Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नवनायिकाले निर्देशकलाई लगाइन् गम्भीर आरोप

Posted on January 10, 2015January 10, 2015 by mysansar

aayusa र्‍याम्पबाट म्युजिक भिडियो हुँदै ‘बिर्खेलाई चिन्छस्’ शीर्षकको फिल्ममा डेब्यु गरेकी नायिका आयुषा राईले यो साता निर्देशक मुनाल शिशिर कोइरालामाथि गम्भीर आरोप लगाइन्। आसय करणीविरुद्ध समेत कानुन रहेको हाम्रो देशमा उनले प्रहरी वा मिडियामा गएर होइन, आफ्नै फेसबुकबाट मेसेज च्याटको स्क्रिनसट सार्वजनिक गर्दै लगाएको आरोपबारे न महिलावादीहरुले बोले, न मूलधारका मिडियाले नै। दुई दर्जनलाई ट्याग गर्दै उनले लेखेकी थिइन्- उहाँसँग बेडमा सुत्नु पर्‍यो रे। त्यो पनि विद् फिलिङ्ग्स।

aayusha

उनले आफ्नो पोस्टमा मेसेजको स्क्रिनसट पनि राखेकी थिइन्। हेर्नुस्-

Post by Aayusa Rai.

उनले लेखेकी छिन्- मेसजसम्म त ठीकै थियो। तर उहाँले फेस टु फेस त्यस्तो भन्नु भयो…।

निर्देशकको बारेमा उनले लेखेकी छिन्- हाइट डेढ फुट साह्रै फोहोरी मान्छे काममा पनि कसैको त्यति धेरै इज्जत नगर्ने, कसको कसको हातबाट पिटाइ पनि खाइसक्नुभएको साह्रै नराम्रो मार्केट रेकर्ड भएको मान्छेले मसँग नाइट स्पेन्ड गर्न अप्रोच गर्ने?

538964_267364880040588_1144155949_n
बुधबार रातिको यो आरोप स्टायटस पछि उनले त्यही रात फेरि अर्को स्टायटस लेख्दै भनेकी छिन्-

उनले भने सुतेर मात्र हुँदैन। फिलिङ्ग्स हुनुपर्‍यो। नत्र त लाशसँग सुते नि भइहाल्यो नि हैन त। मैले यस्तो नि मान्छे हुन्छ भनेर सबैलाई सावधान हुनलाई स्टायटस अपडेट गरेको हुँ। सबकमात्र सिकाउनलाई। नत्र त म रेकर्ड गरेर लिएर आउँथे…तर धेरै किन दुःख दिनु भनेर मात्र छाडेको हुँ। नत्र त बोलाको ठाउँमै मिडिया र पुलिस लगेर हङ्गामा गर्न सक्थेँ। त्यति साह्रो नि के गर्नु भनेर चान्स दिएको।

Post by Aayusa Rai.

यो आरोप सही हो भने महिलावादीहरु कता हराएछन् कुन्नि? कि महिलामात्रको बस चलेकोमै मख्ख रहेछन्? गलत हो भने जथाभावी लेखियो भनेर उजुरी गर्ने आँट पनि भएनछ। अनि समाजलाई यस्ता कुरा सामान्य लाग्ने गरी पाचन प्रणाली विकास भइसकेको पो हो कि, केही थाहा पाउन सकिएन। तपाईँलाई के लाग्छ ?

छ वर्षअघि एक कलाकारले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनै गरी आफूमाथि बलात्कारको प्रयास भएको आरोप लगाएकी थिइन्। तर दोषीमाथि कारबाही भएको त के मुद्दा प्रक्रिया अघि बढेकोसम्म जानकारी आएन त्यसपछि। हेर्नुस् त्यतिबेलाको ब्लग

24 thoughts on “नवनायिकाले निर्देशकलाई लगाइन् गम्भीर आरोप”

  1. Shyam says:
    January 16, 2015 at 8:15 am

    I don’t know the rules of Nepalese Actor Association. But here is, in the rule of my company we can’t ask for sex with our colleague even when we are drunk or been some where to visit with. So if we are interested on her and want to have sex with her, we can do nothing except being silence. And I don’t think that we should have sex with the woman whom we like. So directly we can do nothing but indirectly we can try like ” Let’s go somewhere to visit and stay there some nights together and I will pay for you too”. If she says o.k then you are lucky otherwise be silent, never force her.

    Reply
  2. pandey says:
    January 12, 2015 at 3:16 am

    I dont think there’s any fault of this director. He probably loves her, who knows. And we didnt see in anything in his messages that he shows disrespectful with her. The only thing she is claiming is that guy was a pervert when she talked to him face to face. May be she is lying just to get popularity because look at her followers in Facebook, its barely 1600 people. Since they have been working and knowing each other for so long now, i think theres no reason that he cannot approach her and propose her, if he really likes her. And for those people who are claiming “yedi tapaiko chori lai kasaile yesto propose garyo bhane k garchau”, my answer to them is if my daughter is an adult and capable of taking care of herself,then she has all the right to allow or deny any such things. I think this girl actually is trying to tarnish the directors image by saying dedfoot, ugly, to him. Godsake, just say “NO”, if you dont like him. Why all this drama?

    Reply
  3. Prabin Kumar K.C. says:
    January 11, 2015 at 3:32 pm

    सेक्स प्रस्ताव मात्र त गरेको रहेछ नि । जबरजस्ती होईनक्यार । आफुलाई मन परेको मान्छेलाई सेक्स प्रस्ताव राख्न पाईदैन भन्ने पनि कानून अथवा मानव अधिकारको नियम छ र ?

    दोश्रो ब्यक्तिलाई मन परे ओके हुन्छ मन नपरे नाई भनिदिए भई हाल्यो नि । के आयुषा राई नाबालिग हुन् र ?

    Reply
  4. आशा says:
    January 11, 2015 at 8:31 am

    आयुषा ले आफ्नो विचार कुरा स्पष्ट रुपमा व्यक्त गरेकी छिन | यो द्वन्दमा; सामाजिक न्याय अन्याय, महिला अधिकार तथा आकांक्ष्या, मनोविज्ञान, चार्ल्स डार्विन को सिद्धान्त सबै समाहीत छ | आजका हरेक युवा महिला तथा बिशेष गरि महत्वाकांछी पुरुष हरुले पहिला आफुलाई चिन्नु पर्ने हुञ्छ भन्ने कुरा यस्तै घटना बाट बुझ्नु पर्छ |

    Reply
  5. Surendra Regmi says:
    January 11, 2015 at 4:31 am

    उनको सहस लाई सलुट गर्नु पर्छ उनले फेसबुक मा लेखनु को साटो प्रहरी मा रिपोर्ट गर्नु पर्थ्यो

    Reply
  6. Limbu HarataraH says:
    January 11, 2015 at 2:01 am

    कमेन्टका Shahसंग केहि सहमत छ | ‘आयुषा’संग केहि ! अब मेरो, निर्देशक पक्ष मात्र भोट धेर भो ! कसरि भने~ offer जहाँतही, जहिले गरिन्न, force BIG NO हो भने आयुषाले कानुनी प्रक्रिया, साथीभाई वा request वा पत्रकार सम्पर्क गरे बेश हो नि ! कति नै स्थापित पोपुलर, कलाले भरिपूर्ण, एकेडेमिक पेर्सोनालिटी वा सम्माननीय समाज अनुहार बनाउने नै हो भने त्यसरी देखा पर्नु पिटिक्कै १२३_१०० राम्रो कदम होइन साथीहो !

    Reply
  7. harihar sharma says:
    January 10, 2015 at 9:34 pm

    त्यो एउटा प्रस्ताब थियो / मन परेन भने नाई भने भो / यत्रो जात्र किन /
    जबर्जस्ति गरेको छ र ?
    खान खान्छस ? भन्दा “भो खाईएन ” उत्तर दिन मिल्ने / sex गरौँ, मनछ? भन्दा नौटंकी गर्नु गर्ने ? दुनिया पश्चिमेली समाजको दुहाई दिने अनि यस्तो कुरा गर्ने ?
    यो त double standard भो /
    मन नपरे f **k it !

    Reply
    1. निर्मल says:
      January 11, 2015 at 12:07 am

      लौ हेर्नुस त् यो बाजेको बिगरल बुद्धि| एकछिन सोचौ त् आफ्नो छोरी चेलीलाई यस्तो प्रस्ताव आएको भए पनि त्यस्तै सोच राख्नु हुन्थ्यो? हरे शिव शिव!!

      Reply
    2. Surendra Regmi says:
      January 11, 2015 at 3:59 am

      साथी तपाईं को धारणा बिल्कुल गलत छ जसलाई पनि प्रस्ताब राख्न कुनपुरुस्लाई कन्हाको कानुन ले दियको छ . हाम्रो समाज तपाईंको जस्तो घटिया सोच राखदैन र यस्ता सोच र बेबहार गर्ने बेक्तिलाई कडा भन्दा कडा कारबाही हुन पर्दछ.

      Reply
  8. Shankar says:
    January 10, 2015 at 5:33 pm

    कुरो बुढी मोरी भन्ने हैन , बाघ पल्केछ भन्ने हो | यी हिरोनी ले पपुलारिटी को लागि गरिन , सो बिजनेश मा चर्चा मा रहन यति मात्र हैन कोइ कोइ हिरोनी ले ब्लु फिल्म समेत खेले का छन् भन्ने पनि हैन | कुरा के भने पेसाको मर्यादा उल्लघन को कुरा हो | येस्ता निर्देसक ले चलचित्र क्षेत्र नै बद्नाम गर्ने हुनाले येस्तालाई कडा कारबाही गरिनु पर्छ |

    Reply
  9. neerose says:
    January 10, 2015 at 5:01 pm

    अफर चित्त बुझेन होला!

    Reply
    1. Shankar says:
      January 10, 2015 at 5:58 pm

      अफर चित्त नबुझ्ने , रिजेक्सन लेटर गलत ठाउमा पर्ने भन्दा पनि समस्या गलत ठाउमा अफल गरेछ निर्देसक कान्छो ले |

      Reply
  10. Alikhit says:
    January 10, 2015 at 4:18 pm

    छ फुट हाइट भको सफा मान्छे काममा पनि सबैले धेरै इज्जत गर्ने, कसैको हातबाट पिटाइ नखाको राम्रो मार्केट रेकर्ड भाको मान्छे संग पो सुत्ने हो कि ?

    नत्र के लेख्या त्येस्तो ?

    Reply
  11. krishna sharma says:
    January 10, 2015 at 3:40 pm

    जे होस् ठिकै गरेकी हुन् उनले . अलिकति भए पनि त्यो मान्छेले सिक्ने अवसर पाको छ | एस्तो गर्ने धेरै नै हुन्छन, तर सार्बजनिक नहुने मात्र हुन् | हाम्री हिम्मतवाली नवानायिकालाई बधाई छ|

    Reply
  12. ekraj says:
    January 10, 2015 at 2:43 pm

    यो शाह भन्ने पुरानै शाह संस्कार को मनस्थिति भएको मान्छे रहेछ| एउटा समाज को सब्य मानिश को बीच को कुरा कानिमा सामाजिक मर्यादा भित्र पर्ने नपर्ने छुत्यौना नसक्ने पशु नै हो कि क्याहो?|
    अहिले को जमानामा सहकर्मी, र बबसाहिक सम्बन्ध मा सेक्सुअल हेरास्मेंट र हेप्ने भनेको केहो भन्ने थाहा नभएको अतिबादी पुरुष परे जस्तो छ| यस्ता लाई खसी बनाउने कानुन र तेस्को कर्यवन गरि यस्ता हरामहरुलाई कारबाई गर्नु पर्ने होइनर?
    यी मैया पनि येदि इनले भनेको मा सच्याई छ भने भएको प्रमाण लिएर पुलिसमा रिपोर्ट गरि अनुसन्धान गरौन पर्ने होइन? नत्र भन्ने त्यो डिरेक्टर जस्ताले अर्को कम्जोद लाई सिकार नाबनौला भन्न सकिन्छा? इनले पनि अरुलाई बचाउने aphno कर्तब्य बाट चुक्न हुदैन|

    Reply
    1. निर्मल says:
      January 11, 2015 at 12:13 am

      पुरानो संस्कार हैन, कतिवटा पुराना संस्कार नराम्रा छैनन्| उनी पक्कै पनि कुसंस्कारमा हुर्केका होलान|

      Reply
  13. Pooja Belbase says:
    January 10, 2015 at 9:25 am

    नायिका आफै सक्षम, आफ्नो निर्णय आफै गर्न सक्ने र निडर महिलाबादि रहिछिन्। त्यसको लागि उनलाइ साधुबाद! बाहिरका महिलाबादि हरुले उनको पक्षमा बोलि रहनु पर्छ जस्तो छैन। महिला को हरेक कुरामा महिलाबादि हरुले बोलि नै सहनु पर्छ भन्ने पनि केहि छैन। यस्तै सक्षम, आफ्नो निर्णय आफै गर्न सक्ने र निडर महिला हरु को संख्या हरेक क्षेत्रमा बढ्दै गए त पुगि हाल्यो नि!

    Reply
  14. xyz says:
    January 10, 2015 at 7:36 am

    Any way, I like her style. Just look at the way she writes.

    Reply
  15. bhusan says:
    January 10, 2015 at 3:44 am

    “So she would spend night with him if he was tall, handsome, and respected in their field???? This director probably knows pretty well that other handsome and taller directors have approached and got her with less or no effort, so he also gave it a try” is what I understood after reading her.

    I hope this is not the case, appreciate her raising voice against such directors but at the same time her “cheap” remarks make it “not a biggy” deal. She certainly is short on ideas to handle such situations in a better way.

    Reply
  16. shah says:
    January 10, 2015 at 2:51 am

    मान्छे ले सोध्न पनि नहुने . सोध्न त भै हाल छ नि . एन्लाई जबर्जस्ति केहि त गर्या त छैन न नि . बरु इनले आफु लाई के सम्झेर यस्तरी स्टातुस राखे कि हुन् . तेस्तै न मिठो लागेको भए मुदा दिन सक थियिन…

    Reply
    1. Mahendra says:
      January 10, 2015 at 1:33 pm

      ए सोध्नु भै हाल्छ ? तेसो भए म पनि एक पल्ट तिम्रो बहिनि लाइ सोधुम ? जबर्जस्ती केहि गर्ने होइन ….सोध्ने मात्रै …..

      Reply
      1. Mangale says:
        January 11, 2015 at 1:37 pm

        बहिनी मात्र हैन मेरो आमालाई नै सोधे पनि हुन्छ | उनीहरुको इच्छा छ भने गर्नु होस् जे गर्न मन छ | स्वतन्त्र समाजमा दुई व्यक्तिको राजी खुसिमा आफुलाई गर्न मन लागेको कुरा गर्न पाइदैन र Mahendra जी | आफ्नो दिदी बहिनीलाई चैं केहि गर्न नहुने अनि अरुको दिदी बहिनी लाई चैं जे गरे पनि हुने hypocrite हरु तपाई जस्तै मान्छे हुन् | मैले अरुको बहिनीसंग सुत्न हुन्छ भने मेरी बहिनीले पनि आफ्नो इच्छा अनुसार अरुसंग सुत्न सक्छ |

        Reply
    2. Shankar says:
      January 10, 2015 at 5:52 pm

      सम्भोग को हेतु सोध्नु १० प्रतिसत जति रेप नै हो | आफ्नै सह्धर्मिनी,गज गामिनी लाइ त् सोध्ने बिसय हैन त्यो , माया मा डोबुल्की मार्दै जादा त्या सम्म अटोमेटिक पुग्ने गंत्यब्य हो त्यो |
      यो तेस्तो गंत्यब्य हो भिजिटिंग पास लिएर , प्रवेश पत्र लिएर त्यहा पुग्दा भन्दा खेल खेल मा अनायास पुग्दा नै मानिस ले परमानन्द प्राप्त गर्छ | त्यो अनाडी निर्देसक लाइ उनले हस भनेकै भएपनि बिचैमा स्खलित हुन्त्यो त्यो जाबो |

      Reply
  17. mohan says:
    January 10, 2015 at 1:43 am

    माथि का की बुँदामा पढे अनुसार राम्रो अनुहार र राम्रो रेकोर्ड भएको मान्छे संग सुत्न्ने भन्ने पो बुजियोता…. कुरो####

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme