अहिले मिडियामा एक किसिमको हौवा मच्चाइएको छ- विश्वविख्यात नोबेल साहित्य पुरस्कारमा एक जना नेपाली युवकले लेखेको किताब पुग्यो रे। कान्तिपुरको साप्ताहिकदेखि लिएर अङ्ग्रेजी रिपब्लिका दैनिक अनि अनगिन्ती अनलाइनहरुमा यो समाचार छापिएको छ। लेखक राजन थपलिया आफैले आफ्नो किताब नोबेल साहित्य पुरस्कारमा सहभागी हुने भन्दै समाचार शैलिमा लेखिएको इमेल मिडियामा पठाइरहेका छन्। टक्क कपि गर्यो र समाचार बनायो। सत्य तथ्य के हो हेर्नसमेत परेन। त्यस्ता समाचार पढ्नेलाई त हो कि जस्तो पनि लाग्ला। फेसबुकतिर त नेपालीको शिर उँचो राख्यो भन्दै होहल्ला भएको समेत देखियो। तर यो पनि अस्कर अवार्डमा झोला फिल्मले पुरस्कार जित्छ, भोट हालौँ भनेर एउटा ब्लगको अनलाइन पोलमा नेपालीलाई मरीमरी भोट दिन लगाए जस्तो मात्रै हो। पृथ्वी कति दिन पो हो अँध्यारो हुन लाग्यो भनेर हल्ला मच्चाएको शैलि हो यो पनि। नोबेल साहित्य पुरस्कारका लागि आफूले आफैलाई नोमिनेट गर्न मिल्दैन। यस्तो छ नोबेल साहित्य पुरस्कारको प्रक्रिया र तथ्य।
सबभन्दा पहिले कसरी समाचार छापिएका छन्, त्यो हेरौँ-
न्यूयोर्क निवासी नेपाली युवा लेखक राजन थपलियाको किताव “लाईफ इज नट इजि” २०१५ यो वर्ष स्विडेनको स्टकहोम, स्वीडीश एकेडमीमा हुने नोबेल पुरस्कार लिट्रेचरमा सहभागिता जनाउने भएको छ।
समाचारको पहिलो वाक्य (लिडलाइन) यस्तो छ सबै अनलाइनहरुमा-
हेर्नुस् सेतोपाटीमा छापिएको समाचार : नेपाली युवाको किताब नोबेल पुरस्कार २०१५ मा
बिआरटी नेपालमा छापिएको समाचार हेर्नुस्- नोबेल पुरस्कार २०१५ मा नेपाली युवाको किताब
डिसी नेपालको समाचार : नेपाली लेखक थपलियाको किताब नोबेल पुरस्कार लिट्रेचरमा सहभागी हुने
यो सबैको स्रोत भने राजन थपलियाको नामबाट पठाइएको यो इमेल रहेछ-
याद गर्नुस् त, नेपालीमा छापिएका सबै समाचार ह्स्वदीर्घसमेत यताउता नपारी जस्ताको तस्तै छापिएको छ।
पठाउनेले पठाए, छाप्नेले पत्याए। भेरिफाइ भन्ने कुन चराको नाम हो थाहा भएन। यी सब समाचार पढ्दा त अहो नेपालीले गजबै गरे। नोबेल साहित्य पुरस्कारमा नेपालीको किताब! भन्ने हुन्छ। तर सत्य त्यस्तो होइन।
नोबेल पुरस्कारको आधिकारिक साइटमा साहित्य विधाको पुरस्कारका लागि नोमिनेसन र छनौटको कार्यविधि विस्तारमा उल्लेख छ।
Nominations to the Nobel Prize in Literature can be made by qualified persons only. The names of the nominees and other information about the nominations cannot be revealed until 50 years later
अर्थात् साहित्यतर्फको नोबेल पुरस्कारका लागि छनौटमा परेका वा सहभागी गराउने काम निश्चित योग्य व्यक्तिले मात्र गर्छ। मनोनयनमा परेकाहरुको नाम र अन्य जानकारी ५० वर्षसम्म सार्वजनिक गर्न पाइँदैन। त्यसैले २०१५ को नोबेलको लागि को को छनौटमा परेका थिए भन्ने कुरा ५० वर्षपछि मात्रै थाहा हुन्छ।
The Nobel Committee for Literature sends invitation letters to persons who are qualified to nominate for the Nobel Prize in Literature.
मनोनयनका लागि नोबल साहित्य कमिटीले योग्य व्यक्तिहरुलाई पत्र पठाउँछ। उनीहरुले नाम सिफारिश गरेर पठाउने हो। ती नामहरुका आधारमा कमिटीले आफ्नो सिफारिश स्विडिश एकेडेमीलाई गर्छ, त्यही मध्येबाट पुरस्कारको घोषणा यही एकेडेमीले गर्ने हो।
अहिले राजन थपलियाको पुस्तकका प्रकाशक अमेरिका बुक स्टारले मनोनयनका लागि योग्य व्यक्तिहरु कहाँ यो किताब पनि हेरिदेऊ है भनेर पठाएको मात्र हुनसक्छ। यस्तो अनुरोध विश्वभरका हजारौँ पुस्तक प्रकाशकले लाखौँको संख्यामा पठाउलान्। यो सामान्य प्रक्रियालाई नोबेल पुरस्कारमै सहभागी भएको भनी गरिएको प्रचार अतिरञ्जित छ।
के हो प्रकाशक अमेरिका स्टार बुक्सको सत्य ?
थपलियाको किताब ‘लाइफ इज नट इजी’ को प्रकाशक अमेरिका स्टार बुक्स हो। यो नाम प्रकाशकले यही जनवरी २०१४ मा परिवर्तन गरेको हो। त्यसअघि यसको नाम पब्लिस अमेरिका थियो। पब्लिस अमेरिका सन् १९९९ मा Lawrence Alvin “Larry” Clopper III र Willem Meiners ले थालेको प्रिन्ट अन डिमान्ड पुस्तक प्रकाशक हो। यसले पुस्तक लेखकलाई नै किताब किन्न दबाब दिन्छ। पुस्तक लेखकलाई नै ५०० प्रति किताब किन्न लगाएर दबाब दिने गुनासो पनि सुनिएको छ। यो विरुद्ध अदालतमा विभिन्न मुद्दा परेको थियो।
प्रचारका भोकाले आफ्नो डम्फु बजाउन खोज्नु अस्वभाविक नभए पनि सही तथ्य खोज्नतर्फ नै नलागी हो मा हो मिलाएर आवाज मच्चाउनु झन् अचम्मको कुरा हो।
जाँदाजाँदै कान्तिपुर पब्लिकेसन्सको साप्ताहिकमा छापिएको यो सामाग्री पनि हेरौँ-
यसमा नोबेल साहित्य पुरस्कारलाई ‘नोबेल लिट्रेचर प्राइज शीर्षकको पुस्तक महोत्सव’ भनिएको रहेछ। मानौँ त्यो अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको पुस्तक महोत्सव जस्तो कुनै महोत्सव हो।
अझ रमाइलो, प्रश्न सोध्नेले सोधेका रहेछन्- ‘उक्त महोत्सवका लागि कसरी पुस्तक छानिन्छ ? के यो ठूलो उपलब्धि हो ?’ जवाफमा उनले भनेका रहेछन्, ‘उक्त महोत्सवमा छानिने सबै प्रक्रिया मलाई पनि थाहा छैन।’
थाहै नभएको मान्छेले समाचार लेखेर मिडियाका इमेलहरुमा पठाउने पनि उस्तै, त्यसलाई पत्याएर छाप्ने पनि उस्तै। अनि त्यो पढेर नेपालीको शिर गर्वले उँचो भएको महसूस गर्ने पनि उस्तै। जय नेपाल। जय नेपाली 🙂
अनि आर्को कुरा माथि एउटा मित्र ले भन्नु भाको जस्तो नोबेल प्राइज साझा पुरष्कार जस्तो कुनै कृति को लागि हैन साहित्यमा पुर्याएको योगदान को लागि दियिन्छ.
हाहा,
पहिलो त यो लेख छापेपछि अब सालोक्य जी लाइ नागरिक को मान्छे भन्नेहरुलाई गतिलाई जवाव मिल्यो होला…
दोश्रो कुरा नागरिक जस्तो सो-कल्ड बीग मिडिया ले पनि समाचार संसनिमुलक बनाउनलाइ त्यो सन्ध्याकालीन पत्रिकाहरुले जस्तो सिर्शक्लाई द्वैध अर्थ लाग्ने बनाउदो रहेछ भन्ने प्रष्ट भो. युधिस्थिर ले असोथामा हात्ती मरेको हो कि द्रोण को छोरो मरेको भनेर प्रस्ट रूपमा नभनेर जिन्दगि को एउटै अर्ध झूट बोल्या जस्तो….
तैपनि यी भाइले कोअथार्शिप मै भए पनि किताब छपाएछन. बधाई छ. लेख्दै जाउ भाइ तर प्रचार को लागि हैन.
अमेरिका मा बस्ने नेपाली हरुले बेला बेला मा मनोरंजन दियकै हुन्छन . धन्यवाद mysansar .
अमेरिका मा केहि पत्रकार भनौदाको करामत हो यो. बुझ्नु क्षैन जाड खान पायो होला राजन बाट अनि समाचार लेख्यो . राजन को लेख पढेर थाहा हुन्छा नोबेल पुरस्कार को लागि योग्य छ कि छैन भनेर.
नोबेल नै जित्ने गरि एउटा किताब मैले पनि लेख्दिउ कि क्या हो, बडा झोक चलेर आयो l
कस्ता कस्ता कार्टुन हरु जन्मन्छन हो नेपाल मा . कोहि आइन्स्टाइन को सिद्धान्त गलत सिद्ध गर्ने, कोहि दिन उमेर मै नोबेल पुरस्कार पाए भन्दै कुर्लने . कुन दिन अर्को झल्लु नेपालीले अमेरिकाले मंगल ग्रहमा पठाएको मार्सरोभर मा म नै चढेको थिए भन्न बेर छैन.
कति हास्नु. होइन भन्ने ठाउँ छैन !
Shame on Nepalese renounced media houses. Seems like this guy is completely a con artist, he is possibly living in his dream. Interestingly, his books are very low class and if you go through the synopsis of his book, I promise that you would be definitely laughing. blah..
यो हल्ला पनि आर्को ”जैसीको जालो ” मात्र रहेछ | गिरिजा भक्त हरुले,र छोरी सुजाता ले मर्ने बेलामा गिर्जा बौ लाइ खल्ती मा नोबेल पुरस्कार हाल्दिन कम सारो मिनत गरेको , के गर्ने गिरिजा को तालु देख्न मात्र ठुलो रे छ , रा प् हुन् समेत पाएँन |
कोइ कोइ आइन्स्टाइन लाइ चुनौती दिने , कोइ कोइ लेनिन बाद ,माउबाद लाइ फ्युजन गरेर बाटो खोल्दै ”प्रचण्ड पथ” नाम राख्ने | तेरीमा गाठे , न सक्ने भो नेपालि लाइ कसैले |
हाहा!
यी फ़्याउरोहरु नेपालीहरुलाई मुर्ख बनाउन कति मरिहत्ते गरि लागेका होलान!
यस्ताले कस्तो किताब लेख्यो होला!
त्यो पनि यो किताब अनं ब्राडी ले लेखेको होला यो बन्धुको काम चाहि कागज मिलाउने र चिया वोसारने होलाके, मेरो नि नाम राख्देना भन्यो होला उसलाई तेस्तो नामको भोको र लालच नभयको मान्छेले चिया खुवायाको पैचो तिर्न यसको नाम राख्द्या होला लेखकमा यालले फेरी नेपालमा तहल्का पिटेर बिश्वोकै महान नेपालि लेखक बन्ने धुन सवार भयो!
अरुको त के कुरो गराई भो र तर यो नागरिक न्युज समुहले चाहि कुन दिन,
‘नेपालको प्रधानमन्त्रि अमेरिकाको रास्ट्रपति हुने’ भनेर न्युज लेख्न बेर छैन!
आखिर फ़ुस्केट हरु त हुन् बेला बेलामा फुस्कि रहन्छ!
बुझ्नैपर्ने कुराचाँही के हो भने साहीत्य तर्फको नोबेल Prize कहिल्यै कुनैपनि book लाई दिईदैन, यो त लेखकलाई दिईन्छ। नेपालमा नोबेल पुरस्कार प्राप्त कृती हुन्छ भन्ने पनि भ्रम छ, तर त्यसो होईन। पाएपनि थपलियाजीले पाउने हो, कृतीले होईन, यसरी बुझ्दापनि थाहाहुन्छ यो समाचार झुटो छ भनेर।