Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेर्नुस् पशुपतिनाथको ‘ओरिजिनल’ शिवलिङ्ग मूर्ति

Posted on February 17, 2015February 17, 2018 by Salokya

Original (2)
पशुपतिभित्र त क्यामेरा लान दिइँदैन। अनि कसरी खिचिस् भन्नुहोला। यो खासमा ‘ओरिजिनल’ शिवलिङ्ग हो। ओरिजिनल? ओरिजिनल त मन्दिरभित्र हुनुपर्ने होइन ?

Original (1)
कुरो यस्तो रे, भारतको बंगालका सुल्तान शमशुद्दिन इल्यास शाहले सन् १३४९ मा काठमाडौँ उपत्यकामा आक्रमण गरेका थिए। त्यतिबेला पशुपतिनाथ मन्दिरमा पनि उनको सेनाले आक्रमण गरेर ध्वस्त बनाएको थियो। यही क्रममा मूर्तिमा पनि क्षति पुग्न गयो। कति दिनसम्म त पूजा नै भएनछ।

क्षति पुगेको मूर्तिमा पूजा गर्न नहुने भएर अर्को नयाँ शिवलिङ्ग बनाएर त्यहाँ प्रतिस्थापन गरिएछ। अनि क्षति पुगेको ओरिजिनल शिवलिङ्गलाई चाहिँ बाहिर राखेर पूजा गर्न थालिएछ। अहिले यसलाई गुप्तेश्वर महादेव भन्दै पूजा गर्ने गरिँदो रहेछ।

फोटो पठाएर यो बारे जानकारी दिनेले यही भने। मलाई यो बारे थप जान्न मन थियो। तर कतै केही भेट्न सकिनँ। तपाईँलाई यो बारे थप केही जानकारी भए तल कमेन्टमा लेख्नुस् है।

10 thoughts on “हेर्नुस् पशुपतिनाथको ‘ओरिजिनल’ शिवलिङ्ग मूर्ति”

  1. Ram bahadur shrestha says:
    February 27, 2015 at 4:31 am

    सबै भन्दा पहिले भगवान जन्मेको हो भने भाग र वान कसरि जन्म्यो अ त तेहीं अलमल भएँ ,
    मलाई लग्छ भूगोल मन्थन बाट निस्केको भाग र वाण होला , तेस पछि भग र वान को समागम बाट समस्त प्राणि को उत्पन्न भयो होला तेसैले त shristikartaa भगवान भनेको हुनु पर्छ .

    Reply
  2. Sam says:
    February 19, 2015 at 6:08 pm

    Please contact Prof. Mohan Prashad Khanal, who has specialized in Iconogrpahy ( Murti -Bigyaan), first in Nepal, professor of History and Culture, in TU and published scores of publications in Archaeology, History and about Nepali language. He can be reached at [email protected]

    Reply
  3. madan bajracharya says:
    February 18, 2015 at 12:02 pm

    कुनै धर्मको अतिबादी र कुनै पनि धर्मको नाम लियर तेस्को आलोचना गर्ने दुबैको कारण मानव र समाजलाई यकताको सुत्रमा बाध्ने सुकार्य गर्न उत्प्रेरण गर्ने “धर्म” आज मानव र समाजलाइ विभाजन गर्ने कुरो बनेको छ र धर्मलाई विकृत र विभाजनकारी बनाउने आफ्नो धर्मलाई मात्रै धर्म अरुको धर्मलाई अधर्म ठान्ने अतिबदिहरुनै हुन् विकृत /ईश्वरलाइ अनेकौं नाम दिने अनेकौं रुप दिने हामीनै हौँ/ आफुले भगवानलाई दियको नाम मात्रै भगवानको सहि नाम र आफुले कोरेको भगवान को आकार मात्रै भगवान को सहि आकार हो भन्नेकै कारण आज भगवान मान्नेहरु यक अर्काको सत्रु बनेकोछ/

    मलाई क्रिस्चियन बन्न उत्प्रेरण गर्न हरायक हप्ता दस दिनमा केहि व्यक्तिहरु आउंथे/ उनीहरुले मलाइ कसै गरेर पनि सम्झाउन नसके पछि यक्दीन उनीहरुले चर्चको यौटा ठुलै व्यक्तिलाई लियर आयो/ उसले जिजस नै सक्कली भगवान भयको कुरा गरे/ तव उसलाई मैले “नदि समुन्द्रमा बग्ने तिर्खा लाग्दा पिउने प्रदार्थको फरक फरक नाम किन भयो” भनि सोधे उसले भाषा फरक भयकोले भने/ तव मैले उसलाई जिजस अल्लाह राम कृष्ण भनेर श्रीस्तीकर्ता भगवानको फरक फरक नाम किन रहन गयो भन्ने कुरा मैले भन्नु पर्ला बा तिमि भन्छौं भनेर सोधे/ उसले मेरो मुख यक छिन ट्वाल्ल परेर हेरेर मलाइ तिमो धर्म के हो भनेर सोधे/ मैले भने म बुद्धिस्ट हुन्/ बुद्धले आफुले आफुलाई भगवान कहिले पनि भनेंन/ बुद्धको अर्थ मात्र ज्ञानीहो भगवान होइन/ हामि बुद्धिस्टहरु समस्या बात उद्दार गर्ने चाहे त्यो प्राणि होस् बा प्रदार्थ तेसैलाई भगवान बा भगवानको प्रतिक मान्छन र समस्या र विभाजनको कारण बन्नेको नाम चाहे त्यो कुनै भगवान भनिने किन नहोस तेस्लाई दानव मान्छौं/ उ केहि पनि नबोली फर्केर गयो/ तेस्पछि मलाइ क्रिस्चियन बन्न उत्प्रेरण गर्ने कोहि पनि आयन/

    Reply
  4. बशन्त राज says:
    February 17, 2015 at 11:44 pm

    आज शिभ रात्री त्यो मुर्ती भन्दा पनि शिब बारे एक प्रसङ्ग उल्लेख गर्न चाहन्छु /

    समुद्र मन्धन बाट अनेक रत्न निस्केछन / त्यो सबै देवता अनि दानबहरुले बाडेर लियछन्/ ति मध्धे कालकुट बिष पनि निस्केछ/ यो एकदम बिसालु बिस हो हिन्दु धर्म ग्रन्थ अनुसार / मेरो विचारमा पोटासियम साईनाड जस्तै क्या / यो बिसले यो संसारको नस्ट गर्ने भयो भन्दै ततकालिन देब दानब मानब सबैलाई पर्नु पिर परेछ/ येस्तैमा महादेव जो गाजा भाङ्ग धतुरो जस्ता नसालु पदार्थ मालिकलाई त्यो बिष दीने निर्णय गरेछन/ त्यो कालकुट बिष यति कडा कि महादेवले पनि सेबन गर्न नसक्ने तर उनले हिन्दु धर्म ग्रन्थ अनुसार त्यो बिषलाई घटीमा अडकाएर राखे / फलत बिसले गर्दा उनको घटी निलो भयो अनि एकदम पोल्न थालेछ भगवान शिबलाई / त्यो जलनलाई कम गर्न नेपालको गोसाई कुण्डमा त्रीसुलले हनेर चिसो पनि निकालेर त्यहा नुहाएपछि त्यो जलन कम भयछ / उनको एक नाम निलो घाटि भयकाले उनको एक नाम निलकण्ठ महादेव पनि हुन गयो /
    एस कुरालाई कतिले नकारामक बिस्लेसन गर्दै भगवान शिबको भक्ति गर्न गाजा खानु पर्ने जस्तो बकवास पूर्ण कुरा गर्दै अरुलाई झूक्याएर गाजा खुवाउने गर्छन / नेपालमा हरेक चाड पर्वको नकारात्मक बिस्लेसन गर्दै बिक्रीती भीत्रयाउने गरिन्छ / चाहे त्यो फागु पुर्णिमा होस् या दसैँ / भगवान शिवले नराम्रो कुराको जिम्मालिनुको प्रमुख कारण गलत तत्वो, मलाई दिएर मानबलाई असल हुनु भन्ने संदेश दिनु भयको हो / उदाहरणको लागी कसैले झगडाको सिलसिला हतियार उडाएर हत्या गर्न खोजेमा रोक्ने मान्छेले त्यो हतियर सम्झाउदै आफ्नो हातमा लिन्छ / त्यो हतियार लिने मान्छे विश्वासको हुनु पर्यो / अब तो हत्या गर्न तम्सेको मान्छेको हातबाट जसले हतियार लिन्छ त्यो विश्वासको मान्छेको अपमान गर्नु नै शिबको अपमान गर्नु हो/ यदि कसैले भगवान शिवको नाम लिदै गाजा सेबन लगायत कुक्रीत्य गर्छ भने त्यो अपराध हो / भक्ति होईन / आफ्नो अपराधलाई धर्मखोल ओडाएर गरियको पाप कर्म हो/ चेतना भया / शिब रात्रीको उपलक्ष्यमा गाजा मुत्त हार्दिक मगलमय शुभकामना /

    Reply
  5. diwakar says:
    February 17, 2015 at 4:51 pm

    जानकारी दिनु भएको मा धन्यबाद !!! हाम्रो बानि यो के हो भनेर जान्ने प्रयास त्यति गर्दैनौ !! आखा चिम्लिएर ढोग मात्र गर्छौ!!

    Reply
  6. Kumar says:
    February 17, 2015 at 3:51 pm

    शिवको लिंगमा बुद्दको टाउको ???

    Reply
    1. Chetan says:
      February 17, 2015 at 10:29 pm

      बुद्ध र शिव लिङ्गको बारेमा भट्ट पुजारी वा अन्य पशुपतिको पुजारीबाट मात्रै सहि कुरा जान्न सकिन्छ? किन र के सम्बन्ध छ भनेर !

      Reply
  7. Abhi says:
    February 17, 2015 at 2:52 pm

    कुरा सत्य हो, मुसलमान ले पशुपतिनाथ भित्र आक्रमण गरेको , तर तेतिबेला मन्दिर भित्र भने छिर्न भने न पाको भनेको भन्ने बाबुराम आचार्य ले लेखेको छन् /

    Reply
  8. Mani Ram says:
    February 17, 2015 at 11:20 am

    मैले बुझे अनुसार चाहि यस शिवलिङ्गको नाम गुप्तेश्वर हैन भुतेश्वर हो ..यो शिवलिङ्गलाइ शंकराचार्य गुरुको मन्दिर भित्र प्रथिस्थापन गरिएको छ ,, १४ शताब्दी तिर भारतबाट आएका मुशलमानहरुले यस शिवलिङ्गमा भएको मणि , हिरा जस्ता रत्न आभूषण झिक्दा शिवजीको आँखा, नाक,शिर इत्यादिमा चोट लागेको छ | पछी भारतबाटै शंकराचार्य र उहाका शिष्यहरु आए पुन: अर्को मुर्ति प्रतिस्थापन गरेर पुजा सुचारु भएको रे,,

    Reply
  9. Shanker Giri says:
    February 17, 2015 at 8:06 am

    Good information.

    Please discuss this matter with Dr. Govind Tandan, Member Secretary of Pashupatinath Bikas Kosh. He did his Ph. D. in Pashupatinath Area.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme