माइसंसार अफिसियल ब्लग पार्टनर रहेको डकुमेन्ट्री सुनकलीले काठमाडौँ भएको किम्फ (काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०१४) मा उत्कृष्ट माउन्टेन फिल्म इसिमोड अवार्ड जितेको छ। यसको राशी एक हजार डलर रहेको छ। त्यसैगरी सुनकलीले नेपाल प्यानोरामा सेक्सनमा स्पेसल जुरी मेन्सन अवार्ड पनि हात पार्यो।
‘हामी दुई वर्षदेखि यसमा लागिरहेका थियौँ। यसका लागि काम गर्दा हामीले पनि हिउँ खाएका थियौँ। खेलाडीहरुसँग हिँड्दा हिँड्न नसकेर रोयौँ, पैसा नभएर पनि रोयौँ। भएभरको लगानी यसमा लगाएर मेरी श्रीमति पनि रोइन्। भिजुअल हेर्दाहेर्दा म धेरै पटक रोएँ। म अब दर्शकलाई रुवाउँछु भन्ने मेरो कमिटमेन्ट थियो, शायद् त्यसैको यो परिणाम हो’, डेब्यु डकुमेन्ट्रीमै अवार्ड जितेका निर्देशक भोजराज भाटले अवार्ड थापेपछि भावुक सम्बोधन गर्दै भने।
सुनकली वेभ
-आलोक लम्साल-
म कक्षामा महिला स्वतन्त्रता र समानताका विभिन्न थियोरी (सिद्धान्त) पढ्छु। यी सिद्धान्तहरुले नया स्वरूप लिएर आए, त्यसलाई हामी पश्चिमा भाषामा फेमिनिज्मस् भन्दछौं। यी थियोरीहरुले पक्कै पनि महिलाको हक अधिकारका बारेमा बोलेका छन्, र नया क्रान्ति लिएर आउन मद्दत गरेका छन्। १९ औँ शताब्दीसँगै यो वैचारिक सोचले परिवर्तन लिएर आयो। पूर्वीय दर्शनको यो महिला क्रान्तिको इतिहास निकै पुरानो छ। पुरानो यस अर्थमा कि यी सैद्धान्तिक पक्ष पूर्वीय दर्शनले पहिले नै सोचेको र यस्ता १९ औँ शताब्दी जस्ता क्रान्ति फरक फरक क्षणमा फरक फरक तरिकाले उब्जिएर आए। तर अहिले पश्चिमी सोचको फेमिनिज्मले संसार भर छाल लिएर आएको छ, यसलाई हामीले पक्कै पनि स्वीकार्नु पर्छ।
फेमिनिज्म भनौ या वोमन फ्रीडम (महिला स्वतन्त्रता), यी दुवै सोच हो पितृसतात्मक संरचनामा परिवर्तन लिएर आउनु, क्रान्ति लिएर आउनु, समानताका वैचारिक सिद्धान्तलाई व्यवहारमा उतार्नु।
तर जब जब यो सोच संसार भर फैलिदै गयो, एसले परिवर्तन भन्दा पनि ‘सैद्धान्तिक फेशन’ को स्वरूप लिन थाल्यो। संस्था खडा गर्ने र डलर कुम्ल्याउने भन्दा फरक केहि भएन। पिछडिएका महिलाका बारेमा बहस भयो, कार्यान्वयन भएन। तर यस्ता चिया गफलाई अहिले यतै बिश्राम दिएँ। कुरो र कुलो जता लगे पनि हुन्छ, लम्ब्याउन धेरै सजिलो। तर महिला हक अधिकारको बारेमा यो भूमिका आवश्यक थियो। किनकि ‘सुनकली’ नामक वृत्तचित्रले नया फेमिनिज्मको भाषा लिएर आएको छ।
‘किम्फ’ मा प्रदर्शित यो वृत्तचित्र मुगुको फुटबल खेल्ने केही छात्राहरुको बारेमा हो। नेपालको विकट मध्यको एक जिल्ला मुगुले कसरी यस्ता खेलाडीलाई जन्मायो र नयाँ फेमिनिज्मको व्याख्या लिएर आयो, भन्ने कुरा नै यस वृत्तचित्रको चमत्कार हो। हुन त येस्मा कुनै सैद्धान्तिक पक्षको कुरा गरिएको छैन, न त कुनै वैचारिक पाठलाई अगाडि सारिएको छ। यो त केवल एउटा कथा हो, विशुद्ध सत्य कथा जहाँ मुगुका यी बच्चीहरुले सबैको मन लुटेको छ।
भोजराज भाटद्वारा निर्देशित यो डक्युमेन्ट्रीको मिहेनत देखेर म अचम्ममा परेको छु। ‘सुनकली’ डक्युमेन्ट्री भन्दा पनि ‘डक्युड्रामा’ हो, जहाँ सुनकली जस्ता अरु मुगुका किशोरीहरुको फुटबल प्रतिको लगावलाई दर्शाउन खोजिएको छ। जुन ठाउँमा समाज संकुचित छ, र तेस माथि महिलाको जब कुरा आउँछ तब त्यहाँ कलह सुरु हुन्छ, तर आत्मविश्वास र लगनशिलाताले सम्पूर्ण कलह लाई छायाँमा राख्छ, तेही महिला आत्मविश्वासको कथा हो ‘सुनकली’।
हुनत टेक्निकल पक्षमा गडबडी छ, र खिचाई पनि सामान्य, तर कथा वस्तुले यी यावत पक्षलाई, छायाँमा पारेको छ। यो वृत्तचित्र हेरिन्जेल मेरो मन नै भक्क फुलेर आएको थियो, र घरी घरी आँसु झर्ला जस्तो पनि गर्यो। महिला उत्पीडन, लाई छिचोल्दै, निकै अगाडि बढेको यो चलचित्रले महिला हक अधिकारका बारेमा नयाँ परिभाषा दिन सफल भएको छ, भनौं ‘सुनकली वेभ’।
मेरी बहिनी छ। उ स्कूल पढ्छे र स्कूलमा खेलकूद त भै हाल्छ। एक दिनको कुरा हो, उ स्कूल बाट फर्की, र कपडा पनि नखोलिकन मलाई एउटा प्रश्न सोधी, “दादा, किन केटाहरु मात्र फूटबल खेल्छन, र हामीलाई खेल्न दिदैनन”, भन्दै रुन थाली। मलाई एकदम माया लग्यो र मैले भने, “नानी केटाहरु भन्दा त केटीहरु झन् फुर्तिला हुन्छन। तँले सोझै जित्न सक्छेस फूटबल खेलेर। भोलि खेलेर जित है।” मेरी बहिनी निकै खुशी भै र भोलिको लागि प्लान बनाउन थाली। मेरो प्रश्न हो, यो संरचना बनाउने विचारलाई। किन महिलाहरुलाई संवेदनशील मात्र बनाइन्छ? किन उनीहरुलाई बन्धनमा पारिन्छ। यी यावत प्रश्नको उत्तर मैले सुनकलीमा पाएको छु।
सुरु देखि अन्त्यसम्म दर्शकलाई बाँधेर राख्न सफल यो वृत्तचित्रले ‘डक्युमेन्ट्री’ को परिभाषामा पनि परिवर्तन गर्न सफल भएको जस्तो मलाई लग्यो। फ्याक्ट र फिक्शनको संयुक्त संयोजन जसमा सत्यतालाई लुकाइएको छैन। एसको ब्याकड्रप (पृष्टभूमि) मा मुगुको संस्कृतिलाई र विकटतालाई देखाइएको छ। निकै रोमान्चक यात्रा, र एकत्वको भावनाले ओतपोत भएको यो वृत्तचित्रले नयाँ आयाम लिएर आएको छ।
अरुले सिद्धान्तको आड लिएर आँखोमा छारो हाले, सुनकली तिमी सन्देशको दुत बनेर आयौ। भाटजीलाई स्यालुट।
सम्बन्धित ब्लगहरु
सुनकलीको सार्वजनिक प्रदर्शन शनिबार, यो खिच्न कति गाह्रो भएको थियो हेर्नुस् पर्दा पछाडिका दृश्य
विश्वकपको लहर चलिरहेको बेला नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुको फुटबलका केही दृश्य हेर्ने कि !
नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ?
‘मुगुकी मेस्सी’को नयाँ रेकर्ड, हेर्नुस् मुगुको फुटबल क्रेजका थप फोटो र त्यहाँको ‘गोललाइन टेक्नोलोजी’
सुनकली बनाउँदाका क्षण
कसरि हेर्ने यो video? Is there any link? I want to watch this documentry
यो समाचार पढ्न पाउँदा खुसीले दुइ आँखा रसाए मेरा !
बधाई छ! धेरै खुसि लाग्यो documentry को बारेमा सुन्दा! पक्कै पनि कुनै दिन हेर्ने अवसर जूढ़ने छ!
बिडम्बना के भने, लेखमा INGO , NGO लाई हल्का प्रहार गरियो तर अन्तिममा गएर तेही INGO को १००० डलर लियो भन्दा मन अलि कुडियो! “मामा नहुनु भन्दा कानो मामा हुनु बेस” भने जस्तो पो भयो त! के गर्नु बिचरा निर्देशक तथा हामी सबैलाई बाच्न पैसा चाहिन्छ नै!
As reported in the media, if it is true that ICIMOD has awarded $1000 to this movie than this must be a shameful event to ICIMOD. I suppose even a peon at ICIMOD must be drawing $1000 per month as his salary and here this so called international agency taking credit by awarding a peanut. Laaz ko pani had hunchha.
पुरस्कारको राशी भन्दा पनि उत्कृष्टताको उपमा पाएकोमा गौरव मान्नु पर्ने जस्तो लाग्छ । मैले सुनकली हेर्ने मौका त पाएको छैन तर यस सम्बन्धमा प्रकाशित पुराना समाचार र अहिले निर्माण भएको डक्यु ड्रामा सम्बन्धमा पाएको जानकारी जति उत्कृष्ट छ भने उक्त डक्यु ड्रामालाई इसिमोड को प्युनको तलबसंग तुलना गर्नु भनेको निकै नराम्रो मानसिकता हो ।
Please read the message carefully before making comment, I have never compared documentary with the salary of ICIMOD peon, I am comparing the size of the prize money given by the ICIMOD. Yes, recognition can never be compared in monetary terms, I definitely, I agree with you, but it is the ICIMOD by allocating $1000 prize is humiliating the works of the producer.
बधाई छ, कसरि हेर्न सकिन्छा?