Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माघ १९ : यसरी भएको थियो त्यो ‘कू’, सुन्नुस् १० वर्षअघिको कसरी बजेको थियो समाचार

Posted on February 2, 2015February 2, 2015 by Salokya

१० वर्षअघि आजैको दिन (माघ १९) मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी सत्ता तीन वर्षका लागि आफ्नै हातमा लिने घोषणा गर्दा परिस्थिति सामान्य थिएन। घोषणालगत्तै ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क पनि विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म बन्द नै रहे। विमानस्थल पनि बन्द गरिएको थियो। केबल टिभी बन्द थिए। टेलिभिजन र एफएममा समाचार पढ्न रोक लगाइएको थियो। मिडियाका समाचार कक्षमा हतियारधारी सेना पठाएर समाचार सेन्सर गरिएको थियो। त्यही कडा सेन्सरसिपका बीच आन्दोलनका घटनाक्रमलाई समेटेर माइसंसार पनि जन्मिएको हो। यस्तो कडा सेन्सरसिपका कारण कुनै खबर थाहा पाउन कति गाह्रो हुन्थ्यो, त्यो भोग्नेलाई मात्र थाहा थियो। न फोनमा कुरा गर्न सकिने, न इन्टरनेटमा। न टिभीमा केही आउने न रेडियोमा। सर्टवेभ रेडियोमा बीबीसीको प्रसारण एउटामात्र विकल्प थियो सूचना पाउने। त्यतिबेलाको सम्झनाका लागि बीबीसीको प्रसारण मैले क्यासेट टेपमा रेकर्ड गरेको थिएँ। त्यसैलाई डिजिटल रुपमा सारेर यहाँ राखेको छु।

यहाँ भएका तीन फाइलमध्ये बीबीसी नेपालीको प्रसारण माघ १९ कै दिन रेकर्ड गरिएको हो। त्यतिबेला नेपाली सेवा पौने ९ बजेमात्र हैन राति अबेर पनि थियो।

त्यसमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री सुशील कोइरालाले कडा अभिव्यक्ति दिएका छन्। कोइरालाको बोली त्यतिबेला अहिलेभन्दा स्पष्ट रहेछ। राजाको यही कदमले गणतन्त्रको बाटो खोलेको उनले बताएका थिए। अहिले उनै कोइराला गणतन्त्र नेपालको प्रधानमन्त्री छन्।

काठमाडौँका सबै नेता हाउस अरेस्टमा राखिए पनि नेपालगञ्जमा भएकोले सुशील बचेका थिए। भूमिगत भएका कोइरालासितको अन्तर्वार्ता नेपालमा सञ्चार सम्पर्क विच्छेद भएका कारण बीबीसी संवाददाताले सीमापारी भारत गएर फाइल गरेका थिए।

यसमा का‌ग्रेस नेता प्रदीप गिरी र पत्रकार कनकमणि दीक्षितको प्रतिक्रियासमेत रहेको छ।

सुन्नुस्-

यो तलको अडियोमा भने पहिलो फाइल बीबीसी हिन्दी सेवाको रहेको छ। यसमा एक संवाददाता कू भएकै रात काठमाडौँ ओर्लन्छन् र भोलिपल्ट बिहानको प्रसारणमा रिपोर्ट सुनाउँछन्।

अन्तिम फाइल अंग्रेजी सेवाको छ। यसमा बेलायतका लागि तत्कालीन नेपाली राजदूतले राजाको कदमको बचाउ गरेका छन्।

सबै फाइल सुन्नुस्-

सम्बन्धित लिङ्कहरु

  1. माघ १९ को सम्झना « Mysansar

    www.mysansar.com/2013/02/3760/‎

    Feb 1, 2013 – १९ माघ एकाबिहानै सञ्चार माध्यमका कार्यालयमा फ्याक्स आयो- श्री ५ बाट १० बजे महत्त्वपूर्ण सम्बोधन बक्स हुँदैछ। त्यतिबेला म च्यानल नेपालमा कार्यरत् थिएँ। आफ्नै टेलिभिजनले प्रसारण गरेको भए पनि भाषणमा के थियो, हामीलाई …

  2. माघ १९ : आसेपासेले डुबाए ज्ञानेन्द्रलाई « Mysansar

    www.mysansar.com/2013/02/3765/‎

    Feb 1, 2013 – आज माघ १९। वैकल्पिक सूचनाको स्रोतका रुपमा ब्लगहरु अगाडि आउन सक्नुको प्रमुख कारण यही दिन हो। त्यतिबेला अहिलेका जस्ता फेसबुक र ट्विटर थिएनन्। भएभरका मिडिया अफिसमा सेना छिरेका थिए। इन्टरनेट, मोबाइल र ल्यान्डलाइन फोन …

  3. माघ १९ सम्झनाः समाचार लेख्न नपाउँदा हातै काटिए …

    www.mysansar.com/2013/02/3777/‎

    Feb 1, 2013 – २०६१ माघ १९ मा राजाले कू गरेपछिको घटना कान्तिपुर टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भुवन केसी यसरी सम्झन्छन्-. बिहान सुतिरहेको थिएँ, त्यतिबेला रेडियोबाट आज राजाबाट शाही घोषणा हुँदैछ भन्ने खबर सुने। त्यसपछि फेरि निदायछु ।

  4. माघ १९ को महिमा « Mysansar

    www.mysansar.com/archives/2007/02/id/1264‎

    Feb 2, 2007 – घुम्दै फिर्दै फेरि ति कहालीलाग्दा दिनका स्मरण बोकेर माघ १९ हाम्रा अगाडि आइपुगेको छ। राजाको सम्बोधन, शेरबहादुर देउवाको सरकार पुन अपदस्थ, सञ्चार गृहमा टाटेपाटे पोशाकधारी सेना, सैनिक नियन्त्रणमा राजनीतिक दलका नेता।

  5. विदेशमा बस्ने नेपालीका लागि माघ १९ « Mysansar

    www.mysansar.com/archives/2007/02/id/1271‎

    Feb 2, 2007 – -ददिराम सापकोटा/पेरिस-. ओहो माघ १९? आएकै हो यो कालो दिन? स्वदेशमा बस्ने धेरै नेपालीहरुले यो कालो दिनको चर्तिकला, प्रशासन, राजाका सिमित आसेपासेको मोजमस्ति, देशको सम्पत्ति सकेर भोज भतेर र पूजा पाठका रुपमा देखे।

4 thoughts on “माघ १९ : यसरी भएको थियो त्यो ‘कू’, सुन्नुस् १० वर्षअघिको कसरी बजेको थियो समाचार”

  1. ekraj says:
    February 3, 2015 at 5:20 pm

    ज्ञानेन्द्र इतिहास भैसके पनि उनको को कुशासन र अपराध जनताले प्राय बिर्सी सकेका छन्|
    तेस्को मुख्य कारण, ज्ञानेन्द्र पछि आएको गणतन्त्र को नाम मा एक पछि अर्का पार्टीले गरेको दुस्शासन, भद्रगोल तन्द्र, गुन्दाबाज; स्याल जस्ता चोर नेताले गरेको ब्येबहार, हेर्दा यिनी हरुले माखो मार्न सक्ने हुती देखिएन र एस्ताले देश चलाउन सक्दछन भन्ने विश्वास सम्पूर्ण किसिम ले गुमी सकेको छ|
    पहिला तेस्तो अभिबेक्ति दिने सुशिले र इनका अरु अल्छी भ्रस्ट र निकम्मा कांग्रेस ले पुन: आफुलाई काम नलाग्ने घोसना गरेर पुन ज्ञानेद्र जस्ता कुख्यात dictator लाई राज्य सत्ता सुम्पन बेर छैन|
    किन भन्दा गुण्डा र गुन्डाका दलाल (ओली जस्ता) दुस्चार हरु संग जनता वाक्क भैसकेका छन्|

    Reply
  2. Puspa Munankarmi says:
    February 3, 2015 at 2:32 pm

    त्यो बेला म साह्रै उकुस मुकुसमा थिएँ, छटपटाएँ र दिउसो कविता एउटा लेखें त्यसपछि मात्र अलिकति हल्का भएको अनुभब गरें, त्यहि कविता यहाँ राखेको छु । धन्यवाद
    कबि र कबिता
    पुष्प मुनंक:मि
    आज विहान एउटा कबिता लेख्न खोजें
    तर झ्यालबाट पसेका चिसो हुरीले
    कागज नै खोसी लगे
    जति प्रयत्न गरें पनि
    मैले कागज पाईनँ
    अखबारको पानामा भए पनि कोर्न खोजें
    तर कलमबाट मसी नै निस्कन दिएन
    जति पनि कलमहरु थिए
    सबैबाट मसी निकाली सकेको रहेछ

    बाहिर कहि कतै पनि
    कबिता लेख्न
    कागज मसी बेच्न नदिएको रहेछ
    तर मैले ध्वाँसो बटुलेर
    एउटा कबिता लेखी छोडें

    ँकबिता भित्तामा पनि लेखिन्छन्
    कबिता मुटुमा पनि लेखिन्छन्
    कबिता धर्तिमा पनि लेखिन्छन्
    कबिता आकाशमा पनि लेखिनछन्
    कबिता भ्रुणमा पनि लेखिन्छन् ।”
    २०६१/१०/१९ (समय दिउसो १:१०)

    Reply
  3. bibek dhakal says:
    February 2, 2015 at 9:28 pm

    माघ उन्नाइस को एक हो कि दुइ महिनासम्म त कान्तिपुर र गोरखापत्रमा केहि फरक नै छैन जस्तो हुन थालेको थियो. तर लगत्तै हिमाल खबर पत्रिकामा कनक मणिको आलोचनात्मक लेख देखेपछि चाही ओहो ल है यी बुढा मा चाही दम छ है भन्ने लागेको थियो. त्यस्ता मान्छे कसरि डलरमणि भए बुझ्न गारो छ …

    Reply
  4. kamal rijal says:
    February 2, 2015 at 9:02 pm

    त्यो दिन म पनि ढिलो उठे।साथी जगन दहाल ले bbc समाचार सुनए।रेकर्ड गरेक रहेछन।कहिल्यै नभुल्ने स्मरण।।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme