Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘प्रचण्ड हेरेको हेर्‍यै भो, कांग्रेसले संविधान लेख्ने भो?’

Posted on January 26, 2015January 26, 2015 by mysansar

प्रचण्ड हेरेको हेर्‍यै भो, कांग्रेसले संविधान लेख्ने भो, बल्ल पर्‍यौ प्रचण्ड कांग्रेसको जालैमा… गत वर्ष काठमाडौँको मतगणनास्थल संविधान सभा भवन बाहिर कांग्रेस समर्थक महिलाहरु यसरी गीत गाउँदै नाच्दै थिए।

एक वर्षपछि आज जब संविधान निर्माण बहुमतीय प्रक्रियामा प्रवेश गर्‍यो, त्यसअघिका गतिविधि हेर्दा कांग्रेस त कता हरायो, हरायो। बरु एमाले अध्यक्ष केपी ओली जताततै छाएका छन्। प्रचण्डलाई जालमा पार्ने कांग्रेस नभएर ओली जस्तो पो देखिएको छ त। तपाईँलाई के लाग्छ ?

देश फेरि एक पटक तीव्र ध्रुवीकरणमा गयो। संविधान बनाउनु मात्र ठूलो कुरा हैन, त्यसलाई पालना गराउनु पनि महत्वपूर्ण कुरा हो। संविधान सभा भित्रका १० दल र १९ दल पक्ष विपक्षमा रहेर दुई तिहाईको बलमा ल्याइने संविधानले कस्तो नतिजा देला?

नयाँ संविधानबाट दिगोशान्ति सुनिश्चित गर्ने हो नयाँ बहुआयामिक द्वन्द्व निम्त्याउने हैन: कान्तिपुर सम्पादकले त आइतबार यस्तो टिप्पणी गरेका छन्।

तपाईँको धारणा के छ ? के दुई तिहाईले संविधान ल्याउनु ठीक होला ?

भिडियो हेर्नुस्

16 thoughts on “‘प्रचण्ड हेरेको हेर्‍यै भो, कांग्रेसले संविधान लेख्ने भो?’”

  1. Sisir says:
    January 27, 2015 at 1:17 pm

    मैले नबुझेको , तेसो हो भने यो जम्बो ६०१ को भारी किन देशले बोक्नु पर्ने ? सके सम्म त सहमति नै गर्ने प्रयास गर्ने हो, नत्र प्रक्रियामा भए पनि जानै पर्छ .. केहि मुट्ठी भरका नेताको फैसला सबैले मान्नु पर्ने थियो भने अरबौ खर्च गरेर किन ६०१ को नाटक मन्चन गरेको त ? खुरुक्क १०-२० जना बिसेसग्य लाई जिम्मेवारी दिए भै गयो नि . अनि प्रचण्ड एंड को ले आ आफ्नो चुनाबी घोसना पत्रको भिस्म प्रतिज्ञा पनि पल्टाएर हेर्ने हो कि, जनता संग के बाचा गरेका थिए भनेर ?

    Reply
  2. BS says:
    January 27, 2015 at 12:39 am

    तटस्थ नेपाली नागरिक भएर (कुनै पनि पार्टी को लगौटी नलगाई र जनजातीको राजा नभैकन) सोच्ने र बौद्दिक समिक्षा गर्ने हो भने समस्याको समाधान पूर्ण देश र जनतालाइ (कार्यकर्ता भनेकात पार्टीको चस्मा लगाउने हुन् र हरियो चस्मा लगाएको बेला सेतो भएपनी हरियो भन्छन्) केन्द्रमा राखेर हुनुपर्छ । राजादूतहरु र कुटनितिग्यहरुले चाहेमा मात्र सल्लह दिन सक्छन तर अनावश्यक हस्तक्षेप गरेमा राम्रो हुने छैन । यसबेला कङ्रेस, एमाले, माओबादी र मधेसी पार्टीहरुले निम्ननुसारको सम्झौतामा आउनु जरुरी छ ।

    १. भोली गएर तीनवटा माओबादी (स्मरण रहोस् यी मध्ये दुइबटा माओबादी हाल संबिधान सभा बाहिर छ्न् र संबिधान सभा बहिस्कार गरिरहेका छन) र मधेसी दलहरु मिलेर संबिधान नमान्ने घोषणा गरेभने र देश अझै अस्थिरता र अशान्ती को दलदलमा फस्योभने जिम्बेवारी कङ्रेस-एमालेले लिनुपर्ने हुन्छ । यसकारण देशलाई अस्थिरता र आशान्तीबाट बचाउने हो र दिर्घकालिन नतिजाको लागि बिबेकपूर्ण निर्णय लिने हो भने जसरी पनि एमाओबादी र मधेसी दलहरुलाई रिझाएर सहमतिमा ल्याउनु बुद्दिमानी हुनेछ । होइन भने कङ्रेस-एमालेलाई मु को न्यानो हुनेछ ।

    २. माओबादी, मधेसी, र जनजाती दलहरुले पूर्ण देश र जनतालाई ध्यानमा राखेर लचिलो भई सोच्नु जरुरी छ । संबिधानमा जनजाती र मधेसीलाई यथासम्भव अधिकार सम्पन्न बनाउनु पर्छ तर भोली गएर प्रतेक जाती र मधेसीको नेतानै सन्कुचित रुपमा राजनीति गर्न थाले (सामन्तीरुपमा) भने देशमा राजनैतीक संस्कार र प्रमूख राजनैतीक पार्टीहरु भन्दा जाती-जातीका नेताहरु (मुस्ताङे राजाको रुपमा) उत्पन्न हुनेछन् र आफ्नो सानो राज्यको लागि केन्द्र सँग लडाईं गर्ने छन् (उदाहरणको लागि तामिलनाडु र दार्जिलिङलाई लिन सकिन्छ) र भोली गएर नेपाल जस्तो सानो राष्ट्र फेरी द्वन्दमा फस्ने छ । यसकारण नेताहरुले “बिग पिक्चर” छातीमा राखेर सोच्नु जरुरी छ ।

    ३. सभामुखले बुद्दी र बिबेक लिएर दूरदर्शी भई समय लम्ब्याएर भएपनी चारैबटा पार्टीलाई साथमा लिएर काम गर्नु जरुरी छ । उनले आँफैले गर्न नसके अनौचारिक रुपमा राष्ट्रपतिको पनि सहयोग लिन सक्छ्न् । सहमति भएका बुंदाहरुलाई तत्काल हस्ताक्षर गराइ समयको सदुपयोग गर्नुपर्छ । समय धेरै नभएकोले ‘सर्कल’ मा घुमिराख्नु भन्दा सकिएको आर्टिकललाइ डकुमेण्टेड गरिहाल्नु पर्छ (कान्तिपुरका सम्पादकले लेखेझै) । डिस्कसनको बुंदाहरुलाई संयमित भएर ‘फाईदा’ ‘बेफाईदा’ के के छन भनी राष्ट्रको पारीप्रेक्षमा समिक्षा गरी मिलनमा आउन सकिन्छ ।

    Reply
  3. dor prasad says:
    January 26, 2015 at 10:27 pm

    नेपाल मा गरिबी न घटे स्थिरता हुदैन , स्थिरता न भए गरिबी घट्दैन …. केहि गरे सुख भएन … जस्तो संबिधान बनाए पनि सबिन्धन च्यात्ने निस्किने छन् … नेपाल बन्द गर्ने बहादुर जन्मिने छन् … जातियता को बिष ब्रछे त रोपे दुत हरुले …

    Reply
  4. Kedar says:
    January 26, 2015 at 9:06 pm

    आफैले बनाएका बिधी बिधान र पद्धती स्विकार्ने मानसिकताको बिकाश नभए सम्म
    तर्कयुक्त बिचारहरु दिन नसके सम्म
    अरुका कुराहरु सुन्न सक्ने धैर्यता नराखे सम्म
    बहुमतलाई स्विकार्ने र अल्पमतको कदर गर्ने संस्कृतीको बिकास नभए सम्म
    सर्ब सम्मती त के
    १०१ प्रतिसतको सम्मतीले बनको संबिधान पनी जल्छ

    Reply
  5. ekraj says:
    January 26, 2015 at 8:44 pm

    यी ६०१ को पुगे सम्म संबिधान भन्ने कुरा आउदैन| केहिगारी महुमत बनाएकै संबिधान आयो भने पनि यस्ता हरिलात्थकहरुले बनाएको संबिधान न दाँत न नंग्रा भएको हुन्छा| यो एउटा toilet पेपर को सम्म मूल्य नभएको कागज को खोस्टो त्यो पनि कसले लेखिदिएको आउने होला|
    लौ केहि हरि ओली जस्ताले गुण्डा लगाएर ल्यायोरे तो संबिधान भन्ने कागज को खोस्टो|
    तेस पछि विधिको बिधान हुन्छा त नेपाल| पुलिस, न्यायेदिश र कर्म चरीले घुस खान छाद्छां?
    के ओली का, गुण्डा ले लुट्न छाद्दछां त? अथना मयोबदी हत्त्यरहरुलाई सजाए हुन्छा|
    भ्रस्ट मन्त्रीहरुलै जेल हाल्न सक्दछ, सम्मिधन पछि बनेको सरकार ले|
    त्यो सरकार पनि इने नैतिक हिन बज्रस्वान्थ हरुले नाइँ चलाउने होइन र| त्यहाँ गर्न सक्ने र जान्ने हरु कहबता ल्याउने?

    Reply
  6. Hemant says:
    January 26, 2015 at 3:52 pm

    सर्ब सहमतिले यी नेता हरुले संबिधान लेख्ने भन्ने त सपना हो. तेसैले सर्ब सहमतिले सम्बिन्धन बनाउन नसके दुइ-तिहाइ बहुमतले संबिधान लेख्ने भनेर सबै दल को संबिधान सभा को चुनाब अघि नै सहमति भैसकेकोले दुइ तिहाइ मा भए पनि संबिधान लेख्नु पर्च्छ. सदै यी ६०१ लाइ पालेर देस को निकास छैन.

    Reply
  7. yogi says:
    January 26, 2015 at 10:24 am

    लौ देश मा एउटा नेता चै देखिने गरि आयो …रास्त्रियाताको पक्षमा दरो उभिनु ओली जी … बाकी कुरा पहाड तराई हिमाल का जनताले बिस्तारै बुज्दै जान्छ… नेपाल को क्रिकेट टिम जस्तो हुनु पर्यो अनि मात्र जितिन्छ जात धर्म मा झगडा गरेर होइन … सबै मिलाउन देश विकास गरौ रोजगारी सिर्जना गरौँ अनि कसैलाई पनि बिदेशी को डलरको आबस्यकता पर्दैन अनि …हामी सबै नेपाली ले आफ्नो एकता देखाउने बेला येही हो ….तराई हिमाली अनि पहाडीको पनि हो अनि हिमाल तराई पहाडीको पनि हो ….जय देश

    Reply
  8. ekraj says:
    January 26, 2015 at 10:20 am

    यस्तै छ नेपाल को नियेती!

    बिचरा झुसे सुशील जी इही सरकारी ठुकुदी रित्याएर, सास फेर्ने मात्र हुन्, अल्छी कंग्रेस्सी को झुण्ड र इनले अरु केहि गर्न सक्ने होइनन|
    ओली भनेको जन्मजात जाली र फटाहा हो \अहिले गुन्डा राज मौलाएको बेला, झर्ला खाउला भनेर आस गरेर बस्ने हरुको हिरो पनि होला ओली| तर यसले पनि केहि लखर पाटो लागौदैना/ खाली यमराज को राम्रै पूजा गरेको रैछ क्यारे, सुनिएको अनुहार बोकेरै भए पनि प्रधान मात्री भएर गुन्डा राज को चरम सिमा पुराएर मात्र अनि कतै लाग्ने होला?
    मधेशे डाँका, चोर, भ्रस्ट, गैर जिम्मेदार गद्धार हरुको कुरा गर्नु समय बर्बाद पार्नु मात्र हो|
    ज्यान मारा, अनपढ स्वाँठ, विभाजित, विखण्ड कारी, जातीय द्वोन्द का पुजारी लुटेरा माओबादी को पनि हैसियेत देखियो| अहिले आधा मरेको सर्प घ्रिसेरा भए पनि डस्ने सिबाये अरुकेही जानेको छैन|
    पन्चे हरु भजन गाएर राज गर्ने भगवान कै नाममा पाए ब्रह्मलुट पार्ने; पुराना ब्वाँसा को आफ्नै दाउपेच होला?

    अलि अलि पढे लेखेका र हात खुट्टा चल्ने नेपाली हरु धेरै बाहिर छन्|
    बाँकि, कि झोला बोक्ने, कि आबजै नभएका हरु यी माथिका घन चक्कर हरुको चेपुवा मा पर्ने सिबाये अरु के नै बिकल्पै रह्यो र?

    Reply
  9. arjun says:
    January 26, 2015 at 9:17 am

    देश बिग्रेको धेरै भयो. सबै ६०१ गोरु {मनोज गजुरेल भासमा} हरु लाइ एउटा कोठा मा संगै राखेर सतप्रतिशत सहमतीय निर्णय नाउञ्जेल सम्म थुन्नु पर्ने तेतिन्जेल सम्म लाइ इनिहरु लाइ चाहिने खान चै – दाल, भात, तरकारी चै बरु सरकार ले दिने – उही क्या अंग्रेजी – 12 Angry Men – वा हिन्दि – एक रुक हुवा फैसला – जस्तो गरेर

    Reply
  10. bijay says:
    January 26, 2015 at 5:39 am

    जंगली संस्कारमा बनेको संबिधानसभाबाट के नै अपेक्षा गर्न सकिन्छ र? सबै जना मेरै गोरुको बाह्र टक्का भन्ने खालका मान्छे छन् / अलि पढे लेखेका , समाजमा राम्रो काम गरौँ भन्ने भावना भएका मान्छे संबिधान सभामा भएपो केहि हुन्थ्यो, कोहि गुन्डागर्दी गरेर माथि पुगेका छन्, कोहि मान्छे मारेर, कोहि भ्रस्टाचार काण्डक आरोपी छन् / अनि रह्यो सबैलाई चीत्त बुझाउने कुरा, यो तलको कथा पढ्ने को कि?

    http://www.taleswithmorals.com/aesop-fable-the-man-the-boy-and-the-donkey.htm

    Reply
  11. Thule says:
    January 26, 2015 at 5:25 am

    एस्तो पाखे ताल को ताल न सुर को गाना गाएर केहि हुँदैन. हात्ती आयो हात्ती आयो फुस्सा , केहि हुँदैन ..जब सम्म यी भारतीय दलाल हरु लाइ मधेश को नेपालि जनता ले जिताई राख्ने छ अनि प्रचंडे र बाबु राम जस्तो देशद्रोही पाल्तु दक्चिन पन्थी हरु बाची रहने छ

    Reply
  12. Shankar says:
    January 26, 2015 at 4:28 am

    बन्यो भने चल्ने मात्र हैन , दौडिन्छ जस्तो लाग्छ मलाइ | राजनीति सग मतलब राख्ने कार्यकर्ता , पत्रकार र केहि सुकिला मुकिला न हुन् |
    पहिलेमा कु ने को पाला मा माउबादी ले सहर घेराउ आन्दोलन गर्दा , के के लछार्छ जस्तो गरेथ्यो आखिर माकुने ले फुस्स पारिद्यो |
    येस्पाली ओली हिरो हुने भो | खै जो सुकै आगि आवोस , देश लाइ अलि दरिलो नेता चाहिएको छ | चाहे प्रचण्ड , चाहे बाबुराम ,चाहे ओली , चाहे काह्न्ग्रेस ,चाहे कमले जोसुकै किन न होस् | आगि आउनु पर्यो , पेल्न सक्नु पर्यो | सबैलाई चित्त बुझाउने भन्ने दुनियामा कतै हुनै सक्दैन |

    Reply
  13. dave says:
    January 26, 2015 at 3:04 am

    भनेपछि अब पालो एमाले को हैन त… अझै एक वर्षा थप..

    Reply
  14. baktha says:
    January 26, 2015 at 2:16 am

    दिगो हुदैन !!! प्रचण्ड मधेशी मात्रै नभई बाहिर बसेर हेर्ने आश गर्ने अरु थुप्रै छन् नेपालमा ..
    त्यसोत ततकालिन राजा ज्ञानेले साढे तीन बर्स आफुलाई टेस्ट गर्याथे फेल भए , छारो हाल्ने काम जनताले बुझछन ,जनता पहिलेका जस्ता सोझा पनि छैनन् अब ! राम्रो मिलेकोमा….

    Reply
  15. Rohini says:
    January 26, 2015 at 2:12 am

    हाम्रो जस्तो राम्रो राजनीतिक संस्कार विकास नभैसकेको देशमा बिपक्षीको सहमति बिना संबिधान बन्यो भने पनि देश अस्थिरता तिर जान्छ जस्तो लाग्छ| एमाओबादी सहित लै समेटेर संबिधान बनाउनु पर्छ ताकी पछि फेरी देशमा ठुलो राजनीतिक अस्थिरता नहोस| नेपाल र नेपाली अमर रहुन|

    Reply
    1. रामचन्द्र शर्मा says:
      January 26, 2015 at 8:25 am

      जे होस, जसरी होस सम्बिधान ल्याउन बाट एमाले काङ्ग्रेस येस पटक चुक्नु हुन्न ।अब पनि मधेसीहरू र माओवादी हरुको अवसर्बादि प्रबृत्ति जनताले बुझ्नु जरुरी छ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme