अमेरिकास्थित नेपालीहरुको पुरानो संस्था ‘द एसोसिएसन अफ नेपलिज इन अमेरिकाज’ अर्थात ‘एएनए’को नेतृत्वका लागि नेपालीहरु बीच भएको विवादलाई अन्ततः अदालतले मिलाइदिएको छ। नेपालका कतिपय संस्थाहरुमा जस्तै नेतृत्वका लागि दुई पक्षबीच घमासान भएको थियो। एउटाले अर्कोलाई नस्वीकार्ने। विवाद अदालत पुग्यो प्रिन्स जर्ज काउन्टी अदालत मेरिल्यान्डमा। अदालतले ड्यानिएल ए ल्यापलाकालाई ट्रस्टी नियुक्त गरी विधान अनुसार काम गराउन अह्रायो। उनले संस्थापन पक्षका तर्फबाट पूर्व अध्यक्ष नवीन दत्त र अन्तरिम अध्यक्षका तर्फबाट प्रदीप थापा मगरलाई निर्वाचन समितिमा नियुक्त गरी गएको महिनाको अन्तमा चुनाव गराए। यसलाई रोक्न अर्को मुद्दा पर्यो। तर अदालतले त्यसलाई अस्वीकार गरेपछि ८ जनवरीमा नोमिनेसन फाइल भएका उम्मेदवारहरुलाई नै विजयी घोषणा गरिदियो।
यसरी अमेरिकाको यो पुरानो संस्थामा रहेको नेतृत्व विवाद कानुनी रुपमा अन्त भएको छ।
नेतृत्वमा को-को ?
अध्यक्ष-रजर अधिकारी, ट्रेसी, क्यालिफोर्निया
एएनएको लामो समयदेखिका आजीवन सदस्य। एएनएको स्थापनादेखि क्रियासिल सदस्य। वित्त शास्त्रमा एमबिए। सिलिकन भ्यालीको एउटा प्राबिधिक कम्पनीमा ब्यबस्थापन परामर्शदाता। सन २०११ को एएनएको निर्बाचनमा उपाध्यक्षमा विजयी।
उपाध्यक्ष -डा. शम्भु ढुंगाना, पामडेल, क्यालिफोर्निया
लामो समयदेखि आजीवन सदस्य। फ्रेन्ड्स अफ नेपाल, क्यालिफोर्नियाका अध्यक्ष। पशुपतिनाथ फाउन्डेसन लस एन्जलसका सल्लाहकार। फिलिपिन्सबाट पिएचडी। सन् २००९ देखि २०१० सम्म एएनएको बोर्ड सदस्य। विकासशील सुचना तथा अनुसन्धान परामर्श समूहका कार्यकारी प्रमुख।
महासचिव -राधा बस्न्यात, ओट्टावा, क्यानाडा
लामो समयदेखिको एएनए सदस्य, भू.पू. बोर्ड सदस्य। एनआरएन एनसीसी अफ क्यानाडाकी सदस्य। नेपाली क्यानडlयन एसोसिएसनकी पूर्व अध्यक्ष। सन् २०११ को एएनएको निर्वाचनमा महासचिवमा निर्वाचित।
कोषाध्यक्ष – डाक्टर गम्भीरमान श्रेष्ठ, तलाहासी, फ्लोरिडा
तलाहासी सामुदायिक कलेज, फ्लोरिडामा गणित विषयका प्राध्यापक। लामो समयदेखि एएनएको आजीवन सदस्य। एएनएको पूर्ब बोर्ड सदस्य। सन् २०११ को एएनएको निर्वाचनमा कोषाध्यक्ष निर्वाचित।
सूचना निर्देशक -डा. तुलसी जोशी, फेयरमन्ट, वेस्ट भर्जिनिया
एनए आजीवन सदस्य। एएनए छात्रवृत्ति कोषका संस्थापक। भूगोल विषयका प्राध्यापक। २०११ मा सूचना निर्देशन निर्वाचित।
यो टिप्पणी तल राजन सापकोटाजीको मन्तब्य प्रति हो|
ANS मा बचेखुचेको र प्रशंसा गर्न लायकको काम गत दश बर्षमा केही छैन|
केवल बाँकी छ त् यो सबैभन्दा पुरानो संस्था हो भनेर ब्रोकन रेकर्ड सरह बारम्बार
दोहोराउने| म्युजियम लगेर राखे भैगो|
अध्यक्ष पद पनि चुनावका लागि तयार भएर पनि चुनाव नै सम्पन्न नगराएर बछ्छी बछ्छी गर्ने संस्था हो| जस्तो फुटबल म्याचको फाइनलमा बराबरी भएर छ छ महिना ट्रफी लागेको हो| चार पांच जनामा सीमित र कम्युनिटीमा खासै पहुँच नभएको र संस्थाको वेबसाइट र क्रियाकलाप हेर्दा शरम मान्नु पर्ने हो| नाउँ मुछेको छ अमेरिका पनि तर अमेरिकनहरु बरु काठमान्डौको टोलको जमघट भेलामा बढी होला ANS मा भन्दा|
धक नमानी आफ्नो आंगको भैंसी नदेखी अरु संस्थालाई क्यान्सिल गर्ने सल्लाह दिने राजनजीले बरु लाई उक्त सल्लाह ANS लाई दिनुभए हुन्छ|
बास्तबमा पेरिस मा पत्रकार लाइ गोलि हान्ने, पाकिस्तानमा सयौ बिद्यार्थी मार्ने, खानेपानी को कुरो गर्नु छ भनेर बोलाएर डेकेन्द्र को घाती रेट्ने तथा नेपाल मा टेलिफोन को टावर हरु हान्ने हरु अकै किसिमका अतिबादी हरु हुन् , अतिबाद कहिँ धर्म को नाम मा कहिँ राजनीति को नाम मा हुदो रहेछ, बास्तबमा अतिबादी को नेता ले त आफ्नो स्वार्थ मजाले लिएको हुञ्छ..भनौ न कोहि ठुलो मौलाना हरु, ठुला नेता हरु. ठुला भनाउदा साधु सन्त हरु .जिन्दगि त मस्ती नै बिताएका हुञ्छन नि ..तर तिन को पछि लाग्नु लाग्नु भनेको एक किसिमको असिछ्या नै हो ..गोरे मित्र हरु संग के छैन चाहे भने येस्ता असिछ्या का बादल हरु हटाउन सक्छन तर उनीहरुको ब्यापार पनि येस्तै खालका युद्ध संग जोडिदो रहेछ , जस्तै गद्दाफी को सासन फाल्न बिद्रोही लाइ औता आबरनि ब्यापारी ले हतियार दिन्ठो भने उता सरकार लाइ उही कम्पनि को अर्को दलाल ले ..अरब मा दुनिया लडाउने पनि येही कारण हो ..तर अनाहक मा हेर्नुस न तेत्रा बिध्वान पत्रकार ले ज्यान गुमाउनु पर्यो ..गोलि हान्ने अतिबादी लाइ पनि के भएको होला तेस्को बाउलाई बरु कसैले गोलि हानेर मार्यो भने तेत्रो प्रतिसोध राख्दैन थ्यो होला तर त्यो के किसिमको अतिबाद हो जुन, अज्ञानता हो बिचरा भगवान को कार्टुन बनायो भनेर तेत्रो हर्कत गर्यो..मात्रा फरक हो हाम्रो मा पनि तेस्तै छ बरु आफ्नो जन्म दिने बाबु आमा लाइ कसैले केहि भन्यो भने हामि वास्ता नगरौला तर आआफ्नो आस्था को कोहि नेता लाइ जो संग जिन्दगि मा १ मिनेट पनि संगै बसेर उसको इमान्दारिता को कसी थाहा नहोला तर उसैको निर्देसन मा हामि कसैलाई मार्न, टेलिफोन का टावर हान्न वा उस्तै खालका केहि हल्का हर्कत गर्न हामि पछि पर्दैनौ , गोरे मित्र हरुले आयात गरेको के जाति के जाति , कोहि जनजाति , कोहि आदिबासी रे को हि के रे, कोहि काठे रे कोहि मधेसी रे को नाम मा अतिबाद लाइ प्रसय दिएकै छौ , सोच्ने बेला आएन र ? होइन मेरो उमेर ७० वर्षा को हो भने, मुस्किल ले हजुरबा र नाति पुस्ता संग सम्पर्क होला , अनि मेरो आदिबासियेता कहा गयो ? के हामि सरनार्थी नै हौ त ? बहस उल्टो दिशा तिर केन्द्रित छ , सबैले आफ्नो आफ्नो ठाउ बाट जुनै पनि किसिमको अतिबाद को सालिन बिरोध गरौ
Napalese रे ! लोल
यो निर्णयले ए. एन. ए. सकारात्मक गति लिने तर्फ अघि बढछ होला । मेरो शुभेच्छाका साथै नेपालीहरुको प्रगतिमा यो संस्थाले अवस्मरणीय काम गर्न सकोस् ।
सुरज मास्के
All Nepali Organizations in USA needs to be cancelled their registration by the court because they are neither working for USA or for Nepal or for the Nepali Community in USA. We don’t need 500+ vivid Nepali Organization. Only one AMERICA NEPAL SOCIETY (ANS) which was established by the US and Nepali Ambassador back in 60s is enough so all Nepali people to sit together and debate to make Congressman from the Nepali American Group and open it’s branch in every State. my Advise to the Current ANS Board and it’s President.
संसारको धनिदेश को नगरिक कुनै मुलुकमा गएर राजनीति गर्ने भाँडो बनाएँ न अमेरिका , ब्रिटिश ,देखि एसियाका जापानीजनताहरु मेहेंतन गरेरे उर्बर माटो अनि उधोगहरु नभएको ठाउँमा उधोग खोले तर नेपाली अबिकसितते हरु जुन जहाँ गएपनि राजनतिक गर्ने भाँडो बजाएर धोतीको सभ्यता देखाऊ छ / तेस्मा पनि आफनी नगरिक बिच भएँ भने मुक्का प्रहर गर्न पनि लाज लाग्दैन / सभ्यत सिकन र सिकाउने भन्ने कहिले होला / इर्स्य लालचा र खुट तान्नेप्रबित बढेको छ / किनभने विदेश गएर अलिकित नेपाल को भन्दा बडी पैसा आर्जन गरेको तमासा देखाउन पर्ने नाम को साथै नेपाली ले जनावर नेतालाई सान देखाउने र म येहाँ सम्म पुगे भन्ने रवाफ देखाउने को लागिमात्र राजनैतिक सगथान खोलेल्को हो / आपसमा दुख पर्दा सहयोग गरिने पटकै बनि परदेश म छैन /
दुर्भाग्यवश यो अन्त नभएर द्वन्दको अर्को अध्यायको शुरुआत मात्र जस्तो छ|
ANA संस्थाले बार्षिक कुव्यवस्थापूर्ण कुम्भमेला रचाउनु बाहेक अरु कुनै सकारात्मक कार्य गर्ने गरेको थाहा छैन| धेरैलाई यो कुम्भमेलाले जिब्रोमा अमिलो स्वाद लिएर फर्कनु परेको छ|
कुम्भमेला आयोजना गर्दा बर्षेनी आयोजकले संस्थाको रकम खर्च गरेर खरिद गरेका जिन्सी सामानको कुनै हिसाबै गरेको देखिदैन| एकपल्ट ३० देखि ७० हजार डलर सम्म खर्च गरेर खरिद गरेको सामान आगामी बर्षका लागि अर्को आयोजनाका लागि inventory हस्तान्तरण गर्ने कुनै नियमै छैन| संस्थामा हर्ताकर्ता रहेका आफुलाई फाइनान्स र म्यानेजमेन्टका पारखी ठान्नेहरुले समेत संस्थाको रकमले किनेको फेरी प्रयोगमा ल्याउन सकिने सामग्री बारे केवल आफ्नो सुबिधा र नेपाल देखि चलि आएको हडप र हसुर्ने प्रबित्तिलाई कायमै राखेर मौन रहन्छन|
करिब तीनचार कुम्भ मेला अघि होला ANA मा विवाद र द्वन्द त्यो बर्ष देखि अझ बढेर आयो, जब कुम्भ मेलामा जथाभावी खर्च गरेको अडिटले खुलाएर ७२,००० डलर जतिको बेरुझु देखाए| त्यही बेला देखि कसैले आफ्नो जिम्मेवारी नलिएकोले विवाद बढेको हो|
खालि जश मात्र लिने तर जिम्मेवारी वहन नगर्ने परम्परा चल्यो|
As mentioned in the trustee’s memo, let us hope that the ANA would take immediate steps to change to be a truly more inclusive organization and would reflect the diversity of the Nepalese community in North America.
नेपालको लागि रोल मोडल संस्था बनेर देखाउनु कंहा हो कंहा, उल्टो नेपालकै गन्धे पलिटिक्स र तछाड मछाडलाई भित्राएर कथित पढेलेखेका र सुबिधा भएकाहरुले सुकिलामुकिला मात्र हुन् खोज्ने? ब्याड एप्पललाई कसरि छुटाउने होला? हार्वार्ड र अन्य विश्विद्यालयमा शिक्षा मात्र पाइन्छ क्यारे ज्ञान आफैले आर्जन गर्नपरो|
बर्मा गयेनी कर्म सैङ्गै, कुकुर को पुछार १२ वर्ष ढुङ्ग्रो मा हलेनी जस्ता तेस्तिए, नानि देखि लाग्य बानि कहिले नजाने, भन्या येही हो. जहाँ जौ जता जौ यो मन नेपाली हो.
बेज्जति अम्रिकाने नेपालीहरु
जसोगर जे गर जतासुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
हाहाहा, नेपालीहरु जहाँ गए पनि पारा उस्तै
ह्वाँ भने विदेशमा बसेर नेपालीलाई कति विधि उपदेश दिन्छन्, राजनीतिले देश बिग्रयो भनेर धारे हात लाउँछन् आफै भने त्यस्तो कुरीकुरी