Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ बन्न लागेको कानुनमा ‘आपत्तिजनक’ कार्यबारे के छ प्रावधान?

Posted on March 17, 2015 by Salokya

केही अघि कुमारी बैँकका सिइओ प्रहरी फन्दामा परे। त्यसअघि चितवनका होटल तथा लजमा छापा मारी प्रहरीले कयौँ जोडी पक्रियो। उनीहरुलाई सार्वजनिक अपराध तथा सजाय ऐन अनुसार कारबाही गरिन्छ। अहिले पुराना कानुनहरुलाई एकीकृत गरी कानुन बन्दैछ। यो विधेयक संसद्‍मा प्रस्तुत भई छलफलका लागि अघि बढी पनि सक्यो। तर जनस्तरमा यो विधेयकबारे खासै बहस हुन सकेको छैन।

के छ त यो विधेयकमा यौनजन्य कसुरका लागि प्रावधान ?

१२१. वेश्यागमनको प्रचार गर्न नहुने:
(१) कसैले कसैलाई वेश्यागमनको लागि आग्रह वा प्रचार गर्न हुंदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैंयासम्म जरिबाना हुनेछ ।

१२२. वेश्यावृति वा वेश्यागमनका लागि घर, जग्गा प्रयोग गर्न दिन नहुने
(१) कसैले वेश्यावृत्ति वा वेश्यागमनको लागि जानी जानी आफ्नो घर, जग्गा, सवारी साधन उपलव्ध गराउन हुंदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्नेलार्ई तीन महिनासम्म कैद वा दश हजार रुपैंयासम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

१२३. अश्लील किताव, पर्चा इत्यादि बनाउन वा विक्री गर्न नहुने
(१) कसैले सार्वजनिक रुपमा अश्लील किताब, पर्चा बनाउने लगायतका देहायको कुनै काम गर्न हुदैन–
(क) शारिरीक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन वनाउने कुनै अश्लील किताव, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन,मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय संचार माध्यमबाट प्रचार प्रसार गर्न,
(ख) त्यस्तो अश्लील वस्तु खरीद विक्री वा वितरण गर्न वा भाडामा दिन वा सर्वसाधारणलाई देखाउन वा सो गर्ने नियतले आप्mना साथमा राख्न,
(ग) कुनै व्यक्तिबाट त्यस्तो अश्लील वस्तु यस प्रकार प्राप्त हुन सक्तछ भनी विज्ञापन दिन,
(घ) त्यस्तो अश्लील वस्तु बिक्री वितरण गर्ने उद्देश्यले निकासी पैठारी गर्न वा आफूसँग बोक्न ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा जरिबाना वा दुवै सजाय हुनेछ ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि वैज्ञानिक, शैक्षिक, कलात्मक, साहित्यिक, अनुसन्धानमूलक, ज्ञानवर्धक महत्व वा अभिरुचीको वा धार्मिक प्रयोजनको लागि राखिएको वा वनाईएको कुनै कृतिको हकमा यस दफाको व्यवस्था लागू हुने छैन ।

१२४. सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने
(१)दश वर्ष भन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्वन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न हुंदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा दश हजार रुपैयासम्म जरिबाना हुनेछ ।

१२५. सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने
(१) कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न हुंदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक बर्षसम्म कैद वा वीस हजार रुपैयासम्म जरिबाना हुनेछ ।

12 thoughts on “नयाँ बन्न लागेको कानुनमा ‘आपत्तिजनक’ कार्यबारे के छ प्रावधान?”

  1. madan bajracharya says:
    March 22, 2015 at 9:34 am

    “जायज यौन सम्बन्ध र नाजायज यौन सम्भंदको व्याख्या कानुनमा स्पस्ट सिट गरिनु पर्छ/ जायज यौन सम्भंद राख्न पाउनु पनि नागरिक अधिकार भित्रकै कुरा हो/ हाम्रो कानुनमा बिबाह गर्न सक्ने उमेर तोकेको छ/ त् बिबाह गर्न सक्ने उमेर पुगेको व्यक्तिहरुले समाजको मर्यादा राखेर जायज यौन सम्भंद राख्नुलाई अपराध मान्नु हुँदैन/ समाज र कानुनले तोकेको शर्तमा यौन ब्यबसाय हुने गरेको धर्म शास्त्र र ईतिहासमा उल्लेख गरेको कुराहरुले पनि प्रमाणित गर्छ/ यो कुरामा कट्टरवादी बिचार र व्यवस्थाले समाजमा बढी यौन अपराध फैलाउँछ/

    Reply
  2. अजय श्रेष्ठ says:
    March 22, 2015 at 6:01 am

    यो कानुन आएमा पुलिसले पैसा कमाउने छन् सबैले जानुन

    Reply
  3. Sisir says:
    March 18, 2015 at 4:10 pm

    १२४. सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने
    (१)दश वर्ष ………..वा “कसैलाई अश्लिल शब्द बोल्न” वा इशारा गर्न हुंदैन ।

    यो उपदफा लागु हुने हो भने त सब भन्दा पहिले नेपाल प्रहरी र सेनाका हाकिम हरुलाई सजाय हुनु पर्ने हुन्छ, तिनका मुखमै झुन्डेको हुन्छ … तेस पछि दोस्रो लिस्ट मा आउछन गाडी का चालक र सहचालक .. म* मा** मु** मु** कुन कुन सब्द अश्लिल हुन् तेस्को परिभासा पनि चाहिएला नत्र स्वबिबेक मा जसलाई फसाए पनि भो … यसै मेसोमा कबड्डी फिल्मको एउटा सम्बद याद आयो ” तलाई म्याचिण्डे **** ) नया नया सब्दको अविस्कार … एक जना थिए ” रानी को बन ” भन्न मन पराउने … अर्को ” बाबा जी कि ठुल्लु ” लाई अश्लिल भन्नेकि सलिल भन्ने ? दुइ अर्थि छ यो पनि …

    Reply
  4. Shankar says:
    March 18, 2015 at 8:35 am

    मान्छे आफुले पायो भने ७० बर्स को उमेर मा पनि छोड दैन , अरुलाई चै यो कानुन , त्यो कानुन , यो मानिस को स्वार्थि स्वभाब को उपज हो |
    अरुले खाएको , गरेको देख्न न सक्ने , आफु चै स्वाद लिने |
    अब कानुन को कुरा गरौ बले ले सभासद भएर पर्खाल नाग्दा कुन कानुन ले रोक्यो ?
    यो कानुन भनेको नुन धेरै खानेलाई , झोक्राएर बस्नेलाई लाग्ने भाइरस हो | कानुन लागेमा सुन को पयोग ले कानुन को प्रभाब रोक्न सकिन्छ |

    Reply
  5. bibek dhakal says:
    March 18, 2015 at 2:19 am

    जिउ बेच्ने धन्दालाई रेगुलेट गर्ने र व्यवस्थित रेडलाइट एरिया बनाउने हो भने सबै पक्षको टाउको दुखाइ ( र अरु दुखाइ पनि) कम हुन्थ्यो 😀

    Reply
  6. shyam giri says:
    March 17, 2015 at 11:22 pm

    अरु जे जस्तो कानून बने नि केहि छैन तर बलात्कार र मानब तस्कर गर्नेलाई कडा कानूनी व्यवस्था हुनु पर्यो !

    श्याम गिरी
    USA

    Reply
  7. ashok says:
    March 17, 2015 at 7:39 pm

    मलाई त प्राथमिक तहको बालबालिकालाई नैतिक शिक्षा दिन खोजे जस्तो लग्यो ! ६ बर्सको तोते बोली बोल्ने बालबालिकालाई बलात्कार गरेर ज्यानै मर्ने अपराधीलाई त फाशी नै दिनु राम्रो हुने थियो ! खोई, केहि देखिदैन त !

    Reply
  8. शाक्षात सुशिल says:
    March 17, 2015 at 3:51 pm

    पुनश्च: सार्वजनिक स्थान भन्नाले चार भित्ताले बारेको सस्तो किसिमको लज अथवा होटलको बन्द कोठा देखि भिड भाड युक्त असनको चोक सम्मलाई बुझिनेछ ।

    Reply
  9. Kamal bishwokarma says:
    March 17, 2015 at 9:57 am

    अनि महिला पुरुष बीच सहमतिमा हुने गोप्य यौन क्रिया लाइ के गर्ने त? कि प्रहरीलाई खाने बाटो बनाइदिने हो? यौन मौलिक अधिकार र आधारभूत आवस्यकता पनि हो भन्ने कुरा पनि सबैले बुझ्नु जरुरि छ!

    Reply
  10. लौटन अवधि says:
    March 17, 2015 at 9:36 am

    तालिबान र आइ यस आइ यस को नया सस्करण पो आए छ ! अब खलिफा स्टेट घोसना गरे हुन्छ ! अबु बक्र बग्दादी चाही को बन्ने हो कुन्नि ? नेपाल खलिफा स्टेट मा ? यो घोसना भएकै दिन च्यात्नु पर्छ ! एस्तो खलिफा राज मा कमसेकम हामि जस्तो चाही बस्न सकिदैन !

    Reply
    1. bibek dhakal says:
      March 18, 2015 at 2:17 am

      रमाइलो #
      माथि १२१ देखि १२५ बूँदा सम्म निषेधित गरिएको कुरा ( वेश्यागमन प्रचार; वेश्यागमन को लागि घर वा जग्गा दिने; अस्लिली किताब, प्रचार बिक्रि गर्ने; सार्वजनिक स्थानमा यौनाङ्ग देखाउने र यौन क्रिया गर्ने) मध्ये एउटा वा सबैमा साथि खप्पिस हुनुहुँदो रहेछ.. ‘कमसेकम हामि जस्तो चाही बस्न सकिदैन’ भन्नुको तात्पर्य त तेइ देखियो नि 😉

      Reply
      1. लौटन अवधि says:
        March 19, 2015 at 10:01 am

        हिन्दु अतिबादी हरु को खलिफा राज मा बस्न सकिदैन भन्ने तात्पर्य हो ! नागा बाबा को लिङ्ग ढोग्न लम्पसार पर्ने ढोंगी हरु, मन मिलेका केटा र केटि कुनै होटल या एकान्त मा गए भन्दै मा बेस्यागमन को आरोप लाउने हरु आफ्नै बाउ आमा लाइ समेत बेस्या र बेस्यागमन को आरोप लाउन बेर लाउदैनन !

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme