Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लघुकथा : वाह ! डलर मोह

Posted on January 3, 2015January 3, 2015 by mysansar

-आचार्य प्रभा-

saturday-fictionपारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइट ड्युटी जानलाई तयार थिइन्। उनको मन पनि धर्मर थियो ड्युटी जानलाई। किनकी यता उस्को ३ बर्षको छोरा अलिक बिसन्चो भएर निन्याउँरो मुख लगाई रहेको थियो।

सधैं बेफिक्रिसाथ खेलिरहने छोरा त्यो साँझ भने अँध्यारो मुख लगाएर आमाकै काख खोजिरहेथ्यो। त्यो बालकको त्यस्तो हालत देखेर त्यही घरमा आएको पाहुनाले भन्यो– “पारु छोराको यस्तो हालत देखी,देखी कसरी छाडेर रातभरी काम गर्छौ? नगए हुन्न आज, आजको तिम्रो काम भन्दा छोराको स्वास्थ्य नै ठुलो होइन र? माया मार आजको कमाइलाई”।

उक्त वाक्यहरु सुन्नसाथ पारुले झट्ट जवाफ दिइन् –“यो खटाइ र दुःख उनिहरुको भविष्यको लागी नै त हो। मैले रातभरी खटिनुको कारण नै उनीहरुलाई पछिलाई जगेडा गर्नलाई हो। काम माया मारेर कहाँ हुन्छ? डलरको पो कुरा छ त!”

पारुको यो जवाफ सुनेर उक्त पाहुना मौन बनेर मन मनै सोँच्न थाल्यो “वाह! डलर मोह।

जतिबेला बालकलाई आफ्नी आमाको न्यानो काख र स्पर्ष को खाँचो हुन्छ, त्यो बेला नै उक्त बालकले आमाको न्यानोपनबाट बन्चित हुनुपर्छ र बिसन्चो हुँदा पनि आमाको थप्थपाइ पाउँदैन भने भविष्यको त्यो जगेडा के काम?”

पाहुना यही सोच्नमा मग्न थियो।

पारु बाहिरिएको छनकले एक्कासी बालक रोयो। पाहुनाको सोंच बालकको रुवाइले चक्नाचुर भयो। (साभारः लेखकको ब्लग)

4 thoughts on “लघुकथा : वाह ! डलर मोह”

  1. nabin aryal says:
    January 6, 2015 at 10:57 am

    कस्तो निष्ठुरी आमा !!!!!

    Reply
  2. लौटन अवधि says:
    January 5, 2015 at 1:03 pm

    नेपाली समाज यहि अड्किरहेको छ !

    Reply
  3. Shankar bro says:
    January 3, 2015 at 1:36 pm

    लघुकथा निकै रमाइलो रहेछ

    Reply
  4. Prabin Kumar K.C. says:
    January 3, 2015 at 12:48 pm

    मन चसक्क भयो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme