Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुनकलीको सार्वजनिक प्रदर्शन शनिबार, यो खिच्न कति गाह्रो भएको थियो हेर्नुस् पर्दा पछाडिका दृश्य

Posted on December 12, 2014December 12, 2014 by Salokya

IMG_3204
माइसंसारका पाठकहरुलाई याद हुनुपर्छ, विश्वकप फुटबलको बेला ‘मुगुकी मेस्सी’ सुनकलीसम्बन्धी ब्लगहरु। धेरैले रुचाउनुभएको थियो फोटोसहितको त्यो ब्लग। (छुटाउनु भएको भए पढ्नुस्- विश्वकपको लहर चलिरहेको बेला नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुको फुटबलका केही दृश्य हेर्ने कि ! र नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ?) यही डकुमेन्ट्रीको वर्ल्ड प्रिमियर बिहीबार काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा भयो। त्यो कार्यक्रम अतिथिहरुका लागि मात्र थियो। सर्वसाधारणका लागि भने यसको प्रदर्शन शनिबार (मङ्सिर २७ गते) बिहान ११ बजे हुँदैछ। विद्यार्थीले ५० र अरुले १०० को टिकट काटेर कुमारी हलमा सुनकली हेर्न पाउने छन्। बिहीबार फोकटमा प्रिमियर हेर्ने दर्शकको आँखाबाट आँसु बगे पनि, प्रशंसाको पुल बाँधिए पनि निर्देशक भोजराज भाटको दुई वर्षको मेहनतको वास्तविक परीक्षा भने शनिबार टिकट काटेर हेर्ने दर्शकको प्रतिक्रियाबाट थाहा पाइनेछ। ब्लग पार्टनर पनि भएकोले यो डकुमेन्ट्रीका धेरै स‍ंस्करण मैले हेरेको थिएँ। धेरै कुरा चित्त बुझेका थिएनन्। तर फाइनल प्रोडक्ट फरक भइसकेको रहेछ। अरु दर्शकसँगै आफै पनि भावुक भएँ यो हेर्दा। डकुमेन्ट्री बनाउने बारे पटक्कै अनुभव नभएका साथी भोजराजले यो बनाउन निकै मेहनत गरेका छन्। पर्दा पछाडिका केही दृश्य हेर्नुस्।

IMG_3871
मुगुको विकट गाउँमा बत्ती कहाँबाट पाउनु ! त्यही भएर सोलारबाट चार्ज गर्दै ल्यापटप चलाउँदै निर्देशक भोजराज।

IMG_5237
दृश्य खिच्न पनि कम्ता गाह्रो भएको थिएन यस्तो हिउँमा।

1-DSC07946
हजुर, यो विमानस्थल हो। धुलो प्लेनका कारण उडेको हो। मुगुको ताल्चा विमानस्थल यस्तै छ। भिडियो खिच्दैछन् भोजराज। बडो मेहनतले खिचेको प्लेन उत्रेको एउटा गजबको दृश्य भने डकुमेन्ट्रीमा अटाएनछ।

1-DSC01566

1-DSC07930

IMG_3289

IMG_5258

IMG_6493

IMG_6430

6 thoughts on “सुनकलीको सार्वजनिक प्रदर्शन शनिबार, यो खिच्न कति गाह्रो भएको थियो हेर्नुस् पर्दा पछाडिका दृश्य”

  1. Pingback: सुनकलीले जित्यो उत्कृष्ट माउन्टेन फिल्मसहित दुई अवार्ड « Mysansar
  2. Asal says:
    December 15, 2014 at 6:47 am

    सालोक्य जी
    Any chance of uploading this movie to iTunes or other platform where we can pay to watch the movie? It’d be great way to distribute the movie (rather than doing traditional theater tour) with low overhead. For people like me, outside of Nepal, that’d be the only way to watch the movie.
    Hope you’d relay this request to the producers.

    Reply
  3. Shankar bro says:
    December 13, 2014 at 4:26 pm

    हेर्दा निकै कठिन भयजस्तो लाग्छ सायद डकुमेन्टरी राम्रो होला

    Reply
  4. Pradeep says:
    December 13, 2014 at 2:24 pm

    Great job Salokya Jee, nice to see Jeevan Shrestha in team as camera person.

    Reply
  5. महेश पन्त says:
    December 13, 2014 at 10:14 am

    भोजराज सरको मुगुकी मेस्सी हेरे पढे र मेरो आन्द्रा भुँडी देखि धन्यवाद पनि दिए र अझ पनि दिइनै रहने छु र माईसंसारलाई पनि सादुबाद। लाचार र विवशताको साथ भन्नु पर्दा मुलुक वाहिरको रोजगारीवाट अब यो सुनकली डकुमेन्ट्रीलाई कुनै न कुनै माध्यम तथा तवरबाट हेर्न पाउँ भन्ने आशा राख्दछु। यस्को व्यवस्था छिट्टै होस् भन्दै
    यहाँको कलमको साथ क्यामरा पनि चल्दै जाओस् मेरो शुभ-कामना !!

    Reply
  6. मणि says:
    December 13, 2014 at 12:24 am

    this is different between real and reel. Hats off to the team and all the best wishes, seriously guy!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme