Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल प्रहरीको गजबको काम – थाइल्यान्डसम्मै पुगी अपहरणमा परेका विद्यार्थी छुटाउन सफल

Posted on December 24, 2014December 24, 2014 by mysansar

thai पुस ५ गते थाइल्यान्डको राजधानी बैँककमा अध्ययनरत ३ जना नेपाली विद्यार्थीहरु अपहरण भएको भन्ने खबर प्रहरीकहाँ आइपुग्छ। केन्द्रीय अनुसन्धान ब्युरोले थाइल्यान्डसम्मै पुगी स्थानीय प्रहरीसँग समन्वय गरी उनीहरुलाई छुटाउन सफल भएको यो केस सुन्दा फिल्मी झैँ लाग्छ। आज ब्युरोले पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी दिएको छ।

के भएको रहेछ विस्तृत बुझौँ न त।

• पुस ६ गते अन्दाजी दिनको १२:३० बजेको समयमा लामो समयदेखि विभिन्न संकायमा अध्ययनका लागि बैककस्थित Assumption University of Thailand मा रहेका रोनेश श्रेष्‍ठ, कर्ण हाछेथु (कृष्ण हाछेथुका छोरा) तथा विभुष रिजाल गरी ३ जना नेपाली विद्यार्थीहरु अपहरणमा परेको र छुटकाराको लागि फिरौती रकम माग गरीएको भनी अपहरणमा परेका विद्यार्थीहरुका अभिभावकहरुले जानकारी गराएको।

abhiyukta

• पुस ४ गते राति ११ बजे पश्‍चात् उनीहरु सम्पर्कमा नरहेको भन्ने बुझिएको ।

• पुस ५ गते नेपाली समय अनुसार अन्दाजी बिहान १०:३० बजे अपहरणकारीहरुको मोबाइलबाट अपहरणमा परेका विद्यार्थी मध्ये एकका अभिभावकलाई बै‍ककबाट फोन गरी अपहरणमा परेको भन्ने बताउन लगाएको। साथै फिरौती वापत रकम माग गरेको भन्ने बुझिएको।

• पुस ६ गते अन्दाजी बिहान ०९:३० बजे अपहरणमा परेका विधार्थी मध्येका अभिभावकहरुलाई बैककबाट फोन मार्फत फिरौतीका लागि लगातार दवाब दिएका भन्ने बुझिएको।

• पुस ६ गते अनुसन्धानमा समन्वय तथा सहयोगका लागि केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्र.उ. पिताम्वर अधिकारीको टोली बैककतर्फ खटिए। उनले त्यहाँ पुगी स्थानीय प्रहरीसँग समन्वय गरी ब्यूरोका अनुसन्धान टोलीसँग समेत सम्पर्कमा रही अनुसन्धान कार्य गर्दै रहे।

• पुस ६ गतेदेखि लगातार पीडितका परिवार, साथीसंगती लगायत घटनासँग सम्बन्धित नेपाल र बैककमा रहेका शंकास्पद ब्यक्तिहरुबीचको सम्बन्ध तथा सम्पर्क सम्बन्धमा ब्युरोबाट खटिई गएका प्र.उ. मार्फत् बैकक प्रहरीलाई अपडेट गराउदै रहे।

• पुस ८ गते बैककमा अनुसन्धानका लागि खटिएका प्र.उ. को टोलीलाई आवश्यक सूचना अध्यावधिक पठाउँदै गरेकोमा दिनको अन्दाजी २ बजे बैककमा रहेको संयुक्त अनुसन्धान टोलीले अपहरणमा परेका ३ जना नेपाली विद्यार्थीहरु राखिएको घर पत्ता लगाई सकुशल रिहा गरे। घटनामा संलग्न २ जना पक्राउ गरियो।

यही घरमा राखिएको थियो नेपाली विद्यार्थीलाई
यही घरमा राखिएको थियो नेपाली विद्यार्थीलाई

• पुस ९ गते अपहरणमा माग गरीएको फिरौती वापतको रकम अपहरणमा परेकालाई छुटाउन भनी बैकक पठाउन जिम्मा लिने सुजन यादव भनि चिनिने श्रीचन रायलाई थप अनुसन्धानका लागि ब्यूरोले पक्राउ गर्‍यो। साथै थप अनुसन्धान कार्य समेत जारी राख्यो।

जघन्य प्रकृतिको सगंठित अपराध केन्द्रित अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले बिदेशमै गएर स्थानिय प्रहरीसंग सहकार्य गरी पीडित नेपाली नागरिकलाई उद्धार गरी अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सफल भएको छ।
uddar
यसले एकातर्फ दुई देशको प्रहरीबिचको सम्बन्ध सुमधुर भई आगामी दिनमा यस्ता प्रकृतिका Transnational Crime बिरुद्ध लड्न सहज भएको छ भने अर्कोतर्फ अपराधीले जस्तोसुकै गम्भिर प्रकृतिका अपराध जहाँ गरेपनि सो को समाधान गरी कानुनी दायरामा ल्याई पिडीतलाई न्याय दिलाउन नेपाल प्रहरी सक्षम रहेको पुष्‍टि गरेको छ।
abhiyukta1

योसँगै केन्द्रीय अनुसन्धान ब्युरोले यस्तो अनुरोध पनि गरेको छ-

• अभिभाबकले आफ्ना सन्तानहरुको गतिविधीमा सदैव चासो राखी सुरक्षालाई प्राथामिकता राख्न सचेत गराउने । विशेषगरी बिदेशमा बस्ने आफना सन्तानहरू टाढा घुम्न जादाँ, राति अवेरसम्मको कार्यक्रमहरुमा जादाँ, सामान्य चिनजान भएका साथीभाई वा नातेदारसंग घुम्न निस्कदा आफुलाई जानकारी गर्न र सतर्क रहन लगाउने । घुम्न जाने ठाउँ, लैजाने व्यक्ति र कार्यक्रमको बारेमा अभिभाबकले पूर्ण विवरण लिंदा उपयुक्त हुने ।

• विदेशमा अध्ययनरत विद्यार्थीहरुले नयाँ साथिहरु बनाउँदा, उनीहरुसँग घुमफिर गर्न निस्कदा, कसैको निमन्त्रणामा कुनै कार्यक्रममा जाँदा विशेष ख्याल गर्नु पर्ने । सकेसम्म आफुसँग राम्रो चिनजान नभएको ब्यक्तिको अनुरोधमा कतै नजाने, जानु नै पर्ने भए पूर्ण रुपमा बुझेर र सोको बारेमा आफ्नो नजिकको मानिसलाई जानकारी गराएर मात्रै जादाँ उपयुक्त हुने ।

• घट्ना हुनसक्ने वा भइसके पश्‍चात तुरुन्त नजिकको प्रहरी कार्यालयमा मौखिक वा लिखित उजुरी दिने ।

यो पनि हेर्नुस्-
नेकपा (माओवादी)का वैकल्पिक केन्द्रीय सदस्य थाइल्यान्डका नेपाली अपहरणमा संलग्न

9 thoughts on “नेपाल प्रहरीको गजबको काम – थाइल्यान्डसम्मै पुगी अपहरणमा परेका विद्यार्थी छुटाउन सफल”

  1. Damodar says:
    December 29, 2014 at 4:52 am

    सामान्य नेपालीको छोराछोरी अपहरणमा नि पर्दैनन नि ब्रों।

    Reply
  2. robin says:
    December 28, 2014 at 8:57 am

    पक्राउ परिएको बिद्यार्थीहरु सबै ठुलो पैसावाल शक्तिशाली परिवार को भएकोले नै नेपाल सरकारले थाइल्याण्ड सम्म पुगी छुटाउने प्रयाश गरेको हो | सामान्य नेपालि बिद्यार्थी भएको भए नेपाल सरकार ले मतलब सम्म गर्ने थिएन | अब के भन्ने यस्तो काम लाइ?
    नेपाल मा जसको शक्ति उसकै भक्ति !

    Reply
  3. सुगतशरण तुलाधर says:
    December 25, 2014 at 7:30 pm

    नेपाल प्रहरीको यो सफलताको सिलसिला अझ धरै माथि उठोस् , निरन्तर जारी रहोस !

    Reply
  4. Bishwaraj says:
    December 25, 2014 at 4:46 pm

    नेपाल पुलिसले यस्तो काम धेरै गर्नु पर्छ- बिगतमा लागेको कालो दाग, आफै पुलिस- आफै चोर भएको छबी सुधार्न, र जनता सर्बसाधारनको मन जित्न – जे होस्- राम्रो कामको शुरुवात-

    Reply
  5. Shruti says:
    December 25, 2014 at 11:44 am

    Congratulations !!! Indeed , they did a commendable job . हाम्रो नेपाल प्रहरीले गर्न नसक्ने त कहाँ हो र? नेपालमा त खालि माथिबाट “दबाब ” आउने भएर पो काम देखाउन नपाएको त.

    Reply
  6. Ashok Gurung says:
    December 25, 2014 at 8:08 am

    बधाई छ नेपाल पुलिस लाइ भबिस्यमा पनि यस्तै राम्रो काम गर्दै जानु होला फेरि पनि बधाई

    Reply
  7. Deepak Koirala says:
    December 25, 2014 at 4:51 am

    केटा केटि को सहमति बिना बिहे गर्दिने, लामो कपाल हुने को कपाल काटी दिने, बाटो हिड्नेलाइ गालि गर्ने देखि बाहेक पनि काम गर्न आउदो रैछ त नेपाल पुलिसलाइ. I don’t , mean the whole police department is bad but some rotten apple can really defame the whole organization. The administration should dare to punish those rogue officers to regain the respect from public.

    Reply
  8. rob says:
    December 25, 2014 at 3:01 am

    Bravo! नेपाल पुलिस

    Reply
  9. Mk says:
    December 24, 2014 at 11:47 pm

    हो अहिले भने साचै -सत्य, सेवा ,सुरछ्या भएको मा वधाई छ; अनि भविस्य मा पनि येस्तै हुदै जावोस भन्ने कामना गर्दै-

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme