Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पशुको दिसाले घर लिप्ने नेपाली !

Posted on December 17, 2014December 17, 2014 by विज्ञान बा

unnamedधेरै बर्ष अघि एकजना विदेशीले म सँग सोधेका थिए — नेपालीहरुले घरको भुइँभरि किन पशुको दिशा दल्छन? उनको प्रश्न गाईको ब्याक्टेरियाग्रस्त गोबरले भुइँ लिप्ने चलन प्रति लक्षित थियो । हिन्दू चलन अनुसार गाइको गोबरले लिपेको शुद्द हुन्छ भन्ने बाहेक म संग उत्तर थिएन । गाई जतिसुकै शुद्द मानिए पनि ब्याक्टेरिया त पक्कै हानिकारक नै होला, कति बिमार त यसैबाट पनि हुँदो हो भन्ने लाग्यो ।

धर्म र संस्कृतिसंग जोडिएको हुनाले होला, इन्डिया तिरका विद्वानहरुको धेरै जसो “बैज्ञानिक” व्याख्या अलि पक्षपाति लागे — यसो उसो गरेर गुण मात्र निष्कर्ष निकाल्न खोज्ने । अवश्य पनि रोगि गाईबस्तुको दिशा बाट इ-कोलाई र साल्मोनेल्ला जस्ता ब्याक्टेरिया सर्ने जोखिम रहन्छ, तर सानै देखि ब्याक्टेरियाग्रस्त गोबरमै खेल्दै हुर्कन कुनै गार्हो नभएको पनि देखिएकै छ ।

कुरा खासमा के रहेछ भने सुक्ष्मजीवहरु हाम्रा ठुला शत्रु पनि, नभई नहुने मित्र पनि । मानवजातिकै बिकास देखि नै हामीसंग रहँदै आएका, हाम्रो लागि अपरिहार्य सुक्ष्म-जीवको बारेमा धेरै कुरा बल्ल बुझिदै छ । आउनुहोस यहि प्रसंगबाट यस्ता केहि अचम्मका तथ्यहरु छोटकरीमा चर्चा गरौँ ।

खरबौं सुक्ष्मजीवहरुको हाम्रो शरीर

धेरैलाइ थाह नहुन सक्छ — हाम्रो शरीरमा हाम्रै आफ्ना कोषहरुको संख्या भन्दा दश गुणा बढी त ब्याक्टेरिया र आर्किया जस्ता सुक्ष्म जीवहरुका कोषहरु हुन्छन । यस्तो सुक्ष्म-जीवहरुको समुहलाइ आजकल “microbiome” भनिन्छ — नेपालीमा सुक्ष्मजीवमण्डली भनौं । कति बाहिर छाला बस्छन त कति पेट भित्र । भनेपछि तपाईसंग खरबौं अरु जीवहरु पनि आश्रित हुने रहेछन । तर उनीहरुमध्य धेरैलाई सित्तैमा पाल्नुभएको छैन — यिनीहरु तपाईको खाना पचाउन सहयोग गर्ने देखि लिएर रोगको प्रतिरोध सम्म गरिदिने रहेछन । खासगरी पेटको जीवमंडलीले हाम्रो शारीरिक स्वास्थ्य मात्र नभएर दुखाइ कम गर्ने या अझ मानसिक स्वास्थ्यमा पनि ठुलो भूमिका खेल्न सक्ने देखिएकोले गर्दा यो अहिले स्वास्थ्य-बिज्ञान सम्बन्धि अनुसन्धानको हट-टपिक बनेको छ ।

मान्छे गुनाका मण्डली

तपाइका यी सुक्ष्म नन्दी-भ्रिंगी समूहको संरचना अरुसँग मिल्दैन । त्यसैले त अपराध अनुसन्धानमा समेत व्यक्तिको सुक्ष्म-जीवमण्डलीको संरचना हेरेर पनि अनुसन्धान गर्न सकिन्छ। वातावरण, खानपिन र दैनिक व्यवहारले समेत यस्तो संरचना उथल-पुथल भने पार्न सक्छ ।

मैलो कति खराब?

पश्चिमी मुलुकहरुमा एन्टी-ब्याक्टेरिअलले सफा-सुघ्घर रहने, शुद्द बनाउने चलनले या खाना प्रशोधित गर्नाले पक्कै पनि धेरै बिमारहरुबाट बचाएको छ तर यसको नराम्रो साइड-इफेक्ट अहिले आएर बल्ल थाह हुँदै छ । पूर्णत शुद्द वातावरणमा हुर्किएकाहरुमा एलर्जी बढी देखिएको छ भने धेरै प्रशोधित खानाहरुले क्यान्सर लगायतका अरु बिमारहरु पनि देखिन थालेका छन् । त्यहि भएर केटाकेटीहरुलाई केहि भएपनि धुलो मैलोमा खेल्न दिने र किटनाशक नहालिएका अर्ग्यानिक खाना खान तिर जोड दिइएको पाईन्छ ।

सामान्य प्रसव कि सिजेरियन बच्चा?

सिजेरियन सेक्सनबाट बच्चा जन्मिदा बाटो फरक हुनाले सुक्ष्म जीवमण्डलीको संरचना फरक पर्ने रहेछ र यस्तो संरचना सामान्य अवस्थामा आउन बच्चालाई केहि बढी समय लाग्ने रहेछ । त्यस्तै दुध चुसाउने सट्टा बोतल बाट खुवाउने गर्दा पनि फरक पर्ने रहेछ ।

एन्टी-बायोटिक कि प्रो-बायोटिक?

कुनै ब्याक्टेरिआ असाध्यै घातक हुन्छन । टाइफ़ाइड, टिबी जस्ता डरलाग्दा बिमारदेखि पिनास र टन्सिलसम्मको उपचारमा एन्टी-बायोटिकको जादु त देखिएकै छ । यस्ताखालका बिमार ठिक पार्दा घुन पिसीए झैँ पिसिने रहेछन् हाम्रा पेट मा रहेका साथि सुक्ष्म-जीवहरु । यस्ता औषधिको सेवनले पेट दुख्ने, पखाला लाग्ने लगायतका कति साइड-इफेक्ट त सुक्ष्म-जीव-मण्डलीको तहस-नहसले हुने रहेछ । आजकल सुक्ष्म-जीवमण्डलीको संरचना सामान्य अवस्थामा राख्नलाई प्रो-बायोटिकको चलन पनि चलेको छ (तर ख्याल गर्नुहोस – बजारमा पाइने धेरै जसो यस्ता सप्लिमेन्ट अतिरन्जित दाबि गरिएका हुन्छन)।

दिशाले उपचार !
कसैको जीवमण्डलीको संरचनामा रोग-प्रतिरोध गर्ने जीवाणुको मात्रा कम भएको खण्डमा स्वस्थ मान्छेको दिशाबाट राम्रो संरचनाको जीव-मण्डली पठाएर उपचार गरिन्छ ।

राम्रो संरचनाको लागि के गर्दा राम्रो ?

सुक्ष्मजीवमण्डलीमा धेरैजसो सुक्ष्मजीवहरु खास कुनै कामकै पनि नहुन सक्छन । यी खरबौं सुक्ष्मजीवहरुको मण्डलीमा कसले ठ्याक्कै के काम गर्छन, थाह हुन अझै निकै वर्ष लाग्नेछ । त्यसैले सुक्ष्मजीवमण्डलीको संरचना दुरुस्त राख्न बिशेषज्ञको सुझाव के रहेछ भने खानामा विविधता ल्याउने — अर्थात किटनाशक प्रयोग नगरिएका थरि थरिका खानाहरु, थरिथरिका सागपात, फलफूलले थरिथरिका सुक्ष्मजीवहरु भित्र्याउन सहयोग गर्छन ।

पेटका सुक्ष्म जीवले हाम्रो मानसिक बिकासमा खेल्ने भूमिकाका बारेमा समयाभावले बिस्तृतमा लेख्न सकिएन, तलका लिंकबाट यो लगायत यसबारे अरु कुराहरु पनि बुझ्न सक्नु हुन्छ ।

1. http://www.nature.com/news/gut-brain-link-grabs-neuroscientists-1.16316
2. http://www.jci.org/review_series/87
3. http://www.nature.com/nature/journal/v486/n7402/full/nature11209.html

NPR को यो भिडियो पनि राम्रो रहेछ :

16 thoughts on “पशुको दिसाले घर लिप्ने नेपाली !”

  1. gopal pradhan says:
    December 26, 2014 at 6:54 pm

    गाई को गोबर मात्र हैन यार मुत्र यानिकि गहुत पनि गुणकारी हुन्छ गाइको गहुत गोबर घिउ दुध दहि यति चार चिज मिलायर सेवन गरि हट्टा कट्टा भाका मानिश पनि देखेको छु मैले

    Reply
  2. Bajra Kumar says:
    December 20, 2014 at 11:12 am

    उहिले को जमानामा नेपाली को गाउँ देखि सहर सम्म गोबर ले नै लित्पोत गररे चित्क पर्थ्यो , लेख पद मान्छे गर्न जाने थिएँनं / ज्ञान बिज्ञान कुरा थाहा थिएँनं , तर आजभोली बुज्ने व्यक्ति ले गरिदैन होला / नेपालकै मै भन्ने नेताहरुको घर घरमा येस्तै लित्पोत गरेकै छ , तेस्तो नेताहरु ले देशमा बेरोजगारी को रोग देखि धार्मिक रोग सम्म फैलाएको छ / आफनै नातेदार को मात्र जागिर दिएर अरुलाई विदेशको बास पठाएर मुसलमानको घर मा सफसुगर गर्न पठाएर आएको पैसा बाट सुद्ध गरेरे पशुपति भेटि चदएको ले खुब पण्डितहरु पनि दंग परेको छ/ गोबर ले लिपेको दिमाग एकदम कमल छ /

    Reply
  3. Aakash says:
    December 20, 2014 at 9:33 am

    मेरो अनुभव – गोबरले लिपेको ठाउँ सफा देखिन्छ | यसमा केहि त रहस्य पक्कै छ भनि राखेको थिएँ, लेखकले प्रस्ट पारिदिनु भयो | लेखकलाई धन्यबाद !!

    अनि केहि गैर हिन्दु मित्रहरुले गोबरको बिषयलाई खुब हासी मजाकले उडाएको देखिन्छ | आशा छ उहाहरुले यो लेख पद्नु भएको छ |

    Reply
  4. SHREEDHAR CHAPAGAIN says:
    December 19, 2014 at 5:53 pm

    VERY NICE ARTICLE!THANKS FOR MYSANSAR AND WRITER.
    KEEP ON WRITTING THESE KIND OF ARTICLES SO THAT PEOPLE WITH NON SCIENTIFIC BACKGROUND CAN UNDERSTAND ABOUT MICROBIOME AND ITS IMPORTANCE.

    Reply
  5. Nischal says:
    December 19, 2014 at 2:57 pm

    बाचुन्जेल जति बिज्ञान बिज्ञान खोके पनि मर्ने बेला राम राम भनेर मर्ने हो, त्यसैले गोबरको कुरा गरेर दिमागमा गोबर भर्ने काम नगरौ

    Reply
  6. Udeep says:
    December 19, 2014 at 10:34 am

    गाउ-घरमा औषधि पुर्याउने कुरा कता-कता “गोबरले काम चलि हाल्छ नि!” भन्दै झारा टाल्ने हाम्रो नेपाली सोच देखेर dinosaur नि खित्का छोडेर हस्ठे होलान !

    Reply
  7. सुगतशरण तुलाधर says:
    December 18, 2014 at 4:11 pm

    युग अनुसार आफै परिवर्तन हुने रहेछ –
    उ बेला घर लिप-पोत गर्न नभई नहुने गोवर ,
    किनकि , लक्ष्मीमाताले सम्पत्ति पार्थे दोवर ;
    यो बेला, गाइ पुज्ने र पाल्ने हुन लाग्यो दुर्लभ ,
    सिमेन्टको भुइ र सिलिङ्ग रंगाउने भो सुलभ !

    Reply
  8. Rubin says:
    December 18, 2014 at 4:05 pm

    Nice article but we need to be aware about few more issues:
    The definition of good microbiome is not so simple because majority of our microbiome are opportunistic meaning they may be supporting the healthy body function but when the body immunity takes a hit they might actually turn pathogenic. Similar is the issue of using cowdung as a sanitizer, especially at times when the animal is sick is counterproductive since there will be increased pathogenic germs in the excreta and coming in contact with it will increase the risk of infection. It is good to avoid allergies by education our immune system but we have to realise that this is the least of the worries of the under developed nations as the death toll from allergies is nowhere near the death toll due to infection. So the first objective of the public health policy must be to avoid infection, we still have ample time to be so clean that we have to worry about allergies.
    Furthermore, the issue of probiotic is very appealing and its already a multimillion dollars industry but to note is that there has been no single study with randomised control that has shown that having probiotic does any good to the body. This is a fact the probiotic industry tries to suppress.

    Reply
  9. kedar says:
    December 18, 2014 at 3:01 pm

    धेरै पहिलेको कुरा हो हामी सानो हुँदा बच्चाहरुको लागी बुवाले तोरीको खरानी, सिरुको गाभा र कागतीको अमिलो मिसाएर पेटमा पर्ने जुकाको दबाइ बनाउनु हुन्थ्यो र एउटा मात्रा मिलाएर खुवाउनु हुन्थ्यो र यो क्रम हरेक छ छ महिनामा दोहोरिन्थ्यो | खुवाउने बेलामा संधै यो दबाइ धेरै खानु हुँदैन नत्र पेट भित्रको रानी जुका पनी, तेसलाई मारो भने मान्छे पनी मर्छ | नापढ़ेरै पनी एती बुझ्थे पुर्खाहरु |

    Reply
  10. Shankar says:
    December 18, 2014 at 9:11 am

    साइन्स फादर ज्यु
    दिसा मान्छेले हगेको लाइ मात्र भनिन्छ , गाइले गोब्राएको लाइ गोबर भन्छन |बाकि हिन्दु र गोबर को नाता यहालाई नै जानकारी छ |
    अरु यहाको लेख जानकारी मुलक छ , धन्यबाद यहालाई |

    Reply
  11. Kieran says:
    December 18, 2014 at 8:03 am

    साथिहरु पशुको गोवरले लिप्ने वनेको त्यो समयको गाई हो जुन बेलामा गाई ले हरियो घास र सफा पानी मात्र पिउने गर्थ्यो | आजकल को जस्तो फेर्तिलिज़ेर होइन. Testo गाई को Pusan र गोवर ले Antiseptic च्रेअम को कम गर्छ वनेर pramadit vaya ko Kura tapai jasto Govar Lai चै Thaha रहेनछ तेसकारण एचोली र Salmonella वनेर खोकी रहनु वा छ ….

    Reply
    1. shiva says:
      December 20, 2014 at 11:48 am

      गोबरको antiseptic क्रिम लगाउने तपाइजस्तो विद्वानले अरुलाई Govar देख्नु हुँदो रहेछ, गजब छ बा !

      Reply
  12. Bedi says:
    December 18, 2014 at 2:43 am

    गोबर सिर्सक राख्नु भयो तर तेस्को कुरा गर्नु भएन / साथी म १० बर्ष देखि रासायनिक सोध को रुप मा काम गरिरहेको छु / COW DUNG अर्थात् गाइ को गोबर ,गाइ को गोबर आफै मा FIBROUS MATERIAL छ , जब उसले केहि निल्छ , LIQUID DIGESTA , को क्रम संगै FERMENTATION र ABSORPTION हुँदै तेस्ले ACIDFIED गर्दछ / येस्पची गाइ को गोबर मा CARBON , हाइड्रोजन< oxygen , PHOSPHORUS संग संग नुन, CELLS , CHLOROXYLENOL ( C8H9CIO जसले हामी AROMATIC Compound भंचम /

    गाइ को गोबर आफै ANTISEPTIC मानिन्छ , बिदेस तिर मल को लागि COW DUNG प्रयोग गर्निछ / अन्त मा गाइ को गोबर मा रहेको AROMATIC COMPOUND र DETTOL मा रहेको AROMATIC compund लगभग एउतै देख्नु हुन्छ / तेसैकरण तपाईं ले बच्चै देखि गोबर खेल्दा पनि रॊग लागेन / खैर घिन भनेको तपसिल को कुरा हो

    Reply
    1. Rabin says:
      December 18, 2014 at 11:47 am

      उसो भए भात संग पनि खान सुरु गर्ने कि?

      Reply
      1. Bedi says:
        December 19, 2014 at 1:57 am

        तपाईं को इच्छा हो , भात संग मोलेर खाए पनि हुन्छ सक्नु हुन्छ भने / हामी ले यता ANTISEPTIC को कुरा gariraheko छौं / खाने कुरा को हैन /

        Reply
  13. Prakash_Canada says:
    December 18, 2014 at 12:19 am

    Good article. I used to take anti-acid meds for few years. Now I switch with probiotic (via yogurt) and I am free from meds.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme