Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हैन के विधि असहिष्णु भएका नेताहरु, जे पायो त्यही बोल्न थाले त

Posted on February 5, 2015February 5, 2015 by Salokya

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको बैठकले आज जुन औपचारिक निर्णय गर्‍यो, त्यो देखेर अचम्म लाग्यो। त्यो हदसम्मको भाषा प्रयोग हुनु निचताको पराकाष्ठा हो। हो, केपी ओलीले सही बोलेका थिएनन्। १० अर्ब दिए आन्दोलन रोकिन्छ भनेर भड्काउने भाषा प्रयोग गरेका थिए। तर त्यसको जवाफ यसरी औपचारिक बैठकको निर्णयमा ‘उहाँको अभिव्यक्तिले उहाँ शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नुको साथै आवश्यक स्वास्थ्य परीक्षण पश्चात उहाँको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भएमा….’ लेखेर गर्ने हो त ?

फेरि उनीहरुको यो प्रतिक्रियापछि आएका एमालेका नेताहरुको प्रतिक्रिया पनि कम्ता छैनन्। यसरी एकअर्कालाई होच्याउने गरी तल्लो स्तरको गालीगलौजले घाटा उनीहरुलाई नै पुर्‍याइरहेको कुरा उनीहरुले किन नबुझेका होलान्? सामान्य मान्छेलाई छाडिदिउँ, उनीहरुकै अलि बुद्धि भएका कार्यकर्ताहरुले यसलाई रुचाएका छैनन्।

जनता पत्रकार किशोर नेपालका अनुसार धेरै निरपेक्ष भएका छन्। उनीहरुलाई नेताहरुले स‍ंविधान बनाउन नसकेका होइनन्, नचाहेका हुन् भन्ने कुरा राम्रैसँग थाहा भइसकेको छ।

जनतालाई कुरा बुझाउन जान छाडेर उनीहरु एकापसमा यसरी शब्दवाण चलाएर जुधिरहेका छन् कि अहिले एकअर्कालाई पागल भन्न समेत बाँकी राखेनन्।

एकअर्कालाई पागल किन भनिराखेका छन् त उनीहरु ? दुवै पागल त भएका होइनन् भन्ने लागेर हामीले साइकियाट्रिस्ट र मनोविज्ञानका प्राध्यापक डाक्टरलाई सोध्यौँ। होइन रे।

त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागका प्रा. डा. शिशिर सुब्बाका अनुसार फ्रस्टेसन, इन्जाइटी, टेन्सनबाट मुक्तिका लागि कुनै न कुनै रुपमा त्यसलाई बाहिर निकाल्नुपर्छ। अनि अर्कोलाई होच्याएर आफ्नो फ्रस्टेसन निकाल्न यस्तो भाषा प्रयोग हुन्छ।

अघिल्लो स‍ंविधान सभामा पटक पटक म्याद थपेर पनि स‍ंविधान बनाउन नसकेपछि जनता फ्रस्टेड भएका थिए। फ्रस्टेसन यति हदसम्म गयो कि जनताले नेताका गाला चड्काउन थालेका थिए। फ्रस्टेड मिडियाले फेरि उनीहरुलाई नै हिरो बनाएर प्रस्तुत गरेका थिए। एकथरि फ्रस्टेडहरु उनीहरुलाई चन्दा जुटाउन देशविदेशमा लागिपरेका थिए।

यस पटक भने जनता निरपेक्ष भइदिए। हेरिरहे तमाशा। औषधि पचाए जसरी फ्रस्टेसन पचाउन सकिसके जनता। अब फ्रस्टेसन नेताहरुमा पो देखियो। तर नेताहरुले आफूहरु देशका जनतालाई लिड गर्ने लिडर हौँ भनेर बुझ्नु पर्थ्यो। उनीहरुका प्रत्येक बोली, क्रियाकलापले ठूलो असर पर्छ भन्ने उनीहरुलाई थाहा हुनुपर्थ्यो।

यिनीहरुले यो गालीगलौजबाट फ्रस्टेसन निकाल्ने शृङ्खला अन्त्य गरेनन् भने आफैलाई मनोरोगी बनाउँदै लानेछन्। एक पटक यिनीहरुलाई आर्यघाट लगेर मान्छेको शरीर जलिरहेको अन्तिम सत्य हेर्न लगाएर त्यहीँ वार्ता गर्न लगाउनु पर्ने, मन र मस्तिष्कमा केही पस्थ्यो कि! एक पटक विपश्यनाको शिविरमा बसालेर बाहिरमात्र होइन, अन्तरआत्मा, आफैभित्र खोज्न लगाउनु पर्ने। केही भेउ पाउँथे कि।

तपाईँलाई के लाग्छ? किन नेताहरु यसरी एकअर्कालाई गालीगलौज गर्दै हिँडेका? कार्यकर्ता हैन, सामान्य नागरिकका रुपमा यसलाई कसरी हेर्नुभएको छ ? आफ्नो विचार राख्नुस्।

28 thoughts on “हैन के विधि असहिष्णु भएका नेताहरु, जे पायो त्यही बोल्न थाले त”

  1. रैथाने says:
    February 6, 2015 at 8:11 pm

    ‘लातको भुत बातले मान्दैन’
    यो चलिआयको परम्परागत भाका यदि कसैलाई थाहा छैन वा मान्दैन भने मलाइ सम्पर्क गरे हुन्छ अनि मा बताइदिउल केहो भनेर!
    जसले यो मान्दछ र ठान्दछ तिनीहरुले यी माथिका कुरामा बिबाद र प्रतिबाद गर्दैनन् वा गर्न पर्दैन!
    बाघ बिरालोको हैसियतमा तल झर्यो भनेर घेरेर जिस्क्याउने र बिरालो ठानेर थुनेर पिट्ने गर्नु गल्ति हुनसक्छ भनेर थाहा नपाउने जन्तुहरुलाई पागल नै भन्नु पर्छ!
    तिनीहरुको नालायकीपन र हठले एउटा देशले समस्या भोगी जनताले दुख पाइरहेका छन् के यस्ता पागल हरुले जनता र देशको लागि राजनीति गरेका हुन् त?
    यस्ता पागल हरुले राजनीति गरेको देशमा जनताले दुख नपायर के पाउछ? देश पाताल नाधसियर कसरि उभो लाग्छ?
    मुखमा जे आयो त्यो बोल्ने,
    आफु बाहेक कसैलाई मान्छे नै नठान्ने!
    दुइ जना गुण्डाहरु पछाडि लगाई आठ दश जना धुपौरे पिछालाग्गु हरुले वाहावाहा गरि महान छौ भनिदिदा भुइमा खुट्टा नटेक्ने,
    आखाले नाक नदेख्ने!
    मै हु म बाहेक अरु कोइ होइन भन्ठान्ने!
    जनताको स्वोतान्त्रता र देशको परिवर्तन र क्रान्तिका संगीन मुद्दा हरुलाई खिसिट्युरी गर्ने!
    – देश समाज समुदाय जनताका इतिहाश र भविष्यको खिल्ली उढाउने,
    – देशको नुनार्सम्रचना र पुनर्निर्माणमा संघियताको लागि भयको बहश अनि सीमांकनको छलफलको बहसमा परायादेशाको बिहार र उत्तर प्रदेश आदिका कुरा घुसायर होच्याउने भाड्ने!
    – संबिधान निर्माण, राज्य पुरार्सम्रचना अनि सहमति आदिको मिटिङ्गमा समयको ख्याल नगरी आउदै न आउने वाढिलो आउने आयपनी मुद्दामा ध्यान नदिने कुरा र बहस नगर्ने गरे पनि भाड्ने अरुलाई अपहेलित गर्ने उडाउने खसाल्ने तुच्च्याउने!
    – मेरोमात्रै देश हो अरुको बोल्ने र हक माग्ने अधिकार र हैसियत छैन झ्याइ गर्दै बलले पेल्छु भनेर ठान्ने सोच्ने र उध्धत्ता गर्ने!
    – घोडा दुइ पाच गुण्डा र बिसेक बतासे ठेट्ना अनि केहि स्वार्थि लोभी पिछालाग्गु र इण्टर्नेटमा भुक्ने पाउदुरे फ्याउरो रास्ट्रबादी को वाहावाही मा मात्तियर दिमागको किड्नी फुस्किदा नि याद नगर्ने यस्तालाई नै हो पागल संज्ञा दिने र पागल भन्ने होइन र?
    तेसो होइन भने पागल कसलाई भन्ने त?
    आफुले मात्र भन्न र बोल्न जान्या छु अरु त सबै मेरा ठेङ्गा हुन् भन्ठाने लाइ गत्तिलो जवाफ दियापछी मात्र चुप लागि लाइनमा आउछ भन्नेकुरा नेपालको पछिल्लो घटना क्रमले शिद्दा गरेको छ!
    होइन त?

    Reply
  2. aanjan babu says:
    February 6, 2015 at 7:29 am

    अरु नेता भए देखि असामान्य कुरा हुन्थ्यो तर क्पे पी ओली लै भन्नु एकदम सहि हो. किन भने के पी ओली तेस्तै जवाफ को लायक नेता हो.अचम्म को कुरा यो मेडिया ले पनि मावोबादी कै चै बढ़ी खेदो गर्नु किन होला ???

    Reply
  3. madan bajracharya says:
    February 5, 2015 at 10:42 pm

    मैले कहिँ पढेको थिय कि गान्धी कालमा नाम चलेको (मैले नाम भुले) यौटा ठुलो नेता कहा समाजमा नाम चलेको कुनै ठुलो धनाढ्य ब्यापारी भेट्न पुगे/ उ समाज सेवा बात राजनीतिमा प्रवेश गर्न चाहन्थे/ उसको चाहना सुनेर त्यो नेताले त्यो ब्यापारी समाज सेवकलाई गालि गरे/ त्यो ब्यापारी ले नेताको गालि सुनेर उत्तेजित भयो र रिसाय/ अनि त्यो नेता मुसुक्क हाँसेर भने “म तिमि राजनीतिमा लाग्न योग्य छ छैन भनेर बुझ्न मात्रै तिमीलाई गालि गरेको हो/ समाजसेवामा लाग्ने व्यक्ति कहिले काही रिसाउनु पर्ने पनि हुन्छ/ तर राजनीतिमा अरुको कुरा सुनेर आव्ग्मा आउने उत्तेजित हुने व्यक्ति कहिले पनि राजनीतिमा सफल हुँदैन/ तिमीले आफ्नो आवेगलाई नियन्त्रण गर्न सकेको छैन/ त् पहिला आफ्नो आवेगलाई नियन्त्रण गर्न सक्ने बन्नुस तव राजनीतिमा लाग्नुस्/

    नेपालको राजनीतिमा नागरिकहरुको निमित भन्दा आफ्नै फाइदा र स्वार्थको निमित राजनीति गर्ने “धन्दा” बनेको छ/ भ्रस्टाचार गर्छन भ्रस्टाचार बात फाइदा लिन्छन/ अपराध गर्छन अपराधीलाई प्रशय दिन्छन/ नागरिकलाइ दवाउञ्छ तर्साउञ्छ तर अनागरिक सिट आफै तर्सिन्छ र दविन्छ/ नागरिक र देस प्रति जिम्मेवार हुन् खोज्ने नेतालाई पार्टी बात समेत निस्कासन गर्न हिच्किचाउन्दैन तर बिदेशी नागरिकता लुकायर झुठो विवरण दियर नेपाली नागरिकता लियर नेपालको नेता बनेका सिट अँगालो मार्छन/ पार्टी भित्र राजतन्त्र चलाउञ्छन/ देखाउन नसकिने कमाइ बात आलिशान जीवन यापन गर्छन/ नागरिकलाई बिकल्प बिहिन बनायर सिंह दरवार कब्जा गर्छन/ यस्तै यस्तै व्यक्तिलाई राजनीतिग्य र नेता भन्ने पर्ने स्थितिलाइ इनिहरुले अग्रगमन र परिबर्तन भनेको छ/ इनिहरुलाई थाह छ इनिहरु सहि छैनन् भनेर तापनि इनिहरु आफुलाई सच्याउन सक्दैनन्/ आफुमा भयको गलत कुरा माथि नियन्त्रण गर्न नसक्नुलाई नै पागल भनिन्छ/ त् इनिहरु को हुन् भनेर सब्दमा किटेर भन्न जरुरिनै छैन/

    Reply
  4. BS says:
    February 5, 2015 at 10:38 pm

    अरु केही होइन “बिनास काले बिपरित बुद्धी” हो / हाम्रो शास्त्रले भनेको छ : धैर्य पिता, क्षमा जननी (माता), शान्ति अर्धांगिनी (श्रीमती) हुनुपर्छ / भनिन्छ, यी गुणहरु बिना कुनै पनि कार्य सफल हुदैन / पार्टीका नेताहरुले यी गुणहरु मध्ये एक पनि अगाल्ने प्रयास गरेनन, र यसैको प्रतिफल स्वरुप फ़्रस्ट्रेसन, घृणा, इर्श्या, अहंकार, इगो आदी इत्यादी सिर्जना भयो / समाजमा बसेर सर्बप्रथम मान्छे, अनि असल मान्छे बन्न जान्नु पर्छ / बन्न जानिएन भने अरुसंग वा अन्य माध्यम (पढेर, सुनेर, हेरेर) बाट सिक्नुपर्छ / यी नेताहरुले खाली (कु)राजनीति गर्ने बाहेक केही सिकेनन जस्तो लाग्छ / यसको मतलब यिनले झुठा बोल्ने, खुट्टा तान्ने, भ्रस्टाचारी र लाइन मिच्नेलाई प्रोत्साहन दिने, पैसाको लागी दलालहरु खटाउने, सिन्डिकेट मार्फत कमिसन खाने आदी कार्यमा माहीर हुनेबाहेक अरु सिक्न भ्याएनन जस्तो छ / यति सम्म राजनैतिक अदुरदर्शिता की एउटा (ए) माओबादीलाई पन्छायो भने अर्को माओबादी संग मिलेर पुरानो लक्ष प्राप्तिको लागी संगै लड्ने छन् भन्ने साधारण बिस्लेशण पनि यिनीहरु गर्न सक्दैनन् /

    बाइ द वे, आज एउटा समाचार पढे / लेखेको रहेछ – महेश बस्नेतले आफै राजिनामा गरेर आफै स्वीकृति गरे रे / राजतन्त्रमा राजालाई निरङ्कुश र हाल माओबादीलाइ सबसत्ताबादी भनेर गाली गर्न नथाक्ने यी युबा संघ अध्यक्ष तथा गुण्डा नाइके र हालका मंत्री (मंत्री भन्न पनि लाज लाग्छ) ले जनतालाई सिकाउनु पर्ने हो लोकतन्त्रको मान्यता के हो ? बिधि के हो ? राजिनामा कहा र कसरी पेश गरिन्छ र कसले स्वीकृत गर्छ, आदी, इत्यादी / हाम्रा यी मंत्री राजतन्त्रका ‘मुन्तरी’ भन्दा केही फरक लागेन /

    Reply
  5. महेश्वर श्रेष्ठ says:
    February 5, 2015 at 7:23 pm

    एकजना पागललाई देखेर अर्को पागल उफ्रेको मात्र हो

    Reply
  6. deepak says:
    February 5, 2015 at 5:51 pm

    जीवन को सबै क्षेत्र मा असफल भए पछि राजनीति मा आउने परम्परा भएको देश र व्यक्ति को पृष्ठभूमि,क्षमता,नहेरी पार्टीगत रुप मा भोट हाल्ने जनता भएपछी येस्तै हुन्छ.

    Reply
  7. DEV says:
    February 5, 2015 at 4:25 pm

    होइन राजनीति भनेको अफिम हो भन्थे हो रहेछ सबै नेताहरु बौलाउन थाले ………..

    Reply
  8. Nishan Limbu says:
    February 5, 2015 at 2:20 pm

    सत्य बोल्नु पर्दा नेता भन्दा जनतानै गलत छौ!हामीलेनै हो गुण्डा,घुस्याहा अनि A, B, C,D पढाउनु पर्ने मान्छेहरुलाई नेता बनाएर संबिधान लेखेर देउ भनेर संबिधान सभामा पठाए पछी यो हविगत नभएर के हुनु ? हुनु त जनताको पनि के गल्ति भन्नु र, देशमा राजाहरुको शोषण, राणाहरुको शोषण अनि नेताहरुको शोषण! शोषणै शोषणले पिडित हामी हाम्रो बिचारमा, हेराइमा र छनाइमा सहि नेता कसरि पो पर्न सक्छ र ? किनकि हामीमै त्यो चेतना छैन ! हामीले त देशलाई जुनसुकै भड्खालोमा किन नहालोस, हामीलाई जस्तो सुकै पिडा किन नदिओस तर चुनावको बेला ५ केजी चामल, १ केजी मासु र १ बोतल रक्सि जसले दिन्छ उसैलाई भोट दिने हो ! अनि यो हालत नभएर के हुन्छ ? ७ साल, ३६ साल, ४६ साल र ६२/६३ सालको आन्दोलनले पनि हामीलाई देशले राम्रो नेता दिन सकेन !
    अत: नेपालीहरुको भाग्य निर्माता बनेर एउटा सच्चा नेता कहिले आउने ? यो आशा बाहेक अरु के नै गर्न सकिएला र ! पढेर, जान्ने बुझ्ने भए पछि युरोप र अमेरिका जाने अनि फेसबुक र यस्तै अनलाइन पत्रिकाहरुमा ठुला ठुला कमेण्ट लेख्ने तर देश र जनताको भाग्य परिवर्तन गर्ने मामिलामा सिन्का नभाच्ने तपाई हामी नै हौ ! अनि किन अरुलाई मात्र दोष दिने ? त्यसैले अहिलेलाई चाहि कहिले ओलीले बादर, लुटेरा अनि उखान टुक्का भनेकोमा मज्जा मानेर कमेण्ट लेखौ, कहिले प्रचण्डले ओलीलाई पागल भनेकोमा मजा मानेर कमेण्ट लेखौ!
    आखिर उनीहरुले जे भनेनी मज्जा मानेर कमेण्ट लेख्नु बाहेक तिम्रो र मेरो हैसियत के नै छ र ? तिम्रो र मेरो चेतना कति नै छ र ?? यदि यो ब्लगमा लुतो कन्याई भन्दा लुतोको उपचार गर्ने कोहि ज्ञानी हुनुहुन्छ भने देशले अहिले भाग्यनिर्माता खोजि रहेको छ ! अगाडि आए हुन्छ, होइन भने त उही गुण्डा,घुस्याहा अनि A, B, C,D पढाउनु पर्ने मान्छेहरुलाईहरु लाई नेता मान्दै चित्त बुझाऔ!
    अस्तु!

    Reply
  9. नेपाली जनप्रगतिशील मञ्च यु.ए.ई. says:
    February 5, 2015 at 1:54 pm

    के पी ओली “मानसिक सन्तुलन गुमेको” प्रमाणित भए ।
    ********************
    यो एक दुईजनाले भनेको होइन । देशको बहुमत जनसंख्याको प्रतिनिधित्व गरेका बहुभाषिक, बहुसांस्कृतिक, मधेस, पहाड, जनजाति, उत्पीडित समुदायका नेताहरुले लिखित रुपमा नै “पागल” घोषित गरेर उपचारका सरकारी खर्चमा राँची पुर्याउन सरकारलाई सुझाव दिनु सामान्य कुरा होइन । साच्ची कै पागल नभए देखि यसरी लिखित रुपमा ठहर गरिने थिएन ।
    आफु त पागल भयो भयो उसको कारणले देश दुनियाँले किन दुखः पाउनु ?
    जनता यस्ता पागललाई छिटो भन्दा छिटो मानसिक उपचार गरेर निको पार्न जोड़दार माग गर्दछन । के पी ओलीको मानसिक सन्तुलन ठिक पार्न राज्यको ढिकुटी दुरुपयोग हुन्छ भने नेपाली जनताका लागि किमार्थ स्वीकार्य हुने छैन ।
    कुनै बौलाहाको उपचार गर्न जनताले ठेक्का लिएको छैन । पागललाई पछयाउने अरु पागलहरुले भ्रष्ट्राचार गरेर थुपारेको अकुत सम्पतिले उपचार गरुन । यदि “मानसिक सन्तुलन गुमाएको बौलाहाको” उपचार राज्यको ढिकुटीबाट गरिन्छ भने नेपाली जनतालाई किमार्थ स्वीकार्य छैन । होसियार !
    बाटा खर्चका लागि एउटा कुहिएको हात र कटौरा लिएर भिख मागे भने जनताले सुको मोहोर दान दिन सक्छन, त्यसमा जनताको आपत्ति हुने छैन ।
    **********

    यो को हो ?
    ******
    आफ्नो आदर्श र श्रधेय गुरुलाई समेत धोका दिने,
    गुरु अकालमा वित्ने वित्तिकै उनको पत्नीमा पापी नजर लगाउने,
    व्यवहारमा रखैल, सार्वजनिक रुपमा महान देखाउने,
    झापा काण्डमा धोका दिएर आफ्नै साथीहरु मार्ने,
    महाकाली बेच्ने, देश बेच्न पनि पछि नपर्ने,
    मै नयाँ राजा हुँ भन्ने,
    भर्खर असंख्य नेपालीहरुका जन प्रतिनिधिहरुले “बौलाहा” भनेर किटान गरेका,
    देश गृह युद्दमा धकेल्न प्रपन्च र षड्यन्त्र गर्ने,
    सत्तामा रहदा दशौ हज्जार मानिसहरु मार्न षडयन्त्र गर्ने – उक्साउने,
    नेपालको कुख्यात व्यक्ति को हो ?

    Reply
  10. Shankar says:
    February 5, 2015 at 1:07 pm

    नेपाल , भारत , पाकिस्तान , बंगालादेश र अन्यत्र धेरै देश मा नेता भनेको प्राय सयौ गुण्डा हरुको नाइके , सजिलै झुठ बोल्न सक्ने , द्वैध चरित्रको , प्रसासन ले प्रमाणित गर्न न सकेको असंख्य सामाजिक अपराध को आरोप बोकेको व्यक्ति लाइ जनाउछ |
    अनि अनुमान गरौ यो भन्दा बढी के ?

    Reply
  11. yogi says:
    February 5, 2015 at 11:21 am

    नेपालमा रास्त्रबादी हुन बहुला नै हुनु पर्ने रहेछ…उसो भए

    Reply
    1. bibek dhakal says:
      February 6, 2015 at 3:58 pm

      तपाइको लागि राष्ट्रवादी भनेको के पी ओली रहेछ उसोभए ? उस्तै परे नेपाल को नोटमा के पी ओली को फोटो राख्नु पर्छ भन्न बेर छैन यस्ताले …..

      Reply
    2. रैथाने says:
      February 6, 2015 at 7:20 pm

      तेसो होइन, बहुलाहा हरु बहुलाहा तालले रास्ट्रबादि भैदिदा कुरो बिग्रेको हो.. !

      Reply
  12. xyz says:
    February 5, 2015 at 10:42 am

    I got a feeling of elections coming near around the corner. The way leaders are spitting venoms against each other gives an impression of election days.

    Reply
  13. karki D says:
    February 5, 2015 at 8:58 am

    आफुले भनेको हुनै पर्ने नत्र जे गर्न पनि तयार हुने मनोवृत्तिको पराकाष्ठा हो यो / एस्तो अबस्थामा लोकलाज पचेर थेत्तर चोर बिरालो जस्तो व्यवहार प्रदर्शन हुनु नौलो र अचम्मित हुने घटना होइन / मति भ्रष्ठ भएपछी देश,जनता भाडमा जाओस मेरो ओज सम्मानमा आंच आउछ भने कुनै कसर बाँकि नराखी नीचताको सिमा नाघिन्छ भन्ने उदाहरण पेश गर्दैछन /

    Reply
  14. eklavya says:
    February 5, 2015 at 8:41 am

    मलाई अचम्म लागिरहेको छ हामीले कस्ताहरूको हातमा देशको डोरी ठम्याईरहेका छौ भनेर तिनीहरु निच छन् यो जगजाहेरै छ तर हाम्रो निच्ताको पराकाष्ठ पनि नाघिसकेको छ तिनीहरु संबिधान बनाउदैनन शायद कुनै पनि हालतमा र हामि संबिधान माग गर्न पछि पर्दैनौ आखिर माग्न पनि को संग माग्दै छौ थाहा पाई पाई पनि ..तिनका अगाडी हामी रोयौ करायौ बिन्ति गर्यौ तर के तिनीहरुले हामी माथि दया देखायो सान्त्वना दियो या देश प्रतिको प्रेमको एउटा सानो भाव नै देखायो ..यिनीहरुले नेपाल भूमिलाई एउटा मैदान बनाइराखेका छन् कहिले बल तेस्को खुट्टामा कहिले उसको त कहिले मेरो तर गोल भने कसैले गर्दैनन् नचाउदै छन् र समय थप्दै छन् थाहा गोल गरे सकिगो नि र हामी गोल गोल भनि चिच्याईरहेका मुकदर्शक आखिर कहिले सम्मन के यसको कुनै अन्त्य नै छैन ? या भनौ हामी नै यसमा रमाइरहेका छौ यदि होइन भने हामी सारा नेपालीहरु मुर्ख हौ डरपोक हौ स्वार्थी हौ राष्ट्रघाती हौ र हामी एक मुठी लालची र निच नेताहरु संग डराइरहेका मुर्ख बनिरहेका बिदेस भागिरहेका छौ तिनलाई स्वतन्त्र खेल्न दिरहेका छौ तर कहिले सम्मन …?

    Reply
  15. Sushil Chaudhary says:
    February 5, 2015 at 8:27 am

    साह्रै नै उदेक लाग्यो यो सत्य जानेर कि यस्ता हावादारी, दुई पैसा बुद्धि नभएकाहरु नेपाल हाक्ने नेताहरु हुन् भनेर |

    Reply
  16. ekraj says:
    February 5, 2015 at 8:03 am

    As an ordinary citizen, we should realise that these so called “leaders” of Nepal know each other very well than we know them. Because they spend spendnumerous times together for hatching polical dirty games, they do crime together and corruption together. When they fight for their loot and one side do not get the bigger portion and they bark together like a mad dog or a rabies infected mad man.

    Now going back to their verbal abuses and cross allegations, there is some element of truth. But this element of truth makes them completely unqualified, arrogant, unfit leaders and they deserved to be sacked from their responsible position when they behave irreponsibly.

    It is also true that Oli is both physically and mentally sick person. This could be reaction of medication he is taking and the treatment he is going through. In a situation like that he should have been out of politics and taking rest for his pernal health rather than inflicting mentally for his own disadvantage. But what right the Madeshi corrupt leader and rebel leader Prachanda have to recommend/suggest to waste money from the Government fund to treat this useless guy. Did not they wasted enough government fund for their personal life and treatments for no good reason leading to a situation of deprivation of rise of good leader in the country.
    They have killed the many opportunities for rise/product of good leaders. This called real mess and lot of stinky garbage around.

    If Prachanda and Rajendra Mahato are worried about health of their rival colleagues of loot and con politics, they should pay from their personal pocket. Why the nation has to take burden of these thugs. I still don’t understand how their corrupt and criminal minds work.

    Reply
  17. लेखनाथ भण्डारी says:
    February 5, 2015 at 5:55 am

    नेता भनेको ब्यक्ति मात्र होइन | नेता भनेको संस्था वा समुह हो | संस्था वा समुहको प्रतिनिधि हो | नेताले मनमौजी वा एकलौटी तालले चलेर वा बोलेर हिड्नु हुँदैन | नेताले बिधी र प्रकृयाले चल्न जान्नु पर्छ | संस्था वा समुहले नेतालाई बिधी र प्रकृयामा चल्न सिकाउनु पर्छ |
    यो राम्रो उदाहरण होइन- कुनै एक व्यक्तिले उतेजना,अाबेग वा सनकमा आएर कुनै अपृय काम गरे वा गोली बम नै पड्काए वा खुकरी नै नचाए पनि अासपासका केही सिमित ब्यक्तिलाई आघात पुर्याउँछ | तर नेताले हतियार चलाउनै पर्दैन,नेताले उतेजना,अाबेग वा सनकमा आएर बोले मात्र पनि ठूलो समुहलाई आघात पुग्छ | आसपास मात्र होइन संसारभरि आघात पर्छ |
    कुनै पनि नराम्रो कामलाई जित्ने भनेको त्यो भएको भनिएको नराम्रो काम सच्याउनु हो | नराम्रो काम नदोर्याउनु हो | तर हामी कहाँ नराम्रो काम सच्याउन वा जित्न सच्याउने वा नदोर्याउने होइन कि त्यो भन्दा अरु गम्भिर गल्ति दोर्याउन प्रतिस्पर्धा हुने गरेको छ | बिधि र प्रकृयाको वकालत गर्नु हुने के पी वलीले मावोवादीका बारेमा बोलेको कुरा गलत भएको र तथ्यलाई बङ्ग्याइको हो भन्ने थाहा भएपछि वली स्वयमले गल्ति स्विकार गर्नु बुध्दिमानी हुन्थ्यो | वली स्वयमले गल्ति स्विकार गर्न नचाहे वा नसकेको अबस्थामा वलीले नेतृत्व गरेको पार्टीले अघि सर्नु पर्थ्यो | पार्टीको नेता माथि भने झैं एक्लै हुँदैन वा एक्लै मानिंदैन | नेताका सल्लाहकार हुन्छन,सचिव हुन्छन | सचिवालय हुन्छ | तसर्थ यस्ता गितिविधिहरु बिधि र प्रकृयामा गएर समस्यालाई समाधान गर्न होइन कि’अागोमा घिउ’ थपेर समस्यालाई चर्काउन र एक अर्कोलाई होच्याउनका लागि हुने गरेको देखिन्छ | तर्क गर्दा त वलीले भन्नु होला- मलाई मानसिक रोगी भनेर फरक पर्दैन | झिंगाको सरापले डिंगा(सायद गाई भनिएको हो कि?) मरे जताततै सिनो गनाएर बस्न सकिने हुने थिएन | वलीलाई आफूले भनेको कुरा सारा जगतले पत्याई हाल्छ र अरुले भनेको सारा कुरा मिथ्या वा झिंगाको सराप मात्र बाँकि जगतले ठान्ने छ भन्ने भ्रम नहोला | तसर्थ तर्क-कुतर्क,गलत सुचना वा तुक्का जोडेर अरुको खिल्ली उडाउने वा होच्याउने र आफू भने दूधले नुहाएको गङ्गोत्री ठान्नु पनि के पी वलीका लागि ‘ हुटीट्याउँले सगर थामे’ ठाने सरह हुने कुरा वलीलेभन्दा ज्यादा उहाँले नेतृत्व गर्नु भएको भनिएको पार्टीले सोच्नु पर्छ | व्यक्तिको सनक वा उतेजनमा सामाजिक वातावरणमा दुर्भावना फैलाउने कामको रमिते संस्था,समुह वा राजनितिक पार्टीहरुले हुनुहुँदैन | यही ब्यबहार नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चा वा गठबन्धनबाट पनि भइरहेको छ | यी दुवै अतिवादी र जानाजान दोर्याइएका छोटे राजाहरुको ‘जुँगाको लडाईं’ मात्र हो |

    Reply
  18. डिल्ली says:
    February 5, 2015 at 5:30 am

    बुढ्यौली लाग्दै गएपछी विर्सिन थाल्छन् रे ओछ्यानमा आची गर्न थाल्छन् रे भन्थे हो रहेछ जस्तो छ । युवा नेता भए पो होइन होला भन्नु सबै बुढै बुढा छन् ओछ्यानमा आची गर्ने दिन आए होलान् नि ! संविधान बनाउन हामी चुनिएका भन्ने बिर्सेछन् नेताले । माओवादी र मधेशबादी चाहीँ भारतले एक मधेेश एक प्रदेशको हावा भरिदिएको बेलुन परे । जनताको समर्थन विहीन मरुभूमीमा एक मधेश एक प्रदेश अलापेर उढ्दै छन् कुन बेला हावा खुस्किने हो र तातो बालुवामा हो कि ढुङ्गामा पछारिने हुन् । मधेश राजनीतिमा नवनेपालीहरूकै दवदवा छ क्यारे । सक्कली मधेशीलाई एक मधेश एक प्रदेशको हावाले छोएको छैन । नेताले पढेका भए पो हिसाव जानुन् अस्तिको संविधानसभामा यो विखण्डनकारी बौलाहा मागलाई कति प्रतिशत मत आयो भन्ने । पुतलीसडक वरिपरी बर्बराउँदै ढुङ्गा हान्दै हिड्नेको संगठनमा सदश्यहरू दिन दिनै बढ्दै पो छन् त । पागल नै त के भन्नु र केही न केही समस्याले त्यस्तो भएका होलान् । उपचार गरे निको हुन्छन् कि ! कठै विचराहरू देशलाई त घाँडो भए भए तिनका परिवारलाई पनि घाँडै होलान् जस्ता छन् ।

    Reply
  19. premji says:
    February 5, 2015 at 4:32 am

    अब जनतालाइ ढाट्दै खाने दिन सकिन लागे जस्तो छ सबैको |

    Reply
  20. अरविन says:
    February 5, 2015 at 4:03 am

    साच्चिकै के पी ओली जस्तो जिम्मेवार नेताले पटक-पठक आफ्नो जिम्मेवारी र भुमिका बिर्सेर जे पनि बोल्ने त्यसको प्रतिउत्तर दिईदा किन यस्तो आपत्ति मान्नु पर्यो र।

    Reply
  21. Kedar says:
    February 5, 2015 at 3:10 am

    सानो छंदा देखे भोगेको थिएँ
    केटाकेटीको लाप्पा पर्दा जित्न नसक्नेले आमा चकारी गाली गर्दै अघी अघी दौडीन्थ्यो, अर्को चै भेटें भने अझै गोद्छु भन्दै पछी पछी फ्याँ फ्याँ गर्दै कुदाउन्थ्यो |
    तेही याद आयो मलाइ त |

    Reply
  22. G Tamu Uk says:
    February 5, 2015 at 2:50 am

    मलाई त ओली कै मेडिकल चेकउप गरौन्ना पर्छ जस्तो लग्छ ,किनभने सृस्था neta bhaera जे मनलाग्यो त्यहि बोल्ने अधिकार कसैलाई छैन.

    Reply
  23. kamal rijal says:
    February 5, 2015 at 2:34 am

    जनता सामु जान कुनै सब्द नभएपछी आफैमा पागलपन पलएछ।

    Reply
  24. Pramod says:
    February 5, 2015 at 1:35 am

    कम्युनिस्ट हरू सबै पागल हुन्छन् एक बिन्दु मा पुगेपछि
    भा को चैँ यही हो।

    Reply
  25. kshitiz sharma says:
    February 5, 2015 at 1:25 am

    ओली पुरै सहि छन भन्ने होइन तर हिजो यता न उताको (तेस्रो लिंगी समेत भने ) पार्टीलाई देखिन लायक अडान भएको नेताको रुपमा आउँदा प्रचण्डको सात्तो गएको मात्रै हो ! नेपाली राजनीतिमा प्रचण्डलाई जुन भ्रम जनतालाई छर्नु थियो त्यो ओली पर्दा अगाडि आएपछि गाह्रो परेको छ ! यदि मानसिक उपचार गराउने हो भने ५२ साल देखि बोकोहराम र IS झै मान्छे मार्न पल्केकाको गर्नुपर्छ !

    Reply
  26. bhusan says:
    February 5, 2015 at 12:38 am

    येस्मा अचम्म मान्नु पर्ने के कुरा छ र मित्र? एउटा स्कुलिङ्ग र व्यवहार दुवै हिसाबले शिक्छित व्यक्तिले यस्तो तल्लो दर्जाको शब्द प्रयोग गर्दा पो ये लौ के भयो यस्तो भन्दै अचम्म पर्नु. हामीलाई हाम्रा देशमा भएका नेताहरु सबै गोबर गणेश हुन् भन्ने पहिले नै थाहा छ र यिनीहरुले बोलेका र लेखेका शब्दहरु यिनका बुताले भ्याए भन्दा अलि राम्रै हुन् भन्ने पनि बुझेका छौ, येत्तिको बोल्न त आजकल अलि खाइलाग्दाहरुको संगत गर्न पाए पछि जानेका हुन् यिनले.

    पत्रकार साथि तपाइँ पनि यस्ता झिना मसिना सबैलाई थाहा भएका कुरा गरेर जोक गर्नु हुन्छ यार!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme