-अन्जन श्रेष्ठ-
अमेरिका जस्तो देश, जहाँ हेल्थ इन्सुरेन्स किन्न पाइन्छ, त्यस्तो ठाउँमा त काम गरेर कमाएको पैसा कुम्ल्याएर आफू बिरामी पर्दा चन्दा उठाउन कति नेपालीलाई अप्ठेरो लाग्दैन भने, करोडौँ जनता गरिबीको रेखामुनि भएको, अझ त्योमाथि पैसोको मुख नदेखी बिरामीको नाम समेत दर्ता गर्न नचाहने अस्पताल भएको हाम्रो देशमा गरीब जनताले चन्दाको मुख नताकी औषधी गर्न नसक्ने स्थिति भएको छ।
धन्न जुकेरबर्ग महाराजको देनले उत्पति भएको फेसबुकले अलिकति भए पनि तुरुन्तै हारगुहार गरेर कसै कसैको जीवन बाँच्न सफल भएको छ। फेसबुकमा चन्दा माग्न सजिलो भए पनि देश र विदेशमा दु:ख गरेर बसेको नेपाली जनताले भावविभोर भएर यसरी दिएको चन्दाबाट मात्र सबै गरीब नेपालीको औषधी उपचार चल्न सक्दैन।
बग्रेल्ती मेडिकल स्कुल खोलिँदा र बर्सौँ हजारौँ डाक्टर देशमै निस्किँदा पनि गरीब नेपालीको छोराछोरीले दिनदिनै फेसबुकमा चन्दा उठाएर औषधी गर्नु पर्ने स्थिति नेपालमा प्रशस्त देखिएको छ।
हाम्रो युगको चर्चित हास्य कलाकार मदनकृष्णको पार्किन्सनको सर्जरी पछीको अन्तर्वार्ता सुनेपछि झन् नेपालमा गरीब नेपाली बिरामीहरुको हालत कस्तो होला भन्ने सोच्न सकिन्छ। न त पहुँच हुन्छ न त पैसा, पैसा अगाडि नै खन-खन नगनी कसैको उपचार नहुने नेपालमा अधिकांश गरीब नेपालीको उपचार हुन सक्दैन; त्यसैले लगभग दिनको एउटा नेपालीको ब्यथा फेसबुकमा देख्न पाइन्छ।
साधारण भाषामा भन्दा जनताले ब्यहोर्न नसक्ने औषधी खर्च लाग्छ नेपालमा, सरकार सहयोग गर्न सक्ने स्थितीमा छैन, भनेपछी जनता साधारण उपचार् पनि नपाएर मर्न पर्ने स्थिती छ। आफू र आफ्नो साखासन्तानको उपचार अरबौंको सरकारी खर्चमा बिदेशमा गर्न पल्केका नेपालि नेताहरूले गरीब नेपाली जनताले सस्तो र सुबिधाजनक रुपमा स्तरिय उपचार पाओस भनेर सोँच्छन भन्ने कुरामा बिश्वस्त हुन सकिँदैन ।
हजारौँ समस्या हुँदाहुँदै पनि देशको यो भयाबह समस्याको समाधान भनेको अहिले नेपालीलाइ स्वास्थ्य बिमाको आबश्यक्ता पनि हो, तर अहिले नै केही सोँच बिचार नगर्ने हो भने यो समस्याको समाधान तुरुन्तै भने समाधान गर्न असम्भब प्राय छ किनकी यसै त बढदो महंगी, मुद्रस्फिती र ब्यवसायमा गुण्डागर्दी भैराख्ने नेपालमा साधारण नेपालीले हत्तपत्त स्वास्थ्य उपचार खर्च गर्नै नसक्ने स्थिती छ। अहिले सम्म नेपालमा बिकासको कुरा प्राइभेट सेक्टरले नै गरिराख्याछ, सरकार त खाली बिदेशीको अनुदानको मुख ताकेर आफ्नो तलब भत्ता सुरक्षित गरेर बचेको पैसाले बिकासको काम गर्न खोज्छन्।
प्राइभेट सेक्टरले यस्ता नयाँ योजनाहरुमा सरकारले राम्रो निति लागू नगरि कसरी जोखिमा लिन्छन? अहिले सरकारले परिवर्तित समाजको आवश्यकतालाई ध्यानमा राखेर आधुनिक निती नियम बनाउने कल्पना सम्म पनि नगरेको स्थितीमा प्राइभेट कम्पनीहरुले ठुला ठुला लगानी गरेर यस्ता कामहरु गर्न जोखिम नै मान्छन।
स्वास्थ्य बिमा संग सम्बन्धित सबै लगानिकर्ता, हस्पितल, डाक्टर आदी सबैलाई एउटै घेराभित्र बांधेर बिमा सम्बन्धी रेगुलेशन तयार गर्ने हो भने यो नेपालमा बस्ने नेपाली र बिदेश्मा बस्ने एन आर एन को लागि ठुलो लगानिको बातावरण बन्नुको साथै नेपाली जनतालाई सुलभ र सस्तो मुल्यमा स्वास्थ्य बिमा प्रदान गर्न सकिने छ।
नत्र यो ठुलो लगानीको मौका नेपालीको हातबाट फुस्केर भारतीय कम्पनीहरुमा अबस्य जानेछन र सम्पूर्ण नेपाली जनताको पैसा र स्वास्थ्य भारतीयको हातमा जाने सम्भाबना प्रबल छ। भारतमा पनि अहिले स्वास्थ्य बिमाको यस्तै समस्या छ, तर मोदी सरकारको आगमन संगै यो स्थिती चांडै नै फेरिदैछ, किनकी बिश्व कै अती धनी मध्य एक अमेरिकि वारेन बफेटले भारतको स्वास्थ्य बिमामा लगानी गर्ने इच्छा ब्यक्त गरिसकेको छ।
जबसम्म हेल्थ इन्सुरेन्सको ब्यबस्था र स्वास्थ्य क्षेत्रलाई रेगुलेट गरिदैन तबसम्म धेरै नेपालीको छोराछोरीले फेसबुक जस्तो सोसल मेडियामा आफ्नो उपचार गर्न चन्दा उठाउन परिरहन्छ। साधारण हिसाब गर्ने हो भने पनि अहिलेको अवस्थामा नेपालमा सजिलै हेल्थ इन्सुरेन्स गर्न सक्ने स्थिती भने छैन किनकी एकातिर छुनै नसकिने हस्पिटलको उपचार् खर्च लाग्छ भने अधिकांश नेपाली जनतामा त्यसलाई धान्ने प्रिमियम तिर्न सक्ने क्षमता देखिदैन र अर्काको चन्दाबाट बजेट प्रस्तुत गरेर नेतालाई अरबौँ उपचार खर्च दिन सक्ने तर जनतालाई जीबन जल दिन पनि बिदेशी सहयोग खोज्नुपर्ने नेपालको यस्तो गरीब सरकारले सबै नेपालीलाई इन्सुरेन्सको प्रिमियम सब्सिडाइज गरी औषधी उपचार गराउन सक्ने स्थिती छैन।
त्यसैले समयको बदलाव सँगै नेपाली जनताको स्वास्थ्य संग सरोकार राख्ने कुराहरुमा पनि सरकारले ध्यान दिदै सरकार, एन आर एन र देशकै लगानीकर्ताहरुलाई हातेमालो गर्न लगाइ नेपाली जनताको लागि स्वास्थ्य बिमाको अबधारणा अघी सार्ने हो भने यो समस्या समाधान हुन गाह्रो छैन। अब एन आर एन ले यसलाई पनि चुनावी एजेन्डा बनाउने कि?
तपाइको यो लेख पूर्ण यथार्थ परक छ . देश र विदेशमा दु:ख गरेर बसेको नेपाली जनताले भावविभोर भएर दिएको चन्दाबाट मात्र सबै गरीब नेपालीको औषधी उपचार कदापी चल्न सक्दैन. हार्मो जस्तो देशमा स्वास्थ्य बिमा अपरिहार्य छ. तर यो सर्व सुलभ हुन जरुरि छ ताकी कम आय भयका सबैले किन्न सकुन.
अनजन श्रेषठजीको यो लेख अत्यन्तै सान्दर्भिक छ । यो अवधारणालाई आत्मसाथ गरी यसको निमित्त नेपाल सरकारले जनमूखी, सेवामुखी सोच राखेर तदनुसारको नीति संरचना र कार्यन्वयनको सुनिश्चितता गरे निसन्देह अकालमा मृत्यू वरण गरी रहेका हाम्रा दाजुभाइ तथा दिदी बहिनीहरूले आफ्नो जीवन अकालमा गुमाउनु पर्ने थिएन तर हाम्रा नेताहरूलाई कुर्सी छोडेर यसतर्फ सोच्ने फुर्सद नै काहां छ र ?
मुलो जाबो हरु नागरिकता को “र कि वा” भन्ने बिषय मा झगडा गरेर बसेका छन् ! एस्तो कुरो सोच्नु भन्या त बौलाहा ले अप्रेसन गर्नु जस्तै हो ! अझ एन आर एन ? एन आर एन लाइ या कुनै बिदेशी लगानी कर्ता लाइ दियो भने त “रास्ट्रीयता” खत्तम हुन्छ भनेर चार हात माथि पो उफ़्रिञ्छन !! बाबै बरु उपचार गर्न जाने नेता लाइ त्येतई बाट खेद्यो भने केहि हुन्छ कि ?
स्पष्ट नीति-नियमहरू बनाएर अगाडी बढे असम्भव केही छैन । मुख्य कुराे देशमा राजनैतिक स्थिरता हुनुपरयाे र देश अार्थिक विकास तर्फ लम्केर जनताकाे अायस्तर बृद्धी हुनुपरयाे । अहिले केही ५ प्रतिशत जनताले किन्न सक्लान त्याे पनि स्वास्थ्य वीमाकाे सिस्टमनै छैन ।
साथीको कुरा साह्रै राम्रो लाग्यो मान् पनि पर्यो! यो हुनु राम्रो हो र हुनुपर्छ भनेर् हाम्रा पूर्व बिज्ञ मन्त्री प्रम साथिहरूले पनि सोच र बिचरी प्रयास गर्नु भएको थियो तर यो सान्दर्भिक हुदाहुदै पनि तेति सम्भव देखियन! अधिकान्श नेपालि हरू बिमाको प्रिमियम तिर्ननै नसक्ने छन् पहिलो कुरा आनि दोश्रो कुरा जो बिमाको प्रेमियम तिर्न सक्षम छन् तिनिहरू मध्य अधिकान्श पटाहा र धुर्त प्रब्रित्तिका छन् जस्को सोचाइ र हरदम प्रयास भनेको कसरी बिमा कम्पनीलाई टाट पल्ताउने बिमाको रकम् उछिट्याउने भन्ने मै रहन्छ त यो कसरी सम्भब हुनसक्छ?
यो कुरा लागू गर्न पहिले प्रबिधी र पद्दती साथै निकै कुराहरुमाथी गहन ब्याबस्थापन आनि सम्भावनाबरे अध्ययन गरि तेस्को इन्फास्ट्रक्चर आदि तयार गरेर अघि बढ्नु पर्छ। यत्तिकै बिमा सुरु गर्नु पार्छ भनेर् हचुवामा माइसन्सारमा लेखेर बहस ले मात्रहुदैन!
पहिले हाम्रा मन्त्री स्वास्थमन्त्री साथिहरूले यो कुरा सुरुगर्ने कोशिस पनि गर्नु भयको थियो! हाम्रो साथि डा देवकोटा ज्यु लाई ग्यानेन्द्र सर् ले स्वास्थ मन्त्री बनाउदाखेरी यो बिमाको सुरुवात झन्डै गर्नु भएएको थियो! यस बिषय र तरीका पद्दतीलाई लियर हामि बहस र छलफल पनि गरेका थियौ!
अनि हाम्रो अर्को विद्वान डा भट्टराइ अर्थमन्त्री साथै प्रम हुदा पनि यो कुरा चलेको थियो!
यी सबै कुराको लागि पहिले देशमा स्थिर सरकार र स्थाइ ब्यबस्था पद्दती को स्थापना हुनुपर्छ!
स्वास्थ सेवा पद्दती र बित्त क्षत्रमा एउता सुधार आउनुपर्छ!
राम्रो कुरा हो आबस्यक छ तर एउता संबिधान बनाउन न नसकेको स्थिति छ देशमा! बिमा गर्न चाहने र गर्न खोज्ने आनि गर्न सक्नेलाई त बिमा कम्पनी जत्तिनी छनि!
नेपाल मा बैंक ले पनि ठग्ने , जुन संस्थान बा समिति जे भए पनि ठग्ने र व्यक्ति संस्था सीत लड्ने बातावरण न भएको ठाउमा खाने छाक काटेर नेपालि ले बिमा पे गर्लान ?
अनि भारतीय आए त् झन् जनताले बिस्वास गर्ला , परेको बेलामा पैसा पाउला भन्ने के ग्यारेन्टी रह्यो ?उसै पनि भारतित भन्ना साथ् छबि राम्रो छैन नेपाल मा ?
बरु आम जनताले सरकारी अस्पताल लाइ प्रभावकारी बनाउन सरकार लाइ दबाब दिने , निसुल्क स्वास्थ सिबिर राख्न प्रोत्साहित गर्ने आदि बैकल्पिक उपाय ठिक होला |
हिजो को कान्ति पुर् मा दुखदायी खबर आएको थ्यो , नेपाल मा ५ उद्दोग हरु कर्मचारी को कारण नै बन्द |
भएको के रे छ भन्दा उत्पादन छोडेर कर्मचारी सधै आन्दोलन मा रे ? त्यो पनि माउबादी को भात्री अरे |
In a country like Nepal, where the health service sector is poorly functioning, out of pocket payment system exists, most people are poor and health care costs and services are not well regulated, health insurance could be both dependable and challenging alternative towards equity in health and improved health of population. Investments in establishing health insurance providers is itself a huge risk in Nepal under current circumstances (socio-politics). Only countries with a very qualified bureaucratic system have been able to implement health insurance programs for citizens. In Scandinavian nations, every single citizen (including legal immigrant workers, students) are entitled to receive healthcare services at free of cost. While in many other western nations, citizens pay for health insurance by themselves/via workplaces.
Firstly, it is extremely important that the government comes up with a long term policy while consulting with all other stakeholders including investors and private sectors in Nepal. Government must play the key role, while others including NRN can assist the government’s initiative. As the ongoing epidemiological transition and the current/ future estimates of the burden of diseases in Nepal show that there will be a lot more people in Nepal in the near future, who should be receiving long-term treatments for chronic non-communicable diseases such as respiratory diseases, hypertension and diabetes, huge improvements/changes in health system is extremely important. This is a really huge issue which actually is overlooked to a great extent, overshadowed by ongoing chaotic political scenario. But if we fail to take a proper initiative now, crises in Nepal’s healthcare system are inevitable. Health insurance schemes would definitely be a positive step forward, but we have got a number of problems (within our health sector) to solve first. I appreciate the writer’s work, the issue that he has raised.
गरिब र निमुखा नेपाली जनताको स्वास्थ्य संग सरोकार राख्ने कुराहरुमा सरकारले ध्यान दिदै सरकार, एन आर एन र देशकै लगानीकर्ताहरुलाई हातेमालो गर्न लगाइ नेपाली जनताको लागि स्वास्थ्य बिमाको सर्व सुलभ अवधारणा अघि बढाउनु अत्यन्त सामयिक कदम हुनेछ.