अहिले मिडियामा दुइटा विषय देख्न पाइन्छ। एउटा, नेताहरु एकले अर्कालाई गाली गरेको। अर्को, रोएको। पछिल्ला केही दिनमा आएका समाचार पत्याउने हो भने धमाधम नेता रुँदैछन्, आधा दर्जनको आधा संख्यामा नेताहरु रोइसके।
फेरि रुवाइ पनि कस्तो, समाचार लेख्नेले मात्रै देख्ने। त्यहीँ भएका अरुले चाहिँ नदेख्ने। एक जनाले मात्र देख्ने गरी आँसु कसरी झारेका होलान् भन्ने पनि खोजकै विषय बनेको छ। कस्तो चश्मा लगायो भने चाहिँ नेता रोएको देखिने होला? नेताका यी अदृश्य आँसु फोटोमा वा भिडियोमा देखिँदैनन्, मात्र पत्रकारले लेख्ने शब्दमा देखिन्छ। लेख्नेको अन्तरआत्मा नै रोएको भएर पो सबै रोएको पो देखिने हुन् कि। दुर्गालाल श्रेष्ठले लेखेको जस्तो, फूलको आँखामा फूलै संसार। त्यस्तै भएको हो कि रुन्चेको आँखामा रुवाइ नै संसार। मिडियामा रुवाबासीको केही उदाहरण हेरौँ
नेम्वाङ रोए
यो रेडियो सिम्रिकले राखेको समाचार पत्याउने हो भने एमाओवादी र मधेसकेन्द्रित दलहरुको नाराबाजीका बीच संविधान निर्माणलाई बहुमतीय प्रक्रियामा लाने गरी प्रस्ताव समिति बनाउने प्रस्ताव आफ्नै कुर्सीबाट राख्दा आँसु नै झारे। समितिका सदस्यहरुको नाम पढ्दा गला अवरुद्ध भयो।
एउटा कुरा चाहिँ के बुझौँ भने पत्रकारहरु र सभामुख बस्ने ठाउँ धेरै नै टाढा हुन्छ। पत्रकारले आँसु त के, नेम्वाङको आँखा पनि राम्रोसँग देख्न सक्दैनन्। हेर्ने भनेको टेलिभिजनको दृश्य नै हो जुन टेलिभिजनबाट लाखौँले प्रत्यक्ष प्रसारण हेरेका थिए। लाखौँले देखेनन्, तर समाचार लेख्नेको अन्तरआत्मा रोएकोले होला, नेम्वाङ रोएको देखियो।
अझ रमाइलो कुरा त के छ भने, यो समाचार रेडियो सिम्रिकले जुन स्रोतबाट कपिपेस्ट गरेको हो, त्यो स्रोत अर्थात् न्युजभित्ताले आफ्नो समाचार सच्याइसकेको छ रोएको होइन पो रहेछ भन्दै। तर कपिपेस्टवालाले त्यसलाई सच्याउन आवश्यक ठानेन।
प्रचण्ड रोए
लौ अब नेम्वाङ रोएपछि अरु नरोएर भो त। अब पालो विपक्षीको। विपक्षी मोर्चाको नेतृत्व गर्ने प्रचण्डको। नेपालसन्देशमा छापिएको यो समाचार अनुसार प्रचण्डले आँखाभरी आँसु पारेछन् पत्रकार सम्मेलनमा।
तर समाचार पूरै पढ्नुस्, कतै पनि आँसु पारेको कुरा लेखिएको छैन। न आँसु भएको फोटो नै छ। तर पनि पत्रकारले रोयो भने पछि रोयो रोयो, तपाईँले होइन होला है भनेर हुन्छ ?
बाबुराम रोए
ह्वाँ प्रचण्ड रोइसके, पार्टी अध्यक्ष हुन्छु भनेर प्रचण्डसँग मुख फोरेरै मागिसकेका बाबुराम रुनु परेन? रुनु पर्यो रुनु पर्यो। पूजा बोहराको केस कान्तिपुरमा छापिसकेपछि पनि डाँको छोडेर पहिलो पटक रोएको फेसबुकमा लेखेकै थिए। अब प्रचण्ड रोइसके, रोइएन भने त पछि परिएन र? यो पटक रुवाइ चाहिँ नयाँ पत्रिकाको समाचारबाट देखियो।
यहाँ पनि फोटोमा रोएको देखिन्न। शब्दले नै रुवाइदिए। अरु कसैले रोएको देखेर समाचार पनि बनाएनन्।
साथी मनोज सत्याल यी माथिका रुवाइ शृङ्खलाका दुइटा घटनास्थलमा आफै उपस्थित थिए। उनी यस्तो ट्विट गर्छन्
कहिले प्रचण्ड रोएको, कहिले सुवास नेम्वाङ रोएको समाचार आए तर आफू त्यँहि सँगै हुदाँ समेत न देखियो न महसुस गरियो। प्रिय पत्रकार कुरो के हो?
— Manoz Satyal (@manozktm) February 5, 2015
मिडियामा आँसु बिक्ने चिज हो। त्यसैले नेता नरोए पनि रुवाइदिने तागत छ मिडियामा। त्यसो त धन कमाउन कतार गएका युवक मरेपछि आफन्तहरु पनि रोएका छन्। बेचिएकी चेलीहरु रोएका छन्। देशै रोएको छ। तर त्यो रुवाइ रुवाइ होइन।
रुवाइ त नेताको हो। त्यसैले मिडिया नेता रुवाइको पछि लागेका छन्। हामी जनता भने Lauren Conrad को यो भनाईलाई पछ्याऔँ, जेसुकै गरुन् मिडियाले, जोसुकैलाई रुवाउन्।
“Don’t cry over someone who wouldn’t cry over you.”
अहिले कुन कारणले र कुन मागमा सहमति गर्न नसकेकोले संबिधान बन्न नसकेको हो भन्ने कुरामा यक अर्कालाई असफल बने आफु सफल हुने र दल जिताउन रास्ट्र र नागरिकलाई हराउन पनि नहिचिकिचाउने नेताहरुले नागरिकहरुलाई कुनै स्पस्ट जानकारी नदियाकोमा आस्चर्य मान्नु पर्दैन/ तर नेपालको मिडियाले पनि ई कुराहरु प्रकाशित नगर्नुलाई कस्तो पत्रकारिता भन्ने? कुनै नेता र कुनै दल आफ्नो कुरा लुकाउन चाहन्छन र उनीहरुको कुरा नागरिक बात लुकाउन चाहन्छन/सार्वजनिक रुपमा जस्तो कुरा गर्छन नेताहरु ठिक तेस्तो उल्टो कुरा गर्छन भित्र भित्र/ कयौ मिडियाको माध्यमहरु यस्तै को प्रचार बिभाग बनेको छ/ फलाना पत्रिका र फलाना पत्रकार फलाना दल र फलाना नेताको भयको कुरा बाहिर आई रहेकै छ/ तेस्तो बात सहि समाचार नआउनु त् स्वाभाविक कुरो नै हो/ तर बाकि बात…….खै सत्य र स्पस्ट कुराहरु प्रकाशित भयको? के कारण हुन् सक्छ उनीहरु पनि ……भयकोमा/
अहिले संबिधान बनाउन प्रमुख बाधक बनेको कुरा जातीय पहिचान हुने संघीय राज्य बनाउने कुरा हुँदै होइन/ पहाड हिमालमा सके जत्ति बढी राज्यहरु बनाउने तर तराइमा चाहि यौटै मात्र राज्य बनाउनु पर्ने/ तराइ सिट पहाड जोडिनु नहुने/ तराईको कुनै भूभाग पहाडको राज्यमा राख्न नपाउने/ अनि सम्पूर्ण तराइलाइ आत्म निर्णय गर्न सक्ने स्वशासित मधेश बनाउनै पर्ने/ ईनै कुरामा सहमत नभय सम्म संबिधान बन्न नदिने अडान नै संबिधान बनाउन सहमति हुन् नसकेको कारण हो/ आखिर मधेशबादी दलहरु किन यस्तो माग मागेको हो; किन उनीहरु तराईलाई पहाड सिट जोड्न चाहँदैन?
तराईलाई पहाड सिट जोडेमा पहिचान मितिने कुरा गर्छन/ तर बास्तविक कुरा त् के हो भने तराईलाई मधेश बनाउन नै ईतिहास बोकेको तराइ र तराईबाशिको पहिचान मिताउनु हो/
तराइ नेपालको ढुकुटी हो/यसमाथि सबै नेपालीको हक लाग्छ/ पहाड सिट जोडिन नचाहने सकेमा पहाडीलाई तराईमा बस्न नदिने नियत भयकालाई सम्पूर्ण तराइ आत्म निर्णय गर्ने अधिकार सहित सुम्पे के होला भन्ने कुरामा मिडियाले पनि नागरिकहरुलाई सतर्क गराउनु पर्ने थियो तर……/
नेटो कटाउन पर्ने नेताहरुको को कुराले समय मात्र बर्बाद हुने भयो|
यो देस सबै बिगार्ने, संबिधान सभाको अस्तित्व समाप्ति गर्ने नै यो कालो मुटु भएको बाबुराम हुन् यिनी यो देसका अमरिस पुरी हुन् यिनका नन्दी भिरंगी हरुले रोयो भनेर जनता बाट सान्त्वना लिन खोजेको हो यिनका आशु भनेको गोहीका आशु हुन् ! यिनले अझै चेतेको छैन अझै जाती जातिमा द्वान्ध गराएर सत्तामा टास्सी रहने भन्दा केहि नै छैन !
गोही रोएको देखेर माछा हरु फ़ुतु ,फ़ुतु मुख मा पस्छन | हैन यहा चै भोलि पर्सि कतै चुनाब भएछ भने भोट फ़ुतु फ़ुतु खस्छ बा जन मानस मा जिम्बेबार नेता भएको म्यासेज जान्छ भनेर यी गोही हरु रोएको हो |
तेसैले हे माछा हरु हो , मान्छेले त् तिमीहरु लाइ कमसेकम इज्जत दिएर , मसला , सर्सो ,गोलभेडा हालेर भोजन गर्छ , यिनले काँचै चपाउछन |
नेता रोएका लेख्ने कुनै पत्रकार होइनन, नेताका दलाल मात्र हुन् | दलालबाट अरु केहि नै पो आश गर्न सकिन्छ र ?
पत्रकारहरुको आफ़्नोमनमात्र रोएकोकुरा बल्ल थाहाभयो,अबहामी फोटो नहेरी बिस्वाश गर्ने छैनौ पत्रकार्जिहरु |
कति वर्ष लुटेरा र अपराध गरेर भत्ता पचाए| कति वर्ष कामै नगरी सुतेर खाएर भत्ता पचाए|
कति वर्ष फुस्रो धाक र रबाफ देखाएर, कामै नलाग्ने भासनै मात्र गरेर खाए, कति वर्ष खाली अर्को लाई गाली गरेर खाए| अब यो बनावटी रुने भन्ने पनि नाटक को अर्को सृन्ग्खला होला|
एदी येस्तै हो भने इनिहरु सबैलाई साछिकै आँशु नै निस्कलना जनताले राम्रै सहयोग गर्नु पर्ने जस्तो देखिन्छा| तेश पछि चाँही सबैले देख्ने आँशु पनि निस्कन सक्दछ|
एक जना नेताले रोएको नाटक गरे भने,
पक्का यिनले १०००० नेपालीलाई रुवाउछन l
त्यसैले हाम्रै लागी पनि यी नेताहरुलाई,
रुनबाट रोक्नै पर्छ l