Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुझिदिन्याँ को होला कर्णालीको कथाव्यथा? सुनकलीले जित्यो स्लोभेनियामा अवार्ड

Posted on March 3, 2015March 3, 2015 by Salokya

unnamed कठिन छ हुम्लाको बाटो….
बुझिदिन्याँ को होला
कर्णालीको कथाव्यथा…

अहिले फेरि विश्वकपको लहर छ। यो क्रिकेटको होइन फुटबलको विश्वकप हुँदा माइसंसारमा तपाईँले केही ब्लगहरु पढ्नुभएको थियो- मुगुकी मेस्सी सुनकलीबारे। माइसंसार यो डकुमेन्ट्रीको ब्लग पार्टनर पनि हो। त्यही डकुमेन्ट्रीले स्लोभेनियाको माउन्टेन फिल्म फेस्टिभलमा माउण्टेन, नेचर तथा कल्चर विधामा जुरी अवार्ड पाएको छ। यसअघि काठमाडौँमा भएको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा पनि सुनकलीले एक हजार अमेरिकी डलरको इसिमोड अवार्डसहित जुरी अवार्ड पनि पाएको थियो।

माइसंसारमा पहिलो पटक प्रस्तुत छ, सुनकलीको एउटा साउन्डट्रयाक-

कठिन छ हुम्लाको बाटो….
बुझिदिन्याँ को होला
कर्णालीको कथाव्यथा…

यो गीत डकुमेन्ट्रीमा बज्दा भावुक भइन्छ। कतिले त आँसुसमेत बगाएका छन् यो गीतसँगै। डकुमेन्ट्रीमा यो गीत पूरा राखिएको छैन। पूर्ण अंश माइसंसारमा मात्र एक्सक्लुसिभ-

unnamed (1)
हरेक वर्ष स्लोभानियाको राजधानी लुबियानामा हुने गरेको फिल्म महोत्सवमा यसपटक २६ देशका ५० फिल्म तथा वृतचित्र सहभागी भएका थिए।

मुगुकी १३ वर्षीया सुनकली र उनको फुटबल टिमले जिल्ला बाहिरसम्म पुगेर गरेको जितको अनुभवसम्मलाई पत्रकार भोजराज भाटले डकुमेन्टेसन गरेका हुन्।

पहिलो अन्तर्राष्टिय स्क्रिनिङका लागि सुनकलीका निर्देशक भोजराज भाट र निर्माताका तर्फबाट विमलसिंह विष्ट दुबै स्लोभानिया पुगेका थिए।

लुबियानाको चर्चित थियटर सांकारियाडोमस्थित विशेष पुरुस्कार वितरण समारोहमा महोत्सव निर्देशक सिल्भो कारोले भने, फुटबलको विषयलाई हिमाली जनजीवनसँग जोडेर बनाइएको सुनकलीलाई पुरस्कृत गर्न पाउँदा हामी निकै खुशी छौं।’

“हामीकहाँ फुटबल भनेपछि कि त मेसीलाई सम्झन्छौं कि रोनाल्डोलाई, तर फुटबल ठूलो स्टेडियम भएका देशहरुमा मात्र खेल्दैनौं, यो हिमाल, पहाड वा तराई जहाँतही खेल्न सक्छ भन्ने सन्देश दिन खोजेका छौं,” पुरस्कार थापेपछि निर्देशक भाटले भने, “त्यही फुटबल युरोप, अमेरिकातिर अरवौं डलर कमाउने माध्यम बनिरहेको छ तर हामीकहाँ खेल्नको लागि बालबालिकाले आफ्नै अभिभावकसँग संघर्ष गर्नु परिरहेको छ, जो सुनकलीमा हेर्न सकिन्छ।”

‘सुनकली’ अरु देशमा पनि प्रदर्शन गर्ने तयारी रहेको निर्देशक भाटले बताए।

3 thoughts on “बुझिदिन्याँ को होला कर्णालीको कथाव्यथा? सुनकलीले जित्यो स्लोभेनियामा अवार्ड”

  1. Yogesh Aadi says:
    March 5, 2015 at 10:05 am

    १९९१ मा पूर्व यूगोस्लाभियाबाट स्वतन्त्र बनेको देश स्लोभेनियामा आईस इस्की र फुलबल सबैभन्दा लोकप्रिय खेल हुन् । स्वतन्त्र बनेको ७ वर्षमा नै विश्वकपमा छनौटमा पर्दै टीमका स्ट्राईकर जालात्को जाहोभिचले यूरोपियन लिगमा समेत खेलेर संसारलाई चकित पारेका थिए । त्यसैले स्लोभेनियनहरु फुटबलसँग सम्वन्धित हरेक कुरा मन पराउँदछन् । (राजधानी लुभ्ल्याना हो)

    Reply
  2. सिर्जने says:
    March 4, 2015 at 12:41 am

    सुनकली टिम र पार्टनर लाइ बधाई छ / अझ धेरै सफलताको लागि अग्रिम शुभकामना!

    Reply
  3. narayan says:
    March 3, 2015 at 11:14 am

    यो कर्णालीको मात्र बेथा नसम्झी सबै पक्क्ष बाट एस्तो घाउमा मलम लगाउने काम गर्नु पर्छ सरकार र गैरसरकारी सस्था भनाउदाले

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme