Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

छाति दुख्छ? नडराउनुस्, मुटुमात्रै कारण नहुन सक्छ

Posted on December 9, 2014December 9, 2014 by mysansar

-डा. मिलन प्रकाश श्रेष्ठ-
मुटु रोग विशेषज्ञ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी

chest-pain कसैलाई पनि छाती दुख्नासाथ डर लाग्नु स्वाभाविकै हो। विशेषगरी मानिसहरु छाती दुख्नासाथ मुटु मै केही भयो कि भनी डराउने गर्छन। तर छाती दुख्नु एउटा साधारण समस्या मात्रै पनि हुनसक्छ साथै हृदयाघात जस्तो ठूलो समस्या पनि हुनसक्छ। त्यसैले छाती दुखेमा एकचोटी सम्बन्धित चिकित्सकको सल्लाह लिएमा ढुक्क हुनसकिन्छ।

छातीभित्र धेरै अंगहरु रहेका हुन्छन। फोक्सो र मुटु बाहेक, छातीका हडडी, मांसपेशी पनि रहेका हुन्छन। स्वासको नली, खानाको नली पनि छाती हुंदै फोक्सो र पेट तिर जान्छ। छाती र पेट लाई डायफ्राम भन्ने अंगले छुटयाउछं। साथै फोक्सोको बाहिर फोक्सोलाई ढाकेर बसेको पत्र जसलाई प्लुरा र मुटुको बाहिर ढाक्ने पत्र जस्लाई पेरिकार्डियम भनिन्छ। यी मध्ये कुनै पनि अंग प्रत्यंगमा समस्या भएमा छाती दुख्ने समस्या हुनसक्छ।

कस्तो हुन्छ त मुटुको दुखाई ?
मुटुका आफनै मांसपेशीमा रगत प्रवाह गर्ने रक्तनलीहरुमा संकुचन आएमा वा रक्तनलीहरुमा बोसो जम्दै गएर सांगुरिन गएमा मानिसलाई आरामको अवस्थामा केही गाह्रो हुंदैन। तर काम गर्दा, उकालो चढदा, भारी उठांउदा वा मुटुलाई बढी काम गर्नुपर्ने कुनै अवस्था आएमा सांगुरिएको रक्तनलीबाट पर्याप्त रगत प्रवाह हुदैन जसले गर्दा मुटुका मांसपेशीहरु लाई अक्सिजनको कमी हुनपुग्छ र छाती दुख्न थाल्छ। रक्तनली धेरै नै सांगुरो भइसकेको छ भने त २,४ पाइला हिंडदा पनि छाती दुख्न थाल्छ। दुखाई छातीमा ठूलो ढुंगाले थिचेजस्तो, छातीमा केही चिजले बानेजस्तो हुन्छ।

यो दुखाई धेरैजसो समयमा देब्रे पाखुरातिर तथा कहिलेकाहीं चिंउडोको देब्रे भागतिर पनि सर्छ। यस्तो अवस्थामा सास फेर्न गाह्रो हुने, छटपट हुने आदि पनि हुनसक्छन।

केही बेर आराम गरेपछि वा गरिरहेको काम चटक्कै छोडेर आराम गरेमा यस्तो दुखाई कम हुंदै जान्छ। यस्तो दुखाइलाई मेडिकल भाषामा एन्जाइना भनिन्छ। तर सागुंरिएको रक्तनलीमा अकस्मात रगत जम्न गई रक्तनली पूरै बन्द भइदियो भने हृदयाघात हुन्छ।

यस अवस्थामा रक्तनलीले रगत पुरयाउनुपर्ने मुटुको मांसपेशी मर्र्न जान्छन र फेरि काम गर्नै नसक्ने स्थितिमा पुग्छन। हृदयाघातको दुखाई आरामै गरेर बसिरहेको अवस्थामा पनि हुनसक्छ। हृदयाघातको दुखाई एन्जाइना जस्तै किसिमको हुन्छ तर दुखाई प्रचण्ड हुन्छ र आराम गरेपनि कम नहुने खालको हुन्छ।

अन्य दुखाई
फोक्सोको संक्रमण, निमोनिया, भएमा वा बाहिरी पत्रको संक्रमण भएमा वा बाहिरी पत्रमा पानी जम्न गएमा छाती दुख्न सक्छ। तर यस्तो अवस्थामा सास फेर्न गाह्रो हुने, खोकी लाग्ने ज्वरो आउने पनि साथै हुनसक्छ। छातीमा केही चिजले घोचेजस्तो प्रकृतिको दुखाई हुन्छ।

फोक्सो जस्तै मुटुको बाहिरी पत्रको संक्रमण भएमा, पानी जम्न गएमा पनि छाती दुखेको अनुभव हुन्छ।

शरीर यताउता चलांउदा, जीउ तन्काउंदा, घांटी घुमाउंदा दुख्ने छाती दुखाई छातीको मांसपेशी वा हडडीको दुखाई हुनसक्छ।

पेट ढुस्स फुलेजस्तो भइरहने तथा ढयाउ ढयाउ डकार आइरहने गरेको छ र छाती दुखिरहेको छ भने यस्तो दुखाई ग्याष्ट्र्रिक को दुखाई पनि हुनसक्छ। यसबाहेक केही निल्दा खेरी हुने छाती दुखाई खानाको नलीको समस्याले पनि हुनसक्छ। चसचस छाती दुख्ने समस्या भइरहेको व्यक्तिमा दुखेको बखत रक्तचाप बढी रहेको पनि पाइएको छ। चिसो मौसममा मोटरसाइकलमा धेरै यात्रा गर्ने मानिसहरुलाई छाती दुख्ने समस्या मांसपेशी को कारण हुनसक्छ।

छटपटी, मानसिक तनाव, बेचैनी हुने समस्या, निद्रा राम्रो नपर्ने, डिप्रेशन को समस्या भएको विरामीमा पनि छाती दुख्ने समस्या भएको पाइएको छ। विरामीले समस्या सुनाउँदा लामो लामो सास आउने, घांटीमा सधैं केही अडकेको अनुभव हुने। छाती गहं्रुगो हुने तथा तलको सास तल माथिको माथि भएकोे कुरा सुनांउछन।

केही विरामी त कुनै काममा व्यस्त रहंदा दुखाइ महसूस नहुने तर केही छिन फुर्सद भएको समयमा दुखेको महसूस हुने गरेको पनि बतांउछन। यस्ता विरामीलाई अरुभन्दा पनि मानसिक रोगका विशेषज्ञको सल्लाह बढी जरुरी हुन्छ। यस्ता विरामीहरुको छाती दुखाई मन्द किसिमको हुन्छ र कुनै काम गराइसंग सम्बन्धित हुदैन।

धेरै पनि नदुख्ने, ठीक पनि नहुने यसरी नै विरामीहरु दुखाइको बारे भन्छन। यस्ता विरामीहरुमा छाती दुख्नुको साथसाथै सास फेर्न गाह्रो भएको महसूस हुने, मुटुको ढुकढुकी बढने, हातखुटटा काम्ने, शरीरमा गर्मीपन महसूस हुने, डर लाग्ने समस्याहरु पनि हुन्छन। यी कुनै पनि दुखाईहरु माथि भनिएजस्तै काम गराइ संग सम्बन्धित हुंदैन।

छाती दुख्ने कारणहरु धेरै छन। मुटुको दुखाई हो कि होइन सचेत हुन जरुरी छ तर सम्बन्धित विशेषज्ञहरुको सल्लाह, जांच पडताल बिना मुटु दुख्यो भनेर पहिल्यै चिन्ताग्रस्त भएर बस्नु राम्रो होइन।

5 thoughts on “छाति दुख्छ? नडराउनुस्, मुटुमात्रै कारण नहुन सक्छ”

  1. टेक बहादुर मगर says:
    August 20, 2021 at 12:40 pm

    सर्वप्रथम नमस्कार ! हाल म साउदी अरबियाको जेद्धा सहर मा छु ! र यो बायाँ छाती दुख्न थालेको झन्डै 8/9 महिना हुन लाग्यो होला र मेरो दुखाइ चै सबै भन्दा धेरै बिहान उठ्ने बेलामा हुन्छ र डिउटी मा हुँदा अथवा कुनै काम गर्दा तेति धेरै दुखेको महसुस हुँदैन । दुख्न त दुख्छ तर सहने सक्ने शक्ति हुन्छ तर बिहान को उठ्ने बेलामा अत्यधिक नै दुख्ने भयको ले गर्दा अलि डर लागेको छ ।र 4/5 चोटि जचाई सके तर पनि औसधि ले काम नगरेको हुनाले एक दम नै चिन्तित छु । कतै कुनै गम्भीर समस्या त छैन ? तेसैले सहजी रुपमा यो घरेलु तरिकाले कसरी कम गर्न सकिन्छ ! विनम्र अनुरोध् गर्दछु । कि भनिदिनु हुन्छ भन्ने आसामा छु धन्यवाद ।

    Reply
  2. Prem Khadka says:
    December 10, 2014 at 3:16 pm

    Thank you Very much for your information.

    Reply
  3. Yesbb says:
    December 10, 2014 at 11:45 am

    Very informative, Simple language , Thanks mysansar and Dr. Milan Prakash Shrestha.

    Reply
  4. sugeeta shrestha says:
    December 10, 2014 at 5:39 am

    नमस्कार !!!
    धेरै जानकारीमुलक!!!
    डा. मिलन प्रकाश लै धेरै धेरै धन्यवाद !!!

    Reply
  5. kamal says:
    December 10, 2014 at 1:25 am

    धन्यवाद डाक्टर साहब!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme