Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मुला महात्म्य

Posted on December 30, 2014 by mysansar

मुलाको अर्थ बिहंगम छ, त्यसको रसायनिक गुणबेत्ता जान्न कि झारपात पँडित हुनु

पर्छ कि कविराज।

माले, मसाले, मण्डले एकै हुन् भन्ने दिक्षा पाएकाहरु सत्तामा बसेर जोरी खोज्ने, अनि कांग्रेसी भनेका सबै पुजीबादी, शोषक, सामन्त, गरिबमारा भनेर दिक्षित भएकाहरु रत्नपार्कको भित्तामा सिंगौरी खेल्ने। २०४६ पछिका केहि बर्ष त्यसरी नै बिते। गिरीजाप्रसाद, कृष्णप्रसाद र गणेशमान भन्दा निर्णायक स्थानमा पुगेको त्यो कालखण्डमा स्वयम् कृष्णको चीर हरण भएकै हो, गणेशलाइ ‘दुलोबाट निस्केर नेता बन्न पाइदैन’ भनेर नारा लगाएकाहरुले नै ‘मुसा’ भनेका हुन्, तिनैले गोबरगणेश पनि भन्न पछि परेनन्। मंगलादेवी र प्रकाशमानलाइ उराल्ने पनि तिनै, पछार्ने पनि तिनै।

‘मदन’ के थिए, को थिए, पत्तो पाउनु अघिनै ति त्रिशुलीमा बगे, कुरै थाहा हुन पाएन। समय अगावै गएकाहरु स्तुत्य भएका छन् नेपालको राजनैतीक क्षितिजमा, ति बि.पि., पुष्पलाल, मदन, आश्रीत जो सुकै हुन्। समाजमा आर्थिक क्रान्ति आवश्यक छ भन्ने गणेशहरुलाई गोबर पोतिदिएपछि अनि सहमति र स्वाभिमानबाट उन्नति सम्भव छ भन्ने कृष्णलाई सेतो पहिरनधारी बिध्यामार्फत थान्को लगाइदिएपछि सबै ठिक हुन्छ भन्ने मुर्ख्याइ प्रजातन्त्रको मूल्य थियो वा प्रजतान्त्रबादिको मुर्खता ? इतिहास लेख्न अझै ढिलो भैसकेको छैन।

त्यसै छेक रेलिङ्ग भाच्ने र टेलिफोनको बक्सा, पुलिसको बिट डढाउनेहरुले जतिखेर रत्नपार्कको भित्तोमा अर्काथरीलाई ढिम्किनै दिएनन, अर्काथरी झोलुङ्गे पुल काट्ने, टेलिफोन टावर भत्काउने र गाबिस भवन डढाउने कर्ममा लागे मुलुकको बिकट भूगोलमा। जसरि रुख रोपेको भोलिपल्टै फलको आश मुर्खता हो त्यसैगरी कुनै पनि राज्यब्यबस्थाले प्रतिफल दिन केहि समय लिन्छ, धीरता र गाम्भीर्यको प्रयोग बिना सम्वृद्धि सम्भव छैन भन्ने नबुझेको वा सहसा बुझ पचाएकै हो तत्कालीन प्रतिपक्षले, उट्पट्याङ्ग नाराले गिरिजालाई किन लान्थ्यो र हैजाले? बरु एकथरीलाई लाटासुधालाइ बन्दुक बोकाउन सजिलो बनिदियो- चेत तब खुल्यो जब जताततै गोलाबारुदको गन्ध आउन थाल्यो, रगत कट्कटिए, पहाड पखेरा रन्थनिए, सत्तौन्मादले रन्किएकाहरु टाउकोको उर्दी लाउथे, तिनका सेना-सिपाही मुला काटिएझै काटिन्थे। रक्तरंजीत त्यो कालखण्डमा राजा बैरी, मन्त्रि अन्धो, जनता हतास भएकै हो।

मुल्यको नाममा मुर्खताको खेति मौलाउनु सुन्दर शान्त बिशाल नेपालमा किन अनर्थ थियो र? ६२-६३ले त फगत आवरणमा परिवर्तन गरिदियो, मुद्दा जहाँका त्यहि छन्, विवरण उनै हुन्. एउटा मुर्ख महाराज र उसको आवारा युवराज छोरोबाट मुक्त भएपछि अर्को राजा बन्ने छैन भन्ने तिनै धुरन्धरहरु आजकल एकापसमा राजा बनेको भनेर हिलो छ्यापाछ्याप गर्छन। मुढेबलमा राज्य जितिन्छ भन्ने मूर्खताले गाजुन्जेल खोइ कहाँ पाइन्छ शान्ति? कस्ले लेखिदिने संबिधान? पहिचान हराएको रोइलो र ‘मेरी क्रिसमस’ को रमाइलो बीच समाजमा कोइ पहिले बाहुनको टुप्पी जनै काट्ने पाखण्डीहरु बाउको चौरासी पुजामा बाहुनलाई दछिना दिन्छन, जिउदै गाड्नेलाइ नछो अदालत भनेर सत्तौन्माद्मा डुक्रनेहरु बलात्कृत चेलीलाई न्याय दिलाउछु भनेर डाको छोडछन्। गिरीजा उनकै पार्टीमा भन्दा अर्काथरीको पार्टीमा पुज्य भए, कसको मुर्खता कहा र कसरी अभिव्यक्त हुने हो, पत्तै नपाइदो रहेछ। मुर्खता लादिएको छ देशमा, एकाध विद्वान दिशा दिदैनन, बर्बराउछन।

शहरी समाज विकाशको बिद्यार्थी हुनुका नाताले मुलाको अर्थ ‘मुल्य र/वा मुर्खता लादियो’मा खोजेको मैले। राजनैतिक स्थिरताका लागि चाहिने समय अगावै बन्दुकद्वारा सत्ता खोज्न सिकाउनु मुर्खता थियो, अनि कम्युनिष्ट भनेका मानविय सम्बेदनाच्यूत यन्त्र हुन् भन्ने मूल्य लादियो- दुवै गलत थियो। मुर्खताबाट जुन दिन नेपालले त्राण पाउला, उभो लाग्ला, नत्र के गर्छौ भाई? हामी सबै मुला भयौं, ड्याङ भन्दा पल्तिर सर्नै नसक्ने।

9 thoughts on “मुला महात्म्य”

  1. madan bajracharya says:
    January 3, 2015 at 8:19 am

    यमावोबादिहरुले तत्कालिन सरकार सिट ४० बुंदे मागहरु राखेर बिद्रोह गरेको र यमावोबादी सिट तत्कालिन सरकारले गरेको १२ बुंदे सम्झौता पछि १६ जुन २००६मा ७ दलका नेताहरु र यमाओबादि बीच भयको ८ बुंदे सम्झौताको ६ नम्बर बुंदामा संबिधान सभालाई संबिधान बनाउन दिने उल्लेखित छ केहि नेता बीच सहमति गरेर संबिधान बनाउने कुरा उल्ल्खित छैन/ त्यो सम्झौतामा जातको आधारमा संघीय राज्य बनाउने कुरा पनि उल्लख गरियको छैन/ त् अहिले मधेश्बादिको भन्दा चर्को स्वरमा तराइलाइ मधेश्बादिको माग पहाड सिट नजोदियको स्वायत र आत्मनिर्णय अर्थात नेपालबाट अलग्गिने निर्णय समेत गर्न पाउने “मधेश” बनाउने कुरामा सबै सहमत हुनु पर्ने किन भन्दैछ?

    १६ जुन २००६मा यमावोबादी सिट सम्झौता गर्नेलाइ ७ दलको नेता भनियको छ नेपालको नागरिकहरुको प्रतिनिधिहरु बात गठन गरेको सदन र सरकारको प्रतिनिधि भनियको पनि छैन/ नागरिकहरुले चुनेका सांसदहरु बात बनेको सदन र संबिधान सभा कुनै दलको तथा दलका कुनै नेताको सहमति निरन्य र सम्झौता अन्तर्गत मात्रै चलन सक्ने संस्था होइन/ संबिधान देस र नागरिकहरुको निमित बन्ने कुरा हो/. नेता र दलको निमित बन्ने कुरा होइन/ दल र दलका नेताहरुले कुनै पनि सहमति गर्न सक्छन/ तेस्तो दल दल र नेताहरु बीच भयको सहमतिलाइ नागरिकहरुको प्रतिनिधिहरु बात बनेको सदन र संबिधान सभामा बहुमतले स्वीकार नगरेको खण्डमा तेस्तो सहमतिको कुनै अर्थ रहँदैन/ दलको नेताले गरेको निर्णय र सहमति नागरिकहरुको निमित बाध्यात्मक हुँदैन/ नागरिकहरुको बहुमतको निर्णय नेता र दलहरुको निमित बाध्यात्मक हुन्छ/ त् जे निर्णय गर्नु पर्छ त्यो संबिधान सभा बा सदनअडान बा संबिधान सभा भित्रै हुन्छ/ सहमति गर्न नसकिने अबस्था आयो भने सदन र सभामै बहुमत बात निर्णय गरिन्छ/ नेताको निर्णय र सहमतिमा बहस गर्न नपाउने कुरा अत्यन्त गलत कुरा हो/

    अहिले संबिधान सभालाई मुलत मधेश्बादिको माग अनुसार स्वायत र आत्म निर्णय गर्न सक्ने मधेश बनाउने माग पुरा गराउन “बन्धक बनायकोछ/नेपाल र भारतको ईतिहास, बिगतमा भयको अंग्रेजकालिन भारत र स्वतन्त्र भारतको सरकार र नेपालको सरकार बिचमा भयको कुनै पनि सन्धि सम्झौतामा तराइलाइ मध्य देश बा मधेस भनियको छैन/तराइ नेपालको नभयको र भारतले दावी नगरेको मध्य देश हो भन्ने कुरा सन् १९५६मा रघुनाथ ठाकुरले उठायाको थियो/ रघुनाथ ठाकुरले नै तराइ नेपाल बाट अलग्याउनु पर्ने भन्दै रास्ट्र संघमा पत्र पठायको र दिल्लीको सदनको अगाडी धर्ना समेत गरेको थियो/ तराइलाइ नेपाल बात अलग्याउङ्को निमित मधेशबादी दलहरु पनि उसैले स्थापना गरेको थियो/ तराइलाइ “मध्यदेस” बनाउनु पर्ने; तराइ बात पहाडी मुलका नेपालीहरुलाई हटाउनु पर्ने, तराइमा मधेसीको सेना र प्रहरी हुनु पर्ने तराइको सरकारी सेवामा मात्र मधेसी हुनु पर्ने तराइको श्रोत र जमिनको मालिक मधेसी मात्रै हुनु पर्ने सबै कुराहरु तेही रघुनाथ ठाकुरले उठायाको कुराहरु हो/ आजको मधेशबादी दल र नेताहरुले पनि यहि कुरा गर्दैछन/ मधेशबादी नेता जय कृष्ण गोइत ज्वाला सिंह र सिके रावतले तेही बोले जुन कुरा रघुनाथ ठाकुरले बोलेको थियो/मधेशबादी नेताहरु तराइलाइ नेपाल बात अलग्याउनु पर्छ तराइ बात पहाडी मुलको नेपालीहरुलाई लखेट्नु पर्छ भन्ने रघुनाथ ठाकुरलाई आफ्नो महान प्रथम सहिद मान्छन/ बाबुरामको नेतृत्वको सरकारमा सामेल भयको मधेशबादीनेताहरुले त् पदमै रहेर देश द्रोही रघुनाथ ठाकुरको सहिद जयन्ति समेत मनायो/तापनि तेतिबेला सरकारको नेतृत्व गर्दै गरेको यमावोबादिले केहि बोलेनन्/

    अहिलेको राजनैतिक परिबर्तनको आधार ४० बुंदे माग अघि सारेर यमावोबादिले गरेको बिद्रोह नै हो/ तेतिबेला यमावोबादिले तराइलाइ मधेश्बादिहरुले मागे जस्तैको मध्य देस बनाउनु पर्छ भन्ने माग गरेको थियन/ तराइ बात पहाडी मुलको नेपालीलाई लखेटेर मधेसीको स्वायत र आत्मनिर्णय गर्न पाउने मध्य्देस अर्थात मधेस बनाउनु पर्छ भन्ने माग यमावोबादी सिट दिल्लीमा १२ बुंदे सम्झौता पछि मावोबदिकै केन्द्रिय स्तरको नेता समेत रहेको जय कृष्ण गोइतले मागेको हो/ आफ्नो नेतृत्वको सरकार बनेको बेला आफैले मागेको ४० बुंदे माग पुरा गर्न केहि नगर्ने यमावोबादिले अहिले जय कृष्ण गोइतले मागेकै माग यमावोबदिले पनि माग्दैछन/ यो कुराले कहीं मधेश्बादिहरु नै यमावोबादी बनेर बिद्रोह गरेको त् होइन भन्ने आशंका जन्मायको छ/

    तराइ मधेश्बादिहरुले भने जसतै मध्य देस नभयको, तराइको मूल बाशिन्दाहरु मधेसी नभयको र तराइमा आफुलाई मधेसी भन्नेहरु अत्यन्त अल्पसंख्यामा मात्रै रहेको कुरा तराइको जनजातिहरुले आफुलाई मधेसी नमानेको र प्रथम र दोश्रो संबिधान सभाको चुनावमा तराइमा झिनो मत मात्रै पाय बात स्पस्ट प्रमाणित हुन्छ/

    आफुलाई मधेसी भनेर चिन्हाउने समुहले अहिले मात्रै होइन नेपाल र अंग्रेज बिचमा युद्ध हुँदा पनि नेपाल प्रति समर्पित रहेन/ अंग्रेज सिट युद्ध हुँदा तराइमा रहेको मधेसी समुहले नेपाल प्रति गद्दारी गर्दै नेपालमा हमला गर्न आयको अंग्रेजको सेनालाई सघायको थियो/ अंग्रेज सिट सुगौली सन्धि हुँदा तेसै कारणले नेपाल सिट गद्दारी गर्ने ती मधेसी समुहलाई नेपालको सरकारले कुनै कार्यवाही नगराउने प्रावधान समेत राखेको थियो/

    अब केहि कुरा नेपाल र भारत मात्रै होइन बिस्वको कुनै पनि मुलुकको सार्वभौमसत्ता र देसको अखंड़ताको निमित अत्यन्त खतरनाक हुन् सक्ने मध्यदेसवादको बारेमा/ मध्यदेस सब्द्को स्पस्ट अर्थ बीच को देस हो/ उतरमा हिमाल देखि दछिंनमा कन्याकुमारी सम्मको भूखण्डलाई भारतीय उपमाहाद्विप भनिन्छ/ जसरी अंग्रेजले भारतीय उपमाहाद्विप्मा रहेको सयौं जातीय पहिचान हुने नाम रहेका सयौं मध्यदेसहरु संगालेर भारत भन्ने देस लाइ सन् १९४५ंआआ स्थापना गरेको थियो ठिक तेसरिनै २२षे २४षे जातीय नाम हुने मध्य देसहरु गोर्खाको नरेस पृथ्बी नारायाण शाहले आजको नेपाल निर्माण गरेको थियो/ नेपालको अर्को छिमेकी देस चीन पनि तेसरिनै निर्माण भयको हो/ चिनको निमित तिब्बत पनि यक किसिमको मध्य देस नै हो/ CH थिय/ भारतीय उपमाहाद्विपमा रहेको ती जातीय पहिचान हुने जात जातको तेस्तै देसहरु संगालेरै भारत भन्ने देस बनेको हो/ सम्पूर्ण भारतीय उपमाहाद्विप इतिहासको कुनै कालमा पनि सिंगो देस कहिले बनेको छैन/

    Reply
  2. madan bajracharya says:
    January 1, 2015 at 12:24 pm

    शासन ब्यबस्था चलाउनेले बिगतमा नागरिकहरुलाई ठुला साना छुन हुने, छुन नहुने जातका हुने भनेर नागरिक माथि कुशासन चलाय/ यस्तो कुनै ठुला कुनै साना कुनै अछुत जातका हुन्छ भनेर शासन गर्ने बर्गले जन्मे देखि जानेको कुरा होइन पछि कसैले सिकायको कुरा हो/ जसले यस्ता जातको कुरा सिकायो तिनिहरुनै शासकलाइ कुशासक बनाउनुमा जिम्मेवार छन्/ नेपालको राजनीति यस्तै जात बेजातको गलत कुरा सिकाउनेहरू हाबी भयकोले हिजो देशमा शुशासन कायम हुन् नसकेको हो भने आज पनि तेस्तै तेस्तै नै राजनीतिमा हाबी भयकोले देसको संबिधान समेत बन्न नसकिने हालतमा पुगे/ यस्तालाइ बेलैमा पाखा लगाउन नसके देस फेरी पनि २२ से २४ जातीय राज्यमा विभाजित हुने मात्रै होइन सम्पूर्ण तराइ नै अर्को सिक्किम बन्न सक्छ/

    Reply
  3. Chiran says:
    January 1, 2015 at 11:47 am

    जसरि २०१४ हर्स र उल्लाष मय भयो . २०१५ तओ वन्द नि अझ happy र खुसियाली सम्पूर्ण साथी भाई दाजु , इस्टमित्र मा लायेदियोस . नेपालमा संभिदान बनोस , विश्व बाट गरिबी, असान्ती हटोस् भनि आउदै गरेको नया साल २०१५ संग येही प्राथना गर्दछु .
    संतोसम परम सुखम
    थोर खाना बनारस रहना
    this is my policy

    Reply
  4. सुबल says:
    December 31, 2014 at 8:33 pm

    आम्मै नी हो! कटुताको निकै लामो फेहरिस्त राख्या रैछ त्यै पनि क्लिष्ट भाषामा| बाहुनलाई किन यत्तिका टार्गेट बनाएको हो? के यो देश बिगार्ने वाहुन मात्रै हो? शेरे, सुर्यबहादुर र लोकेले एउटा लामो कालखण्ड खत्तम पारेको कसले देख्या छ, कसले पोख्या छ? लक्ष्यित हुनपर्ने घिनौना बाहुनवादलाई हो, बाहुनलाई होइन| गाजर त् एउटा पनि नदेख्या? मुला मात्र देख्दोरछ|
    कांडाको आँखामा काँडा संसार!

    Reply
  5. pradeep says:
    December 31, 2014 at 5:46 pm

    गज्जप विश्लेषण! भएको यहि हो/ बरु नेतालाई पाता कसेरै वा जिम्मेवारीको गरौँ भारि बोकएरै कानुन को गोर्खे लौरो देखाएर तर्साउदै असल बाटोमा ल्याउने पो कहिले हो? नेपाली जनतालाई पनि काट्टीन लागेको भेडो जस्तो चुनाबको बेला हरियो घ्आंसमा चर्दैमा फुर्सद छैन!

    Reply
  6. सुभाषसिद्धि उपासक says:
    December 31, 2014 at 5:05 pm

    मुला महात्म्य पढियो , एक उपसंहार जोड्नु बाँकी छ –
    मुला त्यस्तो चीज हो , जुन नभई पनि नहुने ; बढी त झनै नहुने !
    भोजहरुमा यसको अचार अनिवार्य जस्तै छ , नेपाली संस्कृति अनुसार .
    नेवार भोज मा अचार हैन , काँचै खाइन्छ अन्त्य तिर – पाचक सम्झेर .

    यही मुला मिठो मानेर हद भन्दा बढी खायो भने स्वास्नी संग मुख जोड्न मुश्किल हुन्छ.
    त्यही प्रकारले, नेपाली जनता लाइ यस युगमा पनि उहिले को रैती सम्झेर ज्यादा ‘मुला’ बनाई
    नेताहरुले दुनो सोझ्याउने सपना देखेका छन भने , उनीहरुले कसैको अगाडी मुख देखाउन लायक रहने छैन ; यो कुरो औंसी पछी पुर्ने आउँछ भने जति नै सत्य छ, चेत खुलोस !!!

    Reply
  7. ekraj says:
    December 31, 2014 at 8:10 am

    यी जमात का पाखंदिहरु मुर्ख भन्दा पनि अति निच जाली फटाहा हरुहुन | बाँदर जस्तै
    न आफ्नो घर बनौन जानेका छन् र नत अरुको घरै बनौन दिन्छन| यी त ति निच प्राणी हुन्, जो बिना समस्या बाचनै जान्दैन|
    इनिहरुको काम भनेको, समस्य्स नै नभएको ठाउमा समस्या जन्माएर, अनि तेही समस्या लाई लुटेरा खाने बनाउने जमात हो| नेपाल मा पटक पटक तेस्तै फटाहा हरुले राज्य सत्ता चलाएका छन्|

    Reply
  8. BS says:
    December 31, 2014 at 6:30 am

    राम्रो र बिश्लेशणात्मक लेख झर्रो शब्दमै भएपनि / जर्जराउदो देशको अवस्था नजरअन्दाज गरेर रुखको हाँगा काट्दैछन् मूर्ख कालिदाशहरु / कालिदाश त एक दिन विद्वान बनेका थिए, तर यी लेन्डुप दोर्जेहरु त शकुनी र हिटलर बनेर देशलाई बलात्कार गरिरहेछन /

    Reply
  9. jitu says:
    December 31, 2014 at 2:22 am

    अजब गजब को लेख, सारै मन छुने, समाज र राजनीतिलाई नजिकबाट केलायर सुष्म विश्लेषण गरियको चित्त बुझ्यो .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme