उहिले उहिले हाजिर जवाफमा नेपालको राष्ट्रिय खेल के हो भनेर सोध्दा डण्डिबियो भन्दा ‘ठीक’ भन्दै नम्बर पाए जस्तो लाग्छ। तर अहिले आएर पो थाहा भयो, होइन रहेछ। नेपालको राष्ट्रिय खेल त बल्ल पो खोजिँदै रहेछ।
खेलकुद मन्त्रालयले सुझाव मागिराछ अहिले। तर जसको सुझाव मानिन्छ उसले व्याकुल माइलाले जस्तो राष्ट्रिय गान बनाइदिए वापत् आजीवन भत्ता पाउँदैनन् नि फेरि। राष्ट्रिय खेल तपाईँको मात्र सुझावले बन्ने पनि होइन। मापदण्ड यस्तो रैछ-
खेलकुद क्षेत्रको समस्त वस्तुस्थिति बुझ्ने रे (कसरी होला कुन्नि)
सम्बन्धित साहित्यिक अध्ययन (कथा कवितामा खोज्ने होलान् कि)
राष्ट्रिय एकता तथा अखण्डतालाई पनि बलियो बनाउने
जिस्कनलाई त धेरैले कुर्सीको खेल, सहमतिको खेल, घुस खाने खेल, लुकामारी आदि पनि भन्लान्। यसो टेक क्रेजीहरुले डल्ला फोर्ने खेल क्यान्डी क्रस पनि भन्लान्। चिँ मुसी चिँ, गुच्चा, चुङ्गी आदि लोपोन्मुख खेल पनि प्रशस्तै छन्। अदालतले पनि बुद्धिको खेल भनेको म्यारिज पनि छ।
तर वास्तवमा राष्ट्रिय खेल कुन बनाउँदा ठीक होला हँ ? सुझाव भए तल कमेन्टमा लेखेर यतातिर पनि यसो पठाइदिए प्रतिवेदन बनाउनेहरुको भत्ता र जागिर राम्रै पच्थ्यो कि !
भलिबल
टेक्वोन्दो लाई बनाउदा राम्रो होला किनकि nepalese हरु ले छिटो पर्गती गरेको अनि वोर्ल्ड मा चिन्यको पनि येस्मै हो
जाल झेल नेपालको राष्ट्रिय खेल
बागचाल ॥॥॥॥
जोड घटाउ खेल – माक्स ले के भन्छन कुन्नि – डा बाबुराम लै सोधे हुन्छ ?
भ्रस्टाचार होइन र हाम्रो राष्ट्रिय खेल
व्हाग्रा लाइ बनाउदा हुन्छ.
हात्ती पोलो राख्दा ठिक होला
१.. नेपाल पहाडी मुलुक भएकोले ”३० डिग्री को भिरालो मा दौडने प्रतियोगिता” लाइ रास्ट्रिय खेल बनाउन सकिन्छ |
२. नेपाल मा सब ले जानेको ”भासन दिन ” लाइ पनि खेल को रुप मा बिकसित गर्न सकिन्छ |
एसको फाइदा छ , देश को बजेट मा लाग्ने गरेको घुन हरु ले पदक समेत पड्काउँन पाउने सम्भाबना हुन्छ |
३. बिकास योजना , देश को बजेट , बिस्व बिद्यालय बजेट आदि सब बिदेसी सग मागेरै चल्ने , र नेता हरुले चढ्ने बि यम डब्लु , मर्सिडिज, पजेरो ,पाडो आदि पनि मागेरै चढ्ने गरेकोले ” माग्य कला ” लाइ पनि रास्ट्रिय खेल बनाइदिने हो कि ?
४. तल धेरै मित्र हरुले अधिकांस नेपालि ले जानेको ” खुट्टा तान्ने खेल ” को प्रस्ताब गर्नु भएको छ , जुन आफै मा रचनात्मक प्रस्ताब मान्न सकिन्छ |
चुनाबलाइ नेपालको राष्ट्रिय खेल बनाउदा उत्तम होला ………….
गल्फ खेल राख्दा कशो!!!!!!!! होला गरिबे देश को धनि खेल
खेलकुद मन्त्रालय अहिले मृत्युशैय्यामा छ| बहालवाला मन्त्रीको व्याप्त विभेदपूर्ण कुकृत्य, धाँधली, असक्षमता संगै दुरगामी सोचको दुर्भिक्षले अहिले खेल हटेर केवल कुद मात्र
ढलपलाउदो स्थितिमा बाँकी रहेको छ| एमालेका कार्यकर्ताहरु समेतले ओलीलाई पटक पटक कुद मन्त्रीलाई हटाउन पर्ने आह्वान गरिसकेका छ| मन्त्रीले देशमा खेलकुदको भविष्य अन्धकार हुने गरेर व्यक्तिगत र दलगत राजनीतिमा मुछेका छ| कांग्रेसले नेतृत्व लिएको सरकार भए पनि मन्त्रालय एमालेको भागबण्डामा परेको भनेर केहि बोल्दैनन| एमाओवादीले बाहिर जत्ति नै फुर्तिलाए पनि उसको कुरा कसैले सुन्ने होइन|
नेपालमा अहिलेसम्मको महाझुर मन्त्रि खेलकुद मन्त्रालयमा छ|
देश नै गन्हाउने पारेर नेपाल फुटबल, क्रिकेट, ओलम्पिक एसोसिएसन र कमिटीहरुमा भ्रष्टचारको सीमा नाघिसक्दा पनि चलखेलकुद मन्त्रिको केहि गर्ने सामर्थ्य छैन|
आफ्नो हदैसम्मको निकम्मापन र नेगेटिभ कार्यगराईबाट आलोच्य भएर जनताको ध्यान अर्कैतिर आकर्षित गर्न यो कुन खेल राष्ट्रिय हो भन्ने खेल खेलिएको हो|
छापामा सुझाव आह्वान गरेर मन्त्रालयले एउटा इमेल आइडी समेत व्यक्तिगत राख्ने, यो कुन नियम हो?
हामीले सुझाव के दिनपर्छ भने —
मन्त्रीलाई तुरन्त बर्खास्त गर| उनको नाउँमा कुकृत्यको लामै फेहरिस्त बन्छ|
बरु खेलकुद मन्त्रालयको कामकाज कसरि सुधार गर्न सकिन्छ भनेर सुझाव मागेको भए हुन्थ्यो| होला हिम्मत चलखेल कुद मन्त्रि?
फूटबल राष्ट्रिय खेल
माथि कृष्ण शर्मा जी ले भन्नु भए जस्तो “चट्टी ” खेल लै नै राष्ट्रिय खेल बनाउदा ठिक हुन्छ यसमा खुट्टा समातेर तान्न पनि पाइन्छ I माटो सुहाउदो
“खुट्टा तान्ने खेल” लाई राष्ट्रिय खेल बनाए ठिक होला |
छिर्के हान्ने खेल राष्ट्रिय खेल बनाउदा उपयुक्त नभए लुकामारी त्यो नि नभए कौडा /
लोर्के
लु, कुरा दह्रो गरिन्छ | डन्डीबियो होइन भने ‘खोप्पी’ नत्र ‘चुंगी’ ‘प्रविन के सी’ को| पक्का गाउँ-बस्ति बस्नु, बुझ्नु, खेल्नु पनि | साला, गेस गरेको भरमा हुन्न !! अहिलेसम्म हाम्रा राम्रा रास्ट्रिय खेल पनि थाहा नभएको म/ हामी ?
सबैलाई मान्य हुने ताशको म्यारिज खेल लाइ नै राष्ट्रिय खेल बनाए कसो होला? उसै पनि एक जना विद्वान न्यायाधीशले म्यारिज जुवा हैन भनेर घोषणा गर्दी सक्नु भाछ. कसो त, ठिक हैन?
राष्ट्रिय खेल भने पछी आफ्नै मौलिकता झल्काउने र चुनौतीपूर्ण पनि हुनु पर्यो .
यस दृष्टिले हेर्ने हो भने , सबै भन्दा सुहाउने ‘ डन्डी बियो’ ठहरिन्छ होला.
यो ग्रामिण भेगको खेल बुझिएता पनि ५ दशक पहिले शहरमा पनि लोकप्रिय नै थियो.
यस खेलको अरु दुइटा नाम पनि रहेका छन – ‘तुच्चा माकु’ र ‘पान-दश’
यो वा यस्तो खेल अन्य कुनै मुलुकमा खेल्ने गरेको जानकारी अहिले सम्म प्राप्त छैन.
Candy Crush राखे भै हाल्यो नि |
नेपाल बंध गर्ने, कलकारखाना तोडफोड गर्ने, सडक किनाराका रेलिङ्ग भत्काउने, बिजुली का चिम सटिक निसाना लाएर फोड्ने – टायर जलाउने – राके जुलुस को योजना गर्ने, अन्त मा बन्दुक लिएर जनता लाइ ढुक्कुर खसाले जस्तै खसाल्ने !!! हाउपन्थी खेल ! येश मा हामि ले १०० % गोल्ड मेडल ल्याउछोउ !!!
सबै नेपाली ले खेल्ने र बुझ्ने २१ पत्ती खेल “म्यारिज” वा “क्यारम बोर्ड” लाई नै राष्ट्रिय खेल बनौन उपयुक्त होला . खितिति 😀
मेरो बिचारमा २ वटा खेल येस्मा समाबेस गर्न सकिन्छ .. एउटा हाम्रै धर्ति माटो को खेल जस्तै कबर्दी / डन्डी बियो / कुस्ती आदि बाट एउटा र अर्को अन्तरास्ट्रिय रुपमा परिचित खेल जस्तै फुटबल / क्रिकेट / कुनै मार्सल आर्ट आदि बाट एउटा जसमा नेपालले राम्रो प्रदर्शन गर्न सक्ने क्षमता राखोस … क्रिकेट , मार्सल आर्ट नेपाल मा निक्कै सम्भावना बोकेको खेल हो …
बच्चा , युवा, प्रौड, बृद्ध सबैले खेल्ने बौद्धिक खेल तास लाई नै राष्ट्रिय खेल घोसना गरे कसो होला ? यो खेलमा चै नेपालीले अन्तरास्ट्रिय पदक जित्ने पनि प्रबल शम्भावाना छ / नेपाली कर्मचारी ( सरकारी / गैसस ) बर्गको पनि अति प्रिय खेल हो यो . दिन, रात, भोक, प्यास केहि नभनी नेपालीहरु येस्मा दत्त चित्त का साथ समर्पित भै लाग्ने छन् / न stadium न covered hall बनाउने झन्झट / के गरिब, के धनि सबैको प्रिय . येस्मा हाम्रो सम्माननीय उच्च अदालतका मठाधिसको पनि समर्थन रहने छ .
नेपालको राष्ट्रिय खेल ‘भ्रस्टाचार’, ‘राजनीति’ वा ‘नेपाल बन्द’ राख्दा नै जति हुन्छ होला I
क्रिकेट लाई बनाउदा ठिक होला
कस्तो लाजमर्दो अहिले सम्म private इमेल publish गर्ने ? के हो नेपाल सरकार ले एउटा generic इमेल पनि रन गर्न सक्दैन ? कुरा मात्रै ठुला गरेर त हुदैनानी संसार को गति लाई पनि समाउन सक्नु पर्यो . जय होस् .
“म्यारिज” लाई राख्दा कसो होला…………………….
नेपाली हरु ले अहिले सम्म सबै भन्दा बढी पदक अंतरास्त्रिये स्तर मा जितेको पदक के हो ? कराते !! गन्ने हो भने अहिले सम्म दक्चिन एसिया मा नेपाल ले जति कराते मा स्वर्ण पदक कसैले जितेको छैन. छिमेकि र दक्चिन एसिया को पावर हाउस इंडिया ले पनि नेपाल जस्तो सानो देश लाइ कराते मा डोमिनेन्ट गर्न सकेको छैन अहिले सम्म. येही खेल मा नेपाल को डोमिनेन्ट लाइ येथावट राख्न कराते लाइ नै रस्त्रिये खेल बनाउदा उपर्युक्त हुन्छ. येति सजिलो कुरा मा कत्ति टाउको दुखाइ सरकार को.
के हो यो चुङ्गी….. चुङ्गी….. चुङ्गी
फटफट राख्नु पर्छ ।
भ्रस्टाचार वा राज नीति| किन कि हामी यी दुवै मा अब्बल छौ | अथवा हाम्रा माने कमरेडलाई सोधौन, देश टुक्र्याउने, जाति जातिमा झगडा पार्ने, सब भन्दा बडी एकै दिन मा कसले बादी फताही बोल्न सक्छ भन्ने पनि हुन् सक्छ ? छबि लाल दाहाल भन्दा अरु चाहीए पनि खाँचो छैन् , मिनेन्द्र रिजाल, राधा ज्ञवाली, महेस बस्नेत वा राम शरण महत ले पनि सहायो गर्लान | यदि घनी भुत छल फल गर्ने हो भने राम चन्द्र पौडेल, वा शेर बहादुर देउवा छन् | कथाम कदाचित त्यति ले चित्त नबुझे रुक्मांगत लाई भेटौ | १००% निर्णायक जबाफ पाइनछ |
गूद luck हामी सबै लाई
तास लै राष्ट्रिय खेल बनाउनु पर्छा किन भने नेपाल मा सब भन्दा बडी खेल्ने र बच्चा देखि बुडा बुडी ले घर घर मा खेल्ने खेल येही हो सो एस्लाई नै बनाउनु पर्छा/
ढुंगा हानेर नेताको टाउको फोड्ने खेललाइ राष्ट्रिय खेल बनाउनु पर्छ…
मा आहिले विदेशमाछु फुर्सदमा कहिले काँही एस्तै खेलकुद सम्बन्धि कुराकानी हुन्छ संगैकाम गर्ने विभिन्न देशका जनताहरु छन् हामी आ-आफ्नो(मैले हाम्रोमा भएका तिनकोमा नाभाका ,तिनले तिनीहरुको मा भएका हाम्रोमा नभका) कुरा गरेर गर्ब गर्दै खेल को बस्तु इस्थिती खेलको नियम बारे जानकारी गर्थे मैले हाम्रो देशको राष्ट्रिय खेल ”डण्डी बियो” भन्दै गर्ब साथ कुरो राखको एकजाना पाकिस्तानी ले पो हामबी खेलाहे काजी उसको हाम ”गिली डण्डा” बोल्ताहे भन्छ बा यो डण्डी बियो अन्तराष्ट्रिय खेलपो रहेछ एसको सुरुवात कतबाट गरिएकोहो को खोज अनुसन्धान गर्न जरुरि ठानेको छु |
“खुट्टा तान्ने” खेल? 🙂
डन्डी बियो जत्तिको उपयुक्त कुनै छैन. यो सामान्य सबै नेपालीले खेलेको खेल हो. यो मौलिक पनि छ. यो गुल्ली डण्डा भन्दा अलि फरक छ (क्रिकेट र बेसबल जस्तै). कुनै पनि खेल आफै राम्रो नराम्रो हुदैन. त्यो खेललाई कत्तिको राम्रो समाजले मान्छ र त्यस खेललाई उद्द्योगीकरण गर्न समाजले सक्छ या सक्दैन त्यो समाज ले बनाउने कुरो हो. केटाकेटी छँदा बा आमा भन्नुहुन्थ्यो डन्डी बियो खेले आँखा फुट्छ. केहि हद सम्म सत्य होला तर सबै जस्ता भौतिक खेलमा अलि अलि त जोखिम हुन्छ नै. सामान्य परिमार्जन गरि यो खेललाई उत्कृष्ट बनाउन सकिन्छ. विदेशीले उद्योगि करण गर्न प्रचार प्रसार गरेका खेललाई नै राष्ट्रिय खेल बनाउने हो भने नेपाल जस्तो देश लाई राष्ट्रिय खेल नै किन चाहिएको छ र?
मेरो बिचारमा ‘चट्टी’ खेल लाइ राष्ट्रिय खेल बनाउनु राम्रो होला . सानैमा धेरै खेलिन्थ्यो र खेल पनि सार्है रमाइलो छ.
छेकीकासा
बाघचाल
हिमाल, पहाड़ र तराई सबै ठाउमा गुलेली शताब्दी देखी चलनमा भएको हुदा:
गुलेलीले तारो हान्ने नेपालको राष्ट्रीय खेलकोलागी मेरो सुझाव छ ।
सुरज मास्के
“रुख चढ्ने” खेल लाई राष्ट्रिय खेल बनाउदा कस्तो होला | जता ततै खेल्न सकिने, एक जना ले पनि खेल्न मिल्ने, सर्वसुलभ अनि हामी जस्तो बाँदरे प्रबृत्ति लाई पनि सुहाउने |
I propose “lukamari” because it is the undeclared most popular sports in Nepal.
Every kid knows how to play it.
Every leader plays it to their best and go to their hideout away from their locality where they win the election as soon as election is over. And show up again right before the next election to replay the game.
Police department, smugglers, convicts(dons) play it at their level best too. Police declares almost every major convict as “farar” and convicts go on their hideouts up the skirts of political parties until it’s time to replay the game again.
Bidhyut pradhikaran and khanepani sansthan plays the same game with people with electricity and water.
And this list can go on pretty long.
So I propose “lukamari” as National Sports.
नेपाली भाषाका टिप्पणी, सूचना, सुजाभ को लागि आब्भाहन किन एति लामो वाक्यमा लेखिन्छा?
एउटा बाक्य आठ पंक्ति को? एकातिर बाट पढ्न शुरुगर्यो, वाक्यको अन्त तिर पुग्दा अठ्पत्त्यास लाग्ने| यसरी भाषा सुन्दा राम्रो हुने होकी, भाषाको उन्नतिहो थाहा भएन?
के यो सर्ब साधारण ले बुझ्ने भाषा हो त?
बिगत केहि वर्ष देखि top मा रहेको संबिधान नबनाउने खेल अथवा बर्सौ देखि चल्दै आएको नेता बनेर जनता ठग्ने खेल नै उपयुक्त हुनेछ. बुद्धि नि लगाउनु पर्ने … अनि ठगिन हजारौ जनता एक भएर ठगिने …यो भन्दा बढी राष्ट्रिय एकता का कसरि भेटिछ त ?
‘खुट्टा तान्ने खेल’
सामयिकता – यसले समग्र सामाजिक र राजनीतिक यथार्थ चित्रण गर्छ ।
साहित्य – कुन्ती मोक्तानले यसै बिषयमा गीत गाइसकेकी छिन ।
एकताको आधार – हरेक जात, धर्म र सम्प्रदायमा समान रुपले पाइने भएकोले सबैलाई एकताको सुत्रमा बाँध्नेछ ।
क्रिच्केट वा फूटबल
बाहिर बस्ने नेपालीहरुले त अझै उही डनडिबियो नै राष्ट्रिया खेल सोचेका छन्.| यस्को ज्वलन्त उदाहरण- क्यानाडा को चारवटा पश्चिमी प्रान्तहरुमा २०१० साल देखि सुरु भयको “वेस्टर्न क्यानाडा रिजनल नेपलीज स्पोर्ट्स इभेन्ट” मा प्रत्येक साल डनडिबियो प्रतियोगिता लगायत अन्य खेलहरु (फुटबल, भलिबल आदि) नबिराइकन प्रत्येक आयोजक नेपाली समुदायले आयोजना गर्दै आइ raheka छन् | अब उप्रान्त डनडिबियो लाइ राष्ट्रिया खेल भन्दा नेपाली परम्परागत खेल भन्दा उपर्युक्त हुनेछ | धन्यवाद शालोक्याजी |
”एक आर्काको खुट्टा तान्ने” खेल मा नेपालि विश्व प्रसिद्द छदै छन् | तेसैलाई रास्ट्रिय खेल बनाउनु पर्छ |
सालोक्य जी तपाई को article पढेपछि येसो गूगल गरे अनि विकिपीडिया मा पनि नेपाल को राष्ट्रिय खेल दंदी बिओ लेखिएको फेला पारे. यो हाम्रो राष्ट्रिय खेल नरहेको रैछ भने मेरो विचार मा कि त कराते या पौडी लै हाम्रो राष्ट्रिय खेल घोसना गरिनु पर्छ कारण यी दुवै खेल मेरो जानकारी मा अरु कुनै देश ले आफ्नो राष्ट्रिय खेल घोसना गरेका छैनन् गरेकै भएनी एउतै खेल विभिन्न देश ले जुधे नि आफ्नो राष्ट्रिय खेल भनि दर्ता गरिएको भेट्टाए. मैले कराते वा पौडी लै प्राथमिकता मा राख्नु को प्रमुख कारण चै नेपाल कराते मा निकै बलियो छ र एस खेल का पारखी हरुले विभिन्न खेल उत्सव हरुमा राम्रै प्रदर्शन गरेर थुप्रै मेडल जिती देश लै चिनाएको पनि छ र पौडी त नेपाली जनता चाहे सहरिया होस् या ग्रामीण क्षेत्र का होस् सबै लै मन पर्छ नै फरक येति मात्रै हो कि सहरिया स्विम्मिंग पूल मा खेल्चन गाउले हरु खोला तथा पोखरी मा.
विकिपीडिया मा लेख्या छ रे ? ऐले एडिट गरेर “छिर्के हान्ने खेल” बनाइ दिउ त्यसमा ?
भलिबल ठिक होला ….
नेपालले क्रिकेट खेलमा राम्रो प्रगति गरिरहेकोले क्रिकेटलाई राष्ट्रिय खेल बनाउने temptation आउला, तर यो नेपालमा उत्तपति भएको, नेपालको पहिचान बोकेको खेल होइन । राष्ट्रिय धर्म बनाउँदा एक थरीलाई काखा अर्कोलाई पाखा गरे जस्तो हुने भएर धर्म निरपेक्ष बनाईयो । धेरै थरि जात र संस्कृति भएको हाम्रो देशमा, खेल पनि धेरै थरिका छन, त्यसैले राष्ट्रिय खेल संविधान तोक्नु हुन्न । बरू, प्रतेक साल, एउटा पुरानो खेललाई राष्ट्रिय खेल तोकिदिने, सबैको पालो पुग्छ ।
दुईजना भेला भयो कि शुरु गर्न मिल्ने तिन बुक मिसाएर खेल्ने खेल म्यारिज उपयुक्त होला / काम नभएका र बुढापाका पनि चाख लाएर हेर्ने दर्शकहरूको कमि पनि हुँदैन / मैदान पनि चाहिएन अनि ठूलो लगानी पनि / कसैको रित्तो धन्सार, अनि परालको थुप्रो भए पनि पुग्ने / यो नभए केन्डी क्रस पनि सहि हुन्छ किन कि quest out भए पनि फेसबुकमा साथीलाई request पठाउन सकिन्छ अनि साथीले OK गरेपछि पुन खेल्न सकिन्छ / यो पनि नभए नेताहरू खेलिरहने खुट्टा तान्ने खेल नै उपयुक्त होला /
नेपाल को राष्ट्रिय खेल ” दगुरेर ढेला हान्ने ” उपयुक्त हुन्छ…
खुट्टा तान्ने खेल पनि उचित हुन सक्छ .
फुटबल, भलिबल, क्रिकेट मार्सल आर्ट आदि ईत्यादी त अन्तर्राष्ट्रिय लेभलमा खेलिसकेको हो नेपालीहरुले त्यसैले यसलाई अन्तर्राष्ट्रिय खेल मान्नै पर्ने हुन्छ । डण्डी बिउ र कपर्दी लाई हिन्दुस्तानमा गिलि डण्डा र हुतुतु भन्छन क्यार त्यसैले यो पनि त्यति उपयुक्त भएन । नेपालीहरुले आर्थिक अवस्थाले धान्न पनि सक्ने अनि खेल्नलाई त्यति ठुलो मैदान पनि नचाहिने हालको अवस्थामा नेपालमा बिशेष गरी सहरोन्मुख गाँउहरुमा समेत सर्व सुलभ चुङ्गी खेल नै राष्ट्रिय खेल बनाउनु उपयूक्त हुन्छ होला । फेरी कतिपय लेखक र पाठक मित्रहरुले चुङ्गी भनेको के हो भनेर सोध्नु होला र बर्बाद होला ।
Dirty politics as national game!!!