नेपाली छापा पत्रकारितामा नेपाल रिपब्लिक मिडियाको नागरिक दैनिकलाई दोस्रो शक्तिशाली पत्रिका मानिन्छ। कान्तिपुर दैनिकपछि चर्चामा आउने र प्रभाव भएको यो पहिलो पत्रिका हो। सोमबार नागरिक दैनिक फरक समाचारका कारण चर्चामा रह्यो। आर्थिक पुलआउटको पहिलो पानामै यामाहा मोटरसाइकलबारे लेखिएको समाचारले दिनभरि सामाजिक सञ्जालमा यसलाई चर्चाको विषय बनायो। भक्तमान प्रकरण, पर्शुराम बस्नेत प्रकरण, दिलशोभा प्रकरण र राजनसिंह भण्डारी प्रकरणपछि नागरिक दैनिकमा थपिएको यो अर्को शृङ्खला हो। भक्तमान र पर्शुराम बस्नेत प्रकरणमा नागरिक दैनिकमा नारायण वाग्ले प्रधान सम्पादक थिए भने पछिल्ला प्रकरण हुँदा प्रतीक प्रधान सम्पादक छन्।
के थियो खबर ?
बाइक किन्दै हो ? विचार पुर्याउनुस् शीर्षकमा नागरिकले छापेको समाचारको सार हाइलाइटकै रुपमा यसरी राखिएको छ : यामाहाको रिसेल मूल्य नै छैन, न त यसले माइलेज नै धेरै दिन्छ। यसैले होला नेपालमा सबैभन्दा सबैभन्दा कम बिक्री हुने बाइक हो यामाहा।
शीर्षक र उप शीर्षककै रुपमा राखिएको हाइलाइट नै समाचारको मूल आशय हो। समाचारमा प्रस्ट रुपमा अरु मोटरसाइकलको तारिफ गर्दै यामाहाको बद्ख्वाईँ गरिएको छ। नागरिकको नाटकीय रुपमा समाचार छाप्ने र सम्पादन गर्ने कला यस समाचारमा पनि देख्न पाइन्छ। नागरिक दैनिकको इतिहासमै आठ सय शब्दभन्दा छोटो समाचारमा नाम उद्धृत गरिएको र नगरिएकोसमेत जोडेर धेरैभन्दा धेरैको भनाई समेटेको यो नै पहिलो समाचार हो।
समाचारमा केही रमाइला तथ्य छन् जसलाई यसअघि कुनै पनि पत्रकारले देखेका छैनन्।
तथ्य नं १ : स्प्लेन्डरलाई तेल सुँघाउनमात्र पर्छ रे, आफैँ हुइकिन्छ
तथ्य नं २ : यामाहा बाइकको रिसेल छैन
तथ्य नं ३ : यामाहा बाइक जसजसले किने अहिले पछुताइरहेका छन्
तथ्य नं ४ : यामाहा बाइक सर्भिसिङ गर्दा कोरिने गरेको छ
यसबाहेक समाचारमा धेरै सूचना छन् जसलाई नागरिकले पस्केको छ। पूरै समाचार पढ्न क्लिक गर्नुस्
सम्पादकको अवसान! #RIPJournalism
कुनै बेला सम्पादकको अवसान शीर्षकमा लेखेको लेखका कारण वाहवाही कमाएका प्रतीक प्रधानकै सम्पादकत्वमा छापिएको यो समाचारले उनको पुरानो लेखलाई पुनर्पुष्टि गरेको छ। उनकै लेखको प्रभाव हुनुपर्छ सोमबार दिनभरि यही समाचारले सामाजिक सञ्जालमा ठाउँ लियो। पत्रकारिताको आत्माको चीर शान्तिको कामना पनि भयो ट्विटर र फेसबुकमा। अर्थात् #RIPJournalism
प्रधानले सम्पादकको कमान सम्हालेपछिको यो तेस्रो चर्चित प्रकरण हो। प्रधानकै बाइलाइनमा दी काठमाण्डू पोस्टमा प्रकाशित रसेन्द्र भट्टराईको समाचारका कारण वरिष्ठ पत्रकार युवराज घिमिरेले सम्पादकीय स्वतन्त्रताको हनन् भएको भन्दै कान्तिपुर तथा दी काठमाण्डू पोस्टबाट राजिनामा दिएको बताउँदै आएका छन्।
प्रधान समाचार कक्षमा सबैभन्दा धेरै ‘इथिक्स’बारे सुझाउने गर्छन्। पत्रकारलाई इथिक्सबारे सचेत गराइरहनुलाई धेरैले सकारात्मक रुपमै लिने गरेका छन्। बेलाबेलामा मालिक (सञ्चालक) विरुद्ध कडा-कडा लेख पनि उनले लेख्ने गरेका छन्। तर नेपाली पत्रकारितामा दु:खद् पक्ष भनेको यही हो- जे सिकाउँछन् त्यही पालन भएको देखिँदैन। यी प्रकरणले त्यसैको जनाउ दिन्छ।
यामाहाको समाचार छापिएको नागरिक पत्रिका ग्राहकको हातमा पर्दानपर्दै सोमबार बिहान सम्पादक प्रधानले प्रतीकात्मक ट्विट गरेका छन्। यस्तो छ उनको ट्विट :
Do not correct a fool, or he will hate you; correct a wise man, and he will appreciate you. Courtesy: Lessons learned in life.
— Prateek Pradhan (@prateekpradhan) February 16, 2015
प्रधानको यो ट्विट नागरिकका प्रकाशककै लागि लेखिएको हो भने पत्रकारितालाई #RIP भन्नुभन्दा केही पनि सकिन्न।
साहुजीको चासो र सम्पादकको भूमिका
पत्रकारितामा साहुजीका चासो हुनु अस्वभाविक होइन। लगानी गर्नेले चासो दिनु नाजायज पनि होइन। तर, कुन समाचार दिने र कुन नदिने भन्ने तय व्यवस्थापन होइन सम्पादकले नै गर्ने हो। यदि समाचार व्यवस्थापनबाटै नियन्त्रण हुने हो भने प्रधान सम्पादक ‘डमी’ भन्दा बढी केही होइनन्।
कुशल सम्पादक त्यो हो जसले साहुजीका ‘इन्ट्रेस्ट’लाई पत्रकारिताको आत्मा मार्नबाट रोक्न सकोस्। यसमा सम्पादकले आफ्नो दायित्व र जिम्मेवारीबारे सचेत गराउन सक्नुपर्छ। त्यसमाथि कान्तिपुरजस्तो ठूलो मिडियाको व्यवस्थापन गरेर आएका लगानीकर्तालाई बुझाउन नसकिने विषय पनि होइन यो। सम्पादकको भूमिकालाई विस्तार गर्ने या खुम्च्याउने त्यो सम्पादकको दक्षतामा भर पर्छ। चिया पसलमा केही पत्रकारलाई लिएर साहुजीका अपगुनबारे चर्चा गर्नुभन्दा यस्तो समाचार छाप्न कसरी रोक्ने भन्नेबारे नीति तय गर्न सक्नु कुनै पनि सम्पादकका लागि फलदायी हुन्छ।
वैकल्पिक बाटो
साहुजीका चासोलाई ‘कोभर्ट’ रुपमा घुसाउनु नै सम्पादकको लागि वैकल्पिक बाटो हो। साहुजीका स्वार्थ सोझै जुनियर रिपोर्टरको तहमा पुग्न रोक्ने जिम्मेवारी पनि सम्पादककै हो। जबजब सम्पादकहरु कमजोर हुन्छन् त्यतिखेर साहुजीहरु पत्रकारलाई लिएर खेल्न थाल्छन्। त्यो स्थिति आउन नदिन सम्पादक र प्रकाशकबीच लक्ष्मण रेखा खिचिएकै हुनुपर्छ। अन्यता मिडिया साक्षर (लिट्रेट) सीमित मानिसबाहेक धेरैले पत्रकारिताको यस्तो नाङ्गो रुप बुझ्दैन थिए। न त सामाजिक सञ्जालमा नै यसरी मानिसहरु खोइरो खन्न उत्रन्थे।
अर्कोतिर नेपाली मिडिया मिडियाकै बारे कुनै कभरेज गर्दैन। मिडियाको डरकै कारण मिडियामा रहनेका खबर स्पाइरल अफ साइलेन्सकै प्रभावमा खुम्चिन थाल्छन्। अरुका समाचार बनाउँदै हिँड्नेहरु नेपालमा आफ्नो समाचार लेख्ने हैसियत पनि यसैकारण राख्दैनन्। मिडियामा हुने कुनै पनि गतिविधि कर्पोरेट क्षेत्रमा हुने गतिविधिकै रुपमा सार्वजनिक हुने हो भने सायद सम्पादकको मात्र होइन समग्र पत्रकारिताकै अवसान हुन रोकिने थियो कि ?
आज अन्नपुर्ण पोष्टले यो खबरको भरपाई गरिदिएको छ ! सबै भन्दा दुख लाग्दो कुरो , देशका सबै मिडिया हाउसहरु सिमित व्यापारीहरु वाट किनिएका छन् वा परिचालित छन ! बिचरा पत्रकारहरु त तलवी मजदुर न भए , जति फुर्तिलगाए पनि जदौ नगरी काम माम मिल्ने होइन ! खाने मुख नै नभएका को छन र ? पहिला पहिला थिए रे जव्वर पत्रकार !!
खै के लेखेका हुन् नागरिक दैनिकले…आफुले यामाहा SZR चढ्न थालेको ३ बर्ष भैसक्यो खै कुदेकै छ क्यारे…माइलेज पनि ४५ त दिन्छ हौ….
कवाडी पत्रकारिता
कवाडी पत्रकार
कवाडी पत्रिका
समाचारप्रति अविश्वास बढ्दै जानु यस्तै कारणले हो | विज्ञापन भनेर सिंगै पेज खर्च गरेको भए कसलाई के चासो हुन्थ्यो र ? तर समाचार/लेखको रुपमा कुनै एउटा उत्पादनको विरुद्ध अर्को उत्पादनको चर्चा गरिनुले नागरिकले पस्किने अन्य समाचारहरुपनि शङ्काको घेरामा पार्न सकिन्छ |
त्यसैले यो प्रायोजित लेख यसरी समाचार बन्नुमा जसको सुकै कमजोरी भएपनि अन्ततः पत्रिकालाई हानी पुग्छ भन्ने मलाई लाग्छ |
नागरिकलाई अहिले अलि समाचारको खडेरी परेको हो कि भन्ने भानपनि मलाई परेको छ | बितेका केहि दिनहरुमा प्रकाशित समाचारहरुले यस्तै देखाएको छ | या “काम पाइनस् बुहारी, केजाती…” भने झैँ भएको हो भने बेग्लै कुरा |
आइरहेको विज्ञापन नआउला भन्ने डरले एनसेलको बारेमा नराम्रो लेख्न डराउनु, चौधरी ग्रुपको नराम्रो बारेमा लेख्न डराउनु आदि एक किसिमको पत्रकारिता
विज्ञापन दिएन भनेर फलानो उत्पादन खत्तम फलानो कम्पनी खत्तम भनेर लेख्नु अर्को पत्रकारिता
कुन सबभन्दा नराम्रो ? आफै छुट्याउनुस् ।
समग्रमा ऋईफ्झोउर्नलिस्म नै हो
यामाहाले विज्ञापन दिए राम्रो यामाहा भनेर छापिन्छ
यो पत्रकारिता हैन, धम्किकारिता हो
नागरिक कार्यालय रहेको JDA complex भूइँतल्ला : कान्तिपुरमा यामाहाको फूल फूल पेज ad छापिने, नागरिकमा चाहिँ ad नै नदिने ? लौ ठोकेर समााचार लेख !
दोस्रो तल्ला : हस हजुर ।
बिज्ञापन नदिएको झोंकमा अनाहकमा अर्काको ब्रान्ड र उत्पादन बिरुद्ध व्यक्तिगत रिसिबी पोखेर सार्बजनिक रुपमै हानी पुर्याउने येस्ता पत्रिकालाई दुइ चार अरब छे…उने गरी कसैले मुद्धा हाल्न सिकाइदिनेकी यामाहा र तेस्को बिक्रेतालाई | तब मात्रै पत्रकारिताको बिर्को खुल्थ्यो होला |
नेपालमा जसले ठुलो ठुलो बिज्ञापन दिन्छ त्यसको समाचार छापिन्छ(फलानो बैकको एटिम खुल्यो,नयाँ प्याकेज आदि छापिन्छ मान्छेले बत्ति नपाएको,गाँउमा नयाँ समान बनेको आदि समाचार भन्यो भने चिठी लेख्नुस भनिन्छ छापिदैन) त्यसमा अच्चम मान्नु पर्ने शायद कुरा दखिदैन।यो लगभग सबै प्रतिकाले त्यहि गर्दछन।पाठक प्रतिक्रिया सम्म पनि एकदम सेन्सर हुन्छ।मात्र कुरा ज्ञानेन्द्रले सबैले थाहा पाउने गरेर गर्थे यहाँ शायद पठाउने बाहेक अरुले थाहा पाउदैन।
बिज्ञापन दिने ठुलो ठुलो कम्पनीले गलत गरेको उदाहरणको लागि फलानो कम्पनीले ईन्टरनेटमा ठगेको,नचलेको भन्ने कहिले समाचार वा प्रतिक्रिया पढ्नु भएको छ?
प्रतिस्प्रधात्मक बजारमा ग्राहक ले नै राम्रो नराम्रो छुट्याउन सक्छन….तपाईहरु ले पित पत्रकारिता नगरेकै राम्रो ….पत्रकार आचार संहिता पढ्नको लागि मात्र होइन होला नि आफ्नो प्रोफेसनमा नि लागु गराउनु होस् …..होइन र ..???
पत्रकारिताको नाममा कलंक हो यो समाचार । नागरिकले यस्तो समाचार छापेर आफ्नो विश्वसनीयता धूलोमा मिलाउँदैछ । यस्ता समाचार साप्ताहिक र मोफसलका पत्रिकामा मात्र आउँथे । तर कान्तिपुरको विकल्प बन्नु पर्ने पत्रिकाले नै यसरी नाङ्गो रुप देखाएपछि रिप भन्न बाहेक केही सकिँदैन ।
नागरिकमा कहिल्यै सम्पादक मालिकभन्दा माथि हुन सम्भव छैन. नागरिक कम्पनीमा सम्पादकले विभिन्न पद गरेका ५ जना मालिक झेल्नुपर्ने अवस्था छ.कान्तिपुर चलाउनु भएको भनेर पिता मालिककाे नाक फुलाइ दिनुभएछ. विचारा. छाेरि मालिककाे घमण्डले कम्पनी समस्याग्रस्त छ. मिठाे बाेल्ने र अरा काम गर्दिने मान्छेकाे खाचाे त्या छ. रिपब्लिकामा र अनलाइनमा दुधे सम्पादक यी गुणस्तर केे कारण ल्याईएका हुन््.हेर्दै जानाेस् यही पाराले कान्तिपुर जस्तो ठूलो मिडियाको व्यवस्थापन गरेर आएका लगानीकर्ताकाे पत्रिकाकाे ३ वर्षमा के हुनेछ.