Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ट्युसन पढेर पिएचडी गर्नुस् रे

Posted on January 29, 2015January 29, 2015 by Salokya

phd
के तपाईँलाई आफ्नो नामको अगाडि डाक्टर झुण्ड्याउन मन छ ? अब गाह्रो छैन। पिएचडी गर्न धेरै गाह्रो होला जस्तो लाग्थ्यो। तर कान्तिपुरमा बुधबार छापिएको यो विज्ञापन हेर्दा भने पिएचडी भनेको पनि खासै गाह्रो नभएको देखियो। आफूले गर्दै आएको काम गर्दागर्दै ट्युसन पढेरै पनि पिएचडी गर्न सकिने रहेछ। यो महान् संस्थाबारे तपाईँलाई अरु केही जानकारी छ कि ?

15 thoughts on “ट्युसन पढेर पिएचडी गर्नुस् रे”

  1. यम प्रसाद says:
    January 31, 2015 at 6:46 am

    खुलेरै भन्नपर्दा हाम्रा नेपालमा कस्ता कस्ता पीएचडी गर्नेहरु छन् र कसरि पीएचडी गरेका छन् त्यसको नालीबेली खुल्न गयो भने सयकडामा अस्सी भन्दा बढी बिखलबन्दमा पर्ने छन्|
    टाठाबाठाले सोझै नकिनेर अलि बुद्धि ख्याएर किन्दा पनि हुन्छ, भनाईको मतलब थेसिस लेखाउनु सुधार्नु आफन्त वा पैसाबाट गराई लिने, नाता र पद सोर्स प्रयोग गरेर सरकारी डाटा लिने वा प्रोफेसर गाइडलाई अनियमित तौरले प्रभाव पारने अनि एकचोटी पीएचडी लिएपछि बुद्धिको बिर्को उदाङ्गो भयो भनेर गर्व गर्ने| तर अक्कलको चाबी बन्द भएको कसले देख्ने, सयकडा अस्सीमा|
    बिशेष गरी बिहार र इन्डियाको कति ठामबाट यम ए र पीएचडी झुन्डाएर नेपालमा तहल्का मचाउनेको कुरै छाडौ, अमेरिका र क्यानाडाबाट पीएचडी गरेर आउनेहरुको ताल र बुद्धि भ्रम हेर्नुस त्, काँधमा घन्टी झुन्डाएर आए जस्तो छ|
    पीएचडी गरेर आएपछि रिसर्च गर्नुस वा अध्यापन तिर लाग्नुस्| राम्रै हुनेछ|
    चोरेर छलेर र कीर्ते गरेर आएकाहरुले के अध्यापन गर्ला? मनमा गिल्टी हुनपर्ने हो|

    Reply
    1. deepak says:
      January 31, 2015 at 4:14 pm

      तैपनि यो PHD मह जोडी, विजय गच्छेदार, केपी ओली को phd (गोपाल पौडेल वला) भन्दा एक कदम अगाडी हो. येस्मा कमसेकम पढन र पैसा खर्च गर्न पर्छ अलिकति भए पनि.

      Reply
  2. shaym giri says:
    January 30, 2015 at 10:01 pm

    छ सय एक लाई चाही भर्ना गराउदा ठिक होला यो केन्द्रमा ………

    Reply
  3. Ritika says:
    January 30, 2015 at 10:02 am

    बाबुराम भट्टराईले पनि यतैवाट गरेकाहुनकी PhD छानबिन हुन पर्यो ।

    Reply
  4. Sudip Sharma says:
    January 30, 2015 at 7:45 am

    ठगहरु…रेडन भन्ने स्कुलले २ कक्ष्यामा पढ्ने मेरो छोरी संग अनिबार्य ब्युटी पेजेन्ट भनेर ७ हजार मागेछ…पैसा नल्याए स्कुल्नै नआउ सम्म भन्दा रैछन..बाध्य भएर दिनु पर्यो..यो देश मा लुटेरा नबने सम्म बाच्न गारो भो…

    Reply
    1. Nir says:
      February 2, 2015 at 10:58 pm

      सुदिपजी, यो कुराको पुष्टी हुने गरी प्रमाण सहित एउटा लेख चाहियो। यस्ता स्कुलहरुको पर्दाफास गरूँ न हो। साँच्चै हो भने यो कुरा हुनु सम्मको खत्तम कुरा हो।

      Reply
  5. Sanjay says:
    January 30, 2015 at 5:23 am

    भर्खर सुरु गर्या छु, अझै केहि बिग्रेको छैन, त्यतै आउनु पर्ला जस्तो छ 😀

    Reply
  6. Simit gauchan says:
    January 30, 2015 at 2:46 am

    पी- पागल
    एच- हुदा
    डि – दिमाग फुस्केको
    जडौ
    सिमित
    हाल टोक्यो भ्रमणमा

    Reply
  7. Mk says:
    January 30, 2015 at 12:35 am

    PHD = PERMANENTLY HEAD DAMAGED
    =PIZZA HOME DELIVERY

    Reply
  8. mahesh says:
    January 29, 2015 at 9:05 pm

    फर्केर तेतै आउनुपर्ला जस्तो छ ! ३ ४ बर्ष भाईसक्यो यहाँ, अझै कहिले सकिने टुङो छैन ! त्यहा Tution पढेर पाइंदो रैछ !

    पैसा तिरी तिर कान्तिपुर मा छापेछ, भुँडीपुराण मा पठायको भय free मा छपिदिन्थियो होलानी !

    Reply
  9. Harish Tauthale says:
    January 29, 2015 at 6:34 pm

    हाहाहाहाहा……….. nothing is impossible in my country

    Reply
  10. नवीन रायमाझी says:
    January 29, 2015 at 5:58 pm

    यस्तो हावादारी बिज्ञापन दिंदा पनि कुनै कारबाही नगर्ने यो देसमा सरकार भन्ने कुनै बस्तु छैन?

    Reply
  11. Shankar says:
    January 29, 2015 at 3:27 pm

    —-केहि समय अगि धादिङ्ग तिर को थापा ले मा एड्स निको पार्ने भनेर धेरै लाइ जरिबुती औसधि गरे |आजकल हराए
    —-जोगी रामदेव ले दाइबितिज ठिक पार्ने भनेर औसधि बेचे अहिले उनि मा अदालत मा मुद्दा छ
    —-कहिले भीमसेन लाइ पसिना आउछ
    —कहिले गणेस ले दुध पिउछन
    —-जहा टुडिखेल मा त्रिकाल दर्सि बस्छन
    —जाहा नौलो जन बाद र बहुदलीय जन बाद फ्युजन हुदै प्रचण्ड पथ बन्छन त्यो पथ मा हिडेपछि लुट्ने ,पिट्ने ,अपहरण गर्ने र रातारात धनि हुने जे मन लाग्यो तेही गर्ने लाइसन मिल्छ
    —-जहा सधै फस फस ,बोर फस हुने महान नेता हरु बस्छ
    —जहा गाइ ले २ ता टाउका भएको बाछो पाउछ
    —–जहा हिरोनी हरु हलिवुड लाइ मात दिदै आफै आफ्नो मैथुन भिदिवो निकालेर म लाइ बद्नाम गरे भनेर अन्तर्वार्ता दिन्छन
    —-जहा नेताहरु , टुक्रे कलाकार हरु हप्तामा सातै दिन अन्तर्वार्ता दिन्छ
    —जहा संबिधान बनाउने भन्दै ६-७ बर्स जनता लुट्दै जागिर खान्छ
    —जहा मावो , मार्क्स र लेनिन को भुत ले धरै लाइ सताएको छ
    —-जाहा का स्कुल ले बिद्द्यार्थी ले आइन्सटाइन, नासा लाइ चुनौती दिन्छन
    —जहा आफै आफ्नो जिबनी , माहबानी प्रकासित गरिच्न्छ
    तेसैले ओबामा ले इन्डिया आएर भन्छ ,” बढे बढे सहर मे छोटी छोटी बाते होती रहते हे सिनोरिता ”

    Reply
  12. डिल्ली says:
    January 29, 2015 at 12:51 pm

    यहाँ विभिन्न विश्वविद्यालयका ख्याति प्राप्त प्रद्यापकहरू द्वारा अनुसन्धान गरी पिएचडी थेसिस लेखिदिने व्यवस्था छ शुल्क रु……………… चाहीँ लेख्न छुटेछ ।

    Reply
  13. Shruti says:
    January 29, 2015 at 12:01 pm

    पिएच. डि गर्या प्रमाणपत्र पनि त्यहीबाट बनाइदिञ्छन कि?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme