Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रवासमा पनि पार्टीको राजनीतिमै व्यस्त हुन्छन् नेपालीहरु

Posted on January 7, 2015January 7, 2015 by mysansar

– प्रभात किरण/कोपनहेगन, डेनमार्क-

परदेशिएका अधिकांश नेपालीहरु देशको अस्थिर राजनितीक अवस्थालाई आफु परदेशिनुको मुख्य कारण ठान्छन्। चाहे विद्यार्थी भिसामा छिरेको होस् या शरणार्थी भएर – सबैको मुखमा झुन्डिएको एउटै रेडिमेड उत्तर हो यो। एकाध व्यवसायी र दक्ष जनशक्ति आफ्नो पेशामा काम गरेर बसेको देखिए पनि अधिकांश नेपालीहरुले गर्ने कामहरु थ्री डी नै हुन्। देशको अवस्था राम्रो भइदिएको भए कस्ले यस्तो काम गरेर बस्ने भन्नेहरुनै पार्टीहरुका प्रमुख भएर बसेका छन्। अझ भनौ, गरिव दुखि र जनजीविकाको सवालको राजनिती भन्दै कुर्लनेहरु आफै १०औं लाख खर्चेर परदेशिएको विर्सन्छन । नक्कली कागज वनाएर शरणार्थी भएको भुल्छन्। अनि अाफ्ना नेताले घोकाएका नारा जस्को कुनै अर्थ नरहने मुलुकमा आएर ओकल्छन्।

मुख्य दल लगायत जनजातिका समेत छन् भातृ संगठन

आफ्ना माउ पार्टीसँग आफ्नो सैद्धान्तिक एकरुपता मात्र भएको भन्दै भ्रातृ स‍ंस्थाको रुपमा काम गर्ने यस्ता संगठनहरु, जनसम्पर्क समिति (नेपाली काँग्रेस), प्रवासी एकता मन्च (नेकपा एमाले), जनप्रगतिशिल मन्च(एमाओवादी), प्रवासी नेपाली एकता समाज (राप्रपा नेपाल) जस्ता नेपालका प्रमुख दल लगायत नेवा गुठी, याक्थूङ चुम्लुङ, तमु आदि विभिन्न नाममा जातीय र क्षेत्रीय राजनीति गर्ने स‍ंस्थाका भ्रातृ संस्थाहरु प्रशस्त छन‌्।

सामाजिक संस्थामा तिनीहरुकै पकड र सिन्डिकेट
राजनैतिक दलको भातृ संगठनको स्टाटसमा सँस्था दर्ता गर्न विदेशको नियमले नमिल्ने हुँदा गैरनाफा मुलक सँस्था (एन जि अो ) को नाममा दर्ता गर्छन । उनीहरुले गर्ने सामाजिक काम भनेको पाट्रीको काम गर्नु , चन्दा उठाएर पार्टीलाई सहयोग गर्नु वाहेक केही पनि हुदैन । दशैं तिहार, नयाँ वर्ष जस्ता बिभिन्न अवसर पारेर कार्यकर्ता भेला गराउनु, प्रशिक्षण दिनुनै यो सँस्थाहरुको वार्षिक क्यालेन्डरमा पर्दछन । सानो नेपाली समुदायमा पनि यो उ पाट्रीको उ त्यो पाट्रीको भनेर नेपाली नेपाली मा विभक्त गरेका छन । यति सम्म कि नेपाली चाडवाड विशेष आयोजना हुने कार्यक्रमहरुमा पनि पार्टी पाट्रीका नाम जोडिएर आयोजना हुन थालेका छन।

नेपाली राजदुतावास मार्फत हुने अधिकांश कार्यक्रममा तिनै संस्थाका प्रमुखहरुको हालि मुहाली हुन्छ । अझ कति राजदुतावसले त कार्यक्रमका लागि भनेर बन्ने समिती उपसमितीमा ति सँस्थाका लागि पदेन सदस्य व्यवस्था गरेको हुन्छ । राजदुतावासले वेला वेला गर्ने भनेको रात्रि भोजमा तिनै व्यक्ती स्थायी पाहुना हुन्छ ।

नेता वन्छन सेलिव्रिटी
विदेशमा नेता वन्छन सेलिवृटी । भर्खरै अन्तरकृया कार्यक्रम भनेर स्विजरलेण्डबाट पुर्व प्रधानमन्त्री शेर वहादुर देउवा डेनमार्क आइपुगे । नेपाली काँग्रेश समर्पित कार्यकर्तालाई दसै लागि गो । देउवा सँग सपरिवार फोटो खिचेर सामाजिक सन्जालमा पोस्ट गर्ने होडवाजीनै चल्यो । अन्तर्कृया कार्यक्रम भयो, तर दिनभरि स्थानीय नेताहरुले सुनाएर कार्यक्रमको अन्तिम तिर छुट्याईएको १०-१५ मिनेटको प्रश्न उत्तरको समयमा देउबा जवाफ दिन भन्दा रवाफ दिन तिर लागे ।

त्यस्तै नेकपा एमालेका प्रवाश इन्चार्ज भिम रावल पनि कार्यकर्ताहरुसँग सेलिब्रिटि झै पोजपोजका फोटो खिच्न मस्त थिए । सर्वसाधारणहरुले नेतासँग अन्तरक्रिया गर्ने समयमा लामो भयो भन्दै हुटिङ गर्ने अन्ध भक्त कार्यकर्ताहरुनै नेताहरुसँग फोटो खिच्न घण्टा भन्दा वढि समय लिए । जन सम्पर्क समितीले देउवासँगको अन्तरक्रिया भनेर राखेको कार्यक्रम अन्तरक्रिया नगराई कार्यक्रम समापन गरेको दृश्य पनि देखियो । सभाध्यक्षको कार्यक्रम समापन मन्तव्य पछि केही सहभागीको प्रश्न लिने कोशिष गरे पनि देउवाले भयो भयो भन्दै सहभागीका प्रश्न गर्न रोकेका थिए । २,३ दिन वसेका देउवाले पार्टी कार्यकर्ता भन्दा बाहिर अरु सर्वसाधारण पनि डेनमार्कमा वस्छन् भने अनुभुती नै गर्न पाएनन् ।

पासहोल्डर र पि आर होल्डरहरु छन स‍ंगठनका प्रमुख
डेनमार्कमा रहेका प्राय राजनैतिक सँस्थाका प्रमुखहरु लगभग नेपाल छोडिसकेका वा छोड्ने प्रकियामा छन। भनाईको मतलव कोही यहांको स्थायी वसोवासको अनुमति लिएर पासपोर्ट लिने प्रकृयामा छन् कोही ग्रिनकार्ड लिएर त्यही वाटोमा समाहित छन् । नेपाली जनसम्पर्क समिती, जन प्रगतीशिल मन्च, प्रवासी नेपाली एकता मन्च सवै मा पि आर होल्डरहरु राजनितीमा छन।

त्यस्तै राजनैतीक आडमै खुलेका सामाजिक सँस्थाहरुमा सवै उस्तै व्यक्तीहरु छन् । जो जो नेपाललाई सधैका लागि छोड्ने प्रकृयामा छन्। नेताहरूलाई स्वागत गर्न बिमानस्थल पुग्ने देखि लिएर नेताको वसाईक्रममा तातो चिसोको प्रवन्ध मिलाउनेमा उनीहरुकै अगुवाई देखिन्छ , त्यसैले हुनसक्छ नेपालवाट आएका नेताहरुको विशेष हस्तक्षेप हुन्छ पदाधिकारी चयनमा ।

वुझि नसक्नुको कुरा के छ भने जो जो देशलाई सधैको लागि छोड्ने प्रक्रियामा छन उनीहरुनै नेपालको समग्र विकासको लागि परदेशमा नेपाली राजनिती गरेका छन । सँघठनको प्रमुख भएर कुदेका छन् । नेपालीको प्रतिनिधि हुँ भनेर कुदेका छन् । नेपालको विकास गर्ने भनेर कुदेका छन् । जस्ले नेपालनै छोड्ने प्रक्रियामा छन् त्यो कसरी नेपालको प्रतिनिधि हुने वढो हाँस उठ्दो कुरो छ ।

किन गर्दैनन् विकासको राजनिती ?
मेरो जानकारीमा भए सम्म यहाँ भएका कुनै पनि नेपाली पाट्री सम्बन्ध सँस्थाहरुले डेनमार्क कसरी विकसित भयो ? यहाँ वाट नेपालले के सिक्ने ? हामीले नेपाललाई के दिने भन्ने छलफल चलाएको, चलाउन पहल कदमि लिएको थाहा छैन । यहाँका सँघ सँस्थाहरु तथा पाट्रीहरुसँग समन्वय गरि विकास, प्रबिधीका एजेन्डामा छलफल किन चलाउदैनन् यि संघ संगठनहरु एउटा गहन प्रश्न सवैमा तेर्सिएको छ ।

विदेशमा वस्ने नेपालीहरुलाइ मतदानको अधिकार पनि नभएको बर्तमान अवस्थामा विदेशमा वसेर दलगत राजनिती गर्नुको उदेश्य के हो । भिम रावल तथा देउवाले प्रवाशि सर्वसाधारण नेपालीको यो प्रश्नमा कीन स्पष्ट पार्न सकेनन् । यदी उपादायता छैन भने लाखौ खर्च गरेर भातृ सँघठनको सम्मेलन उद्घघटन गर्नकै लागि किन आउछन नेताहरु । विदेशमा आफ्नो काम थाँती राखेर नेताका पछि कीन कुद्छन कार्यकर्ता ? मानिस राजनैतीक प्राणी हो , राजनैतीक गर्नु हुन्न भन्ने होईन , तर एजेन्डा स्पष्ट हुनु पर्यो कुरो यति हो । भोटको राजनिती हुन नसक्ने ठाँमा कतै नोटको त राजनीति भएको छैन ? नेता तथा कार्यकर्ताहरुले प्रवासी नेपालीहरुको यो गहन प्रश्नको स्पष्ट उत्तर दिन सक्नु पर्छ ।

अन्तमा

प्रवासमा वसिरहँदा विकासको राजनीति गरौ। योजनामा छलफल गरौ। नेपाली कला, सँस्कृती को सँरक्षण तथा प्रवर्धन तथा पर्यटन बिकास कसरि गर्ने भन्ने वारेमा छलफल गरौं , भन्ने आम नेपालीको सरोकार हो । कुने नेपाली नेता विदेश भ्रमण आएका वेला विकास मोडलका वारेमा कुरा गरौं । प्रविधी विस्तारका वारेमा कुरा गरौ । अझ डेनमार्कमा वसेर कुरा गर्ने हो भने , सवैभन्दा कम भ्रष्टचार हुने देशमा वस्छु भनेर गर्व गर्ने हामी नेपाली भ्रष्टचार कम यसरी हुने रहेछ भनेर हामी हाम्रा नेतालाई सुझाउन सक्देनौ ।

[यो ब्लग माइसंसारका पाठकले पठाएर जस्ताको तस्तै प्रकाशन गरिएको हो। तपाईँ पनि आफ्ना ब्लग यहाँ क्लिक गरी खुल्ने पेजमार्फत् पठाउन सक्नुहुन्छ]

18 thoughts on “प्रवासमा पनि पार्टीको राजनीतिमै व्यस्त हुन्छन् नेपालीहरु”

  1. sajan says:
    January 8, 2015 at 11:49 pm

    प्रबाश मा बस्दा फुर्सद को समय मा के गर्नेत चौबिसै घण्टा काम त गर्नु पर्दैन. अनि बिदेसिको जस्तो परिवार भएका हेरुले परिवार संग समय बिताउने. भकेसन जाने भन्ने जानेका छैनन्. एक्लो को त कुरो छोडी दियौं.
    फुर्सद को समएमा आफ्नु सेल्फ देवेलोप्मेंट कसरि गर्ने भन्ने जानेका छैनन्. विदेशको निउज बाल मतलब छैन. न कसैले इन्लाई मतलब राख्छ. अनि जानेको तेइहो, राजनीति को कुरा गर्यो, कोहि नेता भानुदा बिदेस आएमा फोटो खिच्यो, अरुलाई धाक दियो. बोल्न जान्ने ले बोलेर धाक दियो नजान्ने ले लेखेर अनि त्यो पनि नन्नाने ले फोटो हेरु देखाएर धाक दियो. सानो गाउँ, जिल्ला, सहर बाट आएकाले, छिटो सबले चिन्ने, खादा भिर्न पनि पाइने, हुनाले यिनले बिदेसमा नेपालको राजनीति को कुरा नगरे कल्ले गर्नेत?
    इनले राजनीति नगरे के यिनले रिसर्च, सेल्फ देवेलोप्मेंट, सोसेल ओर्क, त्रेनिंग, सन्सार का बिकास का कुरा, नेपाल को नेपाल भू परिबेस्थिक मुलुक भएपनि के कुरा को बिकास गर्न सकिएला त ? हामि किन येत्र वर्ष बिकास मा पछि परेम कुरा इनिबाता होला त?
    कुन देसको जी डि पी कति छ? कुन देस को मुख्य आए स्रोत के हो? यिनले गर्लान त ? जानेको, नगरे के गर्नेत?

    Reply
  2. ekraj says:
    January 8, 2015 at 6:52 pm

    एउटा साँचो कुरा भन्नु पर्दा, यी विदेश मा बस्ने, नेपाल को भ्रस्ट नेता हरुको लंगुत्ति को जुम्रा हुने मा रमाउने, कु राजनीति को पक्ष्यधर भएर बकम्फुसे धाक देखाउने हरुले बिदेशमा पनि समाज टुक्र्याउने काम मात्र गरेको देखिन्छा|
    उनीहरुको देन भन्नुनै फजुलकोगफ र मौका पाए भने नेपालीलाई उनीहरुको समस्याको फाइदा उठाएर लुट्ने, उनीहरु बाटै फहिदा लिने, अनि सकेभने तिनीहरुलाई नै अर्को झोला बोक्ने कर्मी बनाउने हो| ARN का ठुला कार्य कर्ता भनौदा हरुमा यो निच चरित्र बडी उजागर भएको देखिन्छा| यो रोग इनिहरुले उतै बाट लिएर एक हुन्| यो सर इनिहरुको हुर्कंदा देखि परेको बानी भन्न मिल्ने जस्तो देखिन्छा|
    लेखक ले भने जस्तै “भोटको राजनिती हुन नसक्ने ठाँमा कतै नोटको त राजनीति भएको छैन” ? यसमा संका गर्नु ठाउँ छैन इनिहरु आफै खुलायम भन्दै हिन्दछन|
    यस्ताहरुको संगत गर्न नपरे देखि कुहेका औकात हिन भाँड हरुको जमात बाट बच्न सकिने थियोकि भन्ने एउटा सानो आसा मात्र हो|

    Reply
  3. pushkar dhakal says:
    January 8, 2015 at 10:41 am

    नेपाली भन्ने प्राणी नै भगवान को एस्तो अचम्म को अविस्कार हो … जसको एउटा गुण :
    सफा राजनीति मा कैले लाग्न नसक्नु अनि फोहोरी राजनीति तेस भीत्र फोहोरी खेला मात्रै दिमाग मा हुनु …

    Reply
  4. Bishnu says:
    January 8, 2015 at 10:23 am

    यो नेपालीहरुको उपचार पत्ता नलागेको रोग हो, जहाँपुगे पनि संगै जान्छा/ मा आफु पनि बिदेशमै बस्छु Tara मलाई सबै भन्दा घिन लाग्ने भनेको NRN नाम गरेको तुच्छ मानिसहरुको संगठन हो, कहाँ बाट चन्दा उठाएर पैसो चाट्न पाइयॆञ्छ भनेर खुराफाती गरि बस्छन / साथिहरुहो यीनिहरुको बिदेशमा कुनै ईज्जत छैन , यीनीहरुले माखो मार्न सक्दैन एहा, गोरेहरुले त यिनलाई मान्छे Hun नै भन्दैनन , त्येसैले यिनीहरु नेपाल आउदा पनि कसैले Baal नदिनुहोला /

    Reply
  5. Shankar says:
    January 8, 2015 at 9:16 am

    नेपालको राजनीतिक गङ्गा मा स्नान गरेका , नेता ,नेती पुत्र आसे पासे यूरोप , अमेरिका बा तपाइको भासामा प्रबाश छिर्दा के बाबाधाम जादाजस्तो गेरु बस्त्र लाएर छिरेका हुन् ?
    खल्तीमा नेपाल को संस्कार बोकेर आएपछि देखाउने बेलामा सकुन्तले सालिनता कहा पाउनु
    ? तेस्माथि अमेरिका छिरेपछि लंगुर ले अंगुर खान पाउछ , अनि भैमा मा खुट्टो हुन्छ ?

    Reply
  6. Sanjeev says:
    January 8, 2015 at 5:38 am

    ‘डेनमार्क’ लेखिएको ठाउँमा प्रवासी नेपालीले आ-आफू बसिरहेको देशको नाम राखेर पढ्नुहोला। जुन देशको नाम राखेर पढे पनि ठ्याक्कै कुरो मिल्छ।

    Reply
  7. Bishnu Pantha says:
    January 8, 2015 at 5:25 am

    यो नेपालीहरुको उपचार पत्ता नलागेको रोग हो, जहाँपुगे पनि संगै जान्छा/ मा आफु पनि बिदेशमै बस्छु Tara मलाई सबै भन्दा घिन लाग्ने भनेको NRN नाम गरेको तुच्छ मानिसहरुको संगठन हो, कहाँ बाट Chanda उठाएर पैसो चाट्न पाइयॆञ्छ भनेर खुराफाती गरि बस्छन / साथिहरुहो यीनिहरुको बिदेशमा कुनै ईज्जत छैन , यीनीहरुले माखो मार्न सक्दैन एहा, गोरेहरुले त यिनलाई मान्छे Hun नै भन्दैनन , त्येसैले यिनीहरु नेपाल आउदा पनि कसैले Baal नदिनुहोला /

    Reply
  8. Rajiv says:
    January 8, 2015 at 2:48 am

    लेख सारै राम्रो लग्यो. लेखक को Kura मा १०० पर्तिसत सहमत छु.! Bikash कोराजनीति गरौ न. Nepal Mai नेता हरु ले samaye मा sambidhan बनौन नसकेर गति छाडेका बेला विदेश मा नेता को pagari bhirne हरु ले Ke लाचार्पतर लगाउला र? राजनीति गर्ने bhaye नेपाल मा गएर गर! गुटबन्दी गरेर तेरो Mero पति bhanera कुनै फुर्ति नदेखाऊ. विदेश मा नेता गिरि गरेर भन्दा येही नेपाल मा लगानी गर्ने, rojgari को अवस्था Srijana गर, sakdainau विदेश मै मिलेर कम्पनी खोल..अनि डिग्री होल्दर Lai जोब देउ. अनि Timi ले पनि भाडा माझेर राजनीति गर्नु पर्दै न. तिमि हाकिम bhanchau .अरु खुशी..

    Reply
  9. Karki says:
    January 8, 2015 at 12:48 am

    Just few comments!!
    # I am familiar with this context, therefore could find nothing new.
    # Writter might has bias and hatter to own race and society.
    # We human are often opertunistic,then can hold PR and pass.There is nothing wrong to create and involve in community for sharing ideas and develope it.
    # Being realistic, one can’t pose better job possition in this advance danish market in short period of time, therefore we compermize with third grade work whatever you name it.
    # Business(creativity, innovation) and politics(system, regulation) might be two different area and often business plans are secrete than political gufgaf—I think

    # Being active is better than being passive, My thumbs up for all community initiators.

    Reply
  10. kiran thapa says:
    January 8, 2015 at 12:27 am

    मनिश राजनैतिक प्राणी हो. कर्सैले प्रदेश मा न भएर विदेश मा राजनीति गरेमा किन टाउको दुखाऊ नु र. ठिक छ, राजनीति गर्नु र बाचेको अनुभव गर्नु. सधै गोरु जस्तै जोतिनु पर्दैन. रानीतिक गतिबिधि र विवाद गर्नु राम्रो कुरा हो.

    Reply
  11. Ang Sherpa says:
    January 8, 2015 at 12:15 am

    राजनैतीक आडमै खुलेका सामाजिक सँस्थाहरुमा सवै उस्तै व्यक्तीहरु छन् । जो जो नेपाललाई सधैका लागि छोड्ने प्रकृयामा छन्। नेताहरूलाई स्वागत गर्न बिमानस्थल पुग्ने देखि लिएर नेताको वसाईक्रममा तातो चिसोको प्रवन्ध मिलाउनेमा उनीहरुकै अगुवाई देखिन्छ , त्यसैले हुनसक्छ नेपालवाट आएका नेताहरुको विशेष हस्तक्षेप हुन्छ पदाधिकारी चयनमा

    Reply
  12. madan bajracharya says:
    January 7, 2015 at 9:37 pm

    भारतमा नेपालमा भन्दा राजनैतिक बिचार फराज भयका व्यक्ति तथा संघ संस्थाहरु धेरै छन्/ भारत्कों कयुअन नागरिकहरु आज पनि हिन्दि भाषा बोल्दैन जान्दैन/ भारतमा अधिकासले मान्ने हिन्दि धर्मको बारेमा पनि फरक मत रहेको छ/ भारतमा जातीय र छेत्रीय धार्मिक बिबाद र दंगा नेपालमा भन्दा धेरै हुन्छ/ तापनि तिनै भारतको नागरिकहरु बिदेशमा जाँदा बस्दा उनीहरुको धार्मिक राजनैतिक मत फरक भयपनी आपसमा मिलेर बस्छ र बिदेशमा उनीहरुलाई हेर्दा भारतीय हरु भारतमै रहंदा बिबाद गर्दै रहन्थे भन्ने कुराको आभास पनि हुँदैन/ बिदेशमा रहेको भारतीयहरुको कुनै संघ संगठनहरु भारतको कुनै राजनैतिक संगठनको भात्री संगठन बन्दैन र तेस्तो संघ संगठनको सदस्यहरु कुनै राजनैतिक दलको प्रतिनिधि को रुपमा आफुलाई प्रस्तुत गर्दैन/ यो भन्दा पनि ठुलो कुरा बिदेशमा रहेको सबै भारतीयहरु आफ्नोंदेश भारतको राम्रो कुरा मात्रै गर्छन/ ई कुरालाई मनन गर्ने हो भने बिदेशमा रहेका नेपालीहरु र र तिनीहरुको संघ संगठनहरु कस्तो हुन्छ भन्न जरुरि छैन/ बिदेशमा रहेको नेपालीहरु नेपालको बारेमा नकारात्मक कुरानै बढी गर्छन र बिदेशमा रहंदा पनि नेपॉलिहरु जातिगत बिचार राख्छन/ किन?

    Reply
    1. Shankar says:
      January 8, 2015 at 9:05 am

      मदन जी
      भारतको जनसंख्या नेपाल को तुलना मा अधिक छ, धेरै आम सज्जन भारतीय पनि युरोपे र अमेरिका छिरेको छ | यूरोप ,अमेरिका छिर्ने गिने चुन नेपालि चै धेरै जसो धुर्त , नेपाल मै धादली को टेर्निंग पाएका , देख्दा सिदा ,इन्नोसेन्ट समेत देखिने खाल का छन् | सायद यहि कारण हो कि ?

      Reply
  13. Yogen says:
    January 7, 2015 at 9:09 pm

    खै कसलाई दोष दिने? अब त नेपालीको रगत नै त्यस्तो होकी जस्तो लाग्न थाल्यो अब /

    Reply
  14. jitu says:
    January 7, 2015 at 8:19 pm

    अति उत्तम लेख, राजनीति गर्नेहरुलाई चेतना भया.

    यो चाँही चित्त बुझ्यो .

    प्रवासमा वसिरहँदा विकासको राजनीति गरौ। योजनामा छलफल गरौ। नेपाली कला, सँस्कृती को सँरक्षण तथा प्रवर्धन तथा पर्यटन बिकास कसरि गर्ने भन्ने वारेमा छलफल गरौं , भन्ने आम नेपालीको सरोकार हो ।

    Reply
  15. jeevan verma says:
    January 7, 2015 at 7:56 pm

    लेख सोरै अन सहि छ | मलाई लग्छ नेपाली को रगत मा (कु) राजनीति यति सम्म गडेको छ कि उनि हरु आफु PR लिएर अर्कै देश मा बसी रहेको कुरा पनि सिर्सिन्छ | अनि त्यो राजनिती नेपाल लाई कसरि विकास गर्ने भन्ने मा हुदैन बरु नेपाल क पार्टी ले लिएको कुनिति , कुरिती, कुविचार कै प्रोमोशनमा हुन्छ | थुक्क नेपाली भनौदा हरु, किन तिमि हरु लाई आफ्नो देस विकास कसरि गर्ने, नेपाल को कला र संस्कृती कसरि जोगाउने, भ्रस्टाचार लाई कसरि कम गराउने, ब्यबहारिक सिक्ष्याको विकास कसरि गराउने बारेमा ध्यान नगएको ? खाली तिनै नालायक मान्छे जो आफु लाई नेता भनौन चाहन्छन का पिछलग्गु हुन्छौ?अहिले नेपाल को कुनै पनि आफु लाई नेता भानौना चाहने एउटा मान्छे जति पनि छैन | देउवा मह भ्रस्ट हो | के तिमि हरु छोरी बलात्कार गर्ने बाबुलाई मान्छे ठान्छौ | जसलाई अहिले को भ्रस्ट नपाई को अदालत ले पनि जेल हालेको छ | के राष्ट्र प्रमुख भएको व्यक्ति भ्रस्टाचार गर्छ भने त्यो छोरी बलात्कार गर्ने बाबु भन्दा कम दोसी छ ? प्रचंडे देश घाती हो त्यसलाई अझै नेपाली मान्ने ? ओली पनि कुनै गतिलो मान्छे त होइन तर अहिले को अबस्थामा सुप्पोर्ट गर्नु पर्ने भएको छ बाध्यता ले | कमसे कम देश तुक्र्यौना हुदैन भनेर अडान त लिएको छ | बरु मानबिय रुप मा भन्ने भने माधब नेपाल केहि राम्रो होला | सुशील कोइराला एउटा निरिह प्राणी हुन् तर भ्रस्टाचार नगरेको ले उनि प्रति चाही मलाई श्राद्धा छ |

    विदेश मा बस्ने नेपाली हो उठ जाग | एक पटक सोछ नेपाल लाई बस्ने नहुने ठाउँ बाट सकारी भू स्वर्ग बनाउने |

    नबिर्स – जननी जन्म भुमिस्च, स्वर्गादपि गरि यसी |

    Reply
  16. सुवल says:
    January 7, 2015 at 7:39 pm

    सुझाव सहित धेरै घतमा जाने कुरा राख्नुभएछ, लेखकज्युलाई हार्दिक धन्यवाद|
    १. बिदेशमा हाम्रा नेपालीको यस्तो कुइया र नसुध्रिने व्यवहार देख्दा यो मन डेनमार्कको राजदुतले निवासमा फ़र्फ़राएको चिरा चिरा परेर फ़ुङ्ग रंग उडेको राष्ट्रिय धजा सरह हुन्छ|
    २. किन हो देउवाले जहीं गए पनि प्रश्नोत्तरबाट भाग्न खोजेको प्रष्ट हुन्छ| नेतासंग प्रत्यक्ष रुपमा बुझ्ने र वार्ताक्रममा अन्तरक्रियामा सहभागी जनताको प्रश्नोत्तर मुटु हो| आफुलाई जनताको नेता ठान्नेले यो कुरो नबुझ्नु वा लत्याउन खोज्नु दुस्साहसपुर्ण छ| कि हुनपर्यो केवल छ आठ हजार भोटले जितेको आफ्नो दबदबा भएको जिल्लाको प्रतिनिधि मात्र| देशको नेता हुन् खोज्नेले पुरानो परिपाटी त्याग्न सक्ने आँट र सामर्थ्य बटुल्न पर्यो| आफै असक्षम रहेर राजतन्त्र नै समाप्त गरेका ज्ञानेन्द्रले समेत देउबालाई असक्षम घोषित गरेका थिए| गणतन्त्र आयो तर शीर्ष स्थान ओगटेका नेता हरुले आफुलाई रुपान्तरित गर्न नसक्नु दुखद र गम्भीर बिषय हो| देउवा एउटा उदाहरण मात्र हुन्| यो सबैले देखेका र बुझेका छन् र यस्तै हो भनेर कसैले भन्दैनन| कांग्रेसीहरु आफ्ना गुट र फुट अनुसार रोजेको जस्तो सुकै केकमा पनि आइसिंग गर्ने भैहाल्यो| जुन सुकै देशमा बसे पनि जदौरे, रमिते र खुच्चिंगेहरुको के कमी? पासपोर्ट बदल्दा त्यस्तो मनस्थिति पनि धेरैले संगै सार्दो रहेछन|
    ३. संबिधान पहिलो संबिधान सभामा किन निर्माण भएन र अहिले के स्थिति छ अनि अगुवा पंक्तिमा रहेका यी नेताहरुले पाठ सिके कि सिकेनन वा के पाठ सिके र के कस्तो र कहिले संबिधान आउनेछ भन्ने बारे तिर जोड दिएको भए हुन्थ्यो| खुरुक्क संबिधान बनाउनमा तनमन नदिएर विदेश भ्रमण गर्नपर्ने काम के हो? सुसुचित दर्शक श्रोता अनि दर्शनकारीहरुले संबिधान निर्माणको बिषय अहिलेको स्थितिमा अत्यन्त जरुरी ठानेर जिकिर र केरकार बढाउँन पर्ने हैन र?
    ३. अन्तमा, लेखकज्युको सही सुझाव बिकाश र योजनाको राजनीति गरौ भन्ने तिर हाम्रो ध्यान आकर्षित हुन् आवश्यक छ|

    Reply
  17. Pratap says:
    January 7, 2015 at 7:15 pm

    dhanyabad किरणजी एथार्थ paraak लेख लेख्नुभाकोमा. येस्तै लेख लेख्दै जानुहोला . येत्ति गर्नु भयो भनेपनि तपैले ति नेताहुम भन्नेहरुले भन्दा धेरैनै गर्नु भयको मानिने छ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme