मुख्य त्रुटीहरु (संक्षेपमा)
सांस्कृतिक परिवर्तनको जग नै बस्न नपाई, त्यसकै आड्मा संबिधान लेख्न थालियो, कसरी होस् त समाधान? उदाहरण: धर्म निरपेक्ष, जनजातिको बिषय यति छिट्टै उठाउनै हुने थिएन जुन धेरै जसो नेपाली को म्यान्डेट पनि थिएन वास्तवमा भन्ने हो भने। नत नेताहरु दुर दृष्टि भएका भए, न त जनताको मन बुझ्ने खालको नै भए।
समाधान (संक्षेपमा) र सफ्टवेर डेभलपमेन्टसँगको अनुरुपता।
आकाश नै खसी सकेको छैन। अझै पनि रिआलिस्टिक हुने र काम गर्ने तरिकामा फरक गरेर कम्प्लेक्स समस्यालाई सिम्प्लिफाइ गर्न सकिन्छ।
संबिधान बनाउने कुरालाई सफ्टवेर बनाउने बिधीसँग तुलना गर्न सकिन्छ। सफ्टवेर बनाउँदाको अन्तर्बस्तुहरु संबिधान बनाउदा प्रयोग भएको भए संबिधान लेखन कार्य सहज हुने थियो कि? ल हेरौ सफ्टवेर कसरी बनाइन्छ र यस्लाई संबिधान निर्माण सँग कसरी जोड्न सकिन्छ।
१) सफ्टवेर: पहिले समस्या (ब्यक्ती वा कम्पनी मा) को महसुश हुन्छ अनि समाधान खोज्न थालिन्छ अनि समाधान गर्नलाई प्रोजेक्ट टिम तयार हुन्छ जस्मा प्रोजेक्ट म्यानेजर एवँ टेक्निकल मान्छे हरु हुन्छन।
संबिधान: हामीमा राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक समस्याहरु थिए। त्यो समस्या सुल्झाउन राजनीतिक परिवर्तनको बाटो रोजियो र नयाँ राजनीतिक ब्यवस्था को सुरुवात भयो र संबिधान सभाको गठन पनि भयो।
२)सफ्टवेर: प्रोजेक्ट टिमले समस्या बुझ्न जान्छ, गहिरिएर समस्या बुझ्छ, नबुझे दोहोराइ तेहेराइ सोध्छ, नबुझेको कुरा लाई बुझेको जस्तो गर्दैन किनकी नबुझिकन सफ्टवेर बनाउदा पछी बनेको सफ्टवेरले काम नगर्न सक्छ अनि फेरी धेरै समय लगाएर सफ्टवेर लेख्नु पर्ने हुन्छ।
संबिधान: संबिधान सभाको प्रोजेक्ट टिमले समस्या पहिलेनै बुझेका भएर फेरी सफ्टवेरमा जस्तो समस्या बुझ्न जानु परेन र गएनन पनि। तर कति पए कुरा हरु (सफ्टवेरको भाषामा रिक्वायरमेन्ट) गलत बुझे र नबुझेको पनि पत्तै पाएनन त्यो पछी आएर घातक हुँदै छ। संबिधान सभाको यो स्टेजमा जति समय बिताउनु पर्ने थियो, त्यति बिताएनन।
३)सफ्टवेर: समस्या बुझीसके पछी आफ्नो अफिसमा आएर प्रोजेक्ट टिमले समस्यालाई लिपिबध्द गर्छ र टिममा छलफल गर्छ। छलफल गर्दा कुनै कुरा बुझिएन वा टिमको बिचमा बिबाद आएमा त्यो कुरालाई फेरी क्लाएन्ट (जस्को लागि सफ्टवेर लेखिन लगिएको हो) सँग कुरा गरेर बुझ्ने कोशीस गरिन्छ। कहिले त्यो कुरा सजिलो हुन्छ र बुझिन्छ, कहिलेकाही केही कुराहरु कम्प्लेक्स हुन्छन र बुझिन्न। स्वएम क्लाएन्टले पनि आफुले के खोजेको हो, राम्ररी बुझ्न सक्दैन र भन्न पनि सक्दैन। त्यस्तो कुराहरुको छुट्टै सुची बनाइन्छ र सफ्टवेरमा पछी थप्ने गरी ब्याकलग मा राखिन्छ। राम्ररी बुझिएको र गर्न सकिने कुराहरुको मात्र एउटा सुची बनाएर काम गर्न सुरु गरिन्छ।
टिमले समाधानको बिभिन्न उपाएहरु खोज्न थाल्छ र धेरै उपाएहरु मध्ये एउटा उपाए छान्छ। सफ्टवेर कस्तो हुने भन्ने बारेमा डिजाइन गर्छ, आर्किटेक्चर तयार पार्छ अनी कुन प्रोग्रामिङ ल्याङ्वेजले सफ्टवेर लेख्ने भन्ने निर्क्योल गरेर सफ्टवेर लेख्न थाल्छ। लेख्न सुरु गर्नु भन्दा पहिले मुलभुत समस्याको समाधान निस्किसकेको हुन्छ।
संबिधान: संबिधान सभा टिमले पहिलेनै समस्या बुझी सकेका थिए त्यसैले एकै चोटि संबिधानको मोडेल तयार पार्ने, अर्किटेक्चर तयार पार्ने काम सुरु गर्न थाले। टिम ले समस्यालाई राम्ररी नै बुझेनन, चुरो कुरो लाई नै बुझेनन। राम्रो सँग नबुझिएका कुराहरुलाई पनि बुझेको जस्तो गरी काम गर्न थालियो। मैले कस्तो घरको चाहना गरेको छु भन्ने बारेमा म आफुनै क्लिएर नभै घर बनाउन थालियो भने त्यो घर कालन्तरमा कस्तो हुन्छ? ठुलो त्रुटी यही भयो। नबुझिएका कुरा हरुलाई ब्याकलगमा राखिनु पर्थ्यो, रखिएन र जोखिमको यात्रा सुरु भयो मुलभुत समस्याको क्लिएर समाधान नभैकन।
४) सफ्टवेर: सफ्टवेर लेख्न थाले पछी स्वाभाबिक रुपले टेक्निकल समस्याहरु आउछन र सिक्दै, एक्स्पर्ट हेल्प लिदै सफ्टवेर लेख्ने काम अगाडि बड्छ। तोकिएको मिती भित्रमा सफ्टवेर लेखेर सकिने प्रयास गरिन्छ। कहिलेकाँही, बिभिन्न समस्याले गर्दा तोकिएको समय भित्र सफ्टवेर हस्तान्तरण गर्न सकिन्न र क्लाएन्ट सँग अब के गर्ने भन्ने सम्बन्धमा बार्ता गरिन्छ। समाधानको उपाए प्राय गरी, कि समय थप्ने, कि जति तयार भएको छ त्यती हस्तन्तरण गर्ने र बाँकी निकट भबिश्यमा हस्तान्तरण गर्ने तकी क्लाएन्टहरुले समयमानै सफ्टवेर चलाऊन पाउन सकुन। कि केही मान्छे थपेर काम समयमै सकेर सफ्टवेर हस्तन्तरण गर्ने गरिन्छ तर यो गर्दा खर्छ बढी लाग्छ।
संबिधान: संबिधान सभा टिमले संबिधान लेखन कार्य सुरु गरे पछी धेरै समस्या हरु सँग जुध्नु पर्यो्। कारण – माथि भनिए झै समस्यालाई नै बस्तुगत तरिकाले बुझ्न नसक्नु। समस्यालाई नै राम्ररी बुझ्न नसके पछी समाधान निस्कन असम्भबप्राय हुन्छ। निर्धारित समयमा संबिधान लेख्न सकिएन र म्याद नथपी धरै पाइएन। यो कुरा लाई साधारण रुपले लिँदै जनता (सफ्टवेरको भाषामा क्लाएन्ट) ले सजिलै म्याद थप्न दिए। म्याद थपियो, फेरी पनि जस्ताको तस्तै। सहमती जुटाउन खोज्दै, झगडा गर्दै, म्याद थप्दै जाने क्रम जारी भयो। अन्तत: प्रोजेक्ट टिम ले नै काम गरेन अनी ठुलो धनराशी को नोक्सानी गरेर अर्को प्रोजेक्ट टिम तयार पर्नु पर्योध (संबिधान सभा निर्वाचन -२).
नयाँ संबिधान लेखन प्रोजेक्ट टिम को हालत पनि पहिलेको भन्दा केही फरक भएन, समस्याको उही गलत बुझाई, उस्तै मान्छेहरु र उस्तै आचरण। समस्या लाई फेरी पनि चिर्फार गरेर, जनताको भावनालाई बुझेर काम गर्ने कोशीस गरिएन। उही बिबाद, उही झगडाहरुको बिच संबिधान निर्माण गर्ने समय थप्दै लगिने काम सुचारु भए। नेता हरुले काम पाइ रहे, पैसा पाइ रहे जनताहरु लाई त्राही त्राही पारी रहे। धन्य नेपाली जनतहरु धैर्य गर्ने शाहस भगवानले चहिए भन्दा धेरै दिए जस्तो लाग्छ।
अङ्रेजीमा भन्ने गरिन्छ – “इट्स नेभर लेट”। आकाश खसी सकेको छैन। आशा गर्ने ठाउँ हरु छन। निश्चित रुपमा संबिधान बनाउने कुरा भनेको धेरै गाह्रो कुरा हो। अब के गर्ने त?
– बिबादमा परेको कुराहरुलाई (जस्तो धर्म निरपेक्ष, प्रदेश) ब्याकलग मा राख्ने, अहिले नै त्यसको बारेमा निर्णय लिएर संबिधानमा उल्लेख नगरने। नबुझी गरेको कामले दुर्घटना निम्त्याउन सक्छ। रिस्क किन लिने? रिस्क पनि अत्ती ठुलो।
– राम्ररी बुझिएको समस्याको बारेमा मात्र निर्णय लिएर थोरै भए पनि संबिधान लेखेर हस्तन्तरण गरी हाल्ने र बाँकी कुरा हरुलाई पछी क्रमिक रुपमा (इन्क्रिमेन्टल वे) मा गाभ्दै लैजाने।
– कमन सेन्स लगाएर केही बुँदाहरु बाहेक सबै बुँदाहरुलाई “अपर्बतनिय” नबनाउने। सार्बभौमसत्ता, प्रेस स्वतन्त्रता जस्ता बस्तुहरु मात्र अपरिबर्तनिय हुन सक्छन।
– नेकपा एमाले ले सरकारमा आउने बेलामा राखेको सर्त (संबिधान बने पनि नबने पनि एमाले ले सरकार को नेत्रित्व गर्ने) लाई अहिले केही समयको लागि थातीमा राख्ने।
यो Analogy केवल rational दिमाग, निष्ठा चरित्र, गल्तीबाट सिक्न खोज्ने, समाज र जनता प्रति दायित्य भएका, र साक्षीकै नेतृत्व गर्न सक्ने को लागि लागु हुन्छा|
सारा दिमाग कुहेका, फतहगिरि मै हुर्केका र जीवनको उदेश्व नै तेही भएका चाहेरै भांड तन्त्र गर्न खोज्ने को लागि कुनै औसदिनै छैन|
यसको औसधि भनेको यस्ता नेता भनौदा हरुलाई सामाजिक बहिस्कार हुनु पर्ने हो|
तो हुँदो हो त अहिले पनि, हामीले, प्रचंडे, शेरबहादुर, बाबुराम, ओली, माकुने, झलनाथ, रामचन्द्र, सुजाता, अर्जुन नर्शिंग, रामसरण, गच्छेदार, सुकला, महतो, तिवारी, बैद्य, उपेन्द्र इत्यादी कुनै पनि राजनीति जगतबाट बर्सौं पहिला बिलाए हुनु पर्ने थियो, न समाज, खबर, र कुनै पनि सामाजिक महत्व को संग सभावामा इनिहरु को नाम निसान हुनु नपर्ने हो|
यो एउटा समस्या जनता भेडा भएरै इनिहरुलाई लुटेर खाने मौका र आफुमाथि राज गर्न मौका दिएका हुन्|
सभ्य समाज मा भ्रस्ट, नैतिकहीन, नापुन्ग्सकहरुले पटक पटक मौका पाउदैनन|
हाम्रो संबिधान त लुल भएछ
ससुरवा सब नेता र सांसदहरुले रोङ्ग नम्बर लगाई रहेको छ
धेरै प्रजातन्त्र र गणतन्त्रले देश दुबाउदै छ
जसले जे गरे नि हुने लुल तन्त्र
Great analogy !!
कुनै काम लाई प्रोजेक्ट management सित राम्ररी तुलना गर्न सकिन्छ | सोफ्ताव्रे development is just a application of project management. every work has
goal
has a beginning
need resources
need to implement
need monitoring
if the target progress and actual have difference, find out the solution and bring it in track.
you will have a software/sanbidha/road build/melamchin done/ what else
सब राजा हुन थालेपछि कही पनि निष्कर्षमा पुग्न सकिदैन । एकजना लिडर हुनैपर्छ र त्यसको अन्डरमा अरु हुनुपर्छ । यदि सो नेताको गुण र काम गराई राम्रो नभएमा राम्रो भएन भनेर कुरा उठाउन सकिन्छ । राम्रो गरेेकोलाई राम्रो भन्न सक्नुपर्छ तर विडम्बना नेपालमा असल नेता पाउन गाह्रो छ । क्षमतावान नेताको खडेरी पर्यो । र अब यस्तै रह्यो भने गृहयुद्ध नजिकिदैछ भनेर सोचे हुन्छ ।
बिबादित बिषयहरुलाई थाति राख्नु भन्दा पनि ६०१मा मतदान गर्ने सबै भन्दा धेरै मत आएकोलाई समर्थन गर्ने संबिधानमा समाबेश गर्ने | तर मेरो बिचारमा नेताहरुले सहमति भैसकेको बिषयमा पनि केहि लेखे जस्तो लाग्दैन | लेखेको भए हामीले मस्यौदा हेर्न पाउनु पर्थ्यो | अब बन्ने संबिधान यस्तो बन्दै छ भनेर जानकारी पाउनु पर्थ्यो, खोइ त ?
संबिधानलाई किन सफ्टवयरसंग तुलना गरेका हुन् मित्रले ? तरकारीसंग गरे पनि त भो नि !
नुन थोरै भए, तेल नपुगे, मसला नपुगे तरकारी नमिठो हुन्छ | अझ भन्ने हो भने रेसिपिको सामान्य ज्ञान समेत नभएकाले तरकारी पकाए भने कस्तो होला ? उत्तर सजिलो छ कि त साह्रै मिठो हुन्छ या त साह्रै नमिठो हुन्छ | मिठो यस अर्थमा उसले कतै बाट रेसिपी चोरेर हेरेर बनाऊन सक्छ | अनि मिठो हुन पनि सक्छ | नमिठो यस अर्थमा कि उसले आफुले जस्तो जानेको छ त्यस्तै बनाऊछ | मिठो भए धेरैले मन पराउछन्, नमिठो भए कसैले पनि खादैनन् |
नेपालमा अहिले शेर बहादुर देउवाले अन्तरिम संबिधानलाई नै अन्तरिम हटाएर संबिधान घोषणा गरिदेउ भनेको पनि त्यहि हो कि हामीलाई संबिधान कसरी बनाउने भन्ने सामान्य ज्ञान नै छैन | जुन अहिलेको अन्तरिम संबिधान छ त्यो नै उत्तम हो | यस अर्थमा देशमा सबै भन्दा धेरै मत ल्याएर बिजयी भएको पार्टीको नेतालाई नै संबिधान बनाउन सक्ने कुरामा ज्ञान छैन, चोरेर या तोडमोड गरेर नै संबिधान जारी गरिदिउ भन्ने छ भने हामीले अरु झिना मसिना दलबाट संबिधान बन्छ भन्ने आशा छोडे पनि हुन्छ |
जसरी नेपाल सबै कुरामा अरुमा निर्भर छ त्यसै गरि संबिधान भन्ने कुरामा पनि अरुमानै निर्भर छ जस्तो लाग्यो | अरु मतलब बिदेशी शक्तिहरु | उनीहरुले अंग्रेजीमा लेखेर दिन्छन अनि हामी त्यसलाई नेपालीमा रुपान्तर गर्ने अनि देशको नया संबिधान भनेर जारी गर्ने | त्यो भन्दा सजिलो उपाय अरु छैन |
Good Explanation of SDLC(Software Development Lifecycle). He he……..
फेरी पनि पुरानै कथा याद आयो | अन्धाले हाती समायो ,पुछार समायेछ , निस्कर्ष निकाल्यो हाती भनेको लट्ठी जस्तो हुँदो रहेछ | आर्को अन्धो ले कान समायेछ , उसको बिचार अनुसार हाती नान्ग्लो जस्तो अरे | आदि आदि |
कुरा धेरै सन्धर्भ सग मेल खाने देखाउन सकिन्छ , सफ्टवेर संग मात्र किन ?
पृथु ले मार्नु अगि आततायी राजा बेन ले पनि धेरै काल सासन गर्यो , दण्डहिनता चरम सिमा मा पुग्यो | पृथु देखा परे उसको संहार गर्दै धेरै काल सासन गरे |
हाम्रो देश मा सत्ता मा चै सुसिल देखि प्रचण्ड सम्म सब बसे तर सासन गर्न सके ? बचा रोए बाउआमाले ड्राइभर को सिट मा पनि केहि बेर राख्दिन्छ तेस्को मतलब उसले गाडी हाक्न सक्छ ?
देश मा सासन भए , कुनै बिधि अनुसार चले अनि संबिधान नियम कानुन बन्ने कुरा आउछ | पहिले कुरा देश कसको नियन्त्रण मा छ ? तराइमा देश टुक्राउने भन्दै राउत हरु देखापरिसके , २१ उ सताब्दिमा भारत र चीन बीच मा रहेको देश मा २,३ बाहुन हरुले जनयुद्द भन्दै सिर्फ आफु सत्ता मा पुग्न १३-१४ हजार मान्छे ( धेरै गरिब ,जनजाति नै मारिए, बर्तमान परिवेश ले तेही सिद्द गर्यो )मरायो , दिन दहादे राज खलक सड्यन्त्र पुर्बक मारियो छन् बिन भएँन , ६ ,६ बर्स संबिधान बनाउने भन्दै नया नेपाल को ठेकदार ले जनताले तिरेको कर मा होलि खेल्यो खै कसको नियन्त्रण ?
कसैको नियन्त्रण छैन | भारतीय स्वार्थ को रक्ष्या को लागि , यहा बहुरुपी छाया सरकार छ किनभने देश को पी यम बन्न दिल्ली धाइञ्छ र सकुन्जेल दिल्ली रिझाइञ्छ |
स्विच दिल्ली मा छ , नेपाल मा ६०१ जागिर खाउ , टाउके नेता चक्रिय प्रणालीमा पद मा बसेर खाउ | दिल्ली नेपाल को नदीनाला , खनिज, ठेक्का पत्ता को नियन्त्रण गर |
कान्तिपुर रास्ट्रिय खबर , बलिउड को खबर र नेपाल आमा को घाती रेट्ने खबर बडो प्राथमिकता साथ् छाप |
देश पर्दा पछाडी राक्ष्यास ले चलेको छ , उसको नियम यहाको संबिधान हो | ६०१ ,प्रचण्ड ,ओली आदि विश्वलाई सार्ब भौम देखाउने तलब बुझ्ने जागिरदार हो | बार्बेक्यु को लागि सिल मा उनेर राखेको मासु लागि के नियम ? नेपाल को लागि के संबिधान ?
लेखक संग पूर्ण समर्थन . संबिधान चाहियो . छिटो भन्दा छिटो . बिबादित बिषयलाई पछि संबिधान संसोधन गर्न मिल्छ नै . तर येहा त राजनैतिक भागबन्डा को कुरा जस्तै संबिधान बने लगत्तै को रास्ट्रपति बन्ने को प्रधानमन्त्री बन्ने भन्ने कुरामा अल्मलिरखेको सुन्छु .
बरु सिधै… हिन्दुराष्ट्र हुनुपर्ने भन्दा भैगो नि महोदय, तपाईको यो वैज्ञानिक भाषा म जस्तै धेरै नेपालीहरुले नबुझ्न सक्छन, तपाईको सोच अनुसार आफ्नो स्वार्थ अनुकुल नभए संविधान नबने पनि तपाईलाई केहि फरक नपर्ने रहेछ |
जो, हिजोआज सडकहरुमा गाईजात्रा देखाईरहेकाछन नि, यसरि अलमलिनु भन्दा खुमे र कमल थापाको पछि लाग्दा तपाईलाई बेस हुनेछ, बर्षौको भैसक्यो अहिले पनि नबनाएर संबिधान कहिले बनाउने महोदय ? देशलाई कुनै पनि जाति र धर्मसंग जोडिनु हुदैन संविधान नबन्नुको कारण हतार गरेर यसो भएको होईन,हामी जनता भेडा र नेताहरुको स्वार्थले हो |
नयाँ संबिधान लेखन प्रोजेक्ट टिम को हालत पनि पहिलेको………………….paragraph मा उल्लेख भएको कुरा नै समस्या को जड हो ।यदि software बनाउने project team member को उदेश्य बजेट मात्र पचाउने हो भने जहिले पनि client लाइ यति हाउगुजि देखाइन्छकि बिचारा भो software नै चाहिदैन या गरि राखुम जहिले सम्म सकिदैन भन्ने condition मा पुग्छ । अहिलेको अबस्था त्यहि हो । client खुसि पार्ने , project सकाउने कसैको उदेश्य छैन , जसरी हुन्छ समस्या ठुलो देखाएर job गरिराख्ने र client लाइ dependent मात्र बनाउने दाउ हो । यो टिम नै गलत छ । बास्तबिक समस्या नै त्यही हो । जनतालाई software नभए manually पनि चलिराखेकै थियो, बरु त्यही efficient थियो कि । That’s why this is called political problem, there is no solution for political problems in the software industry, thats why many projects fail. हामीले यो टिम नै change गर्नु पर्छ । टिम नै गलत छ । सबिधान जस्तो बिसय agile भए मात्र गतिलो बन्छ ।
आजभोलि Text Book, Resume,Contract, लगायतका प्राय कुरा लेख्ने Software बनेको छ | सबै पार्टीका संबिधान सम्बन्धि विचार, चाहाना र धारणा जम्मा गरेर उक्त software मा input गरेपछि सबैका बिचारको अनुपात मिलाएर संबिधान बनाइदिन्छ | नेताहरु बाझ्नै पर्दैन | त्यसै गरौँ |
गौतम उदय जी
सफ्ट वेर हैन उहाहरुले ”गफ़्ट वेर ”( टेबील गफ ) त् चलाउन जान्नु भएँन |
सायद कपि पेस्ट मै जानु होला जस्तो छ अन्त मा |
ला! छुटि गयछ!
एल्लाई पो दिनु पर्ने रैछ संबिधान बनाउन!
पत्तै भयन!