Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधान सभामा द्वन्द्व

Posted on January 19, 2015January 20, 2015 by Salokya

1421702519442_RS-KTM-samsad-8
प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति नभएपछि संविधान सभा स‍ंविधान बनाउने हैन, द्वन्द्व गर्ने ठाउँ बन्ने खतरा बढेको छ। यसको एक झलक मध्यरातमा देखियो। संविधानका अन्तर्वस्तुमा सहमति नभएपछि प्रक्रिया (प्रश्नावली समिति गठन) मा जान पनि सहमति नै आवश्यक हुने हुनाले त्यसको अभावमा मुठभेड निम्तिने खतराकाबीच दिउँसो १ बजेका लागि डाकिएको संविधान सभाको बैठक मध्यरात कटेपछि बस्दा तान्डव मच्चियो। झडप भयो। घाइते भए तीन जना मर्यादापालक। कुर्सी बजारिए, माइक फोरियो। धेरै समयदेखिको यथास्थितिले देशलाई सँधै अन्यौलमा नै पार्थ्यो। अब देश तीव्र ध्रुवीकरणमा गएर एउटा शक्ति कि वार कि पार हुने स्थितिमा पुग्ने देखिन्छ। अहिलेको संक्रमणकालीन स्थितिमा विन विनको स्थितिमा नै सहमतिमा लिनेदिने काम गरी सबैलाई स्वीकार्य संविधान बन्नुपर्ने हो। तर संविधान सभा १ मा माओवादीले बहुमतको दम्भ र संविधान सभा २ मा कांग्रेस एमालेले दुई तिहाईको दम्भ देखाउँदा यसो हुन सकिराखेको छैन। अब दुई पक्ष कि द्वन्द्वबाट थाकेर सहमतिमा आउनु पर्‍यो कि पेलेरै एक पक्षलाई पाखा लगाउनु पर्‍यो। यो बीचमा बिचरा हामी जनताले भने कतिञ्जेल दुःख पाउनु पर्ने हो कुन्नि।

यस्तो थियो तान्डव-

46 thoughts on “संविधान सभामा द्वन्द्व”

  1. GP says:
    January 21, 2015 at 4:43 pm

    अधिकांश सभासदहरु अधिकार बिहिन छन…नेताको बोलि तिनीहरुका लागि अकाट्य छ त्यसैले नेताले जे सिकाए त्येइ गरे….तिनको भन्दापनि प्रचण्ड र बाबुरामको दोष हो…

    Reply
  2. गगने says:
    January 21, 2015 at 4:38 pm

    संबिधान सभा अपहरित हुदै गयको स्थिति हो यो! तेसलाई जोगाउन यो भन्दापनि कडा रुपमा र संघर्षमा उत्रिने छ जनता अब!
    संबिधान सभाको बिरोधि हरुले संबिधान शभाको नेत्रित्वो हरण गरेको छ!
    संबिधान शभाबात नभयर आयोगले संबिधान लेखौ भन्नेहरुको जमात ले संबिधान सभा हरण गरेको छ!
    सतचालिस सालकै संबिधान अनुमोदन गर्ने सुरसारमा बुचेडाहरु लाइ संबिधान सभामा ल्यायर उचालियाको छ!
    यी सबैकुरा र घटना जनता टुलुटुलु हेरेर बस्न सक्दैन!
    संबिधान शभाको जननी जनतालाई उनीहरुको अधिकार लिखित प्रत्याभूति गर्न जन्माइयको संबिधान शभालाई मुर्कुट्टा जन्माउन जवार्दस्ती गर्दैछ केहि जनघाती जनविरोधी शामन्ती पाखण्डी हरु!
    जनताको हक हित र स्वोतान्त्रता स्वोधिकार अदिकुरा जन्मने निश्चित गरि गर्भाधान भयको देखि संबिधान सभाको गर्भमै ति नबोदित सम्भावनाको भ्रुण हत्यागर्दै मुर्कुट्टा निर्माण गरि जन्माइदियर देश र जनतालाई आतंकित पार्ने कुटिल क्षणयन्त्रपुर्ण चालखेल हुदैछ!
    यो थाहा पाइकन कुनै स्वोधीन र आत्मसम्मान अनि अधिकार सहितको स्वोतान्त्रता चाहने नेपालि चुपोलाई टुलुटुलु हेरी बस्न सक्दैन!
    यसको बिरुद्दमा युद्द फेरी उठ्न सक्छ!
    शान्तिपुर्ण तरिकाले परिवाराना संस्थागत गर्नसकिने र जनतालाई उनीहरुको हक अधिकार प्रत्याभूति गर्ने निश्चितता गरे पश्चात जनयुद्द स्थगित गरियको हो बिसर्जन वा अन्त गरियको होइन!
    युद्द पश्चात शान्तिमा अवतरित हरुलाई भड्काउने र होच्याउने जिस्काउने काम कसैले गर्नु हुन्न!
    त्यो कसैलाई सह्य हुने छैन!

    Reply
  3. Bimal says:
    January 21, 2015 at 1:34 pm

    नेपालको इतिहाशमा रचियो अर्को बहादुर नेताहरुको कर्तुत ……!!!

    Reply
  4. rrakesh says:
    January 21, 2015 at 5:42 am

    सहमति मै संविधान बन्नु राम्रो कुरो हो तर संविधान सहमतिको नाममा एक दसक छुन लाग्दा सम्म नबन्नु राम्रो कुरो हैन …. सबैले भने जस्तो सबै कुरा कहाँ पुग्छ र.. स्वयम् भगवान आएर तथास्तु भने मात्र हो …

    Reply
  5. ravi says:
    January 21, 2015 at 3:57 am

    बाहिर जनतालाइ लडाएर दुख दिनु भन्दा बरु भित्रै लडेको राम्रो ,,,,यिनी कोट लगाएर लडेको हेर्दा त् दशैँमा कोटमा राँगा पाठाको टाउकोको लागि लडेको जस्तो देखिने ;-)))

    Reply
  6. Salesh says:
    January 21, 2015 at 3:00 am

    रिश सबलाई उठ्छ आफ्नो कुरा अरुले मानेन भने तर त्यो के तेस्को बाउको सम्पति होर फोद्नलाई
    प्रुफ नै छ त्यो सभासदहरुलाई तुरुन्त पढ बाट हटाई कालोमोसो दलेर जुत्ताको माला लाएर काठमाडौँ घुमाउनु पर्छ
    अनि नया नेपाल बन्छ
    जय नेपाल

    Reply
  7. raj says:
    January 20, 2015 at 11:19 pm

    यी ६०१ असछ्यम , च्वोवने छाप नेता हरु मुर्दाबाद जनता को कर फेर्ता गर !!!!!

    Reply
  8. Jha says:
    January 20, 2015 at 8:01 pm

    निभ्ने आगो अलि धेरै बल्छ; माओबादीको पतन हुने अवस्थाको यो सानो नमुना मात्र हो; तिनीहरु हाम्रो पैसामा मोज गरि रहेको छ, अनि हाम्रो समान नै तोडफोड गर्ने, जोस जोसले तोडफोड गरेको छ, तिनीहरुललाई पैसा तिराउनु पर्छ, जसरि हुन्छ पैसा पनि तिराउनु पर्छ र कारवाई पनि गर्नु पर्छ

    Reply
    1. Bogati says:
      January 22, 2015 at 12:38 am

      हो झा sir Ko कुरा मा म बिल्कुल सहमत छु. कुर्सि तोड्ने लाई पेनाल्टी दिनै पर्छ

      Reply
  9. BIjaya Sharma says:
    January 20, 2015 at 7:45 pm

    यी गुन्डागर्दी गर्ने सबै सभासद्हरुलाई लगेर खोरमा जाक्नु पर्ने थियो। जनताले तिरेको करबाट लाखौ करोडौं त घिचे घिचे विदेशीले बनाइदिएको सभाभवन तोड फोड गरि ३० लाख को हिनामिना गर्ने र उनीहरुको बिचारसंग सहमत नहुने अन्य सांसदलाई पिट्ने कुट्ने अधिकार यिनलाई कसले दियो ? मर्यादापालकले यस्तो गुण्डागर्दी गर्ने सभासद्हरुलाई अधिबेशन चलुन्जेल कुर्सीमा डोरीले बाधेर राख्नु पर्छ, उनीहरुकै हातबाट कुटाइ खाने होइन ।

    Reply
  10. Rakesh says:
    January 20, 2015 at 6:40 pm

    त्यसै राजा ज्ञानेन्द्रले आतंकबादी भनेर भनेको हैन रैछ

    Reply
  11. govind thapa says:
    January 20, 2015 at 5:09 pm

    नेपाल बन्द गर्नु त पक्कै पनि राम्रो होइन तर बिपक्षी दल हरुले राखेको प्रस्ताब चाही ठिकै होकी एमाले र कांग्रेस ले प्रक्रिया बाट जानु भन्दैछ यसको मतलब ३ महिना थप्ने कुरा भयो …विपक्षीले सहमति मा जौ भनेको छ यसको मतलब माघ ८ मा ल्याउ भनेको छ भने बिपक्षीको कुरो राम्रो होकी कुन्नि ?????

    Reply
  12. Shankar says:
    January 20, 2015 at 4:34 pm

    माउबादी सभासद ले मारिटल आर्ट देखाएर कांग्रेस , एमाले तर्साउन खोज्दैछ |

    Reply
  13. लोर्के says:
    January 20, 2015 at 1:36 pm

    येस्ता ले बनाउने संबिधान कस्तो हुने होला ?
    १) आफुले भनेको कुरा भएन भने जसले जहाँ पायो तेही हुलदंगा तोडफोड गर्न रोकतोक लगाउन पाइने छैन /
    २) अनुशासन भनेको सापेक्ष्य हो मन लागे पालना गरे हुन्छ नलागे पालन नगरे हुन्छ / बिमति राख्ने लाइ राज्य द्रोह को मुद्दा लगाइने छ /
    3) यो मुलुक मा अधिकार भनेको माओबादि को मात्र कायम हुने छ / माओबादि ले काम गर भनेको दिन मा मात्रै काम गर्न कल कारखाना खोल्न पाइने छ / अन्य अबस्था मा आदेस नमाने मा तुरुन्तै भाटे कारबाही गरिने छ / सर्बसाधारण लाइ सास लिने मात्र अधिकार हुनेछ र माओबादि लाइ अनुचित लागेमा त्यो पनि हरण गर्न सकिने छ /
    ४) सर्बसाधारण को सम्पति माओबादि लाइ बुझाउनु पर्ने छ /
    ५) सबै स्कुल हरु बन्द गरिने छन् / जनता हरु सबै लाइ हली, गोठालो, मात्र बनाइने छ / पढ्ने लेख्ने अधिकार माओबादी हरु लाइ मात्र हुने छ /

    येस्तै हुने त होला नि

    लोर्के

    Reply
  14. Bas says:
    January 20, 2015 at 1:23 pm

    Prachanda is looking a way to sneak out from the politics because he knows in next election there will be no one left behind him. If his cash property which exceeds calculator digits and his family are given safety, he prefers to leave the country. His mission to be a billionaire fooling and using his cadres for his greed has been fulfilled. His cadres are experiencing this.

    Reply
  15. madan bajracharya says:
    January 20, 2015 at 12:27 pm

    तराइ मधेसीको बाकि पहाडीको अबधारणा मुस्लिमलाई पाकिस्तान र बाकिलाई हिन्दुस्थान बनायको अबधारणा सिट मिल्छ/नेपालको दछिंन भूभागमा मधेसिको स्वशासित र आत्म निर्णय गर्न सकिने बनाउनु पर्ने माग तमिलहरुले श्रीलंकाको दछिंन भाग जाफ्नालाई तमिल स्वशासित छेत्र बनाउनु पर्ने माग सिट मिल्छ/

    सिक्किम बात नेपालीलाई लखेटेर सिक्किमको सदन बात आत्मनिर्णय गर्ने अधिकार प्रयोग गरेर सिक्किम भारतमा बिलयको कुरा सम्झने हो भने तराइलाइ पहाड बात अलग्ग गरेर मधेसीको आत्म निर्णय गर्न सकिने राज्य बनाउन किन खोजेको हो स्पस्ट हुन्छ/

    तराइलाइ पहाड सिट नजोडेको मधेसीको मधेश नबने भोलि तराइलाइ नेपाल बात अलग्याउने जनमत बटुल्न सक्दैन/ तराइमा मधेसी समुदाय अल्पमतमा छन्/ तराइको जनजातिहरु आफुलाई मधेसी मान्दैनन/ मधेसीहरु जस्तै भारत बात बसाइ सरेर आयको तर पुर्खौं देखि तराइमा बसोबास गर्ने नेपाली नागरिक समेत भैसकेका शिख अग्रवाल मुस्लिम समुदायले पनि आफुलाई मधेसी मान्दैनन/ यसैकारणले मधेसबादीहरु तराइ पसे जत्तिको बिहारी मधेसीहरुलाई नेपालको नागरिक बनाउन चाहेको हो/

    बिहार भारतको निमित पनि टाउको दुखाउने प्रान्त हो/ भुमि समतल भय पनि त्यहा शिचाई गर्ने पानीको अकाल छ/ तर हाम्रो तराइमा प्रशस्त छ/ बिहारमा उज्यालो पार्न भारतको अन्य भाग बात बिजुली उपलब्ध गरे बिहारीले तेस्को मोल र लागत बेहोर्न सक्दैन/ बिहार समुन्द्र बात टाढा छ र बिहारिहरुको शोच र बिचार भारतको कुनै अन्य प्रान्तको नागरिकहरु सिट मिल्दैन/ अपराध र अपराधीको गरिबी र अभावले ग्रस्त बिहार हाम्रो तराइको श्रोतमा आश्रित छ/ तेसै कारणले बिहारी मधेसीहरुलाई नेपालको तराइ चाहियको छ/

    अहिले सम्म नेपालको सबै नागरिकहरुलाई नेपालको कुनै पनि कुनामा नागरिक अधिकार सहित बसोबास गर्न सक्ने कानुनि अधिकार छ/ तर तराइलाइ संघीय राज्य बनाइ सके यो कानुनमा ठुलै परिबर्तन हुने कुरा मधेशबादीहरुले तराइमा बस्ने अन्य नेपालीलाई पहाडी र तराइ अतिक्रमण कारी भन्दै आय बात स्पस्ट आभास दिन्छ/ भर्खरै जेपी गुप्ता र मात्रिका यादवले तराइमा आन्तरिक बसाइ सराइ रोक्न संघर्ष नै गर्ने निर्णय गरेकोले तराइलाइ मधेसीको मधेश बनायको खण्डमा तराइमा मधेसी बाहेक अरुको नागरिक अधिकार हरण हुने नै देखिन्छ/

    तराइमा यसियाको सबै भन्दा ठुलो पेट्रोलियम को भण्डार रहेको कुरा अमेरिकाको तेक्साना कम्पनीले पत्ता लगायको थियो/ समस्त सप्त कोशी नदीको पानीलाई थुनेर बिस्वमै ठुलो २६८ मिटर अग्लो रिजर्भवायर बनाउने र तेस्बात कलकत्ता सम्म पानीको आपूर्ति गर्ने योजना बनायको छ भारतले/ जिउँदो बिरेन्द्र र २०४८को संविधानले भारतको त्यो योजना पुरा गर्न दिंदैन/ बिरेन्द्र मारियो/ सदनको २/३ बहुमतले राजतन्त्र हटाउने देखि लोकतन्त्र संघियता सबै ब्यबस्था गर्न सकिने भय सबै कोशी नदीको पानि मा राज गर्ने भारतको त्यो योजना पुरा गर्न सकिंदैनथ्यो/ २०४८को संबिधान पनि खारेज भयो र मधेशबादीहरुले तराइको श्रोतहरु मधेसीले निर्णय गर्न पाउने भारत सिट सन्धि सम्झौता पनि गर्न पाउनु पर्ने माग राखे/ मधेशबादी नेता उपेन्द्र यादव विदेश मन्त्रि हुँदा भारतको त्यो योजना पुरा हुने भनेको पनि थियो/

    मधेशबादीहरु अन्य उपाय बात तराइ नेपाल बात अलग्याउन नसकिने भयकोले नेपालको संविधानलाई नै नेपाल बात तराइ अलग्याउने हतियार बनाउन चाहेको देखिन्छ/ मधेशीको मधेशबाद के हो त्यो बुझिन्छ तर मधेश्बादिको माग मधेस्ध्बादिले भन्दा चर्को स्वरमा मावोबादीले किन मागेको हो त्यो चाहि स्पस्ट भयो कसरि भन्ने भयान कसरि भन्ने?

    Reply
  16. Ram says:
    January 20, 2015 at 11:51 am

    बाँदर लाई खेताला लगाएर मकै को कुन्यौ लगाउन खोज्ने हामी जनता नै मुर्ख हो || यिनको त बरा चेतना नै यती त हो नि ||

    Reply
  17. Dilip Pradhanang says:
    January 20, 2015 at 11:50 am

    कुकुरहरु हड्डीकोलागि तछाड मछाड गर्दै छन् । नेपाली जनताको लागि लडेको भन्छन् नेपाली जनता भनेको को हो ? नेपाली जनता भनेको यिनीहरुको कार्यकर्ता मात्रै हो ? घर घरमा, व्यक्ति व्यक्तिलाई बम बनाउन र गोली हान्न सिकाएका छन् । लुटेर, तर्साएर अनि अपहरण गरेर खान सिकाएका छन्, काम गरेर खान सिकाएका छैनन् । अनि नेपालमा कहांबाट शान्ति हुन्छ ? मधेसीनेताहरु मधेसको नाममा राजनीति गरिरहेका छन् तर मधेसमा यसपाली जाडोले कठाग्रिंएर कति जना मधेसीहरु मरे तर यी मधेसका नाममा राजनीति गर्ने ह्ृदेश त्रिपाठी, बिजय गच्छेदार, उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो तथा अन्य कैयन मधेसी नेताहरु जसको काठमाडौमा लगायत तराईमा समेत आप्mनो घर छन् न्यानो भएर ए.सी. तथा हिटर तापेर बस्ने यिनिहरुले ती गरिब पिडितहरुको लागि १००।१०० वटा ओढ्ने व्यवस्था त गर्न सक्थे नी खै गरेको ? यसैबाट यिनीहरुको नियत छर्लङ्ग हुन्छ । देशलाई मधेसको अनि संघियताको नाममा टुत्र्mयाएर मुख्यमन्त्रि बन्ने अनि मोज गर्ने । नेपालमा रुक्माङ्गत कटुवाल जस्तो निडर, साहसिलो र देशभक्त सैनिक शासक चाहिन्छ । अब सेनाले कुकुरहरुलाई घोक्रेठ्याक लगाएर कु गरेर केही वर्ष सैनिक शासन लगाउनु पर्छ । अनि मात्र देशमा शान्ति र अमन चैन आउंछ जस्तो लाग्छ ।

    Reply
  18. suren says:
    January 20, 2015 at 11:41 am

    हिजो हामी नेपाली ले जे देख्नु पर्यो सम्बिदन सभा भित्र यो अरु केहि नभयर हामी नेपाली ल चुनाब मा जुन बिरुवा रोप्यौ तसै को पर्तिफल हो..येदि तपाइ ल़ाइ मन परेन भने आर्को बिरुवा रोप्नुहोस…असल मान्छ ल़ाइ भन्दा पार्टी को मान्छ ल़ाइ जीताउनुको परिणाम येस्तै हुन्छ…येदि तपाइ ले येस्तै गल्ति गर्नु भयो भने आर्को पिडि ले तापाई लाइ धिकार्ने छन् !!!!

    Reply
  19. Prajwal. Shrestha says:
    January 20, 2015 at 11:23 am

    हिजो रति कुकुरहरु भुकेको भुकाई थियो घर भाहिर, ६०१ भाते हरु झगडा गरेको पो रहिछ…बल्ल थाहा भयो

    Reply
  20. govind thapa says:
    January 20, 2015 at 11:19 am

    पत्रकार पनि उस्तै कुनै समाचारमा कसको दोष देखाउछ कुनै समाचारमा कसको दोष हामी चाही जुन समाचार पढ्यो अलमल्लमा पर्यो के हो के बुझ्ने गाह्रो यो ब्लग मा सहि र सत्य हुन्छ धन्यवाद …

    Reply
  21. डिल्ली says:
    January 20, 2015 at 10:35 am

    क्रान्तिकारीहरू जहाँतहीँ क्रान्ति गर्न थालेछन् । सायद बन्दुक हान्न छोडेको दशक पुग्न लागेर होला संविधान सभा भवनमै “भाटे” दशक मनाएछन् । भाँचिको कुर्सी र फुटेको माइक राज्यकोषको त हो । माओबादी नेताको खल्तिको हो र ?

    माओवादी भनेको साँच्चीकै बिखण्डनकारी, देशद्रोही र अपराधीहरूको झुण्ड रहेछ जस्तो लाग्न थाल्यो । शान्त रहेको तराई-मधेश फेरि आगो झोसेर यो माघ महिनामा तातो ताप्दैछ माओबादी । घर खण्डहर पारेर आगो ताप्न, लुटेर खान र मान्छे मारेर हिड्ने हिस्रक नरपिसाचहरूको झुण्ड रहेछ माओबादी । कति दिन भारुको बलमा मान्छे मार्छौ पिसाचहरू हो ! जनताको पसिनाबाट उठाएको करबाट राज्यकोषको अर्बौँ हसुरेर जनताको रगत पसिना र तथाकथित बलिदानीको हवाला दिदै लुटेरा माओबादीले देश नै बन्दी बनाउँदै छ भारु डकार्दै ।

    Reply
    1. jeevan verma says:
      January 20, 2015 at 11:47 am

      पहिले पहिले के पी ओली माओ बादी प्रति अलि बडी भए जस्तो लाग्थ्यो तर अबत लग्न थालेको छ, यिनी हरु बादर मात्र होइन, मानिस को आची खाने २ खुट्टा टेकेको जनावर रहेछन.

      सरकार के हेरेर बसेको छ देश को यत्रो क्षति हुँदा? हालन गोल घरमा र थोक सुली देश घटी हरुलाई

      Reply
  22. jeevan verma says:
    January 20, 2015 at 10:09 am

    आज नै मैले महा भारतको अन्तिम श्रीन्खला हेरे, भीमले दुर्योधन को तिघ्रा भाचेर गदाले ठोकी ठोकी मारे | छबिलाल नाम को नेपाली दुर्योधन लाई पनि त्यसै गर्नु पर्ने हो |

    यसको १० करोड को दरबार लाई सर्ब जानी पुस्तकालय बनाउनु पर्ने नामर्द बामे ?के हेरेर बसेको ?

    Reply
  23. jeevan verma says:
    January 20, 2015 at 10:08 am

    आज नै मैले मह भारत को अन्तिम श्रीन्खला हेरे, भीम ले दुर्योधन को तिघ्रा भाचेर गद ले ठोकी ठोकी मारे | छबिलाल नाम को नेपाली दुर्योधन लाई पनि त्यसै गर्नु पर्ने हो |

    यसको १० करोड को दरबार लाई सर्ब जानी पुस्तकालय बनाउनु पर्ने नामर्द बामे ?के हेरेर बसेको ?

    Reply
  24. Dhital Oasiss says:
    January 20, 2015 at 9:58 am

    हामी सुतियो उनि हरु रातभरि लडेछन्……२-४ जना ले २-४ सय खेदेछन्….अब नेपाली जनता ले मात्र गर्ला प्रतिकार उनि हरु को प्रतिनिधि ले गर्न सकेनन…….बिचरा हामी नेपाली जनता….

    Reply
  25. aakash says:
    January 20, 2015 at 9:44 am

    They are not human being . they are monkey

    Reply
  26. Durga Adhikari says:
    January 20, 2015 at 9:39 am

    संबिधान जनताको सान्ति सुरक्च्या र सुब्यबस्थाको लागि चाहिने हो/ जनताले त् त्यो पयानन पयानन/ अब माघ ८ पछि यिनको सुरक्च्या कसले गर्दिने होला? मेरो बिचारमा त् संबिधान जनताको लागि भन्दा पनि नेताहरुको लागि आबस्यक छ/ सधन भित्रबाट जिउदै बाहिर आयउ भनेपनि तिमीहरुको रक्च्या भगवानले गरुन/

    Reply
  27. kishor says:
    January 20, 2015 at 9:35 am

    दुइ तिहाई भन्दा बढी जनताको मत को कदर गर्दै संबिधान बनाउने कि एक तिहाही भन्दा कम ले भनेको संबिधान बनाउने, मैले त केहि पनि बुझ्न सकिन| जब नेता को लागि देश भन्दा कुर्सि र देश भन्दा पार्टी प्यारो हुन्छ देश ले साएद येस्तै नियति भोग्छ| आब तेस्रो चुनाब भयो भने जातिवादी र माओबादी हरु मोहन बिक्रम जस्ता हुन्छन| २१ सताब्दी मा जातिवादी राजनीति गर्न खोज्ने हाम्रा खावोबदी पार्टी का नेताहरु का क्रियाकलाप जनताले राम्रै संग देखेका छन्|

    Reply
  28. Suresh says:
    January 20, 2015 at 8:49 am

    प्रचण्ड र बाबुराम नेपाली लाई कट्टु खोलेर देखी दिए. त्यो भिडिओ हेर्दा येति घृणा लाग्यो यिनी हरु देखि तेस्को सिमा नै छैन. सालोक्य जी तपाई को माथि को लेखी पढ्दा अप्रत्येक्ष्य रुप मा यो घृणित कार्य लाई समर्थन गरेको जस्तो लाग्यो. कारण जे सुकै होस् तर त्यो द्रिस्य हेर्दा सारा नेपाली को अन्तरात्मा ले यिनी हरुलाई धिक्कार्छ .

    Reply
  29. महेश्वर श्रेष्ठ says:
    January 20, 2015 at 8:28 am

    मैले तिरेको करले बनेको त्यो कुर्ची भाँच्न मलाई ( जनता ) सोध्न पर्दैन ?

    Reply
  30. नंदन चालीसे says:
    January 20, 2015 at 8:27 am

    ए रमाइलो गरेछन साथीहरु ले ; आफु आफु लडेर मरे त यो देश ले इ डाँका दलाल हरु बाट छुटकारा पाउथियो ; आफु फेरि राजाबादी मान्छे; द्वन्द अलिक कम भयो कि जस्तो लग्यो ; फाइट हेर्न पाइने भो भनेको त्यो बाउन्सर हरु ले लासटै बोर गरे;;;

    Reply
  31. Tilab k.c. says:
    January 20, 2015 at 8:16 am

    गधालाई धोएर गाई बनेको वा कुकुरको पुच्छर सिधा भएको आज सम्म कसैले देख्नु भएको छ ??? बाँदरको हातमा नरिवल………………..

    Reply
  32. yogi says:
    January 20, 2015 at 7:01 am

    कुर्सि झिकेर राजा लाई बाटो खाली गर्दैछन् …

    Reply
  33. xyz says:
    January 20, 2015 at 6:50 am

    Finally, i am expecting “My Sansar” blog to be active and worth viewing. It is time to wake up guys.

    Reply
  34. Shankar says:
    January 20, 2015 at 6:31 am

    मेरो मुख को कुरा नै छिन्नु भो , ”एउटा पक्ष्य न हारे सम्म सहमति हुन्न” | त्यो भनेको अलिक मुठ भेट को स्थिति नै हो |
    किन भने कांग्रेस ,एमाले ,माउबादी र मदिसे मोर्चा सामुहिक भोज खाने , रास्ट्रिय बजेट मिलेर लुट्ने कुरामा एक मत भएपनि संबिधान को कुरामा मिलन सक्दैन किनभने त्यहा बिचार र सिद्दान्त तगारो भैदिन्छ |

    Reply
    1. Shankar says:
      January 20, 2015 at 5:12 pm

      सायद बिचार र सिद्दान लाइ उहाहरुको टोपीले छोपेको छ , सब्द फिर्ता लिए |

      Reply
  35. Jha says:
    January 20, 2015 at 6:12 am

    आफ्नो औकात देखायो माओबादीहरुले; अब यो देखे पछि झन् कति भोट आउने होला जंगली डाकाहरुको; संबिधान बन्यो भने तलब आउदैन अनि त बबाल गर्ने पर्यो नी; यो चोरहरुलाइ पुलिस होइन सैनिक लगाएर गोद्नु पर्ने;
    ४ कलास पास छैन होला; सभासद बनाए पछि येस्तै हो;
    जय राष्ट्र, जय नेपाल;

    Reply
  36. Sanjay says:
    January 20, 2015 at 5:32 am

    दुइ चार जना हुल्या हरु लाइ ठाउ को ठाउ ठोक्नु पर्ने . अब नेपाल मा सैनिक/रास्ट्रपति शासन को विकल्प छैन यी डाका हरुलाई तह लगाउन .

    Reply
  37. Abishek lama says:
    January 20, 2015 at 4:52 am

    गरिमामय संबिधानसभा र माननीय भनिएको सभासद पदको यो बिरूप ! कति बैध्दिक र महान रहेछन् यी कथित सभासद! जनताले यस्तो पाशविक कामको उचित “कदर र सम्मान” भविष्यमा गर्ने नै छन् !

    Reply
  38. Abishek lama says:
    January 20, 2015 at 4:50 am

    गरिमामय संबिधानसभा र माननीय भनिएको सभासद पदको यो बिरूप ! कति बैध्दिक र महान रहेछन् यी कथित सभासद! जनताले यस्तो पाशविक कामको उचित “कदर र सम्मान” भविष्यमा गर्ने नै छन् ! !!!!!

    Reply
  39. Bindu says:
    January 20, 2015 at 4:40 am

    कोई कुटे झैँ गर्ने
    कोई दुखे झैँ गर्ने
    ईसारामा उफ्रिने
    यी कठ्पुतलिहरु —
    मुटु भरि देश हुदो हो त
    किन पछारिंन्थे आफू आफूमै ?!
    लडे पछी देश दुख्छ
    यिनलाई थाहा हुनु पर्ने होईन र ?! 🙁
    देशको माया हुदो हो त
    किन लड्दा हुन् यसरी ???!!!
    म ठोकेर भन्छु
    यी कठपुतली नेताहरु भित्र मेरो देश नै छैन
    मलाई मेरो देश दुख्दा
    मेरो देश हाक्ने नेताहरुलाई किन मेरो देश दुख्दैन ???!!!
    किनभने
    यी नेता भनौदा कठपुतली हरु भित्र
    मेरो देश नै छैन 🙁
    म देश बोक्ने नेता खोजिरहेछु
    जो बेला कुबेला नलडोस्
    मेरो देशलाई हिर्दय भरि बोकेर
    आफूलाई सम्हालोस् , देशलाई सम्हालोस् —

    Reply
  40. ramesh says:
    January 20, 2015 at 4:24 am

    बन्दैन मुलुक प्रचंडे नमरे सम्म

    Reply
  41. HSGorkhali says:
    January 20, 2015 at 4:02 am

    मधेश मधिसे समुदायको मात्र होइन, पहाड पहाडीको मात्र होइन, पुर्बी पहाड लिम्बु र राइको मात्र पनि होइन, पश्चिम पहाड गुरुङ र मगरको मात्र पनि होइन । नेपाल सम्पूर्ण नेपालीको साझा फुलबारी हो । एउटा नेपाली नागरिकले देश को हरेक कुनामा जादा सिर ठाडो गरेर गर्बका साथ् ‘म नेपाली हुँ’ भन्न पाउनु पर्छ ।

    जातीय गणराज्यले जनता लाइ मुक्ति दिन्छ भन्नु भुल हो । किनकि मधिशे समुदायलाई मधिशे ले नै सतायको छ । पहाडिया समुदायलाई पहाडियाले नै सताएको छ । देश लाइ २२ र २४ राज्यमा टुक्रा गरेर जतानामका नया महाराजा उत्पादन गर्दैमा मुक्ति सम्भव छैन । जातीय मुक्तिको सवाल भनेको सबै नागरिकलाइ कानुनी रुपमा समान अधिकार को सवाल हो ।

    Reply
  42. Dhruba says:
    January 20, 2015 at 1:43 am

    ३६५ दिन मा जम्मा १ दिन काम गर्नु छ किन यस्तो मुख लगाउनु हो

    Reply
  43. कमल says:
    January 19, 2015 at 10:36 pm

    यसपाला पनि जनताले चाहे जस्तो संबिधान बनाएन भने सभासदहरु बिरुद्ध तलब भत्ता फिर्ता गर आन्दोलन चर्काउन पर्छ| खुरुक्क लाएर संबिधान बनाउनेछ|
    संबिधान समयमा नबनिनुमा मुख्यत तीन व्यक्तिहरुलाई जिम्मेवारी ठहराउछु र जनताको अदालतमा उभ्याउन अनुरोध गर्दछु:

    १. प्रधान मन्त्रि:
    ए हजुर, देशको नायके भएर कहिलेसम्म लुतो कनाएर बस्ने हो| उ गरेर उ गर्दा उ मात्र हुन्छ, देश पनि चल्दैन संबिधान पनि बन्दैन| हजुर हो नायके, हजुरकै नायकत्व चाहियो| अरुलाई दोष दिएर हुन्न केरे| नत्र सकिन भनेर कुर्सी खुरुक्क छाडिदिन परो|

    २. प्रतिपक्षका नेता:
    उखान तुक्काले न संबिधान बन्छ न देश| देशको नेता हुनेले अलि उदार र समावेशी हुन् परो हजुर| मधेसीको रिसले जनजातिलाई किन उत्पीडन? संग्रौला सरले किन काजु कान्छो नाउँ दिए तो बुझिदिन परो| हजुरको आन्दोलनले सिर्जेको लोकतन्त्र होइन यो|

    ३. संबिधान सभाध्यक्ष:
    महोदय, कति र किन टुलुटुलु हेर्ने हो? पैलेको चार बर्ष त्यसरी बित्यो अब पनि त्यस्तै गर्ने हो?
    तलब भत्ता फिर्ता आन्दोलन चर्कियो भने मात्र सुर कस्ने हो कि? नत्र टुलुटुलु कैले सम्म हेर्नुहुने हो? समन जारी गर्नुस त्, भोलि नै जुटेर संबिधान बनाउन तिर लाग्छन| गोदावरी र गोकर्णमा होइन, संबिधान सभा कक्षमै ४५ घण्टा लगातार राखेर संबिधान बनाउन दिनुस|बिज्ञ र अन्य प्रतिनिधिहरुलाई छुट्टै राखेर फिडब्याक र निगरानी राख्ने व्यवस्था गरिदिनुस| बनिहाल्छ, किन नबन्नु| इच्छा शक्ति चाहिन्छ, नेतृत्व चाहिन्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme