बलात्कार पीडितको नाम खुलाइँदैन, अदालतको मुद्दा प्रक्रियामा कागजमा समेत संकेत नाम राखिन्छ। त्यसैले अनुहार देखाउने त कुरै भएन। तर पनि पत्रपत्रिकामा अनुहार नचिनिने गरी फोटो राख्ने चलन छ। अहिले एकदमै चर्चामा आएको बैतडीको सामूहिक बलात्कार केसमा पनि पीडितको यसरी नै अनुहार छोपिने फोटो कान्तिपुरमा पुस १ गते छापियो। सँगै छापिएको थियो कानुनमन्त्रीको नाममा खुलापत्र। मुनि लेख्नेको नाम पूजा बोहरा थियो।
ठ्याक्कै यही फोटो ६ महिनाअघि (जुन १, २०१४) मा अंग्रेजी दैनिक रिपब्लिकामा छापिएको थियो। तर पात्र फरक। घटना फरक। परिवर्तित नाम मैना दिइएको थियो। खासामा बेचिन लागेकी थिइन् उनी। पटक पटक सामूहिक यौन शोषण भइसकेपछि भक्तपुरको दधिकोटबाट उद्दार गरिएको थियो। थप समाचार यहाँ छ। अचम्म लाग्यो, दुवै पात्रको फोटो एउटै कसरी हुन गयो ?
हेर्नुस् कान्तिपुरमा छापिएको फोटो
हेर्नुस् त्यो छापिएको भोलिपल्ट कान्तिपुरमै छापिएको फोटो
अनि यो हेर्नुस् जुन १, २०१४ मा रिपब्लिकामा छापिएको फोटो-
रिपब्लिकामा छापिएको फोटोमा अनुहार चिन्ला कि भनेर बीचमा धमिलोसमेत बनाइएको छ, जुन कान्तिपुरमा गरिएको छैन-
अब मैले यो बुझिनँ- पूजा पनि उही, मैना पनि उही। बैतडीमा सामूहिक बलात्कार हुने पनि उही, दधिकोटबाट उद्दार गरिएकी चितवनकी किशोरी पनि उही कसरी हुने रहेछ ?
दुई वटा अलग्गै घटनाको पीडित भनेर एउटै फोटो राखेर पाठक झुक्याउन पाइन्छ? फोटो देखाउनै नमिल्ने हो भने स्केच राखे पनि भइगो, दुई वटा घटनामा एउटै फोटो भनेपछि एउटा त गलत हो पक्कै। कि जो बलात्कारको पीडित भए पनि अबदेखि नेपालका सबै मिडियाले यही एउटा फोटो राख्ने भन्ने सहमति भएको छ? तपाईँले पो बुझ्नु भएको छ कि योबारे ? बताउनुस् है थाहा भए।
यो पनि हेर्नुस्-
पूजा बलात्कार : फितलो अनुसन्धान, प्रमाणभन्दा पनि भावनामा बहकिएका फैसलाहरु
पूजा बलात्कार : के छ पुनरावेदनको फैसलामा ? हेर्नुस् ठहर खण्डको पूर्ण विवरण जस्ताको तस्तै
नेपालको कानुन दैब नै जानुन…………….!!!
खबर छाप्ने पत्रकार को आफ्नै मान्छे होला. स्केच वा पिडित को फोटो राख्न अल्छि लगेर आफ्नै मान्छे को फोटो हाल्या ।
खासै पत्रकारितामा त त्यति जानकारी छैन तर मैले सुन अनुसार पत्रकारहरुको पनि क्याटागोरी हुन्छ रे । कतै अक्षर पत्रकारहरुको हुंकारमा बिचरा फोटो पत्रकारहरुको पेटमा लात हान्न लागेको त होईन नि ? एउटै फोटो २ वटा समाचारमा छापिए पछि त्यो फोटो खिच्ने फोटो पत्रकारले २ पटक रोयल्टी पाउनु पर्ने हुन्छ । फोटो पत्रकारले एकपटक मात्र रोयल्टी पाएको रहेछ भने कान्तिपुरले रोयल्टी बापतको रकम जोगाउनको लागि यसो गरेको त पक्कै होईन होला ।
कस्तो अचम्म को सन्जोग, फोटो एउतै कथा बेग्लै ! अचम्मै, अचम्म को देश रहेछ नेपाल /
पत्रकार मित्र हरु लाइ आफु ले जे गरे पनि हुन्छ भन्ने भ्रम छ. दुनिया मा अरु ले मात्र गल्ति गर्नु हुन्न हाम्ले जे गरे पनि हुन्छ भन्ने विचार को परिणाम हो यो. हेपाहा प्रबित्ति.
माइसंसारको यो लेख भने मलाइ चित्त बुझेन . पत्रकारिता भन्दा बाहिरका मान्छेले जे भने पनि यस्तो परिस्थितिमा “generic” फोटो राख्ने चलन बिश्वब्यापी हो र यसमा म कुनै गल्ति देख्दिन .
स्केच वा सांकेतिक फोटा हरु पो जेनेरिक रुप मा प्रयोग हुन्छ त मित्र…बकाइदा यौटा निश्चित व्यक्ति को फोटो खिचेर अनुहार मात्रै बिशेस कारण ले नदेखाई एको फोटो लाइ कहाँ फरक फरक स्टोरी मा प्रोयोग गर्न मिल्छ?
This is how cheap journalists are fooling Nepali readers; they think Nepali readers have no memory. What a shame?
यहि कारणले हो मलाई जुनसुकै पत्रिका पढे पनि एकचोटी यो मेरो संसार ब्लग नछिरिकन चित्त नबुझ्ने…यसै गरि खोजि पत्रकारिता जारि रहोस…..