Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केरा चढाएर नरिवल फुटाउँदै एयरबसको स्वागत

Posted on February 8, 2015February 8, 2015 by Salokya

fJ6dN8k
२८ वर्षपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहिलो पटक अन्तर्राष्ट्रिय उडानका लागि विमान आज ल्याएको छ। बिहानै ओराल्ने भनिए पनि दोहाबाट उड्नै ढिला गरेका कारण साँझ बल्ल आइपुगेको थियो विमान। आउने बित्तिकै पानीको फोहराले धोइ पखाली टायरमा केरासहित फलफूल चढाएर नरिवल फुटाउँदै स्वागत गरियो। निगमका महाप्रबन्धक मदन खरेलले फुटाएका थिए नरिवल।

10959732_10152778703067893_4373949956917748146_n
धन्न नरिवलमात्रै फुटाइयो यसपालि। ८ वर्षअगाडि त बोइङ ७५७ लाई यसरी बोको बलि चढाएको फोटो विकास कार्कीले खिचेका थिए।


लिभरीमा आकाश भैरवको चित्र। पूजा गर्नुपर्‍यो नै। खरेल अबिर छर्दै।


यो विमानको नाम चैँ सगरमाथा राखिएको छ।


के रे के रे, मलाई थाहा छ एयरहोस्टेसहरुको यो फोटो हेरेर तपाईँले मनमनै के सोच्नुभयो। मित्र, यो प्राइभेट एयरलाइन्स होइन, सरकारी हो सरकारी। यहाँका एयरहोस्टेसहरुले पेन्सन पकाउँछन्।


यिनलाई चैँ फेरि सेल्फी खिच्नैको हतार 🙂


यस्तो छ भित्रको दृश्य।


इकोनोमी क्लासका सिटहरु। एयर एसिया जस्ता बजेट एयरलाइन्सको जस्तो माइक्रो बसमा कोचे जस्तो सिट हुन्न यसमा। १८ इञ्च वाइड सिट छ रे। त्यसैले आरामदायी नै हुन्छ।


यो चैँ बिजनेस क्लासको सिट। भोलिपर्सि प्रधानमन्त्री, मन्त्रीहरु यो प्लेन चढेर उड्दा यस्तै सिटमा बसेर जानेछन्। बिजनेस क्लासका ८ वटा मात्रै सिट राखिएको छ यसमा। इकोनोमीका चाहिँ १५० सिट छन्।


दुर्गम जिल्लातिर पहिलो पटक गाडी पुग्दा फूलमाला अबिरले स्वागत गरेको देख्दा हामीलाई अनौठो लाग्छ नि, त्यस्तै भएछ प्लेन उडाएर ल्याउने फ्लाइट इन्स्ट्रक्टर म्याथियस नोर्दसिकलाई। ‘सरप्राइज एन्ड सक्ड’ भनेछन् उनले ओर्लने बित्तिकै। नभनून् पनि किन ? हेर्नुस् त

pooja
पूजाआजा।

panchai
पन्चै बाजा।

panchkanya
पञ्चकन्याको स्वागत।

1-2a71bd2bb212af8142ce8ab5260c9ed158a6cdc1b98078bfa8fa23fd383ee8f3
अनि सेक्युरिटी गार्डलाई समेत धकेलेर निगम र नागरिक उड्डयन प्राधिकरणका कर्मचारी जहाज भित्र गएर फोटो खिच्न हत्ते गरेका।

७५ मिलियन डलर तिरेर किनेको यो विमानले पहिलो पटक व्यवसायिक उडान फागुन १३ (फेब्रुअरी २५) मा काठमाडौँ-दिल्ली उडान गर्नेछ।

30 thoughts on “केरा चढाएर नरिवल फुटाउँदै एयरबसको स्वागत”

  1. Dinesh says:
    February 11, 2015 at 10:50 am

    हे पन्डितहरु अब त जाग न । यो के को नाटक हो । नेपालकै बेइज्जत हुनेगरी ।

    Reply
  2. Haakpare Saila says:
    February 10, 2015 at 4:56 pm

    धर्म निरेपकछया को खिली उदाउदै हिन्दु परम्पराले स्वागत गरेको, यो देश बाहुनहरुको मात्रै हो

    Reply
  3. Shankar says:
    February 10, 2015 at 4:48 am

    भुत हो कि एयर होस्टेस , गाँठे

    Reply
  4. rejan says:
    February 10, 2015 at 3:24 am

    नेपालका थोरै अल्पसंख्यक चेतनशील ब्राह्मणहरु बाहेक नेपालका अधिकांश ब्राह्मणहरुको सोंच/दिमागको लेभल/चाल/चलन अझै पनि जंगली अवस्थामा नै छ ! कहिले बोका काटेर त कहिले नरिवल फुटाएर चिल गाडी देउतालाई खुशी पारेको तस्बिर इन्टरनेटमा देख्दा त्यो Airbus को इन्जिनिएरहरुले कत्ति उडायो होला !

    Reply
    1. Shankar says:
      February 10, 2015 at 7:59 am

      बोका , खसी मात्र उडाए त् हुन्थ्यो ,सराद्दे मात्र गरे त् हुन्थ्यो देश कै बजेट स्वाह पार्छन र पो मारो |

      Reply
  5. subash says:
    February 10, 2015 at 2:08 am

    सस्तै एअरबस परेछ क्यारे, टीवी स्क्रीन नि नभएको ! फेरि एअरहोस्टेस हेर्दै उडुउडु लाग्ने!

    Reply
    1. बशन्त राज says:
      February 10, 2015 at 5:56 pm

      तेसो भय हली लुया लुया भन्दै भित्रयाउने होला हैन ? कि बिस्मिल्ला बिस्मिल्ला भन्दै भित्र्याउने ?? सस्क्रीतीलाई सम्मान गर्न सिक्नु ? यदि सम्मान गर्न सक्दैन भने अपमान गर्ने अधिकार पनि तिमीहरुलाई छैन/ अर्को कुरा परम्परा भन्दैमा अन्ध विश्वास पछाडी लाग्नु मुर्खता हो / चेतना भया ///

      Reply
  6. Jha says:
    February 9, 2015 at 9:31 pm

    बिकाश कार्की जीले जुन बोकाको बलि दिएको फोटो सार्बजनिक गर्नु भयो र देशको खिल्ली उडाउनु भयो; मेरो मनमा लागेको कुरा किन बिकाश जी को घरमा चाही कहेलै बलिको चलन चलेन; वहाको घरमा कुनै बेलामा पनि बलि भन्ने कुरा नै भएन र;

    Reply
  7. bikash, Australia says:
    February 9, 2015 at 5:13 pm

    आखिर प्रधानमन्त्री नि बृद् भएको देस मा, एअरहोस्टेजहरु पनि अलिक बृद्-बृदा लाई नै नियुक्ति गरे राम्रो हुने थियो, बल को काम नि गर्नु पर्दैन, बुढेसकालमा हवाईजहाज चढ्ने मौका नि मिल्थ्यो, कसो !

    Reply
  8. ekraj says:
    February 9, 2015 at 4:30 pm

    सधैं पाइलट लाई, राम्रो ट्रेनिंग, भएको जहाज को मर्मत त सम्भार मा अचुक ध्यान र सर्हानीय सेबा र आर्थिक कारोबार को राम्रो बेबस्थापन मा बादी जोड दिनु, नरिवल चदाउनु भन्दा बादी फल दएक होला?

    Reply
  9. Madhu says:
    February 9, 2015 at 4:05 pm

    कोस्टारिका हुँदै र मेक्सिको हुँदै अमेरिका छिरे पछि नेपाल र नेपाली साना र बुध्धी नभएका देखिन थाल्छन भन्ने सुनेको थिएँ हो कि कसो हो? होइन नेपाललाइ अमेरिका संगनै तुलना गर्नु चैं किन परेको होला…..त्यस्ता मान्छेले आफुलाई चैं को संग तुलना गर्दा होलान…..संस्कार आ आफ्नो हुन्छ….घरमा १५ वटा बच्चा हुनेलाई हरेक को जन्मदिन मनाउना गार्हो पर्न सक्छ…एउटा मात्रै हुनेले त गर्न सक्छ नि त!! राम्रो कुरा लाइ राम्रो भन्न कहिले न सक्ने!! यो चैं हो भाँडा माझेर ठुलो मान्छे बन्नु पर्ने नेपाली को पहिचान!!!

    Reply
  10. LimpMan says:
    February 9, 2015 at 3:36 pm

    यत्रो खर्च गरेर किने को plane मा पनि खोइ त passanger को सिट को पछाडी tv राखे को.इंडिया सम्म को यात्रा मा त ठिकै छ तर अरु टाढा को यत्रा मा त boring नै हुन्छ नि हौ. passanger को information को लागि पनि त use full नै हुन्थियो नि कता पुगियो भनेर हेर्नु को लागि.movie हेर्नु मात्रै न भएर.

    Reply
  11. Pushpa says:
    February 9, 2015 at 1:40 pm

    प्लेन चै नया रे अनि एयर होस्टेस हरु चै किन तेती थोत्रा ? यी आंटी हरुलाई अङ्कल हरुको सेवा गर्न पठाई दिए हुन्छ घर तिर……

    Reply
  12. दिपक says:
    February 9, 2015 at 1:14 pm

    लुटेर खाने भाँडो आयो ! अब कति चप्पल छाप भष्टचारीहरु करडौ को बंगलामा सरेर करडौको गाडी चढेर हिँडने हुन त्यो त हेर्न बाँकी नै छ ! आशा गरौ हामी सबैले नयाँ एरबसको ल्यानडिंग गेर र पांग्ा चोरेर नबेचुन चोर डाँका लुटेरा कर्मचारीहरु ले !

    Reply
  13. उपेन says:
    February 9, 2015 at 12:04 pm

    यहाँ मैले पढेका साथीभाईहरुको प्रतिक्रियाहरु नकारात्मक ढंगले दिएको पाए / हामीले गर्व गर्नुको सट्टा यहाँ हसीमजाक भैरहेको देखे। हामीले हाम्रो परम्परा अनुसार जुनसुकै नयाँ चिज किन्दा त्यसको दिगोपन र राम्रोको कामनाका लागि विश्वकर्मा पुजा गरि स्वागत गर्ने गर्दछौ, यसमा नौलो र साथीहरुलाई हासउठ्दो के नै लाग्यो र ??? म आशा गर्दछु हाम्रो नेपालको यो युगको नै सबै भन्दा उपलब्धि मुलक थालनको हृदय देखि स्वागत गर्दै सम्पूर्ण नेपालीहरु लाई बधाई दिनु चाहन्छु /

    Reply
  14. Bindu says:
    February 9, 2015 at 10:22 am

    पूजा पाठ पन्चे बाजा यो हाम्रो नेपाली मौलिक संस्कार हो . निकै ठुलो लगानीमा कम्तिमा यतिको धुमधाम त हुनै पर्छ नि . हाम्रो नेपाली झण्डाको रंगले जहाज कत्ति
    राम्रो देखिएको ! जहाज भित्रको यात्रु बस्ने सिट , खास गरि ईकोनोमिक्स क्लासको सिट त गज्जब कै राम्रो रैछ निक्कै फराकिलो पो छ त !
    ‘सगरमाथा’ नाम झैँ गौरब राखोस नेपालको , शुभ कामना .

    Reply
  15. Rajan says:
    February 9, 2015 at 9:04 am

    एअर होस्टेस हो कि एअर होस्टेस को आमा हो छुट्याउनै सकिएन ….

    Reply
  16. Durga Adhikari says:
    February 9, 2015 at 9:01 am

    ढिलाई भयपनि राम्रो सुरुआत हो/ अब बर्षको यौटा बिमान थप्न सकोस यहि मेरो सुभकामना/

    Reply
  17. Santosh pradhan says:
    February 9, 2015 at 8:20 am

    कमेन्ट अलि नकारात्मक भयो. नरिवल चढाएर स्वागत गर्नु राम्रो कुरो हो. बलिको पो बिरोध गर्ने त. एक दुइसय खर्च न हो. बुढी एअर्होस्टेस हुनु पनि राम्रो कुरो हो. प्लेन चढ्दा तरुनी जिस्काउन पाउनु पर्छ भन्ने भद्दा सोचाइ राख्नेले मात्र यसको बिरोध गर्च्छा. यसले त हामी झन् सभ्य रहेछौ भन्ने देखाउछ.

    Reply
  18. लौटन अवधि says:
    February 9, 2015 at 7:56 am

    केरै बनाउने भए !

    Reply
  19. Sital says:
    February 9, 2015 at 4:57 am

    अमेरिकन airlines ले हफ्ता को औटा जहाज थप्तो रैछ तथ्यांक मा हेरेको

    Reply
  20. shankare says:
    February 9, 2015 at 3:59 am

    अब रुन्वय सफा गर्न नजानेर / नचाहेर / अल्छी गरेर त्यही नरिवलको खोस्टा र केराको बोक्राको कारणले तेही जहाजको accident हुन बेर छैन I बेलैमा होस् पुर्याएर technology मा अघि बढ्नु छैन पुजापाठ गर्दै बस मोरा हो I

    Reply
  21. pashupati says:
    February 9, 2015 at 3:08 am

    यसले नेपालीहरु केहिरुपमा आशा लायको जस्तो देखीन्छ , मेडिया को प्रचार र समाचार आनुसार . यो राम्रो पछायाहो . यो NAC जस्तो सस्था ले, यी प्लाने हरु कसरी मनागेमेंट गर्छ. आस छ, राम्रो उधरंद बनेर , बिग्रियो NAC पनि राम्रो संग पच्ची कातिएयको बिरुवा जस्तै, भगवान शिव जी को पेरेणले , फेरि NAC पलौदै जहोस!

    मेरो शुवाकमाना,

    पशुपति

    Reply
  22. basant says:
    February 9, 2015 at 3:03 am

    अन्धो ले हात्ती छामे जस्तै गर्यो त् बा …नेपाली लाइ बुद्धि कहिले पलाउने होला ? जे होस् शुभकामना नेपाल एयरलाइन्स लाइ

    Reply
  23. Samar B. says:
    February 9, 2015 at 12:27 am

    नयाँ बिमान आयो खुशी लाग्यो तर एअरलाईन्सले खर्च गर्न नसकेर हो वा ध्यान नगएर हो टिभी रेडियो चै राखेनछ। तेत्रो खर्च गरिसकेपछी तेती राखेको भए हुन्थ्यो,नेपाली फिल्मको पनि कल्याण हुन्थ्यो अनी यात्रु पनि खुशी हुन्थे।

    Reply
  24. bibek dhakal says:
    February 9, 2015 at 12:03 am

    गढ़िमाइ मेला को बिरोध गर्नेहरुले पहिलो ,दोश्रो र तेश्रो इमेजमा देखिएका दृश्यहरुलाई हटाउन पहिला पहल गर्ने कि ?

    Reply
  25. ram kumar subedi says:
    February 8, 2015 at 11:30 pm

    केरा चढाएर र नरिवल फुटाएर नया एअरबसको स्वागत।

    यी दुई वटा फलहरु हुन्, जसमध्ये बाँदरसगँ निकट सम्बन्ध राख्छ,
    केरा- बाँदरलाई सारै मन पर्छ र बोक्रैसगँ खान्छ, तीर्थालुसगँ लुटेर खान मन पराउँछ
    नरिवल- यसको त नेपालीमा उखान नै छ, बाँदरको हातमा नरिवल

    Reply
    1. xyz says:
      February 9, 2015 at 8:13 am

      मलाई खुब हँसायो

      Reply
    2. tilak bhattarai says:
      February 9, 2015 at 4:24 pm

      जहाजलाई बाँदर भन्न खाेज्नुभाे कि ? बाँदरले केरा नरीवल चढाएको उदाहरण त छैन हाेला ।कि अाफैतिर लक्षित हाे ?

      Reply
  26. ashok says:
    February 8, 2015 at 11:26 pm

    बल्ल बल्ल नेपालले एउटा जहाज के किनेको थियो, तमासा देख्न पाईहालीयो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme