Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञान ब्लग : मान्छेभन्दा बुद्धिमानी

Posted on February 10, 2015 by mysansar

प्राय सबै समाजमा परापूर्वकालदेखि नै कागको बारेमा राम्रा नराम्रा उल्लेख्य द्रष्टब्यहरु प्रयोग गरिएको पाइन्छ | साइतका कुरा, बेसाइतका कुरा, सुसमाचारका कुरा, कुसमाचारका कुरा आदिआदि ! बाइबलमा एलिया (Elijah) भनिने अगम्बक्तालाई जंगलमा कागले खान खुवाएर बचाएको उल्लेख छ भने इस्विसम्बत १ को हाराहारीमा एसप (Aesop) नामक कथाकारले घैंटोमा रहेको तर चुच्चोले नभेटिने पानी पिउनको लागी कागले अनेक जुक्ति अपनाएर घैंटोमा ढुंगा खसाएर पानी माथि आएपछि पिएको लगायतका कागसंग सम्बन्धित धेरै नै कथाहरु उनको कथा संग्रह (The Fables Aesop) मा उल्लेख भएको पाइन्छ |

कागको उत्पत्ति मध्य एशियाबाट भएको बिश्वाश गरिन्छ भने काग बर्गको चराको करिब २०-२५ करोड बर्ष पहिलेको अवशेष (Fossil) युरोपमा भेटिएको छ | कागका करिब ४५ प्रजातिहरू हुन्छन् भने कागको प्रेम सम्बन्ध एकसँगमात्र तर बाँचुन्जेल हुन्छ | मान्छे बाहेकका प्राणी कुनैसंग पनि काग डराउँदैन | औसत आयु ७ बर्षको हुन्छ, तर १४ बर्षसम्म बाँचेको अभिलेख पनि छ | चराहरुमध्ये काग एकदम बढी समबेदना भएको र आफूलाई हानी पुर्याउने या नपुर्याउने मान्छे अलक्कै चिन्नसक्ने कुरामा प्रकृतिबिधहरुको एकमत छ |

हालसालै न्युजिल्यान्डमा गरिएको एक अनुसन्धानमा एक साधारण कागले ८ किसिमका बिभिन्न फरक जुक्तिहरु लगाएर समाधान गर्नु पर्ने कुनै एक समस्या (An Eight Stage Complex Puzzle) सजिलै र तुलनात्मकरुपले मान्छेले भन्दा पनि छिटो समाधानगरी अनुसन्धानकर्ताहरुलाई आश्चर्यचकित बनाइदिएको छ |

यो समस्या समाधान गराइले कागको तर्कशक्ति करिब ५-७ बर्षका केटाकेटीहरुको सरह हुने प्रमाणित भएको छ |

यो अनुसन्धानको लागी सर्बप्रथम कागलाई उडेर बाहिर जान नसक्ने गरी एउटा फराकिलो जालीभित्र चिडियाखानामा जस्तै गरी राखेर रत्त्याइयो | अनुसन्धान गर्ने दिनमा जालीभित्रै भएको रुखको एउटा हाँगामा एउटा छोटो लट्ठी डोरीमा झुन्ड्याइयो | भुइँमा एक पारदर्शी भाँडोमा चेप्टोगरी ढालेर उक्त लट्ठी प्रयोग गर्दा पनि नभेट्ने गरी खाने बस्तु राखियो | अन्य ३ ठाउँमा काग छिर्न नसक्ने तर उक्त छोटो लट्ठी प्रयोग गरेमा भेट्न सक्ने गरी मोटा डन्डी भएका पिन्जरा जस्ता ३ वोटा बाक्साहरुमा केही ढुंगाहरु राखियो | त्यसपछि अर्को एउटा डन्डी नै भएको पारदर्शी बाक्सा जस्तै भाँडोमा ठाडोपट्टि करिब बिचमा तर माथिबाट कागले भेट्न नसक्नेगरी एउटा प्लाइउड जस्तै पातलो फलेकमाथि एक छेउमा अलि लामो लट्ठी राखियो, र अनुसन्धानकर्ताहरु बाहिर गई केही परबाट अबलोकन गरे |

सर्बप्रथम कागले केही सेकेन्ड स्थिति अबलोकन गर्यो | त्यसपछि उक्त हाँगाको डोरीमा लट्ठी झुन्ड्याइएको ठाउँमा गएर एउटा खुट्टाले डोरी माथि तान्यो, ठोंडले लट्ठी थुत्यो, र खाने कुरा भएको ठाउँमा गई उक्त लट्ठी घुसारी खाना पुग्न खोज्यो तर लट्ठी छोटो भयो | एकछिन फेरि स्थितिको अबलोकन गर्यो | त्यसपछि त्यही छोटो लट्ठीले ढुंगा राखिएका ३ वटै बक्साबाट पालैपालो ढुंगा बाहिर निकाल्दै लैजाँदै लामो लट्ठी राखिएको बाक्साको प्लाईउडको एक छेउतर्फ मात्र ढुंगा खसाल्दै गयो | ढुंगा जाम्मा हुँदैजाँदा उक्त छेउतर्फको प्लाईउडको भाग ओरालो हुँदैगयो र त्यो लामो लट्ठी बाक्साको पिँधमा खस्यो | डन्डीबाट ठोंड छिराएर उक्त लामो लट्ठी थुत्यो, अनि खाना भएको भाँडो भएको ठाउँमा गई त्यही लट्ठीको मद्दतले खाना थुतेर खायो |

उक्त कागले यतिका सबै नयाँ काम प्रत्येक दिनको नियमित काम जस्तै गरी लगभग २.५ मिनेटभित्र फत्ते गर्ने सकेको थियो |
कागमा गरिएका अन्य अनुसन्धानहरुमा कागलाई तरल बस्तु माथि आउन गरुंगा बस्तु खसाउनु पर्ने कुरा, सानो मुख भएको भाँडोमा साना बस्तुमात्र अट्ने कुरा, तरल पदार्थको सतह माथि भएका भाँडाको खाने कुरा छिटो भेट्न सकिने कुरा, माटो आदि ठोस पदार्थको खाना जे खसाले पनि माथि आउंदैन भन्ने कुरा थाहा हुने र त्यसै अनुसार गर्ने प्रमाणित भएको छ |

मेरो आफ्नै अवलोकनले पनि कागका केही अचम्मका नयाँ सिकाइ भेटाएको छु | अहिले बिकसित देशहरुमा हरेक घरपरिवारले आफ्नो कारणले उत्पादन हुने फोहर (Garbage) जलाउन मिल्ने (Burnable) र नमिल्ने (Non-burnable) गरी छुट्याउनु पर्छ, र प्लास्टिकका फरक-फरक झोलामा हाल्नु पर्दछ | यी २ प्रकारका फोहर फाल्ने दिनहरु पनि इलाका अनुसार फरक-फरक हुन्छन् | जलाउन मिल्नेमा भान्साको फोहर हुन्छ भने नामिल्नेमा प्लास्टिक, कार्ड-बोर्ड, कागज आदि |

पहिले-पहिले सबैखाले फोहर मिसाउने चलन थियो र काग हरेक दिन आउंथे, तर आजकाल भान्साको फोहर फाल्ने दिनमा प्रसस्त काग आउँछन, अन्य प्रकारको फोहोर फल्ने दिनमा आउदै आउदैनन् भने पनि हुन्छ |

त्यस्तै मैले अध्ययन गरे अनुसार करिब १०० बर्ष पहिलेसम्म पनि कागहरुले आफूले चाहेर पनि कतिपय प्रकारका नट, शंख अथवा सिपी आदि (Shell) भित्र हुने किराहरु खान सक्दैनथे | आजभोलि शहरका कागहरुले त्यस्ता बस्तु सजिलै खान सिकेका छन् | कसरी भने-शहरका कागले यस्ता खाने कुरा लिएर चारैतिर गाडी चल्ने ट्राफिक लाइट भएको चौबाटो (Cross-road) को लाइटमाथि बस्छन् | जब आफू बसेको लाइट पहेंलो बल्छ, त्यो खान चाहेको बस्तु खसालिदिन्छन् | बस्तु भूइंमा खसुन्जेलमा बत्ति हरियोमा बदलिन्छ, गाडी चल्छन, उक्त बस्तु फुट्छ | जब उक्त बत्ति फेरि रातोमा बदलिन्छ, गाडी चल्न बन्द हुन्छ | त्यही बेलामा काग भुइंमा गई मसिना टुक्रा टपाटपी टिपेर खाइहाल्छन् भने ठुला टुक्रा टोकेर, बोकेर हतारमा बाटो छाड्छन् |

अझ चकित पर्नु पर्ने कुरा त के छ भने यस्ता बस्तु खसाल्दा बस, ट्रक जस्ता गरुंगा साधन आएको बेला खसाल्दैनन्, हल्का सबारी साधन आएको बेलामात्र खसाल्छन् | ठुला साधनले खानेकुरा खानै नमिल्नेगरी धुलोपिठो पार्छ भन्ने कुरा पनि सिकिसकेका छन् |

कागले अरुले गरेको देखेर पनि छिटै सिक्छन् | केही समय अगाडि फिनल्याण्डमा बाटोका फोहोर फल्ने भाँडाबाट फोहोर सहितका प्लास्टिकका झोला निकाली उक्त झोलाभित्रको कुरा खाई झोला पुनः फोहोर फल्ने कन्टेनरमा हालेको टि.भी. ले देखाएको थियो |

6 thoughts on “विज्ञान ब्लग : मान्छेभन्दा बुद्धिमानी”

  1. Madhu says:
    February 13, 2015 at 1:03 am

    काग सांचै नै मान्छे भन्दा पनि बुध्धीमानि भएर हो कि मान्छे ले रिसले….कुन्नि के खान्छ भनेको? सानो छंदा रुख निकै चढीन्थ्यो….एक पटक गाउँको चौतारोको पिपलको बोटमा कागले गुँड लायेछ…तल चौतारामा बुढा खाडा तास खेल्न बस्थे….कागले हगेर हैरान पारेछ…अनि रुखमा चढेर कागको अन्डा फाल्देउ भने तर काग नभाको बेलामा फाल्नु पर्छ भन्थे….रुख कोहि चढ्न नसक्ने….बढो फुर्तीका साथ् रुख चडीयो….तर काग कहाँ कहाँ बाट आई हाल्यो….मलाई रुखमै ठुन्गुला झैं गर्यो….बल्ल बल्ल भागें……..त्यसको १ बर्ष सम्म मैले त्यो रुख चड्दा लगाएको टिसर्ट र हाल्फ़ लगाएर हिंडेको देख्दा बाटो मा लाखेत्थ्यो……भने पछि त काग पक्कै चलाख हो नि!!!

    Reply
  2. बशन्त राज says:
    February 10, 2015 at 8:43 pm

    काग बारे अनेक प्रसङ्ग हिन्दु धर्म ग्रन्थमा आउछ / ती प्रसङ्गहरुमा रामायणमा रामले बचपनमा कौवा संग खेलेको पनि आउछ / महाभारतमा भिस्म पितामहले महाभारतको लडाई समाप्त भय पछि युथिस्तिरलाई राज्य कसरी गर्ने भन्ने बारे एक नीति उपदेश दियका छन / त्यहा उनले घमण्डी कौवा अनि सन्त बक्कुला उडने प्रतिषपर्धा भयको अनि अनि समुन्द्र माथि उड्डदा कौवा थाकेर बक्कुलाले बचाएको प्रसङ्ग आउछ / यो प्रसङ्ग कता कता हालको नेपालको राजनीति संग मिल्दो जुल्दो छ/ एक कौवा (एमाओबादी) आफुलाई निकै चलाख र उडन सिपालु सम्झने गर्थ्यो/ अनि अरु सानो तिनो चरालाई हेप्ने गर्थ्यो / एकदिन कताबाट बकुल्ला (कांग्रेश र एमाले) आयो / दुवैको को माथि माथि टाडा उ डन सक्न्ने (संबिधान लेख्न्ने ) भने प्रतिषपर्धा गर्ने भय/ कौवा र बकुल्लाको सल्लाह मुताबिक समुद्र माथि उडने सहमति भयो/ दुवैले उडने प्रतिषपर्धा सुरु भयो/ सुरुमा कौवाले अनेक कमाल देखाउदै उडन थाल्यो / तर उसको त्यो कमालले उसको सक्ति कम हुदै गयो अनि थाक्न पुग्यो / अनि समुन्द्र तर्फ खस्न थाल्यो / यो कुरा बकुल्लाले देखिरहेको थियो/ उ आफ्नै समान्तर गतिमा उडीरहेको थियो / उसले उत्त बकुल्लाले कौवालाई समुद्रमा खस्नु भन्दा पहिलेनै बाचाएर किनारमा लग्यो/ अनि अर्ति दियो कि आफ्नो सिप र ज्ञानको कहिले पनि घमण्ड नगर्न अर्ति दियो / अहिले नेपालको राजनीति पनि तो खस्न लागेको कौवा जस्तै हाल छ / बकुल्लाले कौवालाई बचायजस्तै खस्नलागेको एमाओबादीलाई एमाले अनि कांग्रेशले बाचाउनु पर्छ / आशा छ यो नीति कथाबाट नेपालका राजनीतिक दलले पाठ सिकुन/

    Reply
  3. रैथाने says:
    February 10, 2015 at 8:18 pm

    तेसैले त भंछनी ‘काग बाठो भयर गु खान्छ’ रे क्या!

    Reply
  4. Raju Acharya says:
    February 10, 2015 at 6:24 pm

    कागलाई हैरान पार्ने चरा भनेको चिबे हो तेसैले चिबे देखेर काग पनि भाग्छ

    Reply
  5. Ram says:
    February 10, 2015 at 9:06 am

    जानकारी मुलक लेख को लागि हामी सधै आभारि छौ गौतम उदय जी प्रति ! माथि उल्लेख भए जस्तै अवशेष (Fossil) को अध्यन गर्दा 20-२५ करोड वर्ष पहले ,१००० वर्ष पहिले यी यस्तै समय र वर्षको कुरा कुन बिधि बाट तय हुन्छ कि खाली परिकल्पना हुन् ,यस बारेमा जानकारी दिन सक्नु भयमा मनको खुल्दुली मेटिने थियो .

    Reply
  6. nawa says:
    February 10, 2015 at 7:21 am

    https://www.youtube.com/watch?v=AVaITA7eBZE

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme