Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदा नलिई विदेश जाने उप-रजिस्ट्रार बर्खास्त

Posted on December 18, 2014 by Salokya

birendra आज गोरखापत्रमा एउटा सूचना देखेँ सर्वोच्च अदालतको। विदा स्वीकृत नगराई विदेश गएको वा पढ्न भनी विदेश गएर नफर्किएको भन्दै सूचनाहरु धेरै छापिन्छन्। यो चाहिँ विदा स्वीकृत नगराई तीन वर्षदेखि दरबन्दीमा रहेको अदालतमा उपस्थित नभएकोले पदबाट हटाउने सम्बन्धी सूचना रहेछ। अरु सूचनाहरुभन्दा यो केमा पनि फरक थियो भने यसमा इमेल ठेगाना थियो। इमेल ठेगाना अनुसार यसो फेसबुकतिर खोजिहेरौँ न त भनेर खोजेको त यिनी त अमेरिकामा पो रहेछन्। न्युयोर्कको हिक्सभिल्लेमा बस्दा रहेछन्। ह्यात्तेरी वीरेन्द्रजी, विदेशमा जमिसक्नुभएको भए यता खुरुक्क न राजीनामा गरिदिएको भए यसरी लामो समय (तीन वर्ष)सम्म पद खाली हुन्न थियो होला। यो पदमा अर्का एक जनाले जागिर पाउँथे होला। विभागीय सजाय भयो भन्दै पत्रिकामा छापिनु पनि पर्दैन थियो होला।

birendra
यसले नेपालको प्रशासनको हालत पनि देखाउँछ। विदा स्वीकृतै नगरी गयल बसिरहे पनि पदबाट हटाउनलाई तीन वर्ष लाग्दो रैछ बाब्बै। अरु पनि कति होलान् यसरी विदा नलिई विदेश बसेका र यताको जागिरबाट पनि बर्खास्त भइनसकेका।

17 thoughts on “विदा नलिई विदेश जाने उप-रजिस्ट्रार बर्खास्त”

  1. cRIS says:
    December 22, 2014 at 9:58 am

    नेपालका नियम कानुनहरु कसलाई फाइदा पुग्ने बनाइएका हुन् भन्ने प्रष्ट छ नि!: ५/५ बर्ष पढ्न पाउने बिदा रे?? बाहिर तिर लगातार एक कम्पनि या संस्थामा १० बर्ष काम गरे पछि बल्ल long service leave पाउछ, त्यो पनि धेरै भनेको ६ महिना! छात्रवृतिमा पढ्न जानेहरुले जागिर छोडेर जानु पाउनु पर्छ तर जागिर गोजीमा बोकेर जान पौने नियम, काइते लाग्यो|

    हालैको डाक्टरहरुको छात्रवृतिको लागी परीक्षा प्रश्न पत्र बेचबिखनको कुरो आएको थियो! target market को थिए र त्यसको कसले प्रयोग गर्दै ल्याएका थिए? जग जाहेर छ नि – सिमित लिंक भएको त्यस माथी पनि पैसा जामा गर्न सक्ने मात्र!! नेता तथा ठुला कर्मचारी|

    देश कसरी यस्तो भयो??? उत्तरहरु आफै तैरिन्दछ्न| कसले देश बिगार्योको पनि – उत्तर छर्लंग छ| परिवर्तन आफै बाट शुरु गर्नुस!

    Reply
  2. Suraj Maskey says:
    December 22, 2014 at 5:12 am

    खै चाहे राजनीति होस्, प्रसाशन होस्, बिकाश होस्, ब्यापार होस्, उधोग होस्, शान्ति सुरक्षा होस्, न्याय वा अन्य कुनै बिषय होस् नेपालमा प्रणाली बनाउन त परै जाओस् जस्तो जस्तो बाजे त्यस्तै त्यस्तै स्वाहाँ हुन्छ । पंचायती मनस्तिथिमा हैन अहिले सम्म राणा क़ालीन काम गर्ने तरिकाबाट पनि हामीहरु उम्किन सकेका छैनौ । राजनिति गर्नेका अाफ्नै धुन, कर्मचारीका अाफ्नै परिपाटी, बेपारीको नाफा खाने काम, उधोगमा कमाने दाउ, किसान र मज़दूर हरुको आफ्नै दुख:, धनाढ़्य हरुका अनेकन गुनासो ईत्यादि ईत्यादिले चलिरहेको प्यारों नेपाल हो ।

    यो ब्लॉग मार्फ़त यौटा कुरा के भन्न चाहन्छु भने मैले निबृतिभरणको सेवा अवधि पुरा गरे पछि सरकारी सेवाबाट राजिनामा दिएको छ बर्ष पछि मात्र स्वीकृत भयो । छ बर्ष सम्म काममा न गएको समयमा मेरो पाँच ठाउमा सरुवा भयो । मलाई त नोक्सान भयो नै तर कुनै नेपालीलाई सो ठाउमा सेवा गर्न छ बर्ष नोक्सान भयो ।

    लाल बाबु पणित लाई वाह वाह गर्न सजिलो छ तर सक्कली कुरा जन मानसमा बुझाउन पनि पर्द छ । भारतलाई हाम्रा राजनिति गर्ने हरुले गाली गर्दा नेपालीहरुले भोट दिएको ज्वलन्त उदाहरण छ तर बिगत ५०/६० बर्ष सम्म नेपालले भारत संग मिलेर जलश्रोत बिकाश गर्न न सकेकोमा दुबैलाई नोक्सान भएको हाम्रा सरकार चलाउने र योजनाकारहरुलाई कुने चिन्ता देखिदैन ।

    सुरज मास्के

    Reply
  3. Gagan says:
    December 20, 2014 at 7:41 pm

    My response to SAD’s comment below:
    यो तीतो यथार्थको अर्को पाटालाई यसरि हेरौ|
    खालि दुई बर्षको लागि भनेर मास्टर्स गर्न मुलुकको जनशक्ति र काम गर्दै आएको बिषयमा थप प्रभावकारिता वृद्धि गर्ने उदेश्यले बिदेशमा अध्ययनको लागि जाँदा यँहा नेपालमा परिवारले तलब भत्ता पनि खान पाईरहने, बढुवाको अवधि गन्ती समय पनि लागिरहने, पेन्सनको समय पनि पाकिरहने, धेरैको त् छात्रवृत्ति र अध्ययन खर्च पनि उपलब्ध हुने|
    शुरुमा दुई बर्षको लागि भनेर गएको, शुरुदेखि नै भित्रि अभिप्राय अर्कै भएकोले आफ्नो जागिरको पद प्रयोग गरेर वा अन्य तरिकाले गएकै महिना देखि कसरि हुन्छ अध्ययन अवधि वा बसाई लम्ब्याउने मनसायले पी एच डी को लागि अघि सरने, नेपालको जागिरको पद र मित्र नातालाई गुहारेर पीएचडीको मेटीरियल नेपालमा संग्रह गर्ने| नेपालको जागिर चट भएपछी कसले पूच्छ र तेसैले जागिर चै झुन्ड्याई राखने|
    पीएचडी सकेपछि ताकत भए जसो तसो बिदेशमै बसने अनि देशको मारो झाडु भनने| तर यसति एइसन वैसन जैसन पीएचडी वा मास्टर्स गरेर नेपालको जागिरमा जस्तो पावर र फुर्सदै फुर्सद र कमाई मिस गरेर नेपालमै फर्कने अनि भन्ने म देशको मायाले फर्केर आए|

    सरकारी जागिरमा रहेका कतिजना यस्ता छन् २४ बर्षको जागिरे जीवनमा आधा उधि समय बिदेशमा अध्ययन, सेमिनार तालिम भ्रमण इत्यादिमै व्याप्त गरेका छन्|
    अहिले राजाको सरकार छैन, पंचायत पनि छैन तर दुर्भाग्यबश बिरामी नेताहरुले चलाएको सरकार छ|
    लालबाबु पण्डित निकै चम्केका थिए, केहि गर्ने पनि थिए तर ओलीले मौन गराए| सुशील कोइराला बिचरा नातागोता सल्लाहकारले घेरेको राजसभा स्थायी समितिले चचलयमान छन्| केहि गर्ने होइन आफ्नो र भाई भारादार तुल्य नाता मित्र मण्डलीको मात्र हेरचाह गर्ने हो|
    हे विधाता, यो सतीले सरापेको देश होइन| आफ्नो निकम्मापन र अकर्मन्यता, सुस्त र भ्रस्टचार छुपाउन र अर्कोमा सार्नेले सतीले सरापेको भनेर बहाना गरेको मात्र हो|
    सतीले सरापेर लाग्ने हो भने भ्रष्ट कमाईमा चुर्लुम्म डुबेकाहरुले छोराछोरी अमेरिका युरोप अष्ट्रेलियामा पढाई र गराई रहेका छन् र सोखसंग जिन्दगी बिताई रहेका छन्|

    अध्ययनमा गएर थप बिदा चाहनेले जागिरबाट राजीनामा दिए हुन्छ| नेपालमा राम्रा र सक्षम काम गर्ने एकसा एक छन् र सो अवसर उनीहरुले पाउछन|

    Reply
    1. Sad says:
      December 21, 2014 at 10:46 pm

      गगन जी को तर्क को प्रसंशा गर्दछु / सरकारी जागिर खाने पनि सबै एकै ग्रुपका हुदैनन् / गेस पपेर रटेर , ३-४ पटक को निरन्तर प्रयासमा जसो तसो मेरिट लिस्ट मा पर्ने हरुलाइ त फाइल बढुवा बहेको प्रतिस्पर्धा गरेर पदन्नोति हुन्छु भनेर अर्को कुनै उपाय नदेख्ने एउटा group , त्यो group अरु को डाहा गरेर नै बस्ने हो , किन कि सबै सरकारी जागिर मालपोत, कर .आदि .. (घुस खान मिल्ने ) हुदैनन् , धेरै प्रसासन का कर्मचारी यस group मा पर्न सक्छन / प्रतिस्पर्दा मा अवसर देख्ने अर्को group पनि हुन्छन् , जसले भ्रस्टाचार गरेर कमाउने धन्दा मा लाग्नु को साटो गर्ने, आफ्नो सिप , जागिर,पद लाइ उपयोग गरेर बिदेस जाने अवसर पनि पाउन सक्छन / बिदेस मा बसेर अध्ययन गर्ने जति सबै कमाउ धन्दा मा लागेका न हुन पनि सक्छन / तर पनि सरकारी सुबिधा को उपयोग गरेपछि त्यसको जवाफ देहि हुनु पर्छ भन्ने जायज तर्कको म पूर्ण समर्थन गर्द छु/….गैर कर्मचारी हरुलाई त एस बिषयमा त्यति थाहा हुदैन र कोहि अध्ययन सिल नागरिक लाइ यस बिषयमा रुची पनि हुन सक्छ तर आधा सत्य र आधा असत्य बुझेर झन् अबैज्ञानिक तर्क र निस्कर्ष मा पुगेको हुन पनि सक्छ ………….. तर के गर्नु तर्क ले मात्र जित्ने भए बादबिबादका उत्क्रिस्ट बिद्यार्थी ले नै यो संसार चलाएको हुन्थे /…………तैले प्रधान मन्त्रि भएर देश चलाउन सकिनस म सक्छु भनेर हुन्न …. तर सान्ति पूर्ण बिरोध चाई गर्न पाउनु नैसर्गिक अधिकार हो /

      Reply
    2. Sad says:
      December 21, 2014 at 11:41 pm

      गगन जी संग मेरो केहि असहमति हरु पनि राखी हालौ कि:
      १. Degree अध्ययन गर्ने ले PhD को सोच बनाउनु हुन्न भन्नु / डाहा वा यथास्थिति सोच?
      २. नियम मा ५ वर्ष अध्ययन बिदा पाउन सकिने भने पछि २ वर्ष को सट्टा थप ३ वर्ष माग्दा कुनै अपराध गरेको ठहरिन्न , सुरुमा नैइ ५ वर्ष सम्म दिन मिल्ने तर थुप गर्न रोक्ने प्रवृधी नकारात्मक सोच बाहेक होइन/ एउटा कर्मचारी ले अर्को कर्मचारी को blackmailing गरेको मात्र हो/ यस्तो नियम हटाउनु बेस भन्ने पनि धेरै होलान.
      ३. PhD को material नेपालमा राखिएको हुन्छ भन्नु guess पपेर को भर मा डिग्री लिने हरु को विचार सरह हुन सक्छ ,plagiarism बारे थाहा हुने ले यस्तो prejudice कुरा गर्दैनन्/

      Reply
      1. Gagan says:
        December 22, 2014 at 3:16 am

        SADजी,
        दुखमन नगरौ है, नेपाली मनले गाँठो फुकाल्ने जमर्को गरिरहेछु| खाएको बिष मात्र लाग्ने हो, नखाएको लाग्ने हैन, त्यसैले तपाइ चोखो हुनुहुन्छ भने धन्दा मान्नु पर्दैन| जलले बिराएका छन् उनीहरुलाई लक्ष्य गरी भनिएको छ|
        कर्मचारीहरु सबै घामतपुवा, घुसखोरी, कामचोर सबै छैनन| तर यो चाँही भन्सार, माल, अध्यागमन र जग्गा अध्यावधि गर्ने अड्डा हरुमा लागु हुने छैन| तल देखि माथि सम्म सबै सेटिङ्ग मिलाउछन र बैतरणी भरि पापको दह्रो पुल बनाउन तल्लीन छन्|
        हमाममा सबै नाङ्गा छन|
        २५ बर्षे पेन्सन पाक्ने जागिरको प्राईम टाइम ७ – ८ बर्ष नै जागिर पछि अध्ययन र विदेश भ्रमणमा लाग्नु हो भने सरकारी जागिर वा शिक्षण संस्थाको जागिर लिएर राष्ट्रसेवक हुँ भन्ने हो भने राष्ट्रसेवकको परिभाषा बदल्नु पर्यो| दुईबर्षलाई अध्ययन बिदामा गएपछि फर्कन वाध्य गराईन पर्छ, अरुलाई पनि पालो दिन पर्यो| मन्त्रि, सचिव र हाकिमहरुलाई मोबाएल, आईफ़ोन, ल्याप्टप र हाकिमका छोराछोरी नातालाई विदेशको कलेजमा भर्ना र जागिरमा सहयोग गर्दै विदेशमा बस्ने अवधि लम्ब्याउनेहरुको लिस्ट लम्बेताँती नै छ| यस्ताहरुलाई अलिकति आत्माग्लानी हुन परै जावस, मेरो बिदा किन स्वीकृत भएन, फलानाको त् भएछ, देश खत्तम छ भन्दै गाली गर्न तिर मात्र लागेका छन्|
        अरे बाबा, कति बस्ने हो बिदेशमा आफु खुशी बस्नुस, त्यो तपाईको अधिकारको कुरो हो| सो देशको कानुनत भएसम्म कसले घोक्रेठ्यांक लाएर ब्याक टु मंगलमान गर्नेछैन|
        एउटा नम्र निवेदन के भने नेपाल सरकारबाट विदेश बस्ने स्वीकृतिको समयावधि समाप्त भएपछि पुन जागिरमा हाजिर हुनपर्यो| नमिले वाहकायदा राजिनामा ठोकिदिनुस| सो पद खालि हुनेछ र अर्कोले अवसर पाउनेछन| त्यति मात्र होइन सेवाग्राहीले उचित सेवाबाट बन्चित हुन पाउने छैन|
        तर्क आफ्नो ठाउँमा छदैंछ तर कसो यो कुरो न्यायोचित र नियमसंगत नठहरिएला? कति दिन सम्म चोरको शोर ठुलो गर्न पाइएला?
        नेपाल सरकारलाई चै आह्वान के गर्छु भने भगौडाहरुको हकमा जिरो टोलेरन्स नीति लागु गरिन पर्छ| तर्क र कुतर्कले स्थान पाउन हुँदैन| समय पार गरेर पनि उपस्थित नहुनेलाई भगौडा घोषित गरिन पर्छ र राजीनामा स्वीकृत भनौ वा बर्खास्त संगै सख्त कारवाही र जरिमाना पनि गरिन पर्छ| लागेको खर्च र अध्ययन ताकाको अवधिभरि पाएको तलब भत्ता फिर्ता लिनपर्छ|
        रातभरी घोकेर वा बुद्धि लाएर जे जसो गरेर सरकारी र शिक्षण संस्थाको जागिर खान भने पहिले नै नीजी क्षेत्रमा त्यही पहल लाएर जागिर खाने दम देखाएको भए स्थिति अर्कै हुने थियो|
        कुनै दिन घैंटोमा घाम लाग्ने नै छ|

        Reply
  4. Bajra Kumar says:
    December 20, 2014 at 10:58 am

    बिबेकहिन नेपाली नेताहरु र प्रशासन चलाउने बौदिक हिनता भएपछि येस्तै हुन्छ / पंचात काल र अहिले केहि पनि मानसिकताम फरक छैन /

    Reply
  5. Karbir says:
    December 19, 2014 at 5:28 pm

    यस्ता निर्लज्ज माडसापहरु अम्रिका, युरोपतिर बर्गेलती भेटिन्छन…सबै भन्दा बढी देशको चिन्ता यी खुराफातेहरुलाई नै हुन्छ |

    Reply
  6. अर्जुन says:
    December 19, 2014 at 9:40 am

    नेपालमा सरकारी र शिक्षणको जागिर राखेर बिदेशमा बस्नेहरु र एसाइलम ठोक्नेहरु कै ठुलो शोर छ रे एनआरएन मा|
    ल अब कसैले यस्ता महानुभवहरुको एउटा लामो लिस्ट नै निकालिए दिए हुन्थ्यो|
    बीरेन्द्रज्यु, जागिरको नियम नतोडी जहीं बसे पनि आफ्नो खुशी हो , तर कुन वाध्यताले नेपालको जागिर थामिराख्न परेको हो त्यो यँहा खुलाईदिनु होला|

    Reply
    1. Sad says:
      December 20, 2014 at 8:45 am

      बिदा स्वीकृत गरेर , अध्ययन बिदा लिएर , २ वर्ष को लागि मास्टर डिग्री गर्न USA गएको हु / तर २ वर्ष नपुगी PhD को अवसर पाएपछि हाल PhD गर्दै छु / बिदाको लागि अमेरिका बाटै निवेदन दिएको तर स्वीकृत भएन …. नेपाल मा आएर बिदा लिनु पर्ने रे , अनि स्वीकृत हुने सम्भावना छ रे[बिदा स्वीकृत गर्ने अधिकारीको गोजी मा रु २०,००० वा Iphone 5 दिदा ] ( अरु लाइ पनि यसरी नै बिदा स्वीकृत गरेको नजिर छ ) तर मेरो नेपाल गएर बिदा लिने समय नै मिलेन , नेपाल फर्केर काम गर्ने मन त छ नि , अपुरो अध्ययन गरेर नेपाल फर्किन जायज सम्झिन / मैले ग्रीन कार्ड apply गरेको छैन , DV पनि भरेको छैन….मलाई जागिर को अब लोभ पनि छैन तर नेपाल फर्केरै कुनै अरु जागिर खान सक्छु भन्ने आत्मा विश्वास छ / … तितो सत्य….

      Reply
  7. jeevan verma says:
    December 19, 2014 at 3:44 am

    Dhanti , छली, भासन, प्रदर्शनी, कसैलाई जितौना sms garna, NGO का प्रोपोसल तयार garn, मानब अधिकार को खेति/उद्योग गर्न, पार्टीका कार्य कर्तालाई न्यायाधिस बनौन, र देश लुट्न शायद नेपालीलाई अन्य कुनै जातिले भेट्न सक्दैन होला |

    Reply
    1. bibek dhakal says:
      December 19, 2014 at 4:25 pm

      एन जी ओ को प्रपोसल तयार पार्न भन्या चाही सारै घत लाग्यो . रातारात ५ ओटा छुट्टा छुट्टै एन जी ओ को प्रपोजल तयार पारेको देख्ने प्रत्यक्ष दर्शी यहि छु…

      Reply
  8. Aryan Sharma says:
    December 19, 2014 at 2:10 am

    मैले चिनेका केहि साथीहरु छन् जो अहिले विदेश मा छन्, नेपाल फर्कने सोच पनि छैन तर जागिर चाही छ नेपाल मा. यो नराम्रो हो. नेपाल नजाने सोच भएकाहरुले राजिनामा दिनै पर्छ. तर मैले सुने अनुसार विदेश भएकाहरुलाई जागिरबाट राजीनामा दिन पनि अलिक झन्झटिलो छ रे? यदि त्यो कुरा साचो हो भने यो प्रक्रिया सरल बनाइ दिनु पर्यो सरकारले.

    Reply
  9. Mk says:
    December 19, 2014 at 12:49 am

    ‘लाल बाबु पण्डित” ज्यु लाई यो एउटा गतिलो उपहार भनौकि वज्र प्रहार हो / अन्तर्वार्ता हरु मा खुब गर्जेको देखेको थिए- तर वास्तब मा “गर्जते वादल, वर्सते नही” पो रहेछ /

    Reply
    1. kishor says:
      December 19, 2014 at 9:08 pm

      साथी यौटा लाल बाबु पण्डित ले के गर्न सक्छ यो देश मा | साएद तपाई लै थाहा छैन होला, ग्रीनकार्ड लिने ले नेपालमा जागिर गरि राख्न नपाउने निर्णय लाइ पास गर्न नदिन राम शरण महत, मिनेन्द्र रिजाल ले खेलेको खेल हरु| At least Lal Babu Pandit tried to fix things the broken system, although much more yet to be done as you have rightly pointed out.

      Reply
  10. Rabin says:
    December 19, 2014 at 12:03 am

    लुट लुट देशको रोजगारी र विकासको समय सक्दो लुट अनि विदेशवाट सबै दोष जति देशको नेतालाई देओ अवसरवादि हो ।

    Reply
  11. Prakash_Canada says:
    December 18, 2014 at 11:41 pm

    यहाँ अमेरिका मा नेपाल किन बनेन भन्दै अरुलाई गफ र अर्ति दिदै होलान मित्र ले | साबधान न्यु योर्क बासि हरु वहाको को अर्ति मा |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme