धमिलिएको छ !!

    Reply
  11. अनुपराज कार्की says:
    March 4, 2015 at 5:00 pm

    यो भिडियो मा जे जति देखाइएको छ, त्यतिले कसैलाइ दोष लगाउन पर्याप्त छ जस्तो लागदैन, त्यो लामो कपाल वाला मान्छे अनाहकमा त्यो घटनाको भागिदार भएको हो भने पुलिसले दमन गर्यो भन्न मिल्छ, तर त्यो अपराधिक मानसिकता भएको, वा कुनै केष लागेर फरार भएको हो रहेछ भने पक्कै पुलिसले ठिकै गरेछ भन्नुहोला । त्यसैले आधा ज्ञानको भरमा पोष्ट नगरम, बरु त्यहा साच्चै भएको कुरा थाहा पाए राम्रो हुन्थ्यो । बरु यो भिडियोखिच्ने महासयलाई केही थाहा थियो कि जान्न पाए आभारि भइन्थ्यो ।

    Reply
  12. Roshan Basnet,Sydney says:
    March 4, 2015 at 4:48 pm

    प्रहरी महोदय… साउथ इन्डियन चलचित्र को पारखी हुन् कि क्या हो ?…..नभयेनि सिङ्घम चाही धेरै पटक हेरेका होलान महोदय ले ……पुरै चलचित्र को प्रभाव देखियो त !
    …महोदयले कपाल पालेकै भरमा येसरी हानेका भए चै सारै गलत कुरा हो …..प्रहरी कारबाई अरु तरिका बाट नि गर्न सकिन्छ ….यो त अभद्रव्यवहारको परकास्ता नै भयो … कृपया एस्तो निन्दनीय कार्य नदोरियोस !

    Reply
  13. chandra says:
    March 4, 2015 at 4:39 pm

    बाम देब र IGP ले राजिनामा दिनुपर्छ आफ्नो स्टाफ ले एक जना नागरिकलाई एस्तो जंगली व्यवहार गरेको मा !

    Reply
  14. suresh kumar says:
    March 4, 2015 at 2:41 pm

    पोलिस को गुण्डा राज !

    Reply
  15. ramesh deula says:
    March 4, 2015 at 2:27 pm

    प्रहरी प्रमुख र गृह मन्त्रि जवाफ दे !

    Reply
  16. Bidya says:
    March 4, 2015 at 11:52 am

    प्रकास जी,
    भिडिओ खिचेर सबै को आगाडी ल्याउनउ भनेको पनि त त्यो दमन बिरुद्ध को आवाज नै हो नि होइन र ? र आर्को कुरा त्यो प्रहरी को दमन थियो कि थिएन भन्ने कुरा तद उबाई पछ्या को कुरा सुनेर मात्र भन्न सकिन्छा

    Reply
  17. purna prasad khatiwada says:
    March 4, 2015 at 11:45 am

    नेपाल मा सुशासन को गतिलो उदारण कलंकी मा पुलिश को ज्यादती , जे गरे पनि हुने पुलिश ले , यत्रो दमन गरेर सर्बसाधारण लाइ दुख दिने यो त अति नै भयो ,

    Reply
  18. Bidya says:
    March 4, 2015 at 11:22 am

    प्रकास जी,
    भिडिओ खिचेर सबै को आगाडी ल्याउनउ भनेको पनि त त्यो दमन बिरुद्ध को आवाज नै हो नि होइन र ?

    Reply
  19. nabin says:
    March 4, 2015 at 10:45 am

    साले नेपाली पुलिस येस्तई थियो, भैरहांचा, बामे जस्तो चोर हरु गृहमन्त्री भए सम्म /पुरा घटना लेख्न खोज्नुस र त्यो साले पुलिस लै कारबाही को लागि मांग गरुन

    Reply
  20. Panchaman says:
    March 4, 2015 at 9:17 am

    मेरो सलाम छ त्यो भोडियो खिचने साहसी मित्रलाई अबको दिनमा सबैले यो काम गर्नु पर्छ कमसेकम स्वपत्रकार को भूमिका निभाउने मित्र प्रति मेरो आत्मा देखे सलाम भन्नु चाहन्छु

    Reply
  21. Nimesh, BKK says:
    March 4, 2015 at 8:39 am

    भिडिओको लागि धेरै धेरै धन्यवाद, तपाईले आफ्नो मोबाईलको सहिसदुपयोग गर्नुभएछ .
    हामि नेपालीहरुको एउटा दुर्भाग्य नै रहेछ . यस्ता पोलिस भनाउदाहरुबाट आफ्नो सुरक्षाको आश गरेर बस्नु पर्ने . यदि मेरो बशमात्रै चल्छ भने म पनि उसको त्यो ठाउँमा एक्लात हिर्काउन मन लाग्यो . खाते पोलिशलाई सजायको माग गर्नु पर्ने हो, तर खै ….

    Reply
  22. moti says:
    March 4, 2015 at 3:55 am

    यो पुलिसको जागिर बर्खास्त गरियोस |

    Reply
  23. Udeep says:
    March 4, 2015 at 3:21 am

    कारण के होला त प्रष्ट भएन, तर पुलिसदाईले किक चाही सहि हानेको हो | त्यो रातो लाउने मान्छेको हाउ-भाउ हेर्दा नि गुन्डा-गुन्डा जस्तो देखिन्छ | बिना कारण त किन गोदे होलान र?

    Reply
  24. पवन says:
    March 4, 2015 at 1:54 am

    छ्क्काएर हान्ने हाम्रो भाते पुलिसको बहादुरी

    Reply
  25. Prakass says:
    March 4, 2015 at 12:06 am

    नेपाली मान्छेहरु जस्तो लाचार र निरिह अरु कतै छैनन्. दोष नेताहरु लाई दिएर आफु चै एस्तो प्रहरी दमनको बिरुद्ध आवाज नउठाई भिडिओ खिच्न तल्लिन हे नेपाली जनता भनाउदा बोरा ओडेर हिड्ने पशुहरु अब त बिउझ …….

    Reply
    1. Lava Bhatta says:
      March 4, 2015 at 12:10 am

      अरुलाई पशु भन्ने हजुर चाहिँ के नि ? पशुपति ??
      प्रहरी दमनको विरुद्ध आवाज नउठाई घण्टा कमेन्ट लेख्न बसिरा त ? उसले त कमसेकम भिडियो खिचेर हजुरजस्ता पशुलाई यस्तो भइरहेको छ भनेर जानकारी दियो । हजुर पशुले चैँ गाली गलौज बाहेक के गर्न सक्नुभो ? नालायक

      Reply
  26. अनोज शाक्य says:
    March 3, 2015 at 11:41 pm

    जनताको पैसाबाट तलब खाएर जनतालाई नै यस्तो दमन ? आँखा खोल नेपाली जनताहरु के अब कहिले पनि चुनाव आउँदैन ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme