Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मायालु युवतीसित गफ गर्नुस् भन्दै तपाईँलाई एसएमएस पठाउनेको धन्दा खासमा यस्तो रैछ

Posted on December 14, 2014 by mysansar

“002431330218 मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?”
“आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्”
“साँचो मित्रताले तपाईंलाई पर्खिरहेको छ!”
“आफ्नो बाँकी मनलाई भेट्नुहोस्।”
“अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्!

+24343381399, 2431330932 वा यस्तै नम्बर हरु को बारेमा मैले गरेको सोधिखोजीबाट प्राप्त नतिजा तपाईँहरुलाई पनि उपयोगी हुने ठान्दै बाँड्दैछु-

यस्ता मेसेज कहाँबाट आउँछन्?
यो मेसेज अफ्रिकन मुलुक कोङोबाट आउँदैछ। मुख्य शहरको नाम किन्शासा र कसाइ ओरिएन्टल हो।

यो कस्तो प्रकारको नम्बर हो?
यस्तो नम्बरलाई स्क्याम नम्बर भन्छन्। यस्लाई स्क्याम प्रिमियम रेट नम्बर पनि भनिन्छ। स्क्याम भनेको ठग्नु हो।

फोन गर्नुस् भनेर किन भनेको?
तपाईंले यो नम्बरमा फोन गरेपछि रु ६० देखि रु ३०० प्रति मिनेटसम्म शुल्क तिर्नु पर्ने हुन्छ। तपाईंले तिर्नु भएको यही रकमबाट केही रकम यो मेसेज पठाउनेले प्राप्त गर्दछन्। तपाईंलाई फोनमा धेरै भन्दा धेरै समय टिकाउन तपाईंलाई होल्डमा राख्ने, युवतीसँग गफ गराउने गर्दछन्।

के म यस्ता मेसेजहरुलाई रोक्न/बन्द गर्न सक्छु?
सक्नुहुन्छ। यदि तपाईं स्मार्टफोन, एन्ड्रोइड, आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले एसएमएस ब्लक गर्ने सफ्टवेयर डाउनलोड गरी यस्ता मेसेज हरुलाई ब्लक गर्न सक्नुहुन्छ।

उनीहरुले नेपालीमा कसरी पठाउँछन् त ?
अहिलेको युगमा कुनै पनि भाषा लेख्न गाह्रो छैन। इन्टरनेटमा पाइने भाषा अनुवाद गर्ने सफ्टवेयरले यो सबै सम्भव छ।

4 thoughts on “मायालु युवतीसित गफ गर्नुस् भन्दै तपाईँलाई एसएमएस पठाउनेको धन्दा खासमा यस्तो रैछ”

  1. प्रविण कुमार के.सी. says:
    December 14, 2014 at 9:09 pm

    हामीले त रिचार्ज गर्ने अथवा पैसा तिर्ने भनेको नेपाल टेलिकम वा एन सेल कम्पनीलाई हो । स्क्याम नम्बर भन्ने जान्दा जान्दै नेपालका टेलिफोन कम्पनीहरुले हामीले ने रु मा तिरेको रकमलाई के कसरी डलरमा कन्भर्ट गरेर त्यस्ता नम्बरहरुमा दिन्छन् त ? कि नेपालकै मोबाईलमा जस्तो बिदेशबाट कल आयो पैसा पायो भन्ने सिष्टमबाट गरेको हो त ? टेक्निकल कुरा र कसरी ट्रान्स्फर हुन्छ त्यो पनि बताई दिनु भएको भए आभारी हुने थिएँ ।

    Reply
  2. सुगतशरण तुलाधर says:
    December 14, 2014 at 4:32 pm

    यसो गरे आफू त् सुरक्षित भै हाल्छ नि !
    पुरानु उखान याद गरौँ – चिन्नु न जान्नु , घचेडी माग्नु !
    यस्तो ‘किच्कन्ने’ को नं भनी थाहा हुने भए पछी ब्लक गर्ने झन्झट नै किन गर्नु भन्या ?
    देख्या नदेखे झैँ गरेर आफ्नो चाहिने मित्र मात्र रेस्पोन्स गरे भै हाल्यो नि , हुन्न र !
    जसरी , रत्न पार्क को क्रसिंगमा कोहि आकर्षक केटीले हात तानेर ‘जाने हैन’ भन्दा एक भलाद्मी पुरुषले बिना कुनै जवाफ आफ्नो हात छुडाएर चाहिने आफ्नै बाटो लाग्ने गर्छन नि !

    Reply
  3. Resham says:
    December 14, 2014 at 2:04 pm

    सन्तोष जी को जानकारीमुलक लेख ले धेरै खुशी लाग्यो . एस्तो sms ले म हैरान भै रहेको थियं. धन्यवाद .

    Reply
  4. Suman Bhote says:
    December 14, 2014 at 1:37 pm

    please don’t respond such sms…. they hypnotize you and loot your money…. I have see one man, he became carodpati to roadpathi….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme