Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुन सुराकी कान्ड : सुराकी पर्दाफास भए प्रहरीमात्र हैन, पत्रकार पनि फँस्नेछन्

Posted on December 11, 2014December 11, 2014 by Salokya

सुन सुराकी कान्डबारे तपाईँलाई थाहा नभए अलिकति पृष्ठभूमि।

बजारमा दैनिक ४० किलो सुनको माग छ। तर व्यापारीलाई सुन बेच्ने अनुमति पाएको निकायबाट १५ किलोसमेत बिक्न छाडेको छ। बाँकी सुनको खपत कसरी हुन्छ त ? तस्करीबाट। भन्सार शुल्क नतिरेको सुनबाट। एक किलो सुनको ५ लाख २० हजार रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ। सुन आयात गरेर बेच्न पाइने भनेको वाणिज्य बैँकले मात्रै हो। भन्सार तिरेको त्यस्तो सुन महँगो हुन्छ। नतिरेको तस्करीको सुन तोलामै करिब १ हजार रुपैयाँसम्म सस्तोमा पाइन्छ।

यसैलाई रोक्न प्रहरी लागेको छ। अहिलेमात्र होइन पहिलेदेखि नै। केही दिन यता पनि झ्याम्म झ्याम्म किलोका किलो सुन समातिएको समाचार तपाईँहरुले सुन्नुभएकै होला। यसरी सुन समातिँदा सुराकी दिनेलाई १५ प्रतिशत कमिसन सरकारले दिन्छ। यही कमिसनको लोभमा के-केसम्म भएका छन् भन्ने कुरा अहिलेको यो सुन सुराकी कान्डले खुल्दैछ।

भएछ के भने ३५ किलो सुन समातिँदाको एउटा केसमा सुराकीलाई बाइपास गरी प्रहरीले नक्कली सुराकी खडा गरी कमिसन पच पारेछन्। उनीहरुले संसदको सार्वजनिक लेखा समितिमा यसरी उजुरी दिए

ujuri1
ujuri2

३५ किलो सुनको १५ प्रतिशत कमिसन भनेपछि झण्डै २ करोड ३० लाख रुपैयाँ। अनि यत्रो धन देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भने पुलिसको किन नहोस्।

लेखा समितिमा गृह सचिव र एआइजिपीलाई र्‍याखर्‍याख्ती पारेपछि बुधबार प्रहरी महानिरीक्षकलाई नै बोलाइएको थियो। आइजी उपेन्द्रकान्त अर्याललाई पनि यसरी प्रश्नमाथि प्रश्न गरी एक किलो सुन कान्डमा उनकै संलग्नताबारे औँला ठड्याए।

अहिलेे लेखासमितिमा उजुरी परेपछि मात्रै यो कुरा सार्वजनिक रुपमा बाहिर आएको हो। नत्र पुलिसले आफ्नै आफन्त, नातागोता, इस्टमित्रलाई सुराकी बनाएर १५ प्रतिशत कमिसन खाइरहेको कुरा नयाँ होइन।

अहिले उनीहरुले प्रमाण ऐन २०३३ अनुसार सुराकीको नाम सार्वजनिक गर्न नमिल्ने भन्दै ढाकछोप गर्न खोजिरहेको कारण पनि यही हो। यो सार्वजनिक हुने हो भने समाजले आदर्श मानेका हिरो पुलिस अफिसरका श्रीमतीहरुको नाम पनि त्यसमा भेटिनेछ, पत्रकारहरुको नाम पनि त्यसमा भेटिनेछ। उनीहरुकै आफन्त, नातागोताको नाम भेटिनेछ।

एक पत्रकार सुनाउँदै थिए- एयरपोर्टका एक जना हाकिम पुलिसले एक दिन फोन गरेर भाइ तपाईँको नाम पनि राखिदिएको छ है भनेर भनेछन्। बिचरा सोझो, कुरा बुझेनछन्। के हो कुरो भनेर सोधेपछि बल्ल ‘सुराकीमा क्या सुराकीमा, मिलाएर गर्नुपर्‍यो नि’ भनेर दिएछन्।

‘धत्, कसलाई सोधेर राख्नुभो, तुरुन्त हटाउनुस्। भरे मेरो नाम आयो भने ठीक हुनेछैन’ भनेर थर्काएपछि बल्ल नाम काटेछन्। ती पुलिस अधिकारी मनमनै भन्दै थिए होलान्, ‘मुला पत्रकार, बढी भाउ खोज्छ।’ हुन पनि कयौँ पत्रकारले खाइरहेकै छन् त्यसरी नै। यिनलाई भने आत्माले दिएनछ त्यसरी खान।

‘ए भाइ, घुस नखाउ पनि भन्ने। राज्यले दिने वैध कमिसन पनि नखाने त हामी। म त एक्लै होइन मिलाएर गर्नुपर्छ भन्ने मान्छे हो’ भन्दै ती अफिसरले उनलाई सम्झाउन खोजेका थिए रे।

अब अहिले लेखा समितिले यो सुन सुराकी कान्डलाई कहाँ लगेर टुङ्ग्याउने हो कुन्नि। सबका सब लागिरहेका होलान्, सुराकीको नाम चैँ सार्वजनिक हुन दिनु हुन्न, नत्र बर्बाद हुन्छ। यसका लागि के के मिलाउनु पर्ने हो सब मिलाउन बाँकी राख्दैनन् होला उनीहरुले पक्कै पनि।

थप बुझ्नलाई पढ्नुस्-
सुन सुराकी काण्ड: प्रहरी महानिरीक्षकमाथि समेत ठडियो औँला
सुन सुराकी कान्डमा गृह सचिव र एआइजीलाई सभासद्को हप्की

10 thoughts on “सुन सुराकी कान्ड : सुराकी पर्दाफास भए प्रहरीमात्र हैन, पत्रकार पनि फँस्नेछन्”

  1. Roshan says:
    December 12, 2014 at 3:42 am

    Govt. should go after large scale corruption and highway safety instead of targeting small quantities of items migrant workers are legally bringing in. If Govt. wants to discourage them bringing gold then they should remove the tax on gold and the limits on gold import so that there is no incentive to bring gold. If you create an artificial demand by adding tax and restricting supply (by gold import limits) then it creates a perverse incentive for ordinary people to turn into smuggling. Just remove the incentive and the problem is solved.

    Reply
  2. Kamal says:
    December 11, 2014 at 6:14 pm

    तस्कर र प्रहरी बीच फरक के छ बुझ्न गारो भो

    Reply
  3. jb says:
    December 11, 2014 at 4:50 pm

    महको नाटक मा नेपाल मा चोर ले प्रहरी समात्छ भनेको साँची हो .

    Reply
  4. cRIS says:
    December 11, 2014 at 7:44 am

    यी सुराकीहरु नै हुन् बास्तबिक देशभक्त! पैसा कै लागी किन नगरिएको होस्, तर ज्यान खतराको जोखिम मोलेर, देशलाई केहि नाफा हुन्छ भने, यस्ता सुराकीहरूलाई झन् प्रोहत्सान गरिनु पर्छ! धमिरा मार्न यो बाहेक उपाय छैन|

    अझ यो कसको सुराकीहरु त झन् साहसिलो देखिए! तिनीहरुलाई धन्यबाद र स्याबास| सरकारले स-सम्मान उनीहरुको पुरै १५% दायाँ-बाँया नगरी तिन जनालाई मात्र बांदिदियोस| साथै यस्ता उदाहरणीय काम गरेको बापत राष्ट्रिय सम्मान पत्रहरुले विभूषित गरियोस| यसरी देश बन्छ|

    Reply
  5. cRIS says:
    December 11, 2014 at 7:33 am

    यी जनार्दन शर्मा र टीमले त भयङ्कर राम्रो काम गर्दैरहेछन!! धन्यबाद उहाँहरुलाई| शुभकामना|

    Reply
  6. Suraj Maskey says:
    December 11, 2014 at 7:18 am

    हे पशुपतिनाथ !
    किन रहे छन् नेपालमा धेरै बेईमान ?
    स्वच्छ र ईमानदार यहाँ पाउन गार्हो भयो !!
    कोही छन् भने खोजेर पठाई दिनु पर्यो !!!

    तिम्रो जय जय जय होस् !!!!

    सुरज मास्के

    Reply
  7. Shankar says:
    December 11, 2014 at 7:05 am

    यो सुराकीलाई खुराकी दिने काम नै अबध हो | के को सुराकी, पुलिस को अनुसन्धान बिभाग ले गर्नु पर्ने काम गर्नु पर्यो |

    Reply
  8. xyz says:
    December 11, 2014 at 5:25 am

    This is an example of chor mathi chakar. Once Rajesh K C has published a cartoon in the Kantipur daily. The cartoon depicted a Maoist fighter digging the ground searching for a gold hidden underneath. As he could not find the gold, he could be seen asking a passerby (falana in this case), “Did you see anyone stealing the gold we have looted during insurgency?”

    The current situation exactly resembled Rajesh K C cartoon drawing. Instead of stealing we have “suraki ko commission” and instead of looting we have “smuggled gold”. Nepal is a funny country to live.

    Reply
  9. gurung gurung says:
    December 11, 2014 at 4:50 am

    वास्तविक चोरसंग बरु सम्झौता बिस्वशिलो हुन्छ तर बर्दीधारी चोरसंग गाह्रो मात्र हैन …… …….. असम्भव … बिचारा सुराकीहरु को पो के हाल बनाउने हो

    Reply
  10. lila says:
    December 11, 2014 at 2:38 am

    १००% पचाउने भन्दा १५% लैजानेलाईनै ठिक मान्नु पर्ला, जे भएनी ८५% राज्यको कोषमा जम्मा भयो | यति नगर्ने हो भने प्रहरीहरुले तस्करहरुसंग सहकार्य गरेर ८५% पनि पचाउनेछन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme