Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माघ ८ मा के के भयो?

Posted on January 22, 2015January 23, 2015 by Salokya

संविधानतः संविधानसभाको अवधि चार वर्षको हो। तर दलहरु आफैले एक वर्षमा संविधान दिने प्रतिवद्धता गरेका थिए। त्यही अनुसार उनीहरु आफैले समय सीमा माघ ८ गते तोकेका थिए। तर माघ ८ मा संविधान आएन, यतिसम्म कि माफी माग्ने कुरामा समेत सहमति हुन सकेन। संविधान नआउनुको दोष एकले अर्कालाई दोष लगाउँदै माघ ८ को मध्यरात कटाए उनीहरुले। अघिल्लो स‍ंविधान सभा यस्तै (बहुमत अल्पमतबाट निर्णय गर्ने)प्रक्रियाको विवाद हुँदा माओवादी बहुमतमा थिए। कांग्रेस-एमालेले विरोध गरे। यतिबेला कांग्रेस-एमालेसहितका दलहरु दुई तिहाई बहुमतमा छन्। अनि अल्पमतमा रहेका माओवादीसहित दलहरुले विरोध गरिरहेका छन्। फरक के देखियो भने त्यतिबेला संविधान सभाको बैठकमा यस्तो बहुमत-अल्पमतको प्रक्रियामा जानै दिइएन। आखिरमा जेठ १४ गते बिहान बोलाइएको बैठक दिनभर र मध्यरातसम्म सभासद्हरुलाई कुराएर बैठकै सुरु नगरी जेठ १४ को मध्यरातमा संविधान सभाको अन्त्य गरियो। यस पटकको संविधान सभामा भने प्रक्रियामा जाने कोशिशसम्म गरेर बैठक बोलाइयो। माओवादीहरुले दुई दिन अघि तान्डव देखाएकोले मार्सलहरुको उपस्थिति ठेलमठेल र नाराबाजी देखियो। दुवै पटक सभामुख सुवास नेम्वाङै थिए। माघ ८ मा बिहानदेखि के के भए त ? मुख्य घटना विवरण।

View पहिलोपोस्ट लाइभ on Hackpad.

8 thoughts on “माघ ८ मा के के भयो?”

  1. Jha says:
    January 23, 2015 at 11:59 pm

    माघ ८ मा के के भयो?
    माघ ८ मा सबै कुरा भयो खाली संबिधान मात्र आएन|

    Reply
  2. Krishna says:
    January 23, 2015 at 11:36 pm

    संबिधान बनाउन आएको भये संबिधान बन्थ्यो . खान आएका हरुले कहेलॆ संबिधान बनुदैनन. नत चुनाब नै हुन दिन्छन. लम्बाउने र खन्ने मात्र चल हो .

    Reply
  3. roshan says:
    January 23, 2015 at 10:52 pm

    अब छिटै यी सभासद का दिन आउदैछन अनि सभासद को होलोग्राम लुकाए जस्तै बाबा म सभासद होइन … बचाऊ … भन्ने पनि दिन आउछ तेसैले कस्ता नेता लाई तपाई सभासद आफ्नो मुख्य नेता बनाउनु हुन्छ ? तपाइको भूमिका के हो ? ति नेता को पछि लाग्ने तपाइको कार्य कर्ता जस्तै ?

    Reply
  4. moti says:
    January 23, 2015 at 12:43 am

    प्रचण्डलाई ल हामी केहि बोल्दैनौ तिमि आफ्नै पाराले संबिधान लेख र लियर आउ भने पनि संबिधान आउछ जस्तो लाग्दैन|

    Reply
  5. Mk says:
    January 22, 2015 at 11:29 pm

    आज माघ ८, हात्ती आयो , हात्ती आयो -फुस्सा पो भयो./ अस्च्छेम सम्बिधानसभा , र असछेम सरकार नै खारेज गर्नु पर्छ /

    Reply
  6. Shankar says:
    January 22, 2015 at 4:39 pm

    जनता सग माफी माग्ने , फेरी भता पचाइरहने , जागिर चलाई रहने तेरीमा ठग हरु |
    इन्डियाले खुला सिमानाको गजब सग गतिलै फाईदा उठायो |
    माउबादी को प्रचण्ड आफ्नो नजिक को साथि सग यदा कदा अनौपचारिक कुराकानीमा मा भन्ने गर्छ , यो जातीय संघियता हाम्रो चुनाबी नारा हो | किनभने प्रचण्ड ले यो र येस्तै एजेन्डा लिएर राजनीतिक केन्द्र बिन्दुमा रहन सफल भएको छ | नत्र अनुमान गरौ उसको टुक्रिएको सानो पार्टीलाई ,उसलाई कसले पुस्छ ?

    इन्डियाले देख्यो नेपाल खान सजिलो उपाय , नेपाल भनेको २५० साल देखि बाहुन ,क्षेत्री ले राज गरेको | नेवार र जनजाति मूल सत्ता मा न रहेको | त् उसले मदिसे+जनजाति आन्दोलन नेपाल छिरायो | पहिले त् उसै पनि खुला सिमाना बात करोडौ छिरायो , फेरी यहाको राजा हरु सखाप पारेर मदिसे सासक ( रास्ट्र पति + उप रास्ट्रपति ) राख्यो ( यस कुराको पुस्टि हेरौ तेस्पछिको शान्ति , उनीहरुले इन्जोई गरेको )|
    अब नेपाल को द्वन्द प्रधान मन्त्रि पद को लागि केन्द्रित छ | तेसैले यो मदिसे + जनजाति आन्दोलन नेपाल मा जनजाति को घोडा चढेर मदिसे लाइ पुरै शक्ति साली बनाएर नेपाल लाइ मिनी इन्डिया बनाउने भारतीय ग्रयाण्ड डिजाइन हो |
    तेसैले प्रचण्ड ,बाबुराम ले भन्ने गरेको जनजातिलाई मूल सत्ता मा ल्याएर देश जोगाउने भन्ने कुरा विचारणीय कुरा हो |
    राजाबादी र रा प्रा पा पुरानै धर्म र राजाको राजनीति गर्ने , कांग्रेस ,एमाले परम्परागत र सामन्ती राजनीति गर्न खोज्ने ( हेरौ कांग्रेस मा सामन्ती पकड , तेस्तै एमाले मा पनि ) कतै देश को राजनीति र समय नुसार को राजनीति माउबादिले गरेको त् हैन ?
    मलाइ एस्तो लाग्यो , म गलत पनि हुन् सकुला |

    Reply
  7. Bijay Sharma says:
    January 22, 2015 at 1:12 pm

    जब सांसद हरुले गुण्डाको जस्तो ब्यबहार गरेर कुट्ने पिट्ने र तोड फोड गर्छन भने सुरक्षा ब्यबस्था कडा नगरेर के झन् बढी आतंक फैलाउन दिने ? बिगतमा सांसदहरुले पकेटमा पेस्तोल लुकाएर संसद भवन भित्र छिर्न खोजेका घटनाहरु हाम्रो सामु ताजै छन् | यदि आफुले पेस्तोल लुकाएर जाने योजना छैन भने सुरक्षा जाच गर्दा किन आपत्ति ? यो त चोरको खुट्टा काट भन्दा खुटा तानेको जस्तो भएन र ? सुरक्षा जाच सबैको भएको छ | हो सुरक्षा जाच गर्दा जसलाई बिगतमा आतंककारी गतिविधिमा संलग्न पाइएको छ र जसबाट बढी सुरक्षामा खतरा देखिन्छ त्यस्ताको अरुलाई भन्दा बढी राम्रो तरिकाले चेक हुन्छ | यो बिश्वब्यापी सुरक्षा चेक को नियम हो, चाहे बिमानस्थलमा होस् या संसद भवन जस्तो संबेदनशील ठाउँमा होस् |

    Reply
  8. shiva says:
    January 22, 2015 at 12:07 pm

    “रक्सि खाएको प्रमाणित गरे जस्तो सुकै सजाय भोग्न पनि तयार छौं”
    — त्यसो भए रक्सि नखाई तोडफोड गरे कुनै सजाय नभोग्ने ?

    “बिपक्षि बस्ने ठाउँको माइक झिकिएको छ”
    — झिकेको कसले हो ? आफैले हैन र ? अझै कति फाल्न मन छ ?

    “संबिधान सभा भित्र दुइ दर्जाका सभाषद बनाइयो”
    — कुर्ची उचाल्दै फाल्दै गरेर संबिधान सभा भित्र छुट्टै दर्जा बनाएको आफैले हैन र ?

    “हामीलाई चेक-जांच, अरुलाई स्यालुट, संबिधान सभालाइ ब्यारेकमा परिणत गरियो”
    — अनुसाशन र मर्यादा कुन चराको नाम हो थाह नहुनेलाई स्यालुट चाहियो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme