Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञान ब्लग : झुस भनी नगर हेला, झुस कै पर्लाउ है फेला

Posted on January 3, 2015January 2, 2015 by mysansar

– विप्र –

trichomes सिमसिम: नमस्कार, बुलवुलजी, के छ हो हालखवर !
बुलवुल: के हुनु नि । ह्यॉ तपॉईलाइ नमस्कार फर्काउन मुद्णपाटी (कीवोर्ड) चलाँउ कि ढाड र पाता कनाएर बसौं जस्तो भ’को छ आफुलाइ चैं !
सिमसिम: हैन, के भयो र त्यस्तो ? हुन त आफ्नो मखमली जिउ कनाउन छोडेर त्यस्तो खस्रो मुद्रणपाटी चलाउन जॉगर नै कसरी चल्छ होला र ?
बुलवुल: जीउ पालेर मात्रै वरत्र-परत्र सल्टीने भए यो ज्यानले किन यति सार्हो घनचक्कर चलाउनु पर्थ्यो होला र जीन्दगानीमा ! मान्छेलाइ खातीरदारी गरी टोपल्नु पनि उत्त्तीकै जरुरी रै’छ है हो यो जूनीमा ।
सिम: कुरो सही हो । हैन, अनि भ’को चॉहीं खासमा के हो ?
बुल: जीउभरी डावर आएको छ ! रातो चपरा । आज दिउसो करेसामा निस्कँदा मकैको पात र भटमासको लहराले छोपेको थियो । छालाभरी झुस बिझेछ।
सिम: झुस भनी धेरै नगर हेल, झुसकै परीछ्यौ फेल !

बुल: ….परियो नि फेलामा ।

सिम: झुसै त हो नि भनेर सामन्यतया हामी यसलाइ हेप्ने गर्छौ तर जव काउसो को फेला परिन्छ नि तव थाहा हुन्छ झुस कति ज्याद्रो हुन्छ भन्ने ।

बुल: अनि यो झुस चॉहीँ खासमा हो चॉहीँ के त ?

सिम: झुस वनस्पतिको बाहिरि भाग जस्तै जरा तथा हाँगा- बिँगा र पात अनि फुलको पत्रदलहरुमा हुने एक कोषिय अथवा सामान्य बहुकोषीय अँग हो। यसलाई अँग्रजीमा ट्राइकोम (Trichome) भनिन्छ । यसको महत्व बुझेमा हामीहरुको लागि भने यो एउटा औषधिय र औध्द्यौगीक कारखाना नै हुन सक्छ।

बुल: जावो झुसको नि यस्तो वयानवाजी ?

सिम: हाहा. अझै सुन्नै ? बनावट र वनस्पतिका अँगमा फैलावटका आधारमा झुसको विभिन्न प्रकार भेटिन्छन । तर सवभन्दा महत्वपुर्ण पक्ष भनेको झुस वनस्पतिको लागि पानी तथा पोषण तत्व शोषण गर्नको लागि र जैविक प्रतिरक्षाको हतियार हो। यसले भौतिक तथा रासायनिक हतियारको काम गरेर वनस्पतिलाई भौतिक प्रतिकुलताका साथै जनावर तथा किराहरुको आक्रमणबाट समेत बचाऊँछ । जैविक प्रक्रियाको हिसावले पनि झुसको धेरै महत्व छ। वनस्पतिको जरामा पाइने रौँहरु (रुट हेएर) पनि झुसकै बिशिष्ट प्रकार हो जसले माटोबाट पानी र पोषणको लागि आवश्यक खनिजतत्त्वको घोललाई वनष्पतीको अन्य अँगहरुमा प्रषार गर्न सुरुको भुमिका खेल्दछ।

बुलवुल: लौन झुसको नि कत्रो पुराण !

सिम: यति मात्रै हो र ? जैविक उद्विकासको आधारमा हेर्दा पनि झुसको उतिकै महत्व देखिन्छ । वनस्पति र प्राणी जगत विच एक अर्को प्रतिको दुश्मनी तथा अन्तर निर्भरताले गर्दा कहिलेकाहीँ यो झुसे हतियारलाइ जित्नसक्ने क्षमता जनावर तथा किराहरुले विकाश गरेको पनि देखिन्छ ।

बुलवुल: लौन,,,,,,। तर कुनै ठाँउको बनस्पतीमा धेरै झुश अनि कुनै ठाँउको मा एकदम नै कम झुस हुन्छ किन नि ?

सिम: हो तपाइले राम्रो हेक्का राख्नु भएको रहेछ। झुसको उपस्थिति र उपयोग ओशिलो ठाँउमा पाइने बोट-विरुवामा भन्दा धेरै घाम लाग्ने र हावा बढि चल्ने ठाऊँमा फरक रहन्छ। पारिलो, हावा बढी लाग्ने अनि सुक्खा ठाँउमा यसले हावाको बेगलाइ रोक्ने क्षमता देखाउँछ भने अर्को कुरा ऊच्च सौर्य बिकिरणलाइ परावर्तण गरेर कलिला कोषहरुलाइ क्षय हुनुबाट वचाउँछ । ओशिलो ठाँउ जहाँ घाम त्यति लाग्दैन यसले हावाको आद्रताबाट पानी शोषण गरेर वनस्पतीलाइ पानी समेत उपलब्ध गराएर फाइदा पुर्याउँछ ।

बुल: लौन:, हाम्रो शरीरमा नै यस्तै गरि शरिर भरी झुस भए देखीन त त्यसतै गजव हुन्थ्यो होला हगि ! नेपालभरी स्वच्छ खानेपानीको कस्तो काकाकुल छ ।

सिम: कुरा गर्दा अलिअलि लाजगाल त लाग्ला तर हाम्रो शरिरको पनि ठॉउ ठॉउमा रौं त हुन्छन् नि झुसको सट्टा, तर काम चॉहीं फरक! जसरि मानिसको र अन्य स्तनधारी जनावरमा फरक जाती विच, फरक फरक भूक्षेत्रमा वस्ने जातीहरुका विच, अनि एकै परिवारकै फरक व्यक्तीविच शरिरमा रौंको मात्रा र प्रकार फरक हुन्छ, वनस्पति जगतमा पनि यहि नियम लागु हुन्छ । यो सव अनुवांशिक र उपरिअनुवांशिक तथा परस्थितीय अनुवॉंशीक कारणले गर्दा जीवविकाशको क्रममा हजारौं वर्षमा शनै:शनै: हुंदै आएको हो! रौं को यो बिषयमा कुनै सॉझ गफ गरौंला ।

वुल: यहॉ गाग्राको कुरा गर्दा तपाँइले चॉहीं आग्रा पुर्याउनु भयो ! अनि यो झुसले किन चिलाउने र डावर वनाउने रहेछ शरीरमा ?

सिम: यो जीव रसायन र जैवीक प्रतिरक्षासँग सम्वन्धित कुरा हो ! कुरा गर्यो कुराकै दु:ख। अव यो भन्दा वढी कुरा गर्नु पर्यो भने आग्रा हैन कि घाग्राहाको नदी छिचोल्नु पर्ने हुन्छ । तपाँइलाइ त्यस्तो खसखस लागेको भए झुसले किन कसरी एलर्जी गराउंछ र झुसलाइ जैवीक प्रविधी र सामान्य विग्यानको वुझाइ प्रयोग कसरी उद्ध्योगमा समेत परीवर्तन गर्ने सम्भावना छ भन्ने ठुलै पुराण सुनाउँछन सकिन्छ । अाजलाइ सुन्नेलाइ सुनको माला भन्नेलाइ फूलको माला । अर्कोचोटी गफ गर्न फेरि भेट भै जाला।

2 thoughts on “विज्ञान ब्लग : झुस भनी नगर हेला, झुस कै पर्लाउ है फेला”

  1. सुभाषसिद्धि उपासक says:
    January 3, 2015 at 9:26 pm

    एक जिज्ञासा यस्तो छ –
    झुसिल्किरा को झुस त यो जीवको रक्षा को लागि प्रकृतिले दिएको वरदान सिद्ध हुन्छ. तर…
    एक सुन्दर फुल , जसको नाम नै लाजवन्ती भनिछ , केवल झुसले नै आकार दिएको पाइन्छ.
    अब प्रश्न के त भने, यो झुस विरुवा को रक्षा निम्ति हो कि स्वयम् सुन्दरता को लागि हो ?

    Reply
  2. Prabin Kumar K.C. says:
    January 3, 2015 at 12:46 pm

    रोचक र ज्ञानबर्धक लाग्यो है मलाई यो झुसे ब्लग ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme