Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के साह्रो बिग्रिए मान्छे, सानी बहिनीहरुलाई तेजाब छ्याप्न थाले

Posted on February 22, 2015February 22, 2015 by mysansar

Acid_Attack (1) आइतबार एकाबिहानै राजधानीमा भएको एउटा घटनाले सबैलाई गम्भीर बनाइदिएको छ।

एसएलसीको तयारीका लागि ट्युसन पढिरहेकी किशोरीहरुलाई एउटा केटाले तेजाब छ्यापेर भाग्यो। तीन जना किशोरीलाई तेजाबले पोल्यो। ती मध्ये एक जना गम्भीर घाइते छिन्।

तेजाब छ्याप्ने घटना धेरैजसो तराईतिर हुने गर्छ। अब त काठमाडौँमै पनि हुन थाल्यो। तेजाब छ्याप्ने केटा अहिलेसम्म पत्ता लागिनसकेकोले किन छ्यापियो भन्ने कुरा थाहा भइसकेको छैन।

तर धेरैको अनुमान उही छ- एकतर्फी प्रेम। स्कूले बालबालिकालाई जबर्जस्ती प्रेम गराउन बाध्य गर्ने कस्तो केटा होला यो। अनि अरुलाई पीडा दिने यो प्रेम कसरी हुनसक्छ र यो त घृणा हो।

तेजाब छ्यापिएपछि अनुहार बिग्रन्छ र मेरो नभए कसैको हुन दिन्न भन्ने केटोको घमण्डी स्वार्थ पूरा हुन्छ। त्यसो त केटाले केटीलाई त्यही विषयमा मात्रै तेजाब छ्याप्छन् भन्ने छैन। घरायासी झगडा र आन्तरिम बेमेलका कारण पनि केटाले केटालाई पनि तेजाब छयापेका घटना छन्।

भारतमा यस्ता घटना धेरै बढेकै कारण तेजाब बिक्रीमा कडाइ गरिएको छ। तर नेपालमा भने ब्याट्री पसल, साइन्स ल्याब र औषधि पसलहरुमा समेत एसिड किन्न पाइन्छ।

सजिलै किन्न पनि पाइने, सजिलै बोकेर पनि हिँड्‌न पाइने हतियार भएकोले यसको प्रयोगमा यहाँ पनि व्यापकता आउन सक्छ। बेलैमा यसबारे सचेत हुन जरुरी छ।


हेर्नुस् अंगद ढकालले खिचेका आजका घटनाका केही फोटोहरु-

Acid_Attack (1)
तेजाब अगाडि बेन्चमा बस्ने संगीता मगरलाई धेरै लागेको थियो। छ्याप्नेले उसैलाई लक्षित गरी हानेको थियो। पछाडि बेन्चमा बसेकी सीमा बस्नेतलाई समेत तेजाबले लाग्यो। घाइते उनको उपचार हुदैछ वीर अस्पतालमा।

Acid_Attack (2)
यही कक्षाकोठामा हो अकस्मात् आएर केटाले तेजाब छ्यापेको।
Acid_Attack (3)
तेजाबको दाग यहाँ देख्न सकिन्छ।
Acid_Attack (4)

Acid_Attack (5)

Acid_Attack (6)

Acid_Attack (7)

Acid_Attack (8)

Acid_Attack (9)

Acid_Attack (10)

Acid_Attack (11)

Acid_Attack (12)

Acid_Attack (13)

यो पनि पढ्नुस्-
तेजाब छ्याप्ने केटाको अझै पहिचान भएन
​पीडित भन्छिन् – यसरी भयो हामीमाथि तेजाब आक्रमण
ट्युसन पढिरहेका दुई किशोरीमाथि एसिड प्रहार
काठमाडौंमा ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड प्रहार

10 thoughts on “के साह्रो बिग्रिए मान्छे, सानी बहिनीहरुलाई तेजाब छ्याप्न थाले”

  1. kamal says:
    March 20, 2015 at 10:01 pm

    आज त्यो अपराधी समातियो, मन सारै खुसि छ.

    अपराधीले पत्र पत्रिका संकलन गरेको थियो भन्ने समाचारमा आयो. माथि मन नपरे रातो click गर्नी तेही नै थियो कि?

    Reply
  2. Suman Gurung(UK) says:
    February 23, 2015 at 9:38 pm

    सारै नराम्रो कुरा को सुरुवात भयो… हदै सम्मको सजाए हुनु पर्छ दोषीलाई, पकडियेपछि !

    Reply
  3. GP says:
    February 23, 2015 at 10:03 am

    सजाय त जति दिएपनि कमि नै हुन्छ ति राक्षसहरु लाइ……तिनीहरु मानब जातिमै कलङ्क हुन्तै…………. कडा सजाय होस्…….तेजाब जस्तो घातक चिज को किनबेच मा अलि नियन्त्रण गर्नुपर्ला कि….

    Reply
  4. ravi says:
    February 23, 2015 at 9:31 am

    एस्तो ठुलो अपारद गर्ने अपरादी हो … बिग्रेको मानिस ले त अलि बादी जाड रक्सि खल तर एस्तो काम गर्दैन …एस्तो त ठुलो भन्दा ठुलो अपारद गर्ने अपराधी हो …कसै को ज्यान लिन खोज्ने अपराधी हो लेखक जिउ … एस्तो लै बिग्रेको मानिस भनेर कति सजिलो संग भन्नु भयो …अलि कति कडा भएर प्रतिकार गर्नोस एस्ता सामाजिक अपराधी हरु संग. !!!!

    Reply
  5. kamal says:
    February 23, 2015 at 9:18 am

    समयमा नै अपराधीलाई कानुन बमोजिम सजाए दिन सक्यो भने अनि समाचारमा देख्न/पढ्न पाए खुसि हुने थिए|

    एस्तो कमेन्टहरुमा पनि मन नपरे रातो गर्नेहरु कस्ता अपराधी सोच भएका हुन् , कुन्नि ?

    Reply
  6. Shankar says:
    February 23, 2015 at 9:08 am

    एसिड हाल्ने को दुवै हात काटिदिनु पर्ने |

    Reply
  7. हृदय says:
    February 23, 2015 at 3:24 am

    घाइते भएकी नानी लाई छिट्टै सन्चो होस् भनि भगवान संग प्रार्थना ! त्यस दैत्यको अनुहारमा पनि उसै गरि एसिड छ्यापेर छाला उतारियोस !!

    Reply
  8. Bayan says:
    February 23, 2015 at 1:11 am

    धेरै धेरै दुखित समाचार/ There is always consequences behind your action or decision you make भन्ने कुरामा जब सम्म सबैलाई चेतना गराउन संकिदैन तब सम्म यस्ता घटनाहरु रोकिने वा कम हुने सम्भावना छैन/
    बहिनिहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु/

    Reply
  9. Deepak Adhikari says:
    February 22, 2015 at 11:40 pm

    बहिनीहरुको पिडा देख्दा, आफ्नै मुटु भक्कानियर आउँछ , कठै……… स्कुले बिद्यार्थी पनि सुरक्षित भयनन यो देशमा ! जनतालाई बर्षौ देखि संविधानको नाटक मन्चन गर्दै ठगि गर्नेको मात्र सुरक्षा छ यो देशमा ! दण्डहिनताको परकस्टा, भ्रस्टाचारीको शाशनको नमुना हो यो ! दोषीलाई मृत्युदण्डको सजाँय मिलोस, यहि छ मेरो माग !!!!!!!!!!
    दिपक अधिकारी
    जर्मनी

    Reply
  10. Rohini says:
    February 22, 2015 at 9:14 pm

    धेरै दुखि बनायो यो समाचारले | अपराधीलाई सजाए मिलोस र फेरी येस्ता घटना नदोहोरियोस|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme