Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सकसमा संविधान सभा (लाइभ अपडेट)

Posted on January 25, 2015January 26, 2015 by Salokya

अन्ततः माघ ५ गतेदेखिको संविधान निर्माण प्रक्रियालाई बहुमतीय हिसाबले लाने चरण आजदेखि सुरु भएको छ। पाँच दिनका बैठकहरुमा विपक्षीको नाराबाजी र अवरोधका कारण प्रस्तुत हुन नसकेको प्रश्नावली निर्माणको लागि प्रस्ताव समितिको प्रस्ताव संविधान सभा अध्यक्ष सुवास नेम्वाङ आफैले आफ्नै कुर्सीबाट प्रस्तुत गरे। विपक्षीले यसलाई सभाध्यक्षको तटस्थता, गरिमा, ओज र सम्मानलाई लत्याएर कांग्रेस-एमालेको कार्यकर्ता जस्तो भएको आरोप लगाएका छन्। उनीहरुले अब सभाध्यक्षले बोलाएको वार्तामा पनि नजाने घोषणा गरेका छन्। आजको दिन भएका केही प्रमुख घटना :

२०७१ माघ ११, आइतबार

• शुक्रबार स्थगित गरिएको संविधान सभाको बैठक सभाध्यक्ष सुवास नेम्वाङले आज दिउँसो १ बजे डाकेका छन्। उनले आजको बैठकमा बहुमतीय प्रक्रियामा लाने प्रस्ताव निश्कर्षमा पुग्ने बताएका थिए भने विपक्षीले त्यसको कडा प्रतिवाद गर्ने बताएका छन्। के होला आज ?
• एमाओवादी संसदीय दलको बैठक अहिले बसिरहेको छ।
• संविधानसभा नछाड्न राष्ट्रपतिको आग्रह, एमाओवादीद्वारा सात दिन समय माग
• संविधानसभामा लाप्पा खेल्ने संभावना छ । संविधानसभा अध्यक्षले प्रस्ताव समिति आफैंले प्रस्ताव गर्ने भए रे, म पनि हिँडे त्यतै … माधव ढुंगेल, संवाददता, अन्नपूर्ण पोस्ट
• संविधान सभा बैठकको कार्यसूची आएको छ। यसअघि नेपाली कांग्रेसका सचेतक चीनकाजी श्रेष्ठले प्रस्ताव समितिको प्रस्ताव राख्ने विषय भए पनि आजको कार्यसूचीमा सभाध्यक्ष स्वयंले राख्ने उल्लेख छ : मनोज सत्याल, पहिलोपोस्ट संवाददाता
• हामी संविधान सभाबाट बाहिरिँदैनौँ, भित्रैबाट प्रतिवाद गर्छौँ : गिरिराजमणि पोखरेल, सचेतक, एमाओवादी
• दिउँसो १ बजे बोलाइएको बैठक २ बज्न लाग्दासम्म सुरु हुन सकेको छैन।
• जनाउ घण्टी बजिसकेको छ। अब केही समयमा नै बैठक सुरु हुनेछ।
savamukh
• बैठक सुरु भएको छ। राष्ट्रिय गान सकिएसँगै नाराबाजी भएको छ।
• नेम्वाङ: औपचारिक र अनौपचारिक रुपमा मैले धेरै छलफल चलाएँ। यसै क्रममा प्रस्तुत भएको एउटा प्रस्तावका विषयमा सबैसँग छलफल गरेँ। यो प्रक्रियाका लागि समयावधि आवश्यक पर्ने कुरा आयो। सहमतिका लागि पनि समयावधि आवश्यक पर्ने कुरा आयो। यो सबै कुरालाई ध्यानमा राखेर प्रक्रिया पनि अघि बढ्ने र त्यो प्रक्रिया अघि बढिरहेकै समयमा दलहरुबीच सहमतिको पर्याप्त अवसर पनि बाँकी रहने बीचको कुरा के हुनसक्छ भन्ने विषयलाई ध्यानमा राखेर नियमावली अन्तरिम संविधान र स्थापित नियमका आधारमा मैले एउटा निर्णय गरेँ। मैले निम्न कुरा यहाँहरुसमक्ष राखिरहेको छु। दलहरुबीच सहमतिको प्रयास अहिलेकै अवस्थामा अझै राखौँ। सहमति भए यो विषयलाई जहाँको तहीँ स्थगित गर्न सकिन्छ। यो प्रस्ताव सबै दलहरुको हो।
DSC_2339
• यो भन्दा अघि रहेको कार्यसूचीलाई मैले हटाउने आदेश गरेको छु : नेम्वाङ
• समितिका सदस्यहरुको नाम सभाध्यक्ष आफै द्वारा प्रस्ताव : प्रस्ताव निर्माण समिति सदस्यको नाम अग्नि खरेल, अब्दुल रज्जाक गद्दी, उषा गुरुङ, कर्णबहादुर थापा, किरण यादव, कुलबहादुर गुरुङ, कृपासुर शेर्पा, कृष्णभक्त पोखरेल, गगनकुमार थापा, गङ्गालाल तुलाधर, धनराज गुरुङ, नरहरि आचार्य, पद्यमनारायण चौधरी, पूर्णबहादुर खड्का, प्रकाश ज्वाला, प्रकाशशरण महत, भानुभक्त ढकाल, भीष्मराज आङ्दम्बे, भीमबहादुर रावल, महालक्ष्मी उपाध्याय डिना, महेश आचार्य, डा मीनेन्द्र रिजाल, मिनबहादुर विक, रमेश लेखक रवीन्द्र अधिकारी, डा राजन भट्टराई, राजेन्द्रप्रसाद पाण्डे, राधेश्याम अधिकारी, रामकृष्ण यादव, रामेश्वर फुयाँल, रोमी गौचन थकाली, लालबाबु यादव, शेरबहादुर तामाङ, शेरधन राई, श्रीमाया थकाली, दिलनाथ गिरी, कुन्तीकुमारी शाही, रामकुमार सुब्बा, दीपक बोहोरा, चन्द्रप्रकाश मैनाली, प्रेम सुवाल, चित्रबहादुर केसी, जयदेव जोशी, एकनाथ ढकाल, विश्वेन्द्र पासवान, कुमार खड्का, लोकमणि ढकाल, अतहर कमाल मुसलमान र चन्द्रेश्वर झा। ७३ सदस्यीय समितिमा ४९ सदस्यको नाम प्राप्त। एमाओवादी र मधेसवादी लगायतका विपक्षी १९ दलका सभासद्हरुको नाम सदस्यमा छैन।
• कार्यावधि कार्यप्रारम्भ भएको मितिले पाँच दिन।
DSC_2347
• ध्वनि मतद्वारा प्रस्ताव पारित।
• प्रस्ताव समिति गठन गरिसके पनि दलहरुसँगको सहमति जारी रहन्छ। पाँच दिनपछि यो समितिको बैठक बस्नेछ। संविधान सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
• संविधान सभा बैठक कक्षबाट बाहिरिँदै गरेका नेताहरुको प्रतिक्रिया
prachanda5
• हामी जनताको बीचमा गएर प्रतिवाद गर्नेछौँ : प्रचण्ड
• अघिल्लो पटकको संविधान सभामा एउटा बैठक राख्नुस् भन्दा राखिएन : प्रचण्ड
• कलंकको टीका अध्यक्षले लगाउनुभएको छ : प्रचण्ड
• प्रतिकान्तिकारी हर्कत भयो : प्रचण्ड
• संविधान सभा भित्र सयौको संख्यामा मर्यादापालक राखेर ब्यारेकमा परिणत गरियो : प्रचण्ड
• अध्यक्ष पार्टीको प्रवक्ताका रुपमा प्रस्तुत भएका छन् : प्रचण्ड
• संविधान सभा अध्यक्ष सुवास नेम्वाङ पार्टीका प्रवक्ता भएको नाराबाजी ।
• बाबुराम भट्टराई प्रचण्ड पनि नाराबाजी गर्दै निस्कँदै।
• संविधान सभाको मर्म शान्ति सम्झौताको मर्ममाथि प्रहार भएको छ। विगतका सम्झौतामाथि प्रहार भएको छ : प्रचण्ड
• देशलाई द्वन्द्वमा पुर्‍याउने प्रक्रियाको सुरुवात भएको छ प्रचण्ड
• शेरबहादुर देउवा : संविधान सभा अध्यक्षलाई धन्यवाद दिन्छु। अवरोध खडा नगरेकोमा विपक्षीलाई पनि धन्यवाद। रोकिएको प्रक्रिया सुरु गर्नुभो।
• रामचन्द्र पौडेल : अब आजबाट संविधान निर्माणको एउटा प्रक्रिया सुरु भएको छ। समितिमा विपक्षीलाई आउन आह्वान गर्छौँ पहिले। सहमतिको ढोका बन्द भएको होइन। तर सहमतिको नाममा प्रक्रिया रोक्नु हुन्न। फेरि पनि हामी के भन्छौँ भने खुला छलफल गरौँ। हामीले संविधान बनाउनै पर्छ। २००७ सालदेखि नै संविधान सभाले संविधान बनाउने कुरामा षड्यन्त्र भइरहेको थियो अहिले पनि जारी छ। माओवादीहरुले बहिस्कार गर्नुभएको छैन। उहाँहरु आउनु हुन्छ। उहाँहरु संविधान नबनाएर कहाँ जानुहुन्छ?
• संविधान सभा भवनमा सुरक्षा व्यवस्था कडा छ। नाराबाजी गर्दै १९विपक्षी दल मोर्चाको बैठक बस्न अघि बढेका छन्।
• एमाले संसदीय दलको बैठक संविधान सभा भवन भित्रै भइरहेको छ।
• प्रधानमन्त्री कोइराला : यो कसैको विजय वा हारको कुरा होइन। मलाई विश्वास छ माओवादी पनि समितिमा आउनेछ।
• कृष्ण सिटौला : सहमतिमा पुग्न कुनै गाह्रो भएको जस्तो लाग्दैन।
• दिउँसो ३५२ : सि‌हदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा अहिले विपक्षी ३० दलीय मोर्चाको बैठक बसिरहेको छ।
• ओली : संविधान निर्माणका लागि संयमता अपनाउँदै छौँ। तर टाउको फुटाउँदा सही राख्छौ भन्न सकिन्न। (राजविराजमा पार्टी कार्यालयमा भएको आक्रमणबारे उनको धारणा)
• ओली : एमाले अहिले प्रतिवाद गर्ने पक्षमा छैन। हामी भरसक त्यता जाँदैनौँ। म भन्न चाहन्छु प्रतिवाद गर्न परे धेरै महङ्गो पर्न जानेछ।
• ओली : अहिले बाघलाई बिरालोले जिस्काए जस्तो भइरहेछ। जिस्काउने काम भइरहेको छ।
• एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले संविधान निर्माणका लागि संयमता अपनाएको बताएका छन्।
• ओली : हामी संविधान बनाएरै छाड्छौँ । कुनै विममा लट्पटिएर ढलपल गर्दैन।
• ओली : हामी भन्न चाहान्छौँ। गड्यौलाको टुप्पो छोए जस्ता यता उता सर्ने पार्टी एमाले होइन।
• एमाओवादी नेतृत्वको मोर्चाले सभाध्यक्ष नेम्वाङको यो कदम नसच्चिएसम्म कसैसँग वार्ता नगर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ।
• विपक्षी मोर्चाले आजको दिनलाई कालो दिन भन्दै देशभर सभाध्यक्ष सुवास नेम्वाङविरुद्ध प्रतीकात्मक रुपमा विरोध जुलुस निकाल्ने।
• सभाध्यक्षले तटस्थता र गरिमा बिर्सेर दलको मामुली कार्यकर्ताका रुपमा प्रस्तुत भएको विपक्षी मोर्चाको आरोप।
• एमाओवादी नेतृत्वको मोर्चाले सभाध्यक्ष सुवास नेम्वाङलाई असहयोग गर्ने निर्णय गरेको छ।
•का‍‍ग्रेस एमालेको बैठकले विपक्षीसँग वार्ता गर्न प्रधानमन्त्री सुशील कोइरालालाई जिम्मा दिने निर्णय।

यो पनि हेर्नुस्-
छोड्ने, तोड्ने र फोड्ने जे सुकै गरे पनि संविधान जारी गरेरै छाड्छौँ: ओली
कदम नसच्याए विपक्षी मोर्चा वार्ता, प्रक्रियामा सहभागी नहुने, सभाध्यक्षलाई सहयोग नगर्ने
एमाले कस्तो ? ओली भन्छन् : सर्प, हात्ती, गड्यौला जस्तो होइन बाघ जस्तो
​सभाध्यक्ष सुवास नेम्वाङमाथि प्रचण्डका पाँच आरोप
संविधानसभा बैठक अघि माओवादी शीर्ष नेता र राष्ट्रपतिबीच छलफल
विपक्षीसँग वाता नगर्ने ओलीको प्रस्ताव देउवा र नेपालले मानेनन्
विपक्षीले जलाए सभाध्यक्ष नेम्वाङको पुत्ला

1 thought on “सकसमा संविधान सभा (लाइभ अपडेट)”

  1. moti says:
    January 25, 2015 at 9:59 pm

    नेपाली समाजले बाबुरामलाई विवेकीनेताको रुपमा चिन्ने गर्थ्यो त्यो पनि भ्रम साबित भयो आज देखि| आजभोली बाबुराम कुनै नीति नभयको मान्छे जस्तो लाग्छ |
    बुर्जुवा पाठ भनेर जनताका छोराछोरीलाई पढ्न नदिई कलम खोसेर बन्दुक थमाय – तर आफुले त्यही बुर्जुवा पाठ पढेर डा. भन्न छोडेनन् |
    किरिया बसेको किरियापुत्रीलाई किरिया बसेकै कारणले आफ्ना कार्यकर्ताद्वारा रुखमा बादेर मार्न लगाय- पछी आयर आफैले आफ्नो पितासँग बसेर चौरासी , सत्यनारायण जस्ता पुजा गर्दै हिडे |
    जातीय, लिंगीय, छेत्रीय, बर्गीय अनि उत्पीडित जनताको नाममा १० वर्ष लडाई गरे – अहिले धनि दुईतिन जनजातीको नाममा राज्य चाहिन्छ भन्छन | अहिले नेपालीको नेपालमा बस्न ति उत्पीडित समुदाय सहज होलाकी त्यो एकल जतिको राज्यमा बस्न सहज होला | मानिलिउ लिम्बुवान राज्यमा साना जातहरु ( कुमाल,मुहसर, दराई, सार्की , कामी, दमै , पोडे ,आदि आदि ) लाई बस्न अहिलेको भन्दा सहज होला ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme