Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुको सरकारको एक वर्षे उपलब्धि विवरणका रमाइला तथ्य

Posted on February 20, 2015 by Salokya

हेर्दाहेर्दै सुशील कोइराला सरकारले एक वर्ष पूरा गरिसकेछ। माघ २७ गते नै एक वर्ष पूरा भइसके पनि उपलब्धिको विवरण खोज्न समय लागेको भएर हो कि आज फागुन ८ मा बल्ल सार्वजनिक गरियो। उपलब्धिको विवरण नै बत्ती बालेर खोज्नुपर्ने जस्तो भएपछि के लाग्छ र।

विवरणमा रमाइला रमाइला उपलब्धिहरुको वर्णन गरिएको छ। केही नमूना हेरौँ-

• वर्तमान संयुक्त सरकारले १ वर्षसम्म स्थिर सरकार सञ्चालन गर्न सफल भएको छ।

• काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका नागढुंगा, फर्पिङ, छैमले, बाँडभञ्ज्याङ, नाङ्लेभारे, सुन्दरीजलका बाटोहरुमा सिसिटिभी जडान गरिएको

• रक्सौल अमलेखगञ्ज पाइप लाइन निर्माण गर्ने सम्बन्धमा नेपाल र भारतबीच समझदारी पत्र अन्तिम अवस्थामा पुगेको छ (अन्तिम अवस्थामा पुग्नु
पनि उपलब्धि हुँदो रहेछ, हस्ताक्षरै भएको भए चाहिँ के हुने थियो होला हगि?)

• हाउस मेडमा वैदेशिक रोजगारमा जान हाललाई रोक लगाई संस्थागत रुपमा पठाउने गरी कार्यविधि तर्जुमा अन्तिम चरणमा पुगेको छ (अन्तिम चरणमा पुग्नु पनि उपलब्धि हुन थाल्यो देशमा)

• वैदेशिक रोजगारका लागि संस्थागत कामदार पठाउने मुलुकमा उज्बेकिस्तान थप गरिएको छ।

अन्तिम चरणमा पुगेको, मस्यौदा बनेको जस्ता अरु धेरै कुरालाई उपलब्धिका रुपमा व्याख्या गरेको देखिएको छ। हेर्नुस् उपलब्धिको पूर्ण विवरण-
Card

12 thoughts on “सुको सरकारको एक वर्षे उपलब्धि विवरणका रमाइला तथ्य”

  1. प्रविन says:
    February 23, 2015 at 9:59 am

    सरसरी अवलोकन गरेर नढाटी भन्नपर्दा देशलाई अधोगतिमा लैजाने बाजेहरु नै हुन्| अझ खाल्डोमा हाल्न आतुर बाजेहरु पनि पाइपलाइन मा छन्| नेपालको प्रशासन र राजनीतिको विगत र वर्तमान बुझ्ने र भविश्यप्रति चिन्तन गर्ने जो कोही नेपालीलाई यी बाजेहरु को को हुन् र को को छन् भनेर नाउँ लिइरहन पर्ने आवश्यकता नहोला|
    नबाजेहरुमा एउटा देउवा पर्यो र अर्को मरिचमान सिंह| देउबा फेरि प्रधान मन्त्रि होला भनेर नचिताए पनि हुन्छ| सुर्यबहादुर र लोकेन्द्र बहादुर हरु पंचायती हिमायती हुन्, त्यसैले अर्काको कठपुतली बनेर राजा छउन्जेल राजाको आज्ञाकारी सेवक बनेर जनतालाई शोषण गरे, अहिले स्वर बदलेका छन्| कागले जति गरे नी कोयाली हुन् सक्ने होइन| नेपालको बन स्वाहा पारनेमा सुर्यबहादुर महानायक हुन्, जुन इतिहासमा हाम्रा भावी सन्ततिले पढ्न पर्छ,यदि साँचो इतिहास लेखिने हो भने|
    यतिका पढेलेखेका र बुझेका बाजेहरु हुँदा हुँदै पनि बाजेहरूले देश झ्वाम्म पार्दै आएको बारे न बहस हुन्छ न प्रकाशमा नै आउँछ| आफ्नो दुनो सोझाउन्मा नै व्यस्त|
    मरिचमान प्रधान मन्त्रि नभएको बेला भए प्रजातन्त्र आउने थिएन| किन? यो बिषय गम्भीर छ| बाजेहरुले आफु बाहेक अन्य प्र म भएको सहन गर्दैनन् भनेर कसैले भने त्यस बिषयमा बहस गर्न आवश्यक छ| गणेशमानले आफु प्रधान मन्त्रि नबनेर किन कृष्ण प्रसाद बाजेलाई प्र म खाने अवसर दिए जसको फलस्वरूप उनले (प्र. म. ले) मुलुकलाई कुनै दिशा प्रदान गर्न सकेनन| अहिले जो हामी भोगिरहेका छौ|
    तथ्य कुरो यही हो| मोहोर राखेर ढोग चढाउने र सुको प्र मन्त्रिहरुले देश स्वा… हा.. पारे|

    Reply
  2. deepak says:
    February 22, 2015 at 3:52 pm

    आज सम्म को सबै भन्दा निकम्मा नालायक सरकार येही सुशील कोइराला को सरकार हो.. यो सरकार को भन्दा सामुदायिक बन समिति/खानेपानी उपभोक्ता समिति को एक बर्षे उपलब्धि धेरै र राम्रो हुन्छ.

    Reply
  3. manjunath says:
    February 22, 2015 at 1:32 pm

    ग्यासको चरम अभाव ३ महिना देखि वर्तमान सम्म कायम रहनु यो सरकारको सर्बोपरि उपलब्धि मान्नुपर्ला |

    Reply
  4. Rahar says:
    February 21, 2015 at 8:48 pm

    हहहः… कति हास्नु , म त हासेर नै मर्छु कि क्या हो भन्थो मुस्कान पासाले ,त्यस्तै भो . लाज सरम छैन यो सुशील कोइराला र उसका हनुमान हरुलाई / देशमा उद्योग धन्दा खोलेर सबैलाइ काम दिनु त कहाँ हो कहाँ / फलानो देशमा कामदार पठाउन अन्तिम चरण पुग्यो रे /
    मनोज गजुरेल भने झैँ नेपाल कृषि प्रधान बाट कामधार प्रधान देश भाको साँची नै हो रहेछ / कसी सी क्यामरा जोड्ने काम पुरा भो रे /// कत्रो ठुलो काम गरेको हो …. यो दारी को सरकार हरेक फ्रन्ट मा असफल भाकै हो / हुनत नेपाल किन चै सरकार सफल भाको छ र / त्यहि भएर त नेपालमा एउटा स्थिर सरकार नभाको हो नि /

    Reply
  5. sekhu says:
    February 21, 2015 at 4:40 pm

    स्यालकाे हुइया हुइया

    Reply
  6. ekraj says:
    February 21, 2015 at 8:47 am

    Everyone will be surprised to such a pathotic list of their gain during the tenure of Sushil Koirala.
    The biggest gains they have not included and every Nepalese knows are:
    1. With the expense of public money Sushil Koirala is still breathing.
    2. Oli is earning billions from his Dons and he is still selling his gaffe to criminals in the name gain or political slogans. He is another dead corps still breathing in public expenses to fool very people paying for his life.
    3. The corrupts ministers and party leaders have amassed their wealth from rampange corruption and deposited in foreign banks.
    4. Maoislist have not stoped their loot one way or other
    5. Overall corruption and criminals have reached another level in the watch of Bamdev. It is definite that he must have surpassed everybody in corruption.

    Reply
  7. xyz says:
    February 21, 2015 at 8:39 am

    Interesting, the last five para related to government’s anticorruption drive. That also means anticorruption agenda to be the last priority item of this government. Anyway, we have a sadachari PM riding a horse of bhrastachari. In the progress report Mr SuKo (25%) failed to mention about his three mobile sets, declared as his entire property. Let us say “u” to this “u” PM.

    Reply
  8. Nirmal says:
    February 21, 2015 at 7:56 am

    सरकारको एउटा बिभागले गर्ने कामलाई सुको सरकारको उपलब्धि रे?
    सांचै दिउँसै बत्ति बालेर खोजे पनि नपाईने उपलब्धि| बाबुरामले आँट गरेर
    फराकिलो बनाएको राजधानीको सडकमा सार्क सम्मेलन गर्दा सुजातालाई
    फास्ट लेडी बनाएको उपलब्धि माने कसो होला?
    यसलाई बरु सुकोली सरकार भन्न पर्ला| सुको र ओली मिलेर मुलुक सुकाएको अवस्था|
    नेताहरु आफु त् बिरामी भए भए देश लाई पनि बिरामी बनाए|
    नेपाली जनताले कति सहने हो यस्तो निकर्मन्य्ता?

    Reply
  9. Shankar says:
    February 21, 2015 at 5:46 am

    सुसिल को मेन उपलब्धि भने को उनकै भासमा भन्नु पर्दा ” उनले उ गरेर उ गरे |”|
    उनले ‘उ ” गर्दा सुसिल ,प्रचण्ड र झलनाथ खुब मिटिंग बसे ,|गाला जोडे , गला मिलाए |
    कुरा तहा सम्म प्रचन्डलाई लाइ पनि चित्त बुझ्यो , होचा कि जोइ सबै कि भाउजु भनेर प्रचण्ड एण्ड कम्पनि ले पनि फाइदा उठाए , सुसिल दा सोजा बने | अब जब ओली उदाए , प्र मा लाइ पनि बाइपास गर्न लागे , एकाएक प्रचण्ड ले सुसिल प्र म हुनुपर्ने सोचे , अब सुसिल ”उ ”नै हो |
    अनि प्रचण्ड गर्जे ;; सुसिल सरकार इतिहास कै भ्रास्ताचारी सरकार ”|
    बिहान घाटी खुले को बेला सुसिल सग अन्तर्वार्ता लिन जानु उनको जबाफ येउतै हुन्छ ” ठुलो उपलब्धि बनेको गणतन्त्र संस्थागत भयो , प्रजातन्त्र मजबुत बन्यो |”
    पान खाएर बादर ” – – -क ”जस्तो मुख बनाएका तालु चिन्ड़े कांग्रेसी नेतालाई सोच्नु हाल सम्म को उपलब्धि के, जबाफ आउछ ” बात के छ कि, गिर्जा बौ ले छोडेर जानु भएको नासो प्रजा तन्त्र जो छ , वो अझै सिसु अबस्था छ| हामि लागिरहेछु एसको बिकास गर्ने ”|

    Reply
  10. kumar says:
    February 21, 2015 at 4:59 am

    संबिधान कब्जा पनि अन्तिम चरणमा नै छ भन्दिए हुन्थ्यो

    Reply
  11. jasmine says:
    February 21, 2015 at 1:14 am

    प्रगति विवरण मा यौटा मुख्य कुरा छुतायेछ सरकार ले …देश को लागी अतुलनिय योगदान गरेका फलानो फलानो नेता लाइ जाबो केहि करोड खर्च मै विश्वको टप अस्पताल हरु मा उपचार गरी बचौना सफल भन्ने महत्वपुर्ण प्रगति विवरण..

    Reply
  12. jasmine says:
    February 21, 2015 at 12:57 am

    यस्तो प्रगति विवरण कसरी बनाउछन, थाहा छ सालोक्य जी? सक्रिय पत्रकार तपाई लाइ झन् बडी थाहा होला तर मेरो अनुभब म भन्छु: सरकार को १ वर्ष पुरा हुन लाग्यो भने पछि मन्त्रिपरिषद को कार्यालय ले सबै मन्त्रालय मा परिपत्र गरेर ल तिमि हरु को मन्त्रलय को उल्लेखनिय कार्य को विवरण पठाऊ भन्छ..मन्त्रालय ले बिभाग हरु लाइ तेही पत्र पठाएर बिभाग को प्रगति पठाऊ भन्छ (जब कि हरेक महिना मन्त्रालय मा प्रगति meeting हुन्छ, तर recording system zero भएको ले केहि सूचना हुन्न चाहिदा अनि हरेक पल्ट तलै माग्छ ..तल का ले पठाउने विवरण फेरि compare गरेर हेर्ने हो भने पटकै पिच्छे को फरक हुन्छ..रमाइलो पो छ त..पठाइदिने मात्र हो सत्य हुन पर्दैन भन्ने मानसिकता व्यापक छ..कतै जवाफदेही हुनु पर्दैन क्या रे..) …..अनि D.G. ले तोक लगाएर अन्त्य मा 3rd class वा 2nd class अफिसर ले (कतै कतै त सुब्बा खरदार ले समेत) आफ्नो कार्यक्रम को मेनु हेर्दै यो भयो यो भयो भनेर पठाई दिन्छ…(कार्यक्रम को Excel sheet मा छ भने फिल्ड मा कार्यक्रम सम्पन्न भाको नभाको मतलब हुन्न..भाको छ भनेर तेही पठाई दिन्छन)….मन्त्रालय ले बिभाग हरूले पठाएको तेही compile गरेर पठाई दिन्छ…अनि मन्त्रिपरिषद को कार्यालय ले सबै मन्त्रालय को compile गरेर तपाई ले यहा पेस गरे जस्तो ठुलो फाईल बनाई दिन्छ…मनाउ कि सबै माथिल्लो निकाय को काम भनेको तेस्ता कथित प्रगति विवरण को बिस्लेसन गर्ने होइन, मात्र compile गर्ने हो..अनि सु.को जस्ता प्रधानमन्त्री ले तेही पढी दिन्छन…..राष्ट्र को प्रगति विवरण हो कि यौटा गा. बि स को हो थाहा पुन गारो छ…

    व्यवस्था बदलिए (नाम मा) ..सबै तन्त्र हरु चाखियो येइ जिबन काल मा…तर नेपाल को स्थाई संयन्त्र (कर्मचारी, पुलिस , सेना) कहिले बदलियेना (राजनीतिक नेतृत्व ले नसकेर वा नचाएर , तेस्को लागि आफु गतिलो हुनुपर्यो..तेइ छैन) …परम्परागत चालचलन, घुसखोरी, भ्रस्टाचार, ढिला सुस्ती , क्षमाता को अभाब, जागिर लाइ taken for granted को रुप मा लिने को जमात थियो र छ र रहिरहने संकेत छ नेपाल को कर्मचारी तन्त्र …यस्तो मा जे व्यवस्था आए पनि प्रगति विवरण यो भन्दा राम्रो आउन जस्तो लाग्छ….

    तेही भएर भएर अब को आवस्यकता राजनैतिक क्रान्ति को होइन…झट्ट हेर्दा नदेखिने तर जरा गाडेर बसेका यस्ता प्रबिर्ती को बिरुद्ध आवस्यक छ…जवाफदेही बनौना आवस्यक छ..जस्तो को नेपाल भरि अहिले ग्यास को अभाब तर तेस्को लागि कसैले जिम्मेवारी नलिए पनि हुने..हेर्नुस त..कसैलाई कारवारी भयो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme