-पुष्प मुनकःमि-
हाम्रो इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरुसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ। तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले कीर्तिपुर जितेका हुन्।
ललितपुरका पाँच प्रधान (मन्त्री)हरुले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने।
१ हजार अमूल्य ग्रन्थ ध्वस्त
गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू”
भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए। इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ?
पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्।
राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ?
मल्लकालमा अौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी।
सबै व्यापारी भागाभाग
यहाँ पुनः स्मरण गराउँ कि त्यतिबेला नेपाल (उपत्यका) ले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् नेपाललाई राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए। हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो। ता-सि-लुन-पोया तेसु लामा (दलाई लामापछिका दोस्रा लामा) ले नेपालका राजालाई पत्र समेत पठाएका थिए यसो भनेर-“हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।”
भक्तपुर जितेपछि यहाँ यति दमन बढ्यो कि मानिसहरु बस्न नसकेर आफ्नो ठाउँ छाडेर भाग्नु पर्यो। आजभोलि नेपालका विभिन्न जिल्लामा रहेका बहुसंख्यक उपत्यकावासीहरु पृथ्वीनारायण शाहको कोपभाजनबाट जोगिनका लागि भागेकाहरु हुन्। आजभोलि पनि वृध्दवृध्दाहरु सुनाउने गर्छन् छलफलका लागि भनेर राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए। दोस्रो पटकको कीर्तिपुर हमला असफल भएपछि भक्तपुर वरपर रहेको गौकोटमा पृथ्वीनारायण शाहले हमला गरेको बेलामा त्यो ठाउँमा सशक्त प्रतिकार भएको थियो। १५ दिनसम्म भएको त्यो युध्दमा ३३२ जना गोरखा सैनिकको मृत्यु भएको थियो। पछि उनीहरुले जितिसकेपछि त्यो सिङ्गो गाउँलाई जलाइदिए। त्यतिबेला चौकोट युध्दको नेतृत्व गर्ने महिन्द्र सिंहले वीरगति प्राप्त गरेका थिए। त्यसैको बदला लिन पृथ्वीनारायण शाहले त्यस्तो नरसंहार गरेको हुनुपर्छ। पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए। अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ।
विक्रम संवत् १८२६ मा राजा रणजित मल्ललाई कैद गरिसकेपछि तिमिलाको चल अचल सम्पति बेच्न, किन्न, भोगचलन गर्न र व्यापारसमेत गर्न नमिल्ने गरी पृथ्वीनारायण शाहले घोषणा गरेका थिए। पछि राजाले तिमिला काजीसित १८ हजार यानी राष्ट्रिय आम्दानीको ०.७२ प्रतिशत सलामी लिएर त्यसलाई छाड्न आदेश दिएका थिए। पछि एक मध्यस्थकर्ताको सहयोगले बिन्तिभाव गरेर १८१ रुपैयाँ अर्थात् राष्ट्रिय आम्दानीको ०.००६ प्रतिशत जरिवाना तिरेर बिना अपराध क्षमा माग्न लगाएर पृथ्वीनारायण शाहले अरु पैसा माफी गरिदिएको व्यहोराको पंजाछाप (लालमोहर) राखर फारखती गरिदिए, विसं १८२७ साल फागुन सुदी १३ रोज ४ दिनमा भक्तपुरमा बसेर। यो फारखतीको कागज अहिलेसम्म पनि भक्तपुरको दरबारक्षेत्र निवासी चक्रराज तिमिलासित छ।
भक्तपुर तमारी न्यातपोल पश्चिम बस्ने भाजुमुनि तिमिलालाई पनि यसै गरिएको थियो। पछि १८ हजार रुपैयाँ सलामी लिएर छाडिदिन आदेश दिएका रहेछन्। उनलाई पनि एक मध्यस्थकर्ताको सहयोगमा ५१ रुपैयाँ जरिवाना तिराएर बाँकी सबै माफी गरेको भनी सम्पति फिर्ता दिए, विसं १८२७ साल अगहन सुदि १५ रोज १ मा काठमाडौंमा कागज गरेर।
अर्थात् गल्ती नै नगरी गल्ती गरेको भनी बलजफ्ती स्वीकार गर्न लगाएर जरिवाना तिर्न लगाए। कर्क प्याट्रिकका अनुसार सन् १९७२ (विसं १८४९) मा नेपालको वार्षिक आम्दानी २५-३० लाख मानिएको छ। त्यो १५१ रुपैयाँको मूल्य त्यतिबेला कति थियो होला ?
द्वैध चरित्रका शासक
त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि।
आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए।
पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ? यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ।
यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन।
यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन।
नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ।
पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन।
इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के।
अति नै सन्काहा पृथ्वीनारायण शाहको आँखा नुवाकोट जितेपछि बेलकोटमा परेछ। अनि त्यहाँका प्रमुख जयन्त राना भनेर थाहा पाउनासाथ तुरुन्तै त्यहाँ आक्रमण गर्ने भन्दै उनी एक्लै जोस्सिएर गएका थिए। यो कुरा थाहा पाएपछि अरु सैनिक पनि पछाडि-पछाडि दौड्दै गएका थिए। तर उनका धेरै योध्दाको मृत्यु भएपछि उनी खाली हात फर्केका थिए। तर साहसी कालु पाण्डेले पृथ्वीनारायण शाहलाई फकाएर फेरि युध्द गरेर जयन्त रानालाई पराजित गरेका थिए। त्यसपछि त जयन्त रानालाई उनले गर्नुनगर्नु सास्ती गरे। जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो। जयन्त रानालाई छाला काढेर मारेको त्यो घटनाले पृथ्वीनारायण शाहको अति नै क्रुर, तानाशाह, निरंकुश शासकको तस्वीर प्रस्तुत गर्न सफल भएको छ। त्यसैले त होला, पृथ्वीनारायण शाहको सालिकमा तरवार पनि राखिएको !
एकीकरण हैन, सिमाना विस्तार
पृथ्वीनारायण शाहले एकीकरण गरेका हैनन्, राज्यको सिमाना विस्तार गरेका हुन्। त्यसैले आफूले जितेको स्थानमा उनले अत्याचार र अमानवीय यातना दिनसमेत पछि परेका थिएनन्। खोज्दै जाने हो भने काठमाडौँ लगायत अन्य विभिन्न स्थानमा आतयायी यातना दिएको प्रमाण भेटिनेछ। वास्तवमा एकीकरण गरेको भए त्यहाँका जनताको भावना पनि जितिन्थ्यो, दुश्मनलाई पनि नगर्ने व्यवहार गरिँदैनथ्यो। यदि वास्तविक एकीकरण गरिएको भए देशका सबै जनजातिलाई पनि अवसर दिएर देश निर्माणका कार्यमा योगदान दिने अवसर दिइन्थ्यो। तर सेना र पुलिसमा बाहुन, क्षेत्री र शाह र राणाहरुको मात्र बोलवाला रहेको छ। खै गुरुङ, तामाङ, यादव, थारुहरुलाई अवसर दिइएको ?
इतिहासकार सिल्भाँ लेभीले पुष्टि गरेका छन् कि पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हडपिएका थिए। द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन्। बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे।
हार्नेको वाहवाही, जित्नेको इतिहास खोई?
नेपाललाई विदेशी (अंग्रेजी) प्रभावबाट मुक्त गरेको भन्ने गरिन्छ। तर इतिहासकार नयनराज पन्तका अनुसार अंग्रेज र नेपालबीच भएको युद्धका क्रममा पाँच स्थानमा युद्ध भएको थियो। त्यसमा तीन ठाउँमा नेपाल पराजित भएको थियो भने दुई स्थानमा विजयी भएको थियो। तर नेपाल हारेका तीन युद्ध मोर्चा सम्हालेका कमाण्डरहरुलाई शत्रु सेनाले वीर, बहादुर भनेकाले भक्ति थापा, अमरसिंह थापा र बलभद्र कुँवरलाई निकै सम्मान गरियो। पछि उनीहरुलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरियो। तर बाँकी दुई मोर्चा, जहाँ नेपाल विजयी भएको थियो, त्यहाँका कमाण्डरहरुको नामसमेत इतिहासबाट मेटाइसकिएको छ। के उनीहरु अराष्ट्रिय तत्त्व हुन् ? यसबाट पनि प्रष्ट हुन्छ यहाँका शासकहरु आफै अंग्रेजको प्रभावमा कति परेका छन् भनेर।
शाह वंशको कलाकौशलमा योगदान हेर्ने हो भने शून्य देखिन्छ। उनीहरुले नयाँ त केही बनाएनन् बनाएनन्, उल्टो पहिला बनाइसकिएका स्मारकहरुप्रति प्रशस्त इर्ष्या गर्ने काम गरे। त्यसैले त्यस्ता स्मारकहरुमा पत्तो नदिई आफ्नो नाम राखेर आफूले बनाएको भन्ने भ्रम फैलाउन खोजे।
उदाहरणका लागि बालाजुमा भएका २२ धारा रणबहादुर शाहले बनाएको भनेर हामीले स्कूलमा पढ्ने गरेका थियौँ। तर राजा जयप्रकाश मल्लले त्यहाँ पहिले नै २१ वटा ढुंगेधारा बनाइसकेका थिए। नेवार वास्तुकलाको दर्शनशास्त्रमा ढोका, झ्याल आदि राख्दा बिजोडा राखिन्छ। त्यसैले भक्तपुरको दरबारमा पनि ५५ वटा झ्याल राखिएका हुन्। जयप्रकाश मल्लले पहिले नै बनाइसकेको २१ वटा धारामा एउटा धारा थपेर रणबहादुर शाहले बनाएको भन्ने गलत इतिहास लेखाउने प्रयत्न भयो।
भक्तपुरको न्यातपोल मन्दिर भूपतिन्द्र मल्लले बनाएको भनी इतिहासमा मात्र लेखिएको छ तर न्यातपोलमा कतै लेखिएको छैन। राजा महेन्द्रको पालामा न्यातपोल मन्दिर भवन विभागबाट जिर्णोद्धार गर्न लगाइएको थियो। त्यतिबेला उनले यति खर्च भयो भनी खस भाषा र अंग्रेजी भाषामा शिलापत्र राख्न लगाए, भित्ता नै फोडेर। महेन्द्रको नामको संकेत पनि राख्न लगाइयो। वास्तुकलाको मर्ममा आघात पुग्ने गरी त्यहाँ फलामको बार र ढोका पनि राख्न लगाइयो। (धेरैपछि मात्रै त्यहाँको फलामको बार हटाइएको थियो) त्यति मात्र हैन, पुराना इँटालाई फुटाएर त्यसमा सिमेन्ट प्रयोग गरी प्वाइटिङ्ग गर्न लगाइयो। पानी पस्न नदिनका लागि पुरानै प्रविधि छ, तर त्यसलाई वास्ता गरिएन। मन्दिरका टुँडालमा पनि पहिला कालो र सेतो रंग लगाइएको हुन्थ्यो तर राजा वीरेन्द्रको राज्याभिषेकको बेला त्यसमा रंगीचंगी रंग पोतियो। ५५ झ्यालमा अझै पनि कालो रंग नै लगाइएको छ।
आर्थिक, राजनैतिक, धार्मिक, भाषिक जुनसुकै दृष्टिकोणले हेरे पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हैनन्, उनको विस्तारवादी नीति अन्तर्गत राज्यको सिमाना विस्तार मात्र गरेका हुन्। जसलाई पछि राज्य एकीकरणको जलप लगाएर उनको बदमाशीलाई छोप्ने प्रयास मात्र गरिएको हो।
स्रोत उल्लेख छैन त कृपया स्रोत खुलाईदिनुहोला। होला भरमा भनेर हुदैन यो गोपालवंशको पालको कुरा होइन ईतिहास भेटिन्छ के के भएको थियो भन्नी
प्रमाण बिना लेख्न मिल्छ र ?
लेखको लागि निम्न पुस्तकलाई आधार बनाएको थिएँ
ड्ड पृथ्वी नारायण शाहद्वारा लेख्न लगाएको पुस्तक उपदेश जसलाई पंचायत कालमा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको थियो ।
ड्ड प्रेmन्च इतिहासकार सिल्भाँ लेभीले लेखिएको र जगदम्बा प्रेसले प्रकाशन गरेको नेपाल पुस्तक
ड्ड अन्य प्रमाणहरु लेखमा नै उल्लेख गरिएका छन्
धेरै रोचक कथाहरु रहेछन. कथा मात्र हुन् कि प्रमाण पनि छन् ?
त्यसो भए के आज बिशाल भारत राज्यको एकिकरण अंग्रेजले गरेका थिए भन्न सकिन्छ ?
ओहो!
यो कुरो बुझ्दा त सबै भन्दा पहिला त् प्रिवी नारायण लाइ हेग मा उभ्याउनु पर्ने रैछ गाठे!
चिहान खोताल्नु पर्यो कहा गाड्याथ्यो!
अनि क्रमस बहादुर शाह देखि महेन्द्र र ग्यांचा सम्म लाइ उभ्यायापछी अरु रजौटा र नेता हरुको पालो आउदो रैच!
पृथ्बी नारायण शाह र उनका डफ्फाले लूटको लागी आक्रमण गरी भौगोलिक क्षेत्रफल बिस्तार गरे तर जनतालाई समाहित गरेनन! त्यसैको प्रतिफल भोग्दैछौ अहिले हामीहरुले! “नेपाल र नेपाली” हुनुमा गौरब गर्ने कुरो भावानाको कुरो भो, त्यसो त “नेपाल र नेपाली”को ठाउँमा “चिपा र चिपाली” भइआएको भए नि यी नाममा हाम्रो उस्तै लगाव हुनेथियो! (चिप र चिपाली बिल्कुलै असंगति शब्दहरु हुन्, तर त्यसमा भावाना कुदिने थियो!)
ईतिहासको कुरो गर्दा निश्चल रुपमा घटना बिबरण र तथ्यका आधारमा रहेर कुरो गर्नु पर्दछ| ईमान्दारी साथ बताउनु पर्छ! धाक छोप गरेर, बंगायेर लोत्पोत गरेको ईतिहासमा कसैको आस्था रहन्दैनन! २/३ सय बर्ष अगाडीको घटनाक्रम धेरै “पुरानो” कुरो होइन| यो हिजो अस्तिको कुरो हो| तपाईका प्रिय पात्रले नराम्रो काम गरेका रहेछन भने पनि, त्यसको बिरुद्दमा केहि नसुन्ने, अनेकन कुरा ल्याएर ढाकछोप गर्ने, टार्ने! – हो यस्तै मान्छेहरुलाई खेताला लगाई ईतिहास कोरिन लगाएकाले अहिले हाम्रो अबस्था यस्तो भएको हो! के हामी अझै “भ्रम” मा नै जिउने? हाम्रा सन्ततिहरुलाई यसरी नै जिउन बाध्य पार्ने? कि सहि, सरल र समताको कुरो उनेर ईतिहासलाई पुनर्भाषित गरी, ईतिहासलाई साँचो सम्मान गर्न सिकाउने?? हाम्रै जमानामा यो हाम्रै काँधमा आइपुग्या छ| कि हामी पनि आँखा चिम्लेर, नदेखे जस्तो गर्दै हाम्रै बाउ, बाजेहरु जस्तै गर्दै बाँच्ने अनि देशलाई र समाजलाई त्यतिकै छाडी राख्ने हो???
मलाई पनि केहि लेख्न खसखस लग्यो. त्यो बेला देखि विस्तार वा एकीकरण शुरु नगरेको भए अहिले झापा देखि कंचनपुर सम्म एक मदेश एक प्रदेश माग्न पनि कठिन पर्थ्यो / सुनिन्छ, कुनै बेला नेपालको सिमाना कांगडा देखि टिस्टा सम्म थियो तेसै भएर के पी ओली ले Bihar र उत्तर pradesh ko सम्म भाग पनि मिलाएर ठुलो madesh बनाउ भनेको. कि कसो ?
पृथ्वी नारायण शाह को चर्चा परिचर्चा गर्नु त्यति आवस्यक देख्दिन म. उनले नेपाल एकीकरण कसैको माया लागेर गरेका हैनन् आफ्नो राज्य बिस्तार गर्न गरेका हून जसमा दुइ मत छैन… र राज्य कब्जा गरिसकेपछि उनले गरेको क्रूरताहरु मा कतिको सत्यता छ बहस गर्नु जरुरि छैन. सायद पृथ्वी नारायण शाहको सट्टा अरु कुनै राजाले, भारतको मुसलमान राजा रजौटाले वा ब्रिटिश हरुले अहिलेको नेपाल कब्जा गरेको भए पनि उस्तै हुन्थ्यो होला. अहिले हजारौं मानव अधिकारवादी संगठन, यु एन र प्रत्येक देशको आर्मी भित्रै मानव अधिकार हेर्ने युनिट हुँदा त युद्द अपराधका घटनाहरु सुनिनु परेको छ भने त्यो जमानामा राजाले यस्तो उस्तो गर्यो भनेर के टाउको दुखाइरहनु.
अनि फेरी हटि हैन डटि लड्ने र श्रीमान गम्भीर गाउँदै हुर्केको हाम्रो पुस्ताले पृथ्वी नारायण को फोटो लाइ पुजा गर्नु स्वभाविक नै हो. बिस्तारै आर्को पुस्ता आउदा सम्म कम हुँदै जाला. देशका फिक्री गर्न को लागि धेरै कुरा छन्.
कुरकुरे बैसमा इन्फ़तुअतिओन को शिकार हुँदा अरु सबै महत्वपुर्ण काम छोडेर रात दिन त्येइ केटि को बारेमा सोचेर बिरामी झैं भएर आफ्नो जीवन बर्बाद परेको जस्तो यस्ता झिना मसिना ऐतिहासिक कुरामा समय खेर फालेर देशको बर्तमान र भविस्य नाबिगारम…
प्रश्न केहि पुथ्बि नारायन शाहको एकताको
मानब चेतनशित प्राणी हो।चेतनशिल मानिसले तथ्यको आधारमा बिश्लेषण गर्न जानेका हुन्छ।ईतिहास जित्नेको धोडा हो भनिन्छ,करिब १० बर्ष अगाडि सम्म पनि राजाको बिरोध केहि भन्यो कि देशद्रोह हुने(राष्ट्रको गान समेत स्तुतिगान भएको बेला) स्थिति रहेको बेलामा जुजु हजुरबुबाको बारेमा कस्ता कस्ता स्तुति गाईयो वा गाउन पर्ने बनाईयो त्यो छलफलको बिषय हुन सक्दछ तर अब प्रजातन्त्र आए पछि पक्कै तर्कको आधार छलफल बा प्रश्न गर्न सकिन्छ।
भाबनात्मक रुपमा मात्र होईन आफुलाई पिडकको रुपमा राखेर पनि हेर्न सकौ अनि त्यस्तो समाज सभ्य समाज हुन्छ।अरुलाई घाउ लाग्दा ‘त्यतिले पनि दुख्छ र?’ मेरो घाउ होईन क्यार जस्तो कुरा गर्नु पनि बिकासको संकेत होईन।
उनले राष्ट्र निर्माण गरे,सबैलाई एक ढिक्का बनाए त्यसका लागि हामी सबै आभारी हुनु पर्छ र उनी राष्ट्र निर्माता पनि हुन तर कुरा त्यो पछि के गरियो भन्ने हो।
हामी कसैलाई आरोप लगाउदैनौ। मात्र दुबिधा राखौ,पाठक आफैलाई सोच्न वा बिचार गर्न छोडिदिन्छौ वा उत्तर भए स-प्रमाण र तर्कका साथ दिनु होला।
१)एकता नै गरेको भए किन त्यो बेलाको जनजातिको भाषा,भेषभेषा,धर्मलाई निरन्तरता दिन दिईएनन त? किन एक भाषा एक भेषको र आफ्नै कुरा अरुमा लाद्ने खालको निति अबलम्बन गरे त? यो अतिक्रमण भयो कि एकता?यो आर्थिक कुरा थियो कि अरु?
२)साना राज्यलाई राम्रो होस भनेर एकता गरेको भए एकता गरिए पछि ति सानो राज्यमा कर उठाउने(लेखिएकै छ),आफ्नो आसेपासेलाई बिर्ताको रुपमा बाँडने वा केन्द्रबाट शासन गर्ने बाहेक के के उत्थानको बिशेष कार्यक्रमहरु बनाए वा ल्याईए त? ति ठाँउ त अहिले सम्म पनि बिकास भएको छैन? यो त कसैले गाँउका सबै जग्गा आफ्नो नाममा गर्ने अरुलाई खेती गर्न पनि नदिने आफु पनि खेति नगरेर बाँझो राख्ने जस्तो काम भएन र?
३)बिभिन्न युद्द अपराध गरिए,ग्रन्थहरु जलाईए,नाक काटिए,ईस्ट मित्र मारिए,कतिलाई यातना दिईए,चेलीबेटीलाई अन्याय गरियो,धर्मलाई बिभेद गरिए भन्ने कुरा ईतिहासमा लेखिएको छ यसमा सत्यता के हो? यसमा बिभिन्न अधिकारको बिश्लेषण कसरी गर्ने?
४)सबै भन्दा उत्कृष्ट भनिएको “दिब्य उपदेश”मा नै जातिय आधारमा यो गर्न दिनु,यो गर्न नदिनु,फलानो मगरलाई यो गर्न दिनु-नदिनु,फलानो बाहुनलाई राज्य संचालनमा छिर्नै नदिनु(पेज ७,प्याराग्राफ ५) आदि भनिएको छ(दिब्य उपदेशमै छ) अब यो कसरी राष्ट्रिय वा सबैको एकता भयो त?
५) ४ जातलाई पहिले जसरी बर्णन गर्न लगाई पनि मान्छे त्यसरी ठुलो सानो ,अछुत हुने पनि बिभाजन वा एकताको कुरा हुन सक्दछ र?
अनेकतामा एकता गरियो कि अनेकतालाई एउटा परियो(एउटा भाषा,धर्म,भेषभुषा) प्रश्न यहि हो।आज देशलाई चाहियोको र देश बिकासको कडि त एकतामा पनि अनेकता भन्ने होईन र?
हामीले एकिकरणनै गलत थियो भन्न खोजेका होईनौ वा उनको कार्य सबै गलत पनि नहोला।यसले नेपाललाई एक ठिक्का बनायो तर त्यो पछि चाँहि के भयो,गरियो र खास नियत के थियो त भन्ने र यो उब्जने प्रश्नलाई कसरी उत्तर दिने भन्ने दुबिधा हो।
फेरी पनि यो हाम्रो आरोप होईन,मात्र ईतिहास र राजनितिको अधेय्ताको रुपमा प्रश्न हुन।कसैसँग उत्तर भए प्रस्ट पारि दिनु होला।
पृथ्बी नारायण शाह क्रुर थिय भन्ने कुरा ईतिहासमा लेखियको कुरो हो/ उति बेला राजालाई मालिक मानिने सामाजिक ब्यबस्था थियो/त् पृथ्बी पनि मालिक बने/ उहिले अरुको राज्य कब्जा गर्नुलाई बहादुर मानिन्थ्यो/ यसैले प्रिथ्बिले पनि सके जत्ति राज्यहरु कब्जा गरे/ आफुले जितेको राज्यका नागरिकहरु लाइ बिद्रोह गर्न नसकिने बनाउन राजाहरु क्रुर बन्थे/ पृथ्बी नारायण शाहले आफ्नो दोश्रो ससुराली बाट ल्यायको केहि सय भरुवा बन्दुक र केहि भारि गोलि बारुदको बलमा उपत्यका जितेका थिय/
उहिलेको नेपाल अहिलेको भन्दा ठुलो थियो र नेपालमा कहिले पनि नेवार राजा बनेको थियन/ मल्ल राज को प्रथम राजा अरि मल्ल हुन् / तर उसको सहि जात मल्ल थियन “देव” थिय/ ती देव बंश को राजाले नेपाललाई उसको बाउको सम्पति ठानेर आफ्ना छोरा छोरीलाई अन्स बन्दा गरेर नेपाल लाइ टुक्रा टुक्रा पारे/ तेसरी नक्कली नेवार राजाले टुक्रा टुक्रा गरेको नेपाललाई पृथ्बी नारायण शाहको क्रुरता ले होस् ठुलो देसको राजा बन्ने लालसाले होस् फेरी ठुलो नेपाल बनायो/ यदि पृथ्बी नारायण शाहले टुक्रा टुक्रा भयको नेपाल कब्जा नगरेको भय आज न नेपाल रहन्थ्यो न हामि नेपाली हौँ भन्न पाउने थियन/ यसैले आज पृथ्बी नारायण शाहको दुर्गुण गन्नु भन्दा उसको कारणले नेपाल बनेकोमा सन्तुस्ट रहनु पर्छ/
माथिको लेख बहुजातीय नेपाल लाइ फेरी पनि २२से २४से यो जात त्यो जातको राज्य बनाउंदै सम्पूर्ण तराइ लाइ मधेसीको भोलि नेपाल बात अलग्याउने मध्य देस बनाउन दिन पनि तत्पर समुहलाई मात्रै राम्रो लाग्न सक्ला तर तराइ नेपाल बात अलग्याउन नदिने नेपाल हिमाल देखि तराइ सम्मको सबै जातको नेपालीको समान हक र सम्मान हुने देस हुनु पर्छ भन्ने समुहको लागि ………./
मदन जी
आब साह बंस इतिहास भै नै सक्यो , त्यो बेला के भयो ,कसो भयो देख्ने कोइ छैन , सबले आधार एसले येसो भन्यो ,उसले उसो भन्यो भनेर बिदेसी लाइ देखाएको छ | सत्य हाम्रो अगि पृथ्बी नारायण ले एकीकरण गरेको नेपाल छ , अरु १० थरीले दस कुरा लेखेको छ | ब्याख्या गर्ने २० थरि निक्लिए | २२५ बर्स अगि येसो भा थ्यो भन्दै मन गदन्तेबहस गर्दै आत्तो थापेर बिग्रह को निम्ति बहस गर्नु भन्दा कसरि नेपालि एक जुट हुने भन्ने बिसे मा बहस चलाउदा ठिक हुन्थ्यो कि ?
फेरी पनि संबिधान न बन्ने भो | २५० बर्स अगि हाम्रो नाक कान काटेको मा हामि बहस गर्दै छु , यहा अब हाम्रो घाती नै काटी सक्यो बर्तमान नेताहरुले |
शंकरज्यु
पृथ्बी नारायण शाह क्रुर थिय भन्ने कुरा पनि नकार्न सकिंदैन र पृथ्बी नारायण शाहले जात जातको राज्यमा विभाजित नेपाल संग्लो बनायको महान गुण पनि भुल्न सल्किन्दैन/ रास्ट्रिय व्यक्तित्व भयको व्यक्तिको मुल्यांकन गर्दा रास्ट्र प्रति उसको देनलाई बढी महत्व दिइन्छ/ यो कुराको उदाहरणको निमित भारतको महात्मा गान्धीकै लिय हुन्छ/ गान्धीको व्यक्तिगत आचरणको बारेमा इन्टरनेटमा धेरै कुराहरु अझै पढ्न सकिन्छ/ ती कुरालाई लिने हो भने गान्धीलाई महात्मा भन्ने सकिंदैन/ तर भारत स्वतन्त्र गर्न उहाको देनलाई ध्यानमा राखेर गान्धीको व्यक्तिगत आचरणमा देखियको त्रुटिलाई कसैले वास्ता गरेंन/ तर अहिले पृथ्बी नारायण शाहको कमजोरीहरु गनेको कुरा भित्र राजनैतिक कुस्वार्थ छ/नेपालको श्रोत सार्वभौम सट्टा र नेपालीको नागरिक हाल हितको मुद्दमा धेरै नेताहरु नाङ्गो भैसकेको छ/ दुई संबिधान सभाको चुनावले पनि उनिहरुकों हैसियत अर्को सनासदीय चुनावमा कस्तो हुन्छ त्यो कुरा हामीले अनुमान गर्नु भन्दा उनीहरुले बढी जाने बुझेकोछ/तेस्ता नेताहरुलाई जातिको राजनीति गर्दैछन्/ जात जातको राजनीति गर्दैछन/ यो भन्दा पनि गम्भीर कुरा त् नेपालीलाई जातको राजनीतिमा अल्झायर कम्जोर बनाउन नसके नेपालमा जात जातको राज्य बनाउन नसके तराईलाई मधेसीको स्वशाहित र अहिलेलाई मधेश भोलि विदेश बनाउन दिन सकिंदैन/ तराइको कुल मतदाताको २ प्रतिशत पनि मत नपायको मधेशबादीलाइ सिंगो तराइ किन सुम्पिन कुनी नेताहरु लागि परेको छ त्यो कुरामा हामीले सोच्नु पर्छ/
यो लेखले के सन्देस दिन खोजेको हो त्यि प्रस्ट छैन l तपाइले अब कसलाई नेपाल एकिक्रणको श्रेय दिन खोज्नु भा हो? लेख एस्तो होस् जुन लेखले हाम्रो एकता न टुटोस र हामि जहिले पनि नेपालि भएर बाच्न पाउ l तपाइको बर्णन राम्रो छ, सब्द राम्रो छ, लेख्ने कुशल रार्मो देखिन्छ,येदी तपाइलेसहि कुरा लेखेमा जसले कसैको इजतमा कालो दाग नालागाओस र नेपालीको आस्थामा आच नआओसl
कति दरिद्र मानसिकता को लेख!! एउतै प्रश्न किर्तिपुर गोर्खा ले नखाएको भए घुमिफिरी अंग्रेज ले खेंथ्यो कि खानेथियेना? अनि अंग्रेज ले खाएको भए खुसि हुने थ्यिओउ होला??? एउटा राज्य ले अर्को राज्य मा आक्रमण गर्न जादा हमला गर्ने भान्छा कि एकीकरण गर्ने??? युद्द भनेको के हो? बिर्सियोउ माओबादि को द्वोंदा?? तत्कालिन अवस्थामा बिश्व कस्तो थियो एक पल्ट अध्यन गर!! हासो लाग्दो कुरा… प्रिथिवी नारायण शाह को शालिक मा तरबार नराखे संखाधर वा भानु भक्त को मा राख्ने त??अनि फ्रेन्च इतिहास कार ले भनेको बेइमान रे होइन?? उनीहरु को लागि त खुरुखुरु बंगाली ले जस्तो राज्य सुम्पेको भए इमान्दार हुन्थे…अहिले को अमेरिका संग लड्ने नेपाल को हिम्मत छ ? त्यस्तै थियो तत्कालिन ब्रिटिश? किर्तिपुर मा धेरै आसु बगयेछां लेखक ले अनि अरु जिल्ला चै पुजा गरेर दिएको?? त्यहा मान्छे मरेका छैनन्? किर्तिपुर मा बाघभैरव को थुन मा कुनै चर्च बनाएको भए खुसि हुने थियोउ कि?? भारत मा महात्मा गान्धी लाइ भगवान मान्छन, कारण स्वोतान्त्रता दिए.. हामीले हाम्रै एकीकरण दाता लाइ सराप्ने?? ??
अब तैले भन्न खोजेको चाहिँ पृथिबी नारायन साहाले नेपाल येकिकरन गरेर गल्ती गर्यो । अब पुरानै २२ र २४ राज्य मा देस फर्काउनु पर्छ। कहाको युदमा चाहिँ माया गरेर मोइ खादै अनगालो मारेर लडाइ लडछन है।त्यो बेलामा जे गरे पनि। आफ्नो स्वार्थ को लागि राज्य येकिकरन गरे पनि अहिले हामिले नेपाली भन्न त पायेका छौ। थुक्क तेरो बुधी देख्दा उदेक लागेर आउँछ।
गोर्खा पहिला शाहा राजा भ्न्दा खडका राजा थिये खडका राजा लाई भगायेर शाहा राजा बने। अब हामी खडका हरु जति पृथिबी नारायन शाहाले
गल्ती गरे भन्दै हिदने।
आज राजाबादी वा गणतन्त्रबादी वा जातीबादी वा मधेसबादी जस्ले आफुलाई जे भने पनि नेपाली भएर राष्ट्पिता र्अथात राष्ट्निर्माता पृथ्वीनारायण शाहलाई गाली गर्नु वा आफ्ना स्वार्थले राज्य बिस्तार गरेका थिए भन्नु एक नालायक छोराले आफ्नै बाबुलाई आफ्नै स्वार्थले मलाई जन्माएको हुुर्काएको होस भनेर गाली गर्दै लात्तीले हिर्काउनु हो, यो सभ्य र सध्य मान्छेले गर्ने कुरा हैन । कुनै पनि देशमा त्यस देशको राष्ट्र निर्माताको मानमर्दन हुनेकुरा गर्न कसैलाई छुट छैन । त्यो त असामाजिक मात्र हैन अपराधीक प्रबृती नै हो । ब्याक्तिगत स्थार्थ का लागि देश राष्ट्यिता मात्र हैन आमा बेच्न तयार रहेका हालका केही असामाजिक तत्वको मनेबृतीलाई टेवा दिने यस्ता लेख सामाग्री प्रकाशन गर्दा सम्बन्धीत ब्लगर वा प्रकाशकले पनि ख्याल राख्नु पर्ने थियो कि ?
Freedom of Expression भनेको के हो? यसो बुझ्ने कि ?
एकीकरण गरेका होइनन राज्य विस्तार मात्र गरेका हुन् तर तेही राज्य विस्तार को कारणले आज सिंगो नेपाल बन्यो अनि हामी नेपाली होइन र? जुन उदेस्यले गरेपनि नेपाल त बन्यो नि, अनि बिदेशीहरुले लेखे तर कहिले लेखे , पृथ्बीनारायणको पालामा लेखे वा अहिले लेखे ?प्रमाण पनि त चाहियो नि होइन र ?
पृथ्बीनारायणलाइ केहि नमानौ तर नेपाल बनाउने श्रेय उनलाई नदिए अरु कसलाई दिने ?
नेपाल गणतान्त्रिक भयो, अनि गणतन्त्रक बनाउन भूमिका खेल्नेलाइ तिनीहरुको आफ्नो स्वार्थ थियो र पुरा गरे भन्ने वा नेपाल र नेपाली को लागि यो एउटा त काम गरे भन्ने?
ईतिहास लेख्दा जित्नेको जय जय कार गर्ने र हार्नेको ईतिहास जलाउने गरिन्छ ।
शाह वंशकोपनि यस्तै किसिमको बढ़ाई चढ़ाई ईतिहास लेखेको स्पष्ट छ ।
साथै अन्यलाई स्थाननै न दिने र दिएपनि न्युन र होच्याउने गरिएको छ ।
हिन्दुस्थानका जवाहर लाल नेहरुले छोरी ईन्दिरा गान्धिलाई लेखेको पत्रमा “लुटेरा राजा भए” कुरा उल्लेख गरिएको छ । यस्ता बिश्वमा धेरै ईतिहास छन् । पृथ्वी नारायण शाह पनि त्यही पंतिमा पर्द छन् ।
इतिहासकारहरुलाई बिष्लेषणकालागी आभार ब्यक्त गर्नु का साथै धन्यवाद दिन्छु ।
लेखक पुष्प मुनिक: मि लाई मुरी मुरी धन्यवाद ।
मुगलले हिन्दुस्थानमा कति अत्याचार गरेको थियो स्पष्ट छ ।
वेलायतीहरुलेपनि धेरै लुटे हिन्दुस्थानलाई ।
यस्तै एशिया, अफ़्रीका, दुबै अमेरिकामा उपनिवेशबादका धेरै ईतिहास छन् ।
सुरज मास्के
पृथिवी नारायण ले जस्तो बनायो तेस्तै बनैरख्नु पर्छ नेपाल…. दिव्य उपदेश कण्ठ गरेर जस्ताको तेस्तै पालना गर्नु पर्छ … मुसलमान ले कुरान को पालना गरे जस्तै .. जंग बहादुर ले देस बचाएको र नयाँ मुलुक पनि पाइएको थियो… तेसैले उसको अर्ति उपदेश पनि मान्ने पर्छ.. पंचायत काल मा देश स्थिर थियो।। तेसैले फेरि नेपाल मा महेन्द्र राजाको सासन फर्काउनु पर्छ।।
धेरै जात जाती, भाषा भाषी भए देशमा अराजकता हुन्छ , देशै टुक्रिन पानि सक्छ।। तेसैले एकै भाषा एक भेष मा विश्वास राख्नु पर्छ। अमेरिका, भारत वा अरु कुनै देशले अादिवासि को नाम मा जातिय राज्य बनायो भन्दैमा हामिले पानि जातिय राज्य बनाउनु पर्छ भन्ने छैन।
हिन्दु धर्म भनेको संसारकै उत्कृष्ट धर्म हो। यसलाई राज्य ले नै अनिवार्य बनाउनु पर्छ। दशैं र तिहारको एक महिना सरकारी बिदा को व्यवसथा गरेर सम्पुर्ण देशबासी लाई चाड मनाउने अवसर प्रदान गर्नु पर्छ।
हाहा sarcastic नै भएपनि कमल थापाका पुच्छरहरुले सोच्ने ठ्याकै तेस्तै हो जस्तो लाग्छ.
पृथ्वी नारायण शाह अत्याचारी थिएअनन भन्ने प्रमाण:
१)पराजित राजा जयप्रकाश मल्ल , तेजप्रकाश मल्ल र रंजित मल्ल बन्दि बनेको अबश्था मा पनि राजकीय सम्मान प्रदशन गर्दै उनि हरु को इच्छा सोध्नु र इच्छा अनुसार रणजित मल्ल लाइ काशी बास गर्न सम्मान र खर्च साथ् पठाइदिनु र जयप्रकाश मल्ल ले जुत्ता र छाता (राज्य र गद्दी)माग्दा “हजुर को यो इच्छा चाडै नै पुरा हुनेछ”भनेर सान्त्वना दिनु.
२) “राजा ले आफ्नो भारदार लाइ कहिलै नमार्नु बरु अपराध गरेको रहेछ भने लडाई मा पठैदिनु, जिते मा बेशै हुन्छ, मरे मा उसको अपराध को सजाय हुन्छ “भनेर भारदारी मारकाट लाइ रोक्नु.
फ्रेन्च हरु ;ले britsh को birudhha मा के हि लेख्दैअनन. गोरे हरु सब उस्तै थिए बाहिरी दुनिया को लागि ,, hitler सम्म गोरे हरु लाई support गर्दथेयो, enlish हरु को इंडिया rule मा .. german अनि enland को war त सब लाई , था भाकै हो ,, negative र posetive सब मा हुन्छ ,साएद उनि नभाको भए आहिले .. hamara भारत माहान भन्ने थियेउ होला ,,, ९५% sure छु है म,,,
जुन तरिकाले भए पनि कीर्तिपुर राज्यलाई जित्यो यसमा केही छैन तर राज्य लिइसके पछि त्यहाँका जनताहरुलाई दमन, अत्याचार गरी अभिलेख समेत नष्ट पारेको घट्नालाई नियालेर हेर्नुस् अनि कसरी एकिकरण भन्ने ? इतिहास जित्नेहरुले लेख्छ यसमा कसैको विमती छैन । त्यस्तै भाषा कुरा फरकको कुरो गर्ने भो भाषागत तरिकामा सम्पर्क नभए पछि त्यसै फरक हुन्छ यो प्रकृतिको नियम हो । जुम्लाको र अन्य ठाउँको खस भाषामा कसरी फरक भो त ?
४६ साल को आन्दोलन चम्काउन क कसले भण्डाफोर भन्ने पुस्तिका निकालेर येस्तै जथाभाबी
लेखेका थिए , आज फेरी उही भण्डाफोर को पारामा बित्रिष्णा फैलाउने काम गर्दैछ यो मिसनरी हरु |धेरै अनर्गल प्रचार गरे नेपालि समाज फुटाउन , केहि न लागे पछि हतौडा प्रयोग गर्दैछन | प्रिथ्ब्बी नारायण ले पादरी लाखातेको बदला हो यो |
एउटा फ्रेन्चले यो लेखेको छ भनेर भन्दैमा पृथ्बीनारायण शाहका योगदानलाई अहिले गलत व्याख्या गर्ने महासय, २५० बर्ष अघीका कुरालाई २५० बर्ष पछीका आधारमा व्याख्या गर्दा अली ख्याल गर्नु पर्यो । फेरी फ्रेन्च कौनसा दुधले पखालिएका हुन ति पनि बिश्व जित्न हिंडेका तर नसकेका हुन। यो त कस्तो कुरा भो भने पृथ्बीनारायण बिस्तारबादी अनी नरेन्द्र मोदी राष्ट्रबादी ।
Very much politically motivated article. Even bringing religion to defame and degrade a historical figure. Writer has the same mindset as present days politicians . may god give him little brain to see the truth.
तपाइको लेखको निचोड के हो ?
संसारको हरेक देश अथवा सत्ता कुनै समयमा तरवार र बन्दुक अर्थात् नरसंहार बाट सुरु भएको थियो, यो इतिहासले स्पस्ट बताउछ. अहिले हामीले मानवता र स्वतन्त्रता को कुरा सिकेका छौ र त्यो इतिहास काल लाइ कालो समयको रुपमा देख्छौं. तथापी मानब सभ्यता बिस्तारको लागि यो कुरा कूनै कूनै हिसाबले अपरिहार्य थियो. कृपया, अहिले इतिहासको कुरालाई बधाई चढाई गरेर अरुको दिमागमा भ्रम र घृणा भर्ने काम नगर्नुहोस.
चिहान बाट हड्डी निकालेर प्रदर्शन गरेर के फाइदा?
सारा कुराहरु परिबर्तन सिल छन्, आज प्रतिसोध वा प्रसंसामा किन समय फाल्ने?
आज पृथ्वी जयन्ती (रास्ट्रीय एकता दिवस ) जसको शिल-शिलामा सामाजिक सञ्जालहरुमा अनेकन चर्चा परिचर्चा सुरु सगै माईसंसार मानी एस्तो लेख! कतै समर्थन अनि कतै बिरोधका स्वरहरु.. उहाँको समर्थन र बिरोधमा बहसहरु चुलिदै गर्दा उहाँले तत्कालिन कालखण्डमा नेपालको अस्तित्व कायम राख्न गरेको योगदानमा कुनै संका छैन । तर फेरी बिरोधको आवाज किन?? आजको जस्तो मानब अधिकारको आवाज सायद त्यतिखेर थिएन होला अनि युद्ध मैदानमा क्रुर नरसंहार पनि गरे होलान, त्यो त हिजोका दिनमा तिमीले पनि गरेका थियौ, त्यो पनि सत्ताको स्वादको लागि। आज फेरी कुन नैतिकताले बिरोध गर्दै छौ ए बिरोध गर्नेहरु हो ?? कम्तिमा पनि उनले देश र साम्राज्यको लागि नरसंहार गरे, तर तिमीले के-का लागि गर्यौ ?? देशलाई यो स्थिति मा ल्याई पुर्याउन ???? कि-कतै सर्बहारा भन्दै अरबपति बन्न??
कस्तो खालको लेख होला ? तेसो भने माओबादी ले दुनिया निर्दोस मानिस मारे अब प्रचण्ड र बाबुराम प्रधान मन्त्रि बन्न मात्र येत्रो भाति गरेका हुन् भन्ने . अबस्ये नै इतिहास तरवार ले लेखिन्छ तर येति धेरै नेगेटिभ हुनु पनि हुदैन . ढिलो चाडो पृथिवी नारेन ले २२ – २४ राज्य लाई नजितेको भए अरु कसैले त जिद्दथ्यो आनि हामी तेसरी नै उसको गान गाउथेउ .
पहिला का कुरा इतिहास भई सके अब कसरि देशलाई मिलाएर जाने भन्ने सोचौ. धनि गरिब सबै वर्ग र जात को साझा नेपाल को परिकल्पना गरौ र त्येस लाई साकार पारौ . अरुलाई दोस दिएर होइन संगै मिलेर नया नेपाल बनाउ . यो आज को आवस्येकता पनि हो .
तपाईले भन्न भएको कुरा ठिकै हो . तपाईले जस्तै पालेस्तैन हरु ले सोचेको भए येति धेरै मनिष मर्ने थिएन होला. अहिले युद्ध हुने थिएन होला . तपैले जस्तै मात्र सोचेर कहाँ हुन्छा त. भोलि भारत नेपाल लै खल अनि ? इतिहास भनेर बिर्सने?
दिग्बंद सेन पृथ्वी नारायण शाह को जेठान थिए साडू दाइ होइनन, येति पनि छुत्त्याउन नसक्ने ले के को प्रिथिवी नारायण शाह माथि विश्लेषण गर्ने? के त्यो बेला मा तरवार ले नगरे के ले गर्ने एकीकरण? राज्य मन्दिर टुडाल निर्माण गरेर मात्र चल्दें, राज्य त कुटनीति ले चल्दछ जुन पृथ्वी नारायण शाह ले देखाए. गोर्खा गरिब र सानो भए पनि उनको सुझबुझ , सैनिक कार्यकुशलता , कुटनीति ले गर्दा उनि सफल भए, काठमाडौँ क राजा हरु त मद् र स्त्री माथि लम्पट भएर नै मस्त थिए.काठमान्डू को नेवार राज्य नेपाल मा गाभिएको तुष यो लेख मा प्रस्ट संग पोखिएको छ. त्यो समय तरवार को युग भएको ले तरवार नै प्रयोग गरिएको हो. क्रितिपुरे गोर्खाली संग हारे पछि कीर्तिपुरे को इज्जत गएको लाइ नै कीर्तिपुरे को नाक काटिएको भनिएको हो. आज पनि इज्जत जाने काम गरिनु लाइ नाक काटिएको नै भनिन्छ. एस्लाई बंग्याएर गोर्खाली ले कीर्तिपुरे को नाक काटे भन्नु सरासर इतिहास को भ्रस्टीकरण हो. जयन्त राना माथि गरिएको अत्याचार (पृथ्वी नारायण शाह ले पछि त्यो हद सम्म को क्रुरता को लागि पछुतो मानेका थिए) पराजित शत्रु सेना माथि गरिएको नभई रास्ट्र द्रोही माथि गरिएको सजाय थियो. गोर्खा को कमाण्ड सम्हालेको व्यक्ति आफ्नो राज्य लाइ धोका दिएअर शत्रु राज्य को पैसा, पद मा आफु लाइ बेचेर गद्दारी गर्ने व्यक्ति लाइ आज २१ शताब्दी को धेरै देश मा पनि मृत्यु दण्ड नै दिऎञ्छ. जयन्त राना गोर्खा को सेना नायक भएर मल्ल को पैसा मा बिकेर गोर्खाली लाइ धोका दिएको होइन? अन्त्य मा लेखक ज्यु, तेतिखेर तरबार बात नै हारजित को फैसला हुन्थ्यो, आज जस्तो सुरक्षा परिषद, सार्क, रास्ट्र संघ तेती खेर थिएअन नि.
Let me express here frankly that I am not an admirer of P. N. Shah (thanks whoever coined this name), I do not subscribe to the argument that he “unified” present day Nepal. His move was pure invasion and expansion of territory because, compared to Kathmandu Valley, Gurkha was a poor, destitute state. His excesses after conquest is normal. There is no point debating on the immorality/morality of chopping noses of the residents; it is so funny some are even arguing, based on 16 dharni of noses, that the figure is no plausible to prove that the indecent event did yor did not take place. It is the job of guys like Mr Prakash A Raj, Mr Ramesh Dhungel et al to prove or disprove this line of reasoning. Now, my present day worry is: Who the ***king bastard let Rani Pokhari to be used for observing Chaath festival? Are not there any Pokhari in Kathmandu Valley? There are many poharis and water pounds in Patan – my suggestio: try observing Chaath in one of these pokharis and see the results.
इतिहास जित्नेहरुका लागि नै हो | अवस्य पनि पृथ्वी नारायण शाहले जे गरे आफ्नै फाइदाको लागि गरे तर कालान्तरमा यसले नेपाललाई एक ढिक्का हुन फाइदा नै गरायो | युद्धको एउटा पाटो भनेको जहिले पनि दमन, हिंसा र लुट हुन्छ नै | पृथ्वी नारायण शाहले पनि त्यो सबै गरे | उनको ठाउँमा अरु कोहि भएको भए पनि गर्थे | युद्धमा कोहि चोखो हुदैन | मल्ल राजाहरुले जितेका भए उनीहरु कै गुनगानले इतिहास भरिएका हुन्थे होलान् पक्कै पनि |
line kada laagyo hai
तेसो भय तपाई कुन देशको ?? किन तपाई लै तेस्तो बितिर्ष्ण ???
लेखक तपाई हामीले बुझे नेवार जात को हो। तेही कारण उहाहरु परापुर्व काल देखि नेपाली नागरिक थिए (अहिलेको जस्तो तेती खेरा नगरारिकताको प्रमाणपत्र दिने चलन भने थिएन) अरु जस्तो सन् १७६८ पछि नेपाली बनेका होइनन क्यार। सो लेखकको विचार लै सम्मान गरम ।
साथी अलिकति अध्यन गर्ने बनि गरम / तेतिबेला जब केपुचिन पादरी हरु लै देश निकाला गरिदियो , तेतिबेला उनीहरु मकवानपुर मा गएपछि , प्रिथिवी नारायण माथि हल्ला चाले/ उनीहरु ले एउटा किताब लेखे /
याद राख्नुस पृथ्वी नारायण को सासन काल मा एक जना मनिष लै बिना कारण मरियेअन , भाइ भर्द्वर सब जना अकल मा काटीयेनान / उनको पुत्र प्रताब साह बाट भाइ भार्द्वर काटइने सुरु भयो जुन जेठ १९ दरबार हत्याकाण्ड मा टुंगियो /
न तेतिबेला तपाईं ले कुनै कुरा देख्नु भयो , खाली बिदेशी दलाल को किताब पढेर वाहियात कुरा नगर्नुस /
पृथ्वी नारायण ले एकीकरण नगरेको भए , जय प्रकाश मल्ल ले नेपाल लाइ तेइबेलै मुगल लाइ दिएर खत्तम परिसकेको हुन्थे /
बरु हजुर लाइ केपुचेन तिर बाट अलिकति सहयोग आयो कि कसो वाहियात कुरा लेख्न ???
१. सार्है प्रमाड बिनाको कुरा भो मित्र,तलका केहि कुरा बाहेक माथि सबै बेतुको कुरा भो
२. ४. देखि १८ औ शताब्दी सम्मको लिछावी र मल्लकालको तुलना २ शताब्दी चलेको शाह बंसासंग गर्न मिल्दैन.तै पनि शाह कालमा नि सिंहदरबार ,बाटो घाटो पुलहरु धेरै कुरा बने .प्रस्न आम जनतालै साशकले के दिए भन्ने हो ,मल्ल र शाह पालामा आम जनता गरिब थिए
३. जानी राखौ मल्ल र लिच्छवी दुवै भारत बाट आएका तागाधारी हिन्दु थिए, दरबार को भाषा मैथली थियो र जात पात बर्न प्रथ यिनैले काठमाडौँमा ल्याएका थिए !तिनका मन्त्रि हरु तिरहुतिया ब्राह्मण(मिश्र,जोशी ) हरु थिए जसका सन्तान नेपाल खाल्डो मा अझै छन्
४. काठमाडौँ को सेनापतिको नाम परसुराम थापा हुनु र जयस्थिति मल्लले ‘तिरहुतिया र कुँवर ले बाहेक सबैले मलाई धोखा दिए ‘ भन्नु ले नेपाल खाल्डो मा पहिल्यै पहाडी जात जाति हरु थिए भन्ने देखौचा! तेस्तै रानीपोखरी को प्रताप मल्ल को ताम्रपत्र संस्कृत, नेवा र खस भाषा मा लेखिएको छ !
५.नरभूपाल शाहले उपताक्यका ३ राजा को युद्ध हुदा सैनिक सहयोग गरेको थिए !र उनका साला बुढानिलकण्ठ दर्शन गरेर फर्के पछि नै कथान्दु भागुतो हो गोर्खा चिल हो भन्ने उपदेश दिएका थिए !
६.पी न शाह १७-१८ सताब्दी का अनपढ एउटा टाकुरे राज्य का राजा थिए र उनले आफ्नो राज्य ठुलो बनाउने भन्दा अर्को केहि ध्येअ थिएन ! तर तेही क्रम मा उन ले एउटा सबल र बलियो राष्ट्र बनाए !तेस बेला का मल्ल वा सेन राजा हरु पनि तेस्तै थिए ! मल्लकालमा पोडेले फुल स्लीव कपडा लगुना र गहन लगुना पाउदैनथ्यो !तेसैले पी एन शाह बाट नि २१. सताब्दी को नेता को जस्तो आचरण आपेक्ष्य गर्न मिल्दैन !
७. काठमाडौँ खाल्डो का राजा हरु पनि आफ्नो शक्ति को लागि लडी र द एक आपस मा र अरु संग ! उनि हरु पनि सक्दो साम दाम दण्ड भेद सबै उपाय गरि र थे! गोर्खाली हरु तेस्मा सफल भए ठेही हो फरक !गोर्खाली भन्दा पहिला कुनै खस राजा ले एक चोटी उपत्यका मा आक्रमण गर्य थिए सायद !
८. गोर्खाली हरु संग को युद्ध मा जयस्थिति ले नि नगरकोटी हरु बाहिर बाट ल्याएका थिए ९. रंबिर सिंह थापा र उझिर सिंह थापा र बम शाह नेपाल, भारत र इंगलैंड को मिलिटरी एकादामी मा त्यस युद्ध का कुशल र बहादुर जर्नेल का रुप मा पयिंचा
१०. छिन् को सम्राट लै मल्ल काल देखि नै (स्रोंग चोङ्ग गोम्पो को पल देखि नै) भेटि टक्र्याउने गरिन्थ्यो
११. पहिलो नेपाल भोट युद्ध भोटमा रहेका ब्यापारीहरु लखेटिएको कारण भएको थियो जो नेवार, कस्मिर र अर्मेनिअन थिए !
१२.शाह बंसा सुरु भए पछि किन नेवार हरु शाहहरुको मूल थलो गोर्खा तनहुँ स्यन्झा मा सबै भन्दा ठुलो समूह मा गएका होलान ! यदि शाह र गोर्खाली हरु संग तेस्तो दार भएको भई ता अरु ठाउँ नै जानु पर्ने
१३. पी एन शाह ले काठमाडौँ जित्नु भन्दा पहिले नै उनका भै लै किन ललितपुर को गद्दी मा राखेका होलान त्यहाँ का मन्त्रि हरुले ?
तपाईको काठमाडौँ बाहिर का मान्छे हरु संग रिस राग होला ! अथवा ए यु बाट केहि सहयोग पाउनु भो होला एस्तो लेख लेख्न तर तपाई को लेख को पछाडी कुनै अगेंदा देखिन्छा!तपाई सायद यहि कुरा संग एकल जातीय राज्य को कुरा जोड्न चाहनु हुन्छ तर कुरा मिल्दैन !काठमाडौँ उपत्यकामा किरात र बिहारका हिन्दु हरु को राज थियो र पछि ठकुरी आए जो खासमा मा खास र पहाडे जनजातीको ठिमाहा हो ! राजपुतहरुसंग बंस जोड्नु सायद आफु लै माथि देखौन मात्रै हो !
मा फेरि एकचोटी भन्छु पी एन शाह ले तेती बेला को एउटा योध्हा टाकुरे राजा ले आफ्नो सपना पुर्युना जे चाहिन्थ्यो तेही गरे ! युद्ध मा अरु लै दार देखौन ज्यादती नि गरे ! तर त्यो आज भन्दा ३ सय वर्ष पहिला थियो ! के त्यस कारण आज पनि त्यहि कारण सबै पहाडिया वा शाह हरु लाई घृणा गर्ने ?
मेरो माथि को कुरा को श्रोत-ज्ञानमणि नेपाल, सत्यमोहन जोशी र बाबुराम आचार्य का किताब हरु
आज हामी जसको दुर्दुर्शिता का कारण हामी नेपाली बन्न पायका छौ उसैको बारे मा एस्तो लेख लेख्नु तेती राम्रो लागेन..एस्तो महान राजा को बारेमा नराम्रो लेख लेखेर insult नगर्नु होला ..नेपाली हामी रहुला कहाँ नेपाल लै न रहे ..THANK YOU!!!
इतिहास जितेको ले लेख्छ कस्तो नबुझेको लेखक झ्यु लेअहिले सम्म
बोल्नलाइ जे बोलेपनि हुन्छ किनकि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर स्वतन्त्र नेपाली हुने जो मौका दिनुभएको छ जय नेपाल
एक तर्फी विचार ,……फुलको आखा मा फुलाई संसार काडा कोआखा मा khaadai संसार .
भनेपछि लेखक महोदय पनि भय-नभयका कुरा गरेर नेपालमा गृह युद्ध निम्त्युना चाहनु हुन्छ, होइन भने इतिहास को कुरो गर्नेले तेस्को प्रमाण पनि त संगै देखाउनु पर्ने थियो नि होइन र , अनि पछाडी फर्कियर हेर्ने हो भने त केके देखिन्छ देखिन्छ, खोज्दै जाने हो भने त आफै आयको ठाउँ पनि देखिन्छ !!
अब अगाडी सबै मिलेर कसरि जाने होला, देश लाइ कसरि विकाश हर्ने होला आदि अग्रगामी कूरा तिर सोच्नु पो बुद्धिमानी हुन्छ होइन र !!!
त्यो बेला संसारमा मारमाट लडाइ झगडा लुटपाट सन्काहा शासक जहाँ पनि थिए । पृथ्वीनारायण शाहले पनि यी यावत काम गरे होलान तर अहिले आएर यो नेपाल बनेर थिग्रनुमा उनको भुमिका रहयो । विश्व इतिहासमा पृथ्वीनारायणको पालमा कहाँ जनमत संग्रह गर्दै सिमाना बढाउने र सिमाना गाभ्न अरुलाई दिने परिपाटी थियो त ?
१) ब्रिटिश हरुले दिक्क भएर नेपाल हमला गरेको रे
२) पृथ्बी नारायण कै पालामा १२ नेपालि क्रिश्याँन हरु लाइ के के गरेको
भनेपछि नेपाल मा उहि बेला देखि र त्यो भन्दा पहिले देखि क्रिस्च्यांन हरु रहेछ ?
येत्रो लामो तोड ,मरोड़ गरेर इतिहास सार्नु भो २ लाइन मै तपाइँ को र तपाइहरुको नियत के हो भन्ने खुली हाल्यो | अहिले येस्तै कुरालाई तन्काउदै लैजानुस , नेपालि देश समाज भन्दा पनि तपाइँ हरुको चाडो हित हुन्छ |सुरुवात तपाइँ हरु गर्नुस अन्त आरके बाट हुनेछ |
राजावादीहरु कृपया आफ्नो प्रमाण सहित कमेन्ट गर्नु होला. नेवारी भाषा एक हो तर भक्तपुर र कान्तिपुर जम्मा १३ किलोमीटर दुरी मा रहेको यी दुइ शहरमा कसरि फरक तरिकाले बोलीन्छ के यो राजनैतिक विभेद र निरंकुशता ले हो ? भाषा भनेको त जब एक अर्कालाई सम्बोधन गरिन्छ आफै एकरुपता ल्याऒञ्छ तर येहा एस्तो भयन . किन भक्तपुर बासि र काठमाडौँ बसिहरुलाई अलग गरियो ? राजनैतिक कारण के हो ?
निर्मल ज्यु
भाषा संस्कार माटोको गुण बात प्रभावित हुन्छ/ नेवारी भाषा मात्रै होइन रास्ट्रिय भाषा बनायर नेपाली भाषा नाम दियको खस भाषा पनि फरक माटोमा फरक तरिकाले बोलिन्छ/ अमेरिकामा अमेरिकीले बोल्ने भाषा पनि अंग्रजी भाषा नै हो तर अमेरिकनले बोल्ने अंग्रेजी भाषा इन्ग्लैन्द्को अंग्रेजले बोल्ने अंग्रेज भाषा भन्दा फरक छ/ भाषा र संस्कृति माटोको गुण र समयको कारणले बदलिंदै जान्छ मित्र/
kada bhaniyo hai