Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्यामेरामा कैद भए कस्ता-कस्ता दुर्घटना ?

Posted on January 9, 2015January 9, 2015 by Salokya

damauli
हाम्रो देशमा दुर्घटनाको दर एकदमै बढी छ। पछिल्लो आर्थिक वर्षमा मात्रै ४ हजार ६ सय ७२ दुर्घटना भएका थिए जसमा मर्नेको संख्या १४३ थियो। घाइते हुनेहरुको संख्या झण्डै ३ हजार ५ सय थियो। अधिकांश दुर्घटना कसरी भयो भन्ने थाहा हुँदैन। तर प्रविधिको युगमा दुर्घटना हुँदै गरेको दृश्य पनि क्यामेरामा कैद भएका छन्। हेरौँ, युट्युबमा भेटिएका त्यस्तै केही दुर्घटनाका दृश्य। हेर्नुस् र दोष कसको आफै पत्ता लगाउनुस्। माथिको फोटो दमौलीमा भएको एउटा दुर्घटनाको हो। मोटरसाइकल मोडिन खोज्दा जिपले ठक्कर दिएपछि चालक नराम्री पछारिन्छन्। तर भाग्यमानी रहेछ चालक। जुरुक्कै उठ्छ।

दमौलीमा भाग्यमानी मोटरसाइकल चालक

यो अर्को दुर्घटनाको दृश्य भने ट्राफिकले मोटरसाइकल चालकलाई समात्न खोज्दा भएको हो।

हेर्दाहेर्दै ट्रक भिरबाट खसेको दुर्घटना-

ककनी जाने बाटोमा भिरबाट खसेको बाइक

काभ्रेको रविओपीमा भएको बस दुर्घटना

यो चाहिँ सहरी क्षेत्रमा हुने केही दुर्घटनाका झलक। सिंहदरबार र पुतलिसडकका केही दुर्घटनाको संगालो-

यी त भए दुर्घटनाका दृश्य। एक जमाना यस्तो पनि थियो, काठमाडौँमा कार बोकेर लानु परेको थियो। हेर्नुस् त्यतिबेलाको दुर्लभ दृश्य-

त्यतिबेला काँधमा कार बोक्नेको कथा पढ्नुस‌् यता

5 thoughts on “क्यामेरामा कैद भए कस्ता-कस्ता दुर्घटना ?”

  1. Pramod says:
    January 10, 2015 at 10:28 pm

    पहिलो video मा, १००% motorcycle को गल्ति छ किन भने, उसले दाहिने मोडेने बेला मा पक्का उसको दाहिने mirror check गर्नु पर्छ अनि दाहिने तिर पक्का check गरेको हुनु पर्छ/

    Reply
  2. बासु श्रेष्ठ says:
    January 9, 2015 at 7:14 pm

    पहिलो, दोश्रो र तेश्रो चाख लाग्दो छ | Caught on Camera भन्ने कार्यक्रमको तलको लिङ्कमा पठाए हुन्छ होला :

    http://www.nbcnews.com/id/26181747/ns/msnbc-documentaries/#.VK_UiGB0xFo

    Reply
  3. neeraj yadav says:
    January 9, 2015 at 6:24 pm

    सडक क्रस गर्दा दायाँबायाँ हेर्ने चलन छैन । सबै भन्दा ठुलाे समस्या यही नेर छ ।

    Reply
  4. madan bajracharya says:
    January 9, 2015 at 11:50 am

    माथि देखाईयको मोटर साईकल लाइ पछाडी बात जिपले ठक्कर दियको बारेमा/ जाने यक लेन आउने यक लेन भयको सडक/मोटर साइकल अगाडी जिप पछाडी/ अगाडी अगाडी जाँदै गयको मोटर साइकल यक्कासी दाया मोडेको/ तेसरी दाया मोद्दा मोटर साईकल चालकले आफ्नो पछाडी कुनै गाडी आउंदै गयको छ छैन हेर्नु पर्ने नहेरेको/ यो कारणले यो दुर्घटनाको दोष मोटर साइकल चालाक्मै जान्छ/ यदि मोटर साइकल चालकले दाया मोड्न नखोजेको सिधा जाँदै गरेको भय पछाडी आउंदै गरेको गाडीले मोटर साइकललाइ ठक्कर दियको भय गाडी सुरछित दुरी राखेर नचलाय आरोपमा गाडी चालकलाई दोस जाने थियो/

    Reply
  5. समिता says:
    January 9, 2015 at 2:17 am

    दुर्घटनादेखि सावधान।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme