हबल अन्तरिक्ष दुरबिन (Hubble Space Telescope) ले ब्रमाण्डको बारेमा आज यति धेरै जानकारी दिन सकेको छ की यस मार्फत प्राप्त तस्बीर तथा तथ्यांक (Data) लाई आधार बनाएर १० हजार भन्दा बढी त लेख र सोध-पत्र नै तयार भएका छन्।
अचम्म र आश्चर्य लाग्ने बिभिन्न आकाशीय पिण्ड, ग्रह, छुद्रग्रह, उल्का; जन्मिदै गरेका, पूर्ण स्तरमा बिकसित भएका, मर्दै गरेका, मरेका ताराहरु; नया ग्रहहरु, बन्दै गरेका र ठोकिंदै गरेका ग्यालक्सीहरु, धुलैधुलोका बादल, बिभिन्न किसिमका प्रकाश आदिको बारेमा पनि लाखौँ-लाख तस्बीर दिन सफल भएको छ HST ले हामीलाई। ब्रमाण्डको विशालता, फैलिँदोपन, यसको लगभग उमेर, Black Hole, Dark Matter, मरेका ताराबाट अझै आइरहेको Ghost Light, The Helix Nebula अर्थात् The Eye of God, र Andromeda लगायतका ३ हजार Galaxy आदिको आजको स्तरको हाम्रो जानकारी पनि खासमा HST कै योगदान हो।
HST लाई पृथ्वीको सतह भन्दा ५६९ किलोमिटर माथि राखिएको छ। यो एउटा भूउपग्रह नै हो। यसले प्रति सेकेन्ड ८ किलोमिटरको दरले यात्रा गर्दछ, र प्रत्येक ९७ मिनेटमा पृथ्वीलाई फन्को लगाउँछ। HST आफैमा एकदम ठुलो र बिभिन्न कार्य गर्न सक्ने क्षमता भएको एक प्रकारको अत्याधुनिक डिजिटल क्यामरा जस्तै हो। त्यसमाथि पनि यसलाई पृथ्वीको बायुमण्डल (Atmosphere) भन्दा माथि राखिएकोले एकातर्फ बायुमण्डल छिचोलेर पृथ्वीमा आउन नसक्ने किसिमका प्रकाश पनि यसले प्रष्टरुपमा देख्न सक्दछ भने अर्कोतर्फ प्रकाश कुनै बस्तुमा परेपछि त्यसको छालको तरंग (Wavelength) घटेर अथवा बांगीएर सही मापन गर्न नसकिने समस्याबाट पनि यो सुरक्षित छ। त्यसैले यसले देख्ने र खिच्ने तस्वीर र तथ्यांकहरु जमिनका दुरबिनहरुले देख्ने र खिच्ने भन्दा सयौँ गुणा प्रस्ट हुन्छन्।
HST को लम्बाइ १३.२ मिटर, तौल ११,११० किलो र ब्यास ४.२ मीटर छ। यो झन्नै साझा बस जत्रो छ। यसमा अन्य अत्याधुनिक यन्त्रको साथै २ ओटा मुख्य कम्प्युटरहरु जडान गरिएका छन्। ती मध्ये एउटाले Flight Center मार्फत प्राप्त निर्देशनहरु संचलान गर्दछ भने अर्कोले यसका बिभिन्न यन्त्रसंग सम्पर्क स्थापना गरी तिनीहरुमार्फतका सूचना जम्मा गरी स्याटलाइटको माध्यमबाट Flight Center मा पठाउँछ। NASA को Goddard Space Flight Center नामक Flight Center अमेरिकाको Maryland मा रहेको। HST ले प्रत्येक हप्ता १२० गिगाबाइट डेटा Flight Center मा पठाउँछ।
यसरी प्राप्त सूचना र डेटालाई केन्द्रमा कार्यरत इन्जिनियरहरुले अध्ययन, अनुसन्धान र प्रशोधन गरी प्राप्त नतिजाहरु बैज्ञानिक जगत तथा सर्बसाधारणलाई जानकारी गराउंदछन्। डेटालाई भविष्यमा प्रयोजनको लागी Magneto-Optical Disks मा संग्रह गरेर पनि राखिन्छ।
HST मा २५ फिट लामा २ वोटा सोलार प्यानलहरु जडान गरिएका छन्। यसमा यान्त्रिक संयन्त्रको माध्यमले सूर्यका किरणलाई बिद्दुतमा परिणत गर्ने क्षमता पनि छ। यसको शक्तिको श्रोत सौर्य शक्ति हो, र संचलानको लागि २,८०० Watt बिद्दुत शक्तिमात्र आवश्यक पर्दछ। यसमा ६ ओटा Nickle- Hydrogen (NiH) ब्याट्री छन, जसले कारका २० ओटा ब्याट्री बराबरको ब्याकअप शक्ति पनि संचय गर्दछन्। घुम्दै गर्दा जब सूर्यका किरणलाई पृथ्वीले छेकेर यसमा सिधै नपर्ने अवस्था आउँछ, त्यो बेलामा यो संचित शक्ति प्रयोग हुन्छ।
अर्कै किसिमले भन्दा HST Cassegrain Reflector प्रकारको Telescope पनि हो। यसमा २.४ मिटर लम्बाइ र ८२८ किलो तौल भएको मुख्य सिसा, र ०.३ मिटर लामो अनि १२.३ केजी तौल भएको सहायक सिसा छन्। बस्तुको प्रकाश सुरुमा मुख्य सिसामा पर्छ, त्यसपछि बाउन्स भएर सहायक सिसामा पर्दछ, अनि फेरि त्यो सहायक सिसाले फोकस मिलाएर मुख्य सिसाको बिचको प्वालमा पठाउँछ। यसरी पठाइएको प्रकाशलाई अन्य यन्त्रहरुले आफ्नो-आफ्नो क्षेत्र र तह अनुसार प्रयोजन गर्दछन्।
साधारण किसिमले हामीले सोंच्दा दुरबिन शक्तिशाली भएकोले यसले बस्तुहरु प्रष्ट र ठूला देखाउँछ भन्ने सोंच्छौँ, तर बास्तबिकता के हो भने हाम्रा मानब आँखामा भन्दा दुरबिनको सिसामा बढी प्रकाश पर्ने भएकोले बस्तुहरु ठूला र प्रस्ट देखिएका हुन, अर्थात् दुरबिनको सीसा जति ठुलो हुन्छ, त्यसले त्यति नै बढी प्रकाश जम्मा गर्ने भएकोले प्रष्ट देखिन्छ।
HST लाई एउटा दुरबिनमात्र नभनेर यन्त्रैयन्त्रको बिशाल प्रयोगशाला भन्दा पनि हुन्छ। यसमा अन्य धेरै प्रकारका क्यामरा र यन्त्रहरू पनि जडान गरिएका छन्। ती सबैले आवश्यकता र निर्देशन अनुसार सामूहिक वा छुट्टाछुट्टै किसिमले काम गर्दछन्।
HST मा जडित The Wide Field Camera 3 (WFC3) ले झन्डै Ultraviolet, Infrared लगायतका प्रकाश सहित अन्य बिभिन्न प्रकारका प्रकाशहरू देखाउने काम गर्दछ। यही यन्त्रको प्रयोग गरेर भविष्यमा Dark Energy, Dark Matter, ताराको बनौटको, ब्रमाण्डको सही आयु, र एकदमै टाढाका ग्यालक्सीहरुको अझ बिष्तृत अध्ययन गर्ने बैज्ञानिकहरुको योजना छ।
The Cosmic Origins Spectrograph (COS) नामक अर्को यन्त्रले Cosmos को प्रकाशबाट रंग छुट्याउने काम गर्दछ। यसो गर्दा देखिने बस्तुको Wavelength पत्ता लाग्दछ, र उक्त बस्तुको तापक्रम, घनत्व, गति, र बनौटको प्रमाणीकरण गर्न मद्दत मिल्दछ।
The Advance Camera for Surveys (ACS) ले ब्रह्माण्डमा कहाँ कति Dark Matter रहेको छ, ग्यालक्सीहरुको क्रमिक बिकास (Evolution) कसरी हुनगयो, ठुल्ठुला ग्रहहरु कहाँ-कहाँ छन र कति टाढा छन् भन्ने कुराको अध्ययन गर्दछ।
त्यस्तै गरी The Space Telescope Imagine Spectrograph (STIS) ले Ultraviolet लगायतका प्रकाशहरु देख्नुको साथै Black Hole पनि पत्ता लगाउन सक्छ। The Near Infrared Camera and Multi-Object Spectrometer (NICMOS) ले धुलो र धमिलो बतावरणका बस्तु पनि देख्दछ भने Fine Guidance Sensor (FGS) ले HST लाई सही दिशा देखाउने र ताराहरु बिचको दुरी र गति बताउने कार्य गर्दछ।
HST लाई एप्रल २४, १९९० मा अन्तरिक्षमा पठाइएको हो। त्यसपछि पनि यसमा बिभिन्न ब्यबधानहरु आइरहे। आजसम्ममा हबललाई ५ पटक बिष्तृत रुपले मर्मतसम्मार गरिएको छ। यसले २०१४ को अन्तसम्म काम गर्ने छ। त्यसपछि सन् २०१८ मा James Webb Telescope लाई यसको स्थान दिलाउने बैज्ञानिकहरुको लक्ष छ। अमेरिकाका खगोलबिध Edwin Hubble ले यस प्रकारको दुरबिनको परिकल्पना गरेकोले उनैको नामबाट यसको नाम राखिएको हो। NASA को यो Hubble Mission लाई खगोल विज्ञानको सबभन्दा सफल र लामो बैज्ञानिक Mission मानिन्छ।
हब्बलको बारेमा विस्तृत जानकारीमूलक लेखको निम्ति गौतम ‘उदय’जीलाइ धन्यवाद !
दुइटा जिज्ञासा छन –
– के साप्ताहिक मौसम को भविष्यवाणी पनि यसैको सहयोगमा गरिने हो र ?
– नेपाल जस्ता अविकसित मुलुकले यसबाट के कति फाइदाहरु लिन सकेको होला ?