Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

द्वन्द्वमा देश (माघ ६ र ७, २०७१)

Posted on January 20, 2015January 24, 2015 by Salokya

माघ ६ गते
-मध्यरातमा संविधान सभाभित्र तान्डव मच्चिएपछि बिहान सबेरै त्यसको असर सडकमा पनि देखियो। एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको नेपाल बन्दमा आज कार्यकर्ताहरु आक्रामक मूडमा थिए। पहिलेका बन्दहरुमा भन्दा धेरै आगजनी र तोडफोड भए।

-दिउँसो १ बजे डाकिएको संविधान सभाको बैठक बस्नुअघि संविधान सभा भवनमै बसेको नेकपा एमालेको स्थायी समितिको बैठकले हरेक बाधा अड्चन छिचोलेर आज प्रश्नावली निर्माणका लागि प्रस्ताव समिति गठन गर्ने निर्णय गर्‍यो। कांग्रेस संसदीय दलको बैठकले पनि प्रक्रियालाई नरोक्ने निर्णय गर्‍यो।

-संविधान सभाको बैठक सुरु हुने बित्तिकै विपक्षी मोर्चाका सभासद्हरुले आफ्नो कुर्सीबाट उठेर नाराबाजी गर्दै अगाडि आए। करिब १ घण्टाको नाराबाजीपछि संविधान सभा अध्यक्ष सुवास नेम्वाङले बस्न आग्रह गरे। तर नाराबाजी जारी रहेपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरियो। हेर्नुस् भिडियो

– बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराईसहित विपक्षी मोर्चाका सभासद्हरु नारा लगाउँदै संविधान सभा भवनबाट निषेधित क्षेत्र तोकिएको बिजुलीबजारसम्म पैदल हिँड्दै आए, जहाँ पहिलेदेखि आन्दोलनकारी र उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन प्रहरीको घेरा थियो। प्रहरी घेराको अगाडि निषेधित क्षेत्र तोड्न खोज्ने आन्दोलनकारी अनि पछाडी नाराबाजी गर्दै आएका सभासदहरु। आन्दोलनकारीलाई सभासदहरुको जुलुस प्रतिकार जुलुस जस्तो लागेछ। यसैबीच आन्दोलनकारीहरु भएको ठाउँबाट लाठी प्रहार भयो। त्यसपछि प्रहरीले लाठिचार्ज गर्‍यो। एमाओवादी सभासद् जनार्दन शर्माको टाउको प्रहरीले लाठी हाने। टाउकोबाट रगत बगेको अवस्थामा उनलाई अस्पताल लगियो। मध्यरातको सदन तान्डवमा मर्यादापालकसित भिड्नेमा शर्मा पनि एक थिए। प्रहरी पनि घाइते देखिए। एकछिनको तनावपछि प्रचण्डलाई सुरक्षाकर्मीले सुरक्षित बनाउँदै फिर्ता लगे भने बाबुराम भट्टराईले सडकमा आन्दोलनकारीलाई सम्बोधन गरे।

– एमाले नेता झलनाथ खनालले आफूहरुको दुई तिहाई बहुमत भएकोले जसरी पनि संविधान जारी गरेरै छाड्ने बताए।

माघ ६ र ७ गतेका प्रमुख घटना

View पहिलोपोस्ट लाइभ on Hackpad.

21 thoughts on “द्वन्द्वमा देश (माघ ६ र ७, २०७१)”

  1. durbasa says:
    January 23, 2015 at 3:38 pm

    हुन त काङ्ग्रेस र एमाले पनि गतिला त हैनन् भ्रष्टाचार र अत्याचारको जग उनीहरूले पनि बसालेका हुन् मलजल गरेकै हुन्, भागबण्डा गरेर हसुरेकै हुन् । तर द्वन्दमा देश लग्ने सिङ्गो जिम्मा पूरा माओबादीको काँधमा छ । माओबादीले नेपालीहरूको सहिष्णुता टुक्र्याएको छ, आत्मीयता टुक्र्याएको छ, समाज हुँदै देश नै टुक्र्याइ रहेको छ । थेप्चे, चुच्चे, काले, ध्वाँसे, छिर्बिरे रङ दिएर सबै टुक्र्याएको छ । पहाड र मधेसमा ठूलो पर्खाल तेर्स्याएको छ । अपराधीहरूलाई काँधमा बोक्तै तराइ जलाएको छ । घडी उल्टो दिशामा घुमाएको छ क्रमिक रुपमा ढुङ्गे युग तिर देश र नागरिक लम्काएको छ । लेण्डुप दोर्जे जन्माएको छ देशको अस्तित्व नामेट पार्न ।

    Reply
  2. durbasa says:
    January 23, 2015 at 3:36 pm

    यो देशमा ठुलो षडयन्त्र को सुरुवा पहिलो संबिधान सभालाई असफल बनायर दोश्रो संबिधान सभामा ओलीलाई काधमा हाली उकालेर ल्याई बबनडर गर्दै माओबादीलाई पतन गराउन देशलाई असफल बनाउने षडयन्त्रपूर्ण कुटिल चाल चलिदै छ!
    एउटा यस्तो पतित मान्छे चस्को चेतना दिमाग बिचार सोचाइ अध्यायन क्षमता गच्छे नैतिकता मानबियता आदि कुराहरु सुन्य तर फ़ुटुङ्गे ओली टुक्का र उखान हाल्न ज्पारान्गत! जे मुखमा आयो तेही बोल्ने! संबिधान सभाको बिरोधि, गणतन्त्रको बिरोधि राजतन्त्रको हिमायती, संघियताको बिरोधि एकांकी शाशन को हिमायती किही समयको बाकि जिवनमा जसरि भयपनी प्रमा भयारै छाडौ भन्ने लालच भरियको छुद्र व्यक्तिलाई यो कुरा र माओबादिको बिरोध गरि माओबादीलाई पतन गराउन काधमा उचालेको छ बरु तेस्को लागि देश असफल होस् र देश मा हिंशा भड्कियोस युद्द पुनाराबित्ति होस् मतलब छैन!
    सोच्न सक्ने र द्रिस्त्रिदिना सक्ने स्वोधीन र स्वोतान्त्रताको हिमायती जनताहरुले सोच्नु र बुझ्नु पर्ने बेला आयको छ!
    कतिपय अबस्थामा बिद्रोह र हिंशा आबस्यक हुन जान्छ!
    सबैकुरा सधै र सबै अबस्थामा राम्रो र नराम्रो भन्ने हुदैन त्यो आबस्यकता र परिस्थितिले निर्धारण गर्दछ हिजोको एमाओबादिको अग्रस्रमा भयको घटना पनि तेस्तै हो!
    त्यो उचित होइन तर आबस्यक हुन सक्छ!
    यो अझै झन् बढी र उग्र तरिकाले आबस्यक पनि हुन सक्छ तेस्को लागि हामि सचेत हौ!

    Reply
  3. durbasa says:
    January 23, 2015 at 3:29 pm

    एस अर्थ मा सबै बाहुन हरु नराम्रा भनेको होइन…धेरै भन्दा धेरै बाहुन हरु राम्रा पनि छन्..आँखा मा राख्दा पनि नबिजाउने बाहुन हरु पनि छन्…देश बिकाश मा टेवा पुर्याउने , राष्ट्रिय र अन्तरास्ट्रिय जगत मा देश को छबि राम्रो पार्ने बाहुन हरु को संख्या पनि धेरै छन्,,…यो बाहुन बिरोधि लडाईं होइन यो त मात्र बाहुन बाद लगाएर देश को राजनीति र प्रसासन कब्जा गरिरहेका केहि बाहुन को बाहुनबाद नीति को विरुद्ध को लडाई..बाहुन पनि देश को नागरिक हो र हाम्रा दाजु भाई नै हुन्. …नराम्रा त आरु जाति मा पनि छन्..नराम्रा गुरुङ, नेवार, भोजपरी , मैथली, चेपाङ्ग सबै जाति मा छन्..हो हाम्ले नाराम्रो परिपाटी को बिरोध गर्नु पर्छ भन्ने मात्र हो…सबै मिलि यो बिबिधतामा आनेकता र आनेकता मा एकता भएको नेपाल मा सबै फूलहरु राम्रो फुलोस भन्ने मात्र हो…

    Reply
  4. GP says:
    January 22, 2015 at 10:56 am

    कांग्रेस,एमाले,माओबादी,बिद्या माओबादी, चन्द माओबादी, मात्रिका माओबादि,गच्छदार फोरम, उपेन्द्र फोरम, महतो सद्भावना, अरु सद्भावना, ठाकुर तमलोपा, सरदसिं भण्डारी को फोरम, कमल थापाको राप्रपा, पशुपति को राप्रपा, सिपि को माले लगायत सबै पार्टीहरु बाट नेपालीले आशागर्नु बेकार छ/ तिनीहरुको सपोर्टमा आफु आफु जनता भिड्नु पनि ब्यर्थ छ/ तिनीहरुको पछि लागेर समय बर्बाद गर्नु ठिक/बेठिक के हो माओबादीका पूर्व लडाकालाइ सोधे प्रस्ट होला/ बन्द, हड्ताल, तोडफोड,आगजनी,कुटाकुट, असहमति,विश्वासघात सबै तिनीहरुको व्यापारिक रणनीति हुन्/ आफ्नो ब्यापार सफलपार्न अरुलाई असफल पार्ने खेल तिनीहरु खेलिनैरहन्छन/ तिनका पछिलागेर सिमित र निश्चित धुपोउरेहरुले केहि हड्डीचाट्न पाउलान तर सर्बसाधारण जनताले सुबिस्ता पाइएला भनेर सोच्नु नै ब्यर्थ हो/ हामीले परिश्रम गरेर कर तिरेकै छौं त्यसै बाट तिनले मोज गरेकै छन….त्यसैमा हामि थप्पडी बजाएर हिडेकै छौं….उनले देश लुटिरहेका छन् त्यसैमा हामि हाम्रा नेताले चिल्लो अनुहार बनाएर गाडी मा चडेकोमा गोउरबान्वित भएका छौं/ हामि हामि एक अर्कालाई गाली गलौज गर्न उद्धत छौं/ धिक्कार नेपाली राजनीति र नेताका टट्टू हो…..

    Reply
  5. Krishna Yadav says:
    January 22, 2015 at 8:57 am

    अब raja ज्ञानेन्द्र को पुनर आगमन लाइ कुनै माइका लाल ले रोक्न सक्दैन …म धेरै खुस यस कारण छु कि भारतीय हरु को १२ बुंदे grand डिजैन ले बल्ल आएर नराम्रो संग मात खायो …जे देश जे नरेश.

    Reply
  6. durbasa says:
    January 21, 2015 at 6:25 pm

    कसरि प्रसासन मा छट्टु बाहुन हरु ले कब्जा जमाए भन्ने कुरा अघिनै भनि सकें . येदि त्रि भाषा को नीति लगाई अन्तरास्ट्रिय भाषा को रुप मा अंग्रेजी र राष्ट्रिय भाषा को रुपमा नेपाली र नेपाल कै कुनै अर्को एक भाषा लै मात्रि भाषा को रुप मा स्विकारी ति तिनै वोटा भाषा मा ज्ञान भएको प्रमाण पेश गरे पछि मात्र लोक सेवा परिछा (exam) को लागि eligible गर्ने हो भने कति बाहुन हरु यो लोक सेवा मा उत्तीर्ण हुन्छा हेरुम..

    त्रि भाषा को ज्ञान भयमा अंग्रेजी को ज्ञान भै बिस्वो सामु प्रतिस्पर्ध गर्न सजिलो र राष्ट्रिय भाषा को ज्ञान भै सबै नेपाली संग communication गर्ने भै आपसी solidariti कायम हुन्छा र अर्को एक मात्रि भाषा को ज्ञान भै निम्न तथा निम्न तह का नेपाली (लोकल) संग संचार मा सहज भै देश आझै बिकाश हुने छ…

    अर्को प्रसङ्ग येदि लोक सेवा साँच्चै स्वोतन्त्र भएको भए किन बाहुन मात्र उतिर्ण हुने भन्ने हाम्रो प्रस्न हो….तसर्थ जति नै बाहुन हरु पन्च्यात तथा बहुदल पश्चात लोक सेवा उतिर्ण गरि सरकारी जागिरे भए सबै १००% भ्रस्त्र तथा नालायक नै हुन्…येदि उनीहरु सहि र सक्छ्यम भएको बाह्य यो ५० वर्ष मा देश ले फड्को मर्नु पर्ने थियो…होइन र साथी हो…

    राजनीति र प्रसासन मा भएको छट्टु बाहुन बाद विरुद्ध लडौं …

    भिस्म न्यौपाने

    संयोजक

    Reply
  7. durbasa says:
    January 21, 2015 at 6:09 pm

    जय नेपाल

    हामीले तानाशाह निरंकुस राना सासन विरुद्ध लड्यौ .

    हामीले प्रजातन्त्र को लागि लड्यौं .

    हामीले निर्दलीय पंचायत को विरुद्ध लड्यौं .

    हामीले निरंकुस राज्तान्तंत्र को विरुद्ध लद्यौं .

    हामीले गणतन्त्र को पच्छ्या मा लड्यौं

    आब एक अन्तिम लडाईं लड्नु छ देश को निकास र देश विकास तथा सम्रिधि को लागि त्यो हो ब्रम्हान्बाद विरुद्ध को लडाईं …

    हो साथी हो कहीं कतै नबिकेका , जीवन मा आसफल भएका केहि झुण्ड बाहुन हरु जसले चिप्लो कुरा र चाकडी गरेर , मित्र राष्ट्र बाट certificate ल्याएर वा आफ्नो आनुकुलता को शिछया प्रणाली लादियर , आफ्नै अनुकुलता को भासमा शिछ्या
    ग्रहण गर्दै , आफ्नै अन्नुकुलाता को प्रस्न पत्र बनायर , आफ्नै अनुकुलता को भाषामा उत्तर लेख्दै , आफ्नै औनुकुलता कै मानिस बाट उत्तर पुस्तिका जाँच्न लगाएर भासिक फाइदा लिंदै प्रसासन कब्जा गरिरहेका र बदनियत पूर्ण नियत ले प्रसासन मा syndicate गरि भ्रस्टाचार गरिरहेका सबै प्रसासक र दलालबादी र बिदेशीहरु को इसारामा चल्ने , अरु जाती लै नेत्रितो पन्ती मा प्रवेश नगराउने ब्राम्हण नेत्रितो वर्ग हरु जो नेपाल लै एकल जति (ब्राम्हण हरु ) को पेवा बनाउन लागिपरेको छ , को विरुद्ध लडाईं लड्नु बाँकि छ .

    आउँ सबै मिलि ब्रम्मन बाद मानसिकता बोकेका केहि झुण्ड बाहुन हरु बाट देश लाइ मुक्त बनाउने लडाईं लडौं .

    स्मरण रहोस यो बाहुन बाद बाट , पिछादियाका र बाहुनबाद syndicate club मा नपरेका स्वयम सोझा अरु ब्राम्हण हरु पनि पिडित छ.. …छेत्री हरु लाइ त यो ब्रम्हान्बाद ले येसरी पाखा लगैयॊ कि अबको सात जुनी सम्म पनि बाहुन को समू घुडा टेक्ने बनैयॊ …तसर्थ यो लडाईं बाहुन हरु विरुद्ध नभई मात्र ती बहुन्हारू जो बाहुन बाद ले लिप्त भै देश र प्रसासन लै माथि उल्लेख गरेबमोजिम syndicate मा देश लै बन्धि बनाई देश मा व्यापक भ्रस्त्रचार गरि रहेका बाहुन विरुद्ध मात्र हो ……

    सबै पिडित सोझा बाहुन हरु , छेत्री हरु , गुरुङ, भोजपुरी, राई, लिम्बु, मैथली , नेवार, चेपांग, शेर्पा, मगर एक भै अब बाहुनबाद विरुद्ध को अन्तिम लडाईं लडौं .

    धन्यवाद .

    जय नेपाल

    भिस्म न्यौपाने.

    संयोजक.

    Reply
  8. गगने says:
    January 21, 2015 at 5:09 pm

    घटना घट्यो!
    तेहा जे भयो त्यो सबैले देख्यो!
    आखाले सबैले एउटै र उही देख्यो!
    के भयो भनेर सोध्दा सबैले एकै कुरा भन्छन!
    त्यो ठिक पनि हो!
    तर कुरा घटेको घटना भन्दा तेस्को प्रिस्टभुमिको र त्यो घटना को कारण को उत्खानन गर्नु जरुरि छ!
    यो देश ओली र भुइमच्चा हरुको हो?
    संबिधान सभा ओलीको र केहि उचालेको बतासे कुकुर हरुको खटानमा र तिनीहरुको संरक्षण मा बनेको हो?
    संबिधान सभा सतचालिस सालको अनुमोदन गर्न ल्याइयको हो?
    तेही संबिधान ल्याउन को लागि र तेही संबिधान अनुमोदन गर्नको लागि माओबादिले युद्द स्थगित गरि आयको हो?
    यो देशमा ठुलो षडयन्त्र को सुरुवा पहिलो संबिधान सभालाई असफल बनायर दोश्रो संबिधान सभामा ओलीलाई काधमा हाली उकालेर ल्याई बबनडर गर्दै माओबादीलाई पतन गराउन देशलाई असफल बनाउने षडयन्त्रपूर्ण कुटिल चाल चलिदै छ!
    एउटा यस्तो पतित मान्छे चस्को चेतना दिमाग बिचार सोचाइ अध्यायन क्षमता गच्छे नैतिकता मानबियता आदि कुराहरु सुन्य तर फ़ुटुङ्गे ओली टुक्का र उखान हाल्न ज्पारान्गत! जे मुखमा आयो तेही बोल्ने! संबिधान सभाको बिरोधि, गणतन्त्रको बिरोधि राजतन्त्रको हिमायती, संघियताको बिरोधि एकांकी शाशन को हिमायती किही समयको बाकि जिवनमा जसरि भयपनी प्रमा भयारै छाडौ भन्ने लालच भरियको छुद्र व्यक्तिलाई यो कुरा र माओबादिको बिरोध गरि माओबादीलाई पतन गराउन काधमा उचालेको छ बरु तेस्को लागि देश असफल होस् र देश मा हिंशा भड्कियोस युद्द पुनाराबित्ति होस् मतलब छैन!
    सोच्न सक्ने र द्रिस्त्रिदिना सक्ने स्वोधीन र स्वोतान्त्रताको हिमायती जनताहरुले सोच्नु र बुझ्नु पर्ने बेला आयको छ!
    कतिपय अबस्थामा बिद्रोह र हिंशा आबस्यक हुन जान्छ!
    सबैकुरा सधै र सबै अबस्थामा राम्रो र नराम्रो भन्ने हुदैन त्यो आबस्यकता र परिस्थितिले निर्धारण गर्दछ हिजोको एमाओबादिको अग्रस्रमा भयको घटना पनि तेस्तै हो!
    त्यो उचित होइन तर आबस्यक हुन सक्छ!
    यो अझै झन् बढी र उग्र तरिकाले आबस्यक पनि हुन सक्छ तेस्को लागि हामि सचेत हौ!

    Reply
  9. suzee says:
    January 21, 2015 at 3:43 pm

    जनता ले तिरेको राजस्व हसुरेर भुसतिघ्रे बनेका एस्ता लम्फुहरु बाट के आशा गर्न सकिञ्छ, तेही भवन मुनि खाल्डो खनेर ठाम को ठाम जाक्दिनु पर्ने ,

    Reply
  10. Shankar says:
    January 21, 2015 at 12:16 pm

    सबै पार्टीमा रंगशाला बा कहिँ गएर जुडो ,कराते ,कम्फु सिकेका लडाकु कार्यकर्ता हुन्छन तिनको पछि लाग्ने गाउका हात मा पर्चा लिएका टोपीकुमार, सर्ब साधारन बटुवा , तमासे हरु नै जिन्दाबाद , मुर्दाबाद ज्यादा गर्ने , लाठि खाने , सहिद हुने मा पर्छन |
    लडाकु कार्यकर्ता आग जानी गर्ने , तोड फोद गर्ने , पुलिस भड्काउने सम्म गर्छन तेस्पछि टाप कस्छन | यदा कदा जनार्दन सर्मा हरु सर्ब साधारण सग मिसिएर जादा चामल मा घुन झैँ पिसिने हुन् | नत्र प्रचण्ड लाइ झैँ उनलाई पनि सरकारी स्सुरक्ष्या मिल्छ |
    आर्को कुरा के गरि जनता लाइ बुझाउने भन्दा ये नेताको पनि टाउको फुट्यो भनेर बढाई, चढाई प्रचार बाजी पनि हुन् सक्छ |

    Reply
  11. Torme says:
    January 21, 2015 at 10:36 am

    ए हत्त्यारा हो किन धेरै नाटक गर्छौ

    Reply
  12. sushil says:
    January 21, 2015 at 7:27 am

    संबिदन बनौन पेलेर नै जानु पर्चा तर फेरि त्यो काम नलग्नि संसदिय बेबस्ता भयो भने त्यो नया संबिदनले नि केहेइ समय पछि काम गर्न छाडछ. अनि तेइ पुरानो रोग सरकार बनाउनु अनि ढलौनी खेल सुरु हुन्छ. तेसैले हामी नेपाली जनता ले संबिदन को लागि मात्र दबाब दिने हैन ले ५ वर्ष सरकार चल्लने gurantee गर्ने directly elected either president or priminister हुनु प्रछ. तेसै ले काँग्रेस र UML ले भने को stateship ठिक्क छ माहोबदी ले भने को ससकिये सोरुप ठिक्क छ.

    Reply
  13. डिल्ली says:
    January 21, 2015 at 6:42 am

    हुन त काङ्ग्रेस र एमाले पनि गतिला त हैनन् भ्रष्टाचार र अत्याचारको जग उनीहरूले पनि बसालेका हुन् मलजल गरेकै हुन्, भागबण्डा गरेर हसुरेकै हुन् । तर द्वन्दमा देश लग्ने सिङ्गो जिम्मा पूरा माओबादीको काँधमा छ । माओबादीले नेपालीहरूको सहिष्णुता टुक्र्याएको छ, आत्मीयता टुक्र्याएको छ, समाज हुँदै देश नै टुक्र्याइ रहेको छ । थेप्चे, चुच्चे, काले, ध्वाँसे, छिर्बिरे रङ दिएर सबै टुक्र्याएको छ । पहाड र मधेसमा ठूलो पर्खाल तेर्स्याएको छ । अपराधीहरूलाई काँधमा बोक्तै तराइ जलाएको छ । घडी उल्टो दिशामा घुमाएको छ क्रमिक रुपमा ढुङ्गे युग तिर देश र नागरिक लम्काएको छ । लेण्डुप दोर्जे जन्माएको छ देशको अस्तित्व नामेट पार्न ।

    बास्तबमा हरेक नेपालीको घाँटीमा बिषको वीज रोप्ने काम राणाकालबाटै शुरू भएको हो । नेपालीहरूलाई त्यसरी नै पढाइएको हो । पहिले राज्य सञ्चालक काट्थे काटिन्थे र मारिन्थे सत्ता फेरिन्थ्यो किनकि सत्ता उनीहरूकै वरिपरीमात्र थियो त्यसले रैतिलाई छुदैन थियो । राणा पतनसँगै रोपिएको बिष बृक्ष हरेक नेपालीको घाटीमा झुण्ड्याइयो अनेक बहानामा । हरेक नेपालीले पार्टी हेरे, हाम्रो हेरे, कुरा नमिल्ने सबै शत्रु देख्न सिकाइयो ।नेपालीलाई राम्रो देख्नै दिइएन हाम्रो बाहेक अरु हेर्नै दिइएन । झुण्ड्याइको बिष थैली मार्फत डस्न लगाइयो सिकाइयो । कहिले राणा, पञ्च त बहुदलका नाममा । विदेशीको मन्त्र सुनेर स्वदेशका घर घरमा शत्रु बनाइयो, अर्थ्याइयो । परचक्रीको दीक्षामा उक्साहटमा स्वदेशी शत्रु र विदेशी मित्रु बनाइए । घर टहरा, गोठ, झाडी र जंगलमा प्रशिक्षण दिइयो एक आपसमा लडाइयो । हरेक नेपालीका बबुरो मानसपटलमा मृगतृष्णाका रुख रोपिए । कोही घरखेतका आशमा कोही भरपेटका आशमा लडे लडाइए सिद्धिए सिद्ध्याइए ।

    अव त दशक अघि भित्रिएकालाई काँधमा बोकेर सदियौँ देखिका रैथानेलाई यही देशमा शरणार्थी अर्थ्याइन थालिएको छ । विदेशी काला भाले उफ्रेर उफारेर चार किल्लाको विस्तारित भूमी दावी गर्दैछ । माओबादी त्यसैमा बुइचढेर सही थाप्तै छ । राक्षस भष्माशूरहरू अरुलाई भष्म पार्ने नाममा आफैँ भष्म हुनु आवस्यक छ । कति ती भष्माशूर जल्दा निर्दोष आत्माहरू रापमा जल्ने हुन् यो द्वन्द, नियोजित दुर्गन्ध बोकेको कथित लडाईँमा । कलुसित कृतघ्नता बोकेको नियोजित यो द्वन्दमा । छिमेकीले गाडेका बुख्याँचाहरू हो तिमीहरूलाई नेपाल आमाको श्राप लाग्ने छ ।

    Reply
  14. Mk says:
    January 21, 2015 at 12:16 am

    अस्छेम सवासद हरुको नाङ्गो नाच हेर्न वाध्य छन् -तिनीहरु को हुतिहरा मतदाताहरु !

    Reply
  15. Rohini says:
    January 20, 2015 at 11:20 pm

    कहिले हुन्छ यो देशमा प्रणालीको विकास? सधै जनताको नाममा झुटको राजनीति| नेपालमा एउटा राजनेताको अभाव भयो|

    Reply
  16. JB Gurung says:
    January 20, 2015 at 10:05 pm

    यसरी हल्ला र तोड फोड गर्न लाई पो रहेछ ६०० सदस्य राखेको l

    Reply
  17. Rohini says:
    January 20, 2015 at 9:51 pm

    The big problem of Nepal is political parties are not interested to establish good system in the country. Such as, there should be strong law and order. All political parties should follow the democratic rules and regulations in any conditions. They should have patience to wait until the next election. Unless the political parties are honest towards the nation, we people have to suffer.
    Let’s hope one day Nepal will get good system.

    Reply
  18. bibek dhakal says:
    January 20, 2015 at 6:14 pm

    कस्तो बिडम्बना, नेपालमा राजनैतिक परिवर्तन भनेको खालि नायक र खलनायक को पालै पालो रोल परिवर्तन पो रहेछ .. हिजो सम्म भरौटे हरु बाहेक कसैले नरुचाउने के पी ओली जस्ता मान्छे आज एकाएक मसिहा बनेका छन्. अनि समय समयमा आलोचित भएपनि रुचाइएका बाराभा चाही भिलेन. रमाइलो #

    Reply
  19. govind thapa says:
    January 20, 2015 at 5:08 pm

    नेपाल बन्द गर्नु त पक्कै पनि राम्रो होइन तर बिपक्षी दल हरुले राखेको प्रस्ताब चाही ठिकै होकी एमाले र कांग्रेस ले प्रक्रिया बाट जानु भन्दैछ यसको मतलब ३ महिना थप्ने कुरा भयो …विपक्षीले सहमति मा जौ भनेको छ यसको मतलब माघ ८ मा ल्याउ भनेको छ भने बिपक्षीको कुरो राम्रो होकी कुन्नि ?????

    Reply
    1. Sher Lakh HomBahadur says:
      January 21, 2015 at 2:30 am

      सहमति मा जाउँ भनेर मात्र हुन्छा? जानु पनि पर्यो नि. आओ कुरा गरौँ भन्दा भड्केर नेपाल बन्ध गर्ने. सहमति हुनु पर्छ भन्ने, तर कुरा एक थोपा नमान्ने – आफ्नै कुरा मा सहमति भए मात्र सहमति गर्ने. एस्तो नि हुछ?

      प्रजातन्त्र मा majority को कुरा नसुन्ने, सानो सानो group को agenda मात्र अघि सार्ने?

      Reply
  20. Shankar says:
    January 20, 2015 at 4:29 pm

    येस्पाली जाडोमा सम्बिधाने झोल खाने नै भए जस्तो छ नेपालि ले | कस्तो कडा नसा रहेछ त् यो सम्बिधने झोल को |येत्रो ६ ,७ बर्स सम्म नसा लाग्ने , अब त् झन् कडा कडा हुदैछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme