एकताका हनुमानढोका दरबार काठमाडौँका राजा बस्ने भवन थियो। काठमाडौँ जितेपछि मल्ल राजालाई विस्थापित गर्दै शाह राजा पनि यतै बसे। नारायणहिटी दरबार बनेसँगै यहाँ बस्ने राजा उता सरेपछि यसलाई संग्रहालय बनाइयो। त्यसो त अहिले नारायणहिटी दरबार पनि संग्रहालयमा परिणत भइसकेको छ।
हनुमानढोका दरबार विकास समिति र अमेरिकी राजदूतको संस्कृति संरक्षण कोषको संयुक्त रकमबाट अहिले हनुमान ढोमन परिसरको मल्लकालीन भवनहरु र पञ्चमुखी हनुमान मन्दिरको जिर्णोद्वार गरिँदैछ। यसका लागि अध्ययन गर्दैगर्दा ९५ वर्षअघि अर्थात् सन् १९२० को एउटा फोटो भेटियो।
सन् १९२० को यो फोटोमा देखिएको केही संरचना अहिलेको संरचनाभन्दा बिल्कुलै फरक रहेछ।
जस्तो छ त्यस्तै पुनर्निर्माण गर्नेभन्दा पुरानै स्वरुपमा फर्काउने संभावना बारे अहिले विचार भइरहेको छ।
यस्तो स्थितिमा सामान्यतया के प्रचलन रहेछ भने एउटा बृहत् बहसको आयोजना हुँदो रहेछ। त्यसै अनुसार भोलि सोमबार दिउँसो १ बजेदेखि सरकारी अधिकारीहरु, संरक्षणविद्, पुरातत्वविद् र सर्वसाधारण सहभागी हुने गरी भृकुटीमण्डपस्थित नेपाल टुरिजम बोर्डको हलमा छलफल हुँदैछ।
समय हुनेहरु त त्यहाँ गइहाल्ने नै छन्, जान नभ्याउनेहरुले यसै ब्लगमा कमेन्ट गर्नुभयो भने पनि आयोजकहरुकहाँ पुग्नेछ। तपाईँको विचारमा पुनर्निर्माण कसरी हुनुपर्छ ?
पुरातात्विक महत्तोको भवनहरु सेतो र कालो भएकोनै राम्रो |
पुरानो design मा change गर्दै मा original हुदैन / यो त पिर्थी नारायण शाह को सिक्का भन्दै नया सिक्का बनाउनु जसतै हो / अहिलेको नया looks को पनि आफ्नै इतिहास छ होला नबिगारी राखुम / तेस्तै हो भने त अरुनै ठाउँ मा तेस्तै घर चार पाँच वटा बनैरखे पनि भयो नि त /
historical documents and experts discussion are the fundamental things for renovation and re-construction on historical importance places and things! It shows lack of sufficient workout and miss use of resources.
Unemployment and youth fielding to foreign countries can be stopped with giving right candidate right job.
isn’t it?
I don’t know whether it is right/wrong the changed structure of the old palace. If we change to its original look then it will pressure to use same material for the recently restructured Singha Durbar gate. It was repaired during the recently held SAARC Summit. Different materials have been used. Be practical!
पुरानो नक्सा नपाएर तयार गरिएको नयाँ रुपलाई फेर्नै पर्ने जस्तो लाग्दैन!ढेरै खर्छ गरेर एस बाट खासै फाइदा छैन । बरु आगन्तुक हरुलाई दुबै नक्सा हेर्ने बेवस्था गरौन ।
Originality is better.
प्राबिधिक हिसावले अहिले को बनोट दिगो छ/ यसमा चुहावटको सम्भावना कम छ/ ९५ वर्ष अगाडीको फोटो मा पनि परिमार्जन भएको पक्का छ, किन कि यसमा पश्चिमा तरिका को बुर्जा निर्माण गरिएको छ/ जब कि यो तरिका राणाहरुले नेपालमा भित्राएका थिए/ बिस्तृत अध्यनको खाँचो देखिन्छ/
Everybody is mostly talking about restoring to original form but do they know just changing the roof will not bring it to original, if they want to change it to original, they will not be able to use any cement. The plaster will not be strong and it will come out few years as they will be made of some weak materials I am sure Nepali Government doesn’t have enough money to maintain it old way always and we cannot be begging other countries to restore every time. Or who know maybe they want to restore the old way so that they can ask for money to build the Palaces ???
old is gold
सकिन्छ भने त पहिलाकै संरचना अनुसार बनाउनु बुद्दिमानी ठहरिन्छ नि .
झन् त्यसमा पनि यस्तो ऐतिहासिक महत्व बोकेको ठाउँ !!!
to preserve heritage, we must support the original one. Lets go for the old photo kind
Lets do it to its original
जे हो तेहीमा लानु राम्रो हो किनकि पुरानो संरचना बिजर्नु राम्रो होइन .
९५ बर्ष अघिको फोटो पनि संरचना परिबर्तन भै सकेको हुन सकछ . त्यसैले यो भन्दा पनि अगाडी को कागजात पनि खोजि हुनु पर्छ माथि सुभाषसिद्धि उपासक ले भने झैं एकै समयमा दुइ वटा फोटो हुन सक्ने भए
Have anyone observed how they have deformed Maru Ganesh Temple? Is not this a historical site than Hanumandhokha? The issue here is not of preserving or restoring historical site; it is about skimming money in the name of construction.
यहा सम्रक्ष्याँन को कुरा हुदैछ , तेसै ले पुरानो मौलिक ढाचा मै जानु उपयुक्त छ | नया बनाउने त् जहिले बनाए पनि भयो ,जसले बनाउदा पनि भयो |
पुरातात्विक महत्वको ज्ञान नभएका ‘डेढ अक्क्ली’ कर्मचारीहरुले यस्तो थुप्रै काम गरेको हुनु पर्छ.
कालभैरव को जीर्णोद्धारमा पनि मौलिक स्वरूप विकृत हुने गरी केहि दशक अगाडी छानो हाल्ने काम भएको थियो. कसले सुझाव दियो क्यारे, त्यो छानो हटाएर पुन: मौलिक स्वरूप मै संरक्षण गरिएको हेर्न पाइन्छ.
“मौलिक ढांचामा आंच न आउने गरी देवस्थलहरु जोसुकै श्रद्धालुले मर्मत सम्भार गर्न पाइने ” संस्कृति विभाग र पुरातत्व विभागहरुको घोषित नीति नियम नै रहेको छ.
जनस्तरबाट हुने जीर्णोद्धारहरुमा यो नियम कडाइका साथ लागु गरिएको देख्न सकिन्छ.
हुनत तपाईँले भने जस्तै कर्मचारी टन्नै छन् तर कर्मचारीलाई मात्रै पनि दोष नदिउँ होला
मखनको पशुपति मन्दिर बाहिर पक्की द्वार बनाउँदा पुरातत्वले भत्काउन खोज्दा स्थानीय क्लबकाहरुले हुलै बाँधेर विरोध गरी आखिरमा हेर्दै नसुहाउने त्यो द्वार राखेरै छाडेका थिए
पुरानै स्वरुपमा फर्काउनु पर्छ । यसका लागि जोड गरौँ साथी हो
अहो , यो यस्तो पो रहेछ ? पहिला जिर्णोद्वार गर्ने संस्था र त्यसका जिम्मेवार व्यक्ति चाहिँ को रहेछ ? पत्ता लगाएर सोध्नु पर्यो, जस्तो मन लाग्यो त्यस्तै बनाउन पाइन्छ भनेर
फोटोको महत्त्व कति हुन्छ भनेर यसले प्रमाणित गर्यो । तपाईँले आज खिचेका फोटो पछिको पुस्तालाई काम लाग्छ । त्यसैले फोटो एउटा जीवित इतिहास हो।
Heritage conservation means preserving the originality, given the evidence has a proof. Let’s support restoration according to the original photo!